Monday, May 25, 2009

बिद्या र ओली को यौन चर्चा


नवनियुक्त प्र म माकुने ले विदया भन्डारीलाई रक्षा मन्त्री वनाएछन्...यसको राजनीतिक विश्लेषण त छदै छ अब फेरि नेपाली संचार र खासगरी व्लग मा विदया भन्डारी र के पी ओली को यौन सम्बन्धको चर्चा हुुने भो...

नेपालका व्लगहरुमा असम्पादित प्रतिक्रियाहरु पढेपछि मात्र था हन्छ नेपालीहरुको वास्तविक बौद्धिक स्तर... प्रचन्डले राजीनामा गरेपछि एमालेको एउटा सभामा विदया भन्डारीले के पी ओली लाई प्रम बनाउने प्रस्ताव गरिन भन्ने समाचारको प्रतिक्रियामा माइसन्सार मा आएको प्रतिक्रिया मैले पनि चाख लिएर पढे...धेरै जसो प्रतिक्रिया विद्दया र ओली वीचको कथित यौन सम्वन्ध तर्फ इन्गित गरिएका थिए...यौन साहित्यका एक से एक कलाकार रहेछन नेपाली पाठक पनि... के पी को नाम लिदा विदया मस्की मस्की बोल्छे...विदया र ओली को प्रेम मदन भण्डारीले था पाए, त्यसैले मदन लाई बिदयाले नै मार्न लगाएको हो...यस्तो हल्ला पहिले पनि सुनिएकै हो...गत चुनावमा विदया हार्नुमा यो हल्लाको कति योगदान छ होला ? तेसै गरि जब जब शैलजा कुनै पदमा जाने चर्चा हन्थ्यो उनको वि पी संग वा भारत का चन्दशेखरसंग यौन सम्बन्ध रहेको पनि चर्चा हन्थ्यो...

म सोच्छु, राजनीतिमा लागेका प्रसिद्ध र सक्षम महिलाहरुको त योहाल छ भने सामान्य जीवनमा अधिकांश महिलाहरुको हालत के होला ? केही दिन अघि व्लगर आकार र उनको महिला साथीले केटा र केटी साथी भएकै हुनाले हुने चियो चर्चो र अप्ठयारा चर्चा गरेका थिए...हिजो बाटोमा हिडदै थिए, एउटी केटी तनावग्रस्त स्वरमा मोबाइलमा भन्दै थिइन...मान्छेहरुले के के भन्छ मेरो त टाउको दुखिसक्यो...

म सोच्न थालें...मैले धेरै जसो केटी मान्छेले आफनै दिदी बहिनीहरुले पनि खाली टाउको दुख्यो भनेको सुनेको छ...महिलाहरुको टाउको दुख्नमा यस्ता अफवाहको कति योगदान होला ? मनोवैजानिक भन्छन, धेरै जसो डिप्रेशन महिलाहरुमा हन्छ...महिलाहरुमा धेरै मनोरोग हुन मा यस्तो हल्लाको डर कतिको हन्छ ?

कसैले यो सोचेन...मैलै यो कतै सुनिन अनि पढिन कि कसैलेको सहानुभुति गरेको होस कसरी विदया भन्डारीले श्रीमानको मृत्युपछि आफ्ना साना छोरीहरुलाई हुर्काइन होला ? एकल महिलाको जीवन बाच्दा शैलजालाई कति कठिनाइ भो होला ? उनीहरुको पनि कति टाउको दुख्थ्यो होला ?

तर मलाई था छ यो पढने मेरा मित्रहरुले पनि मसंग रिस उठ्यो भने भन्नेछन् तलाई के को चासो विदया भन्डारी अनि उसकी छोरीमा ? कि तेरो पनि...म भन्न चाहन्छु भए नि के त ? म पनि त कुनै डान्स बार मा गएकै थिए...त्यहा म दुध पिएर भजन गाउन गएको त थिईन होला..न त म बंगलामुखी कुन देवीको मन्दिर हो भन्ने नै था छ...पशुपतिमा पनि मलाइ सबभन्दा रोचक लाग्ने देउता उन्मत्त भैरवको थियो...आखिर सव शरीफपना त पाखन्ड न हो...सज्जनता व्यक्तिको स्वभाव हैन, एक अर्कालाई झुक्याउने मुखुन्डो मात्र भएको छ... प्रत्येक अनुहार पछाडि एउटा पशु लुकेको छ.... म सम्झन्छु, म धेरै सानो हुदा देखि नै मेरो आमा भन्नुहुन्थ्यो नकरा न आज एकदम टाउको दुखिराछ..

कृपया प्रसंसा नगरिदिनुहोला म फेमिनिस्ट हैन...म सन्झन्छु सिमोन लाई जसले सेकेन्ड सेक्समा भनिन, जतिसुकै सहानुभुति गरे पनि महिलाको वास्तविक अवस्था पुरुषले बुझ्न चाहदैन...कमसेकम म ढोंग गर्न चाहन्न

....तर म मेरी आमालाई असाध्यै माया गर्छु

Sunday, May 17, 2009

आउ बिदेशी प्रभु हस्तक्षेप गर

हिजो BBC मा देव प्रकाश त्रिपाठीले भनेको खुब मजा लाग्यो
के प्रचण्ड हास्य कलाकार हुन जो उनी राजीनामा वक्तव्यमा पनि बिदेशी प्रभु भन्छन् ?
नेपाली राजनीतिमा प्रचण्डलाई मसिहा र दानव दुवै रुपमा वर्णन गरिन्छ
तर शिष्ट शैलीमा जोकर को रुपमा वर्णन गरिएको शायद यो पहिलो थियो
कार्यक्रम संचालक ले त्रिपाठीलाई कांग्रेस निकट पत्रकार भने, यदि त्यसो हो भने कांग्रेस ले उनलाई प्रवक्ता नै बनाउनु पर्छ
यो रामचन्द्र को नाकेबोली पण्डित्याईं अनि अर्जुन नरसिंह को भारी भरकम भारदारी बोली सुन्ने बित्तिकै उनीहरुको तर्क नै गलत लाग्छ
माओवादीहरुको जोशिलो वकृत्वकला को सामना त्रिपाठी जस्ताले मात्र स्रोतालाई पनि मजा आउने गरि गर्न सक्छन्

अब बिदेशी प्रभुको करा
राम्रो होस वा नराम्रो यो यो देशमा कुन चाहि कुरा बाहिरी हस्तक्षेप बिना भएको छ ?
प्रचण्डले खोके सुगौली संधि देखि भएको बिदेशी प्रभुको हस्तक्षेप रोके अरे
मलाई पनि हासो उठेर आयो

उ म यो लेख्तै छु बाहिर माओवादीको विशाल जुलुश जादै छ
तर नारा उही पुरानै छ के पी ओली गिरिजा भारत तिर छिरिजा
पन्ध्र वर्ष अगाडि माले ले भन्थ्यो तालुखुइले गिरीजा भारत तिर छिरीजा
अब माओवादी कम्रेड ले त्यसमा के पी ओली थप्दिए
अरे प्रचण्ड भाई तपाईहरु आफै स्वदेशी बीउ भएपनि बिदेशी मलजल पाएर हुर्केको बाली होईन ?
अब जसले तपाईलाई दानापानी दिएर हुर्कायो उसैलाई नटेरे पछि त रिसाउने नै भयो नि
अनि तपाईहरुको कमनिज्म चाहि अर्को बिदेशीलाई प्रभु नबनाइ चल्छ जस्तो लाग्छ ?
अनि स्वदेशी प्रभुहरुले चाहि के नै लछारपाटो लाए र हाम्रो नेपाल मा ?

हे स्वदेशी प्रभुहरु
सबभन्दा पहिले स्वदेशी अर्थतन्त्रको विकास गर
देशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउ
हातमुख जोर्न पनि विदेश जानैपर्ने आफ्नै छोरी चेली लाई पनि बेच्नुपर्ने अवस्था अन्त्य गर
बिदेशी को दाना पानी नखाएरै पनि स्वदेशी जनले बाच्न सक्ने अवस्था निर्माण गर
भिखमंगाहरुको पनि कुनै स्वभिमान हन्छ ?

Wednesday, May 6, 2009

प्रचन्डको ग्राण्ड डिजाइन पर्दाफास र Communism को बिरोधाभास



नेपालमा अहिले भइरहेको सनसनीखेज घटनाक्रम र पटाक्षेप जेम्स हेडली चेज का थ्रिलरलाई माथ गर्ने खालका छन्...


प्रचण्डको सत्ता कब्जा गर्ने योजनाको पर्दाफास भएका भिडिओ हेर्नुभो ? हिजो साझ बे्रकिड न्युज भनेर टी भी मा आइराबेला म काठमाण्डौको एउटा ठुलै डिपार्टमेन्टल स्टोरको स्क्रीन अगाडीनै थिए...कमरेड प्रचन्ड प्रसन्न मुद्रामा आफ्नो रणनीति सुनाउदै थिए ...शुरुमा त म झुक्किए पनि ...हिजो मात्र प्रचन्ड अत्यन्त गम्भीर थिए राजीनामा दिदा.. आजै यति प्रसन्न कसरी भए ? तर कुरो त संविधान सभा निर्वाचन ताका को रहेछ...टि भी च्यानेल ले ब्रेकिड न्युज भनेर दिएको सो पर्दाफास हेर्न मानिसहरु झुम्मिए ...


लोग्ने मान्छेहरु गम्भीर देखिन्थे...आइमाइ हरु स्तब्ध...अनि हामी केही केटाहरु चाहि प्रचन्डको रोचक डाइलग डेलीभरी स्टाइल देखेर खित्कीरहेका थियौ... मलाइ अनौठो त्यतिखेर लाग्यो जब सबै कुरा सनेपछि एउटी महिला ले भनिन...भेरी क्रिमनल माइन्डेड...भर्खरै मात्र रत्नपार्कको जुलुसमा अर्की एउटी महिला लाई प्रचन्ड आदेश देउ, युद्ध गर्न तयार छौ, भनेर नारा लाइरहेको सनेर आएको थिए...एउटा कुरा त मान्नै पर्ने हुन्छ माओवादीमा जस्तो समर्पित कार्यकर्ता अहिले अरु दलमा छैनन...


तर मलाई प्रचन्डको ग्राण्ड डिजाइन कुनै नौलो लागेन...साझमा BBC सुने, पासाड भन्दै थिए यो सब हामो अध्यक्ष कमरेड प्रचण्डको चरित्र हत्या गर्ने प्रयास हो...भनेपछि माओवादीहरु डराएका रहेछन्...जबकि मैले यसमा चरित्र हत्या हुने वा BBC ले भने जस्तो प्रचण्डको द्धैध चरित्र भन्नुपर्ने कुरै देखिन...उनी एक माओवादी कमनिष्ट हुन, एमाले ले त आफ्नो लक्ष जनगणतन्त्र भन्छ भने प्रचण्डले सत्ता कव्जा को नियत राख्नुमा के आश्चर्य भयो र ?


यो अवश्य हो कि यो पर्दाफासले कटवाल बर्खास्तगीे पछाडि नागरिक सर्वाेच्चता नभई नेपाली सेना लाई प्रचण्डकै शब्दमा माओवादीकरण गर्ने सुनियोजित रणनीति अन्तर्गत भएको प्रमाणित भने गरेको छ...र कटवाल यसमा सर्वाधिक बाधक रहेको प्रचण्डले यो भिडियो मा उतिबेलै स्वीकारेका छन्...अ, नैतिकताको आधारमा राजीनामा दिएका प्रचन्डले

UNMIN लाई झुक्याएर ८, ००० को जनमुक्ती सेनालाई २०,००० पुरयाएको गर्वपूर्ण स्वीकारोक्तीले चाहि उनको राष्टिय अन्तराष्टिय विश्वसनीयतामा गहिरो धक्का अवश्य पुरयाउनेछ...


, एउटा करा, यो ढाड भाच्ने, खुट्टा भाच्ने कुरा त प्रचण्डले नै पो सिकाएका रहेछन्...उनी भन्दै थिए, एमालेलाई तिमेरुको खुटटा भाचछौ भनेर तर्साए...खुटटा भाच्न गारो पनि छैन...आदि


यो भिडियो सकारात्मक रुपमा हेर्ने हो भने माओवादी नेतृत्वले पनि कम भन्दा कम मानवीय क्षतिमा कम्युनिज्म स्थापना गर्न सकियोस भन्ने चाहेको हो कि जस्तो पनि देखिन्छ...कानुनी समाधान जे आए पनि एकदलीय कम्युनिजम नचाहने तर राष्टपतिको कदम गलत हो भन्नेहरुले यो पनि जवाफ खोज्नपर्ने हुन्छ, के नेपाली सेनाको माओवादीकरण गर्न दिन उचित हुन्थ्यो त ? यो भिडियो ले कटवाल को अडान दम्भपूर्ण र अटेरी मात्र थियो भन्ने तर्क पनि कमजोर हुन गएको छ ... शायद यही कुरा प्रमाणित गर्न नै अहिले यो भिडियो सार्वजनिक गरेको हुनुपर्छ...


मलाइ चाहि माओवादीको चरम असहिष्णुता, एमालेको ढलमल, र काग्रेसको शास्त्रीयता फिटिक्कै मन पर्दैन...तर फेरि माओवादीकै जोस जागर, एमालेको समन्वयता, र काग्रेस को सैद्धान्तिक स्पष्टता भने मन पर्छ...एउटा कुरा चाहि के हो भने अब चाहि म जानाजान कनै पनि आन्दोलन सान्दोलन मा भाग लिन्न...नजानेरै भाग लिन पगेछ भने अर्कै कुरा...जस्तो कि हिजै पनि माऔवादीको जुलुस निस्क्यो...म बाटैमा थिए...जुलसु मेरै पछि पछि आयो...अब म के तिनेरुलाई मेरो पछि नआओ भन्नु ? हेहेहे...


माओवादीको जुलुसमा देखिने निमुखा अनुहारहरुको ठुलो हूल देखेपछि आ ल्याउन न त कमनिजम यिनले के भो त जस्तो पनि लाग्छ...आखिर जुनै तन्त्र आए पनि मलाइ खासै फरक त नपर्ने र छ जस्तो पनि लाग्छ...मलाई त झन माओवादीले पनि उग्रवादी जडसुत्रवादी भन्छन...मलाई यो पुजीवादी उपभोक्तावाद फिटिक्कै मन पर्दैन...कोही कोही मेरा साथी माओवादी नै पनि थिए...उनीहरुले कोक, फान्टा, रक्सी, चरोट, पिजा, वर्गर आदि खायो कि म गाली गरीहाल्थे..ढोगी कमनिष्ट भनेर...मैले गाली गरे पनि म साथी भएकोले उनीहरु हास्थे...ठुलो घर भएको, कार चढने,सरकारी गाडी चढने, लोड सेडिग भएको बेला इन्भर्टर वा जेनेरेटर चलाएर आफनो घरको लागि वातावरण विगार्ने मान्छे संग त म बोल्न पनि चाहन्न...


कमनिज्म मलाइ यस कारण मन पर्दैन कि कमनिजम पनि अर्को एउटा धर्म नै हो...उनीहरुले अरु धर्मलाई जतिसुकै अफिम भने पनि कमनिजम झन कडा चरेस हेरोइन नै हो... धर्म संगै आउने अर्को कुरा असहिष्ण्ुाता र पाखंड हो...धर्मको नाममा जति मान्छे मारिएका छन, त्यसपछि कमनिजम को नाममा मारिएका छन...हिटलर र मुसोलीनी कै हाराहारी मा आउछन स्टालिन, माओ, र पोलपोट...एउटा मान्छे मर्दा उ मात्रै मरेर गए केही हुन्थेन, उससग जोडिएका अनेक मान्छेलाइ पीडा हन्छ...र आफु महान बन्नको लागि सुखद भविष्य को सपना देखाएर कमनिजमका पवर्तक मानिसलाइ किरा भन्दा फरक देख्दैनन...कुल्चिदिन्छन्...



राजनीतिक र सामरिक दुबै रुपमा माओवादी नै अहिले को नेपाल को निर्णयक शक्ती हो…तर माओवादी ले आफ्नो सैधन्तिक धारणा मा आँफै पनि प्रस्ट हुनु पर्ने देखिन्छ … लोकतान्त्रिक गणतन्त्र मान्छौ पनि भन्ने अनी सत्ता कब्जा गर्छु पनि भन्ने यी दुई धारणा एक्साथ जान सक्तैनन…

देशले अब भने स्पष्ट बाटो खोजेको छ...माओवादी सर्वोच्चता सहितको गणतन्त्र वा लोकतान्त्रीक गणतन्त्र ?
उत्तर माओवादीको लचकता मा भर पर्ने देखिन्छ...नत्र एक राउंड फेरि युद्ध होला जस्तो छ ....

Friday, May 1, 2009

म वाहुन हो ... लु काढ मेरो छाला, दल नुनचक, लगाउ सिस्नुपानी



छेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुदैन, मानिस ठुलो दिलले हुन्छ जातले हुदैन

दिक्कै लागिसक्यो भन्या ... यो बाहुन भएर जन्मिन परेकोमा ... बाहुन हन परेकोमा मलाई ज्यादै हीनताबोध छ ... जसले पनि बाहुुन भनेर जिस्काउछन्... जे बिग्रे पनि बाहुुन भनेर गाली खानपर्छ ... स्कुलमा पढदा साथीहरुले टपरे बाहुन, बाहुन बाजे लोभी भनेर गिल्ला गर्थे ...

मधेसी ले त बाहन जा आफ्नो पहाडमा भन्छन्... जनजातिले जा आफ्नो खसानमा भन्छन् .. देशमा जे बिग्रे नि मैले ने किन गाली खानपर्ने ? काम खोज्दा खोज्दा हत्तुु भएका एक जना बाहुन मित्रले दिक्क मान्दै भने, गैरसरकारी(NGO) संस्थाहरुमा त बाहुन भन्ने बित्तिकै निवेदननै फाल्दिन्छ रे । मैले पनि धेरै पल्ट सोचे, थर नफेरि भएन, बि के, डि के, यस्तै केही दलित थर राखम कि भन्ने भो...

हैन, होला कतिपय बाहनले अझै अरु माथि अन्याय थिचोमिचो गर्छन होला...भेदभाव गर्छन होला... म त जनै पनि लाउदिन, कुनै कर्मकाड पनि गर्दिन...जातिपाति मान्दिन...यहासम्म कि मन्दिर समेत जान्न ... मैले के अन्याय गरे ? अनि, जतिपनि अन्याय भएका छन, के त्यसमा अरु जातिका मानिस संलग्न छैनन ? मधेशीले मधेशी माथि अन्याय गर्दैन ? जनजातिले जनजाति माथि अन्याय गरेको छैन ? बाहुनले बाहुन माथि नै अन्याय गरेको छैन ?

हुदा हुदा एक माओवादी समर्थक मित्रले यो सेनाप्ित कटवाल केस मा पनि बाहुनबाद भनेर मलाई गिल्ला गरे... सहमति गर्नपर्छ मैले भन्दा बाहुन भएकोले जातीय उत्थान देख्न नसकेको भने ... हैन किनारा लगाइएका सबै वर्गको उत्थान हुनपर्छ भनेकोमा मैले कहिले बिरोध गरे ? लु न त रायमाझी आयोग अनुसार कटवाल त के, ज्ञानेन्द्र लगायत सबैलाई कारवाही गरौ...

बाहुन भएकोले मलाई देशको माया छैन अरे ...देश बेच्ने नेताको पछि लागे रे .... लु न त देश बेच्नेलाई कारवाही गरम न त ...

अझ अचेल बाहुन नेता, वौद्धिक विद्धान समाजसेवी अनि पत्रकार भनाउदाहरु पनि आफुलाई क्रान्तिकारी देखाउने पाखण्डमा बाहुनलाई नै गाली गर्छन ... आफु पनि कुनै बाहुनकै वीर्य हु भन्ने पनि विर्सन्छन््... अनि आफ्ना श्रीमति छोरी चेलीलाई चाहि छाउपडी पठाउछन् ...

मलाई चिच्याएर भन्न मन लाग्छ, जति पनि जाली, फटाहा, लुुच्चा, जमिन्दार, सामन्ती, बाहुन छन तिम्रै पार्टी, दल, समुुहमा नेता भएका छन् । तिनलाई किन नेता बनाएको ? गिरीजा तिम्रा हजुरबाउ हैनन भने मेरा पनि हैनन् ... ्वामे, झाले, माकने,...यी पनि मेरा कोही हैनन् ...

माओवादीले वर्गीय र जातिय उत्थानको आन्दोलन सफल पार्यो , म पनि मान्दछु ...तर तिनका पार्टी र संगठनमा नेता को छन ? म त छैन ... मेरा बाउ आमा छैनन... प्रचण्ड, बाबुुराम, किरन, सीपी, दिनानाथ को हन ? तिनका मजदर नेता सालिक राम को हन ? तिनका बिद्यार्थी नेता लेखनाथ, हिमाल को हन ?

छट्टु, पाखण्डी, र कुटिल बाहुनहरु, सत्तामा बस्न र चुनाव जित्न अर्काको ढाड भाच्छु भन्ने धुर्त बाहुनहरु, मिलेर जान नसक्ने बाहुनहरु तिम्रा ख्वामित भएका छन् । अनि मलाई चाहि तिमी बाहुन भएर जन्मेकै अपराधमा यातना दिन्छौ ?

हो, म वाहुन हो ... लु काढ मेरो छाला, दल नुनचक, लगाउ सिस्नुपानी ....

आज मजदुर दिवस हो ... भरे टुडिखेलमा प्रचण्डे बाहुनको चुरीफुरी हेर्नुछ ...