Wednesday, August 26, 2009

लडकी...सहर् कि लडकी

फेरि केटी कै कुरा गरम् होला धेरै दिनसम्म यसरी केटीको कुरा गर्न पाईएला जस्तो छैन्ख्यालख्याल मै जोबन बिति त गो तीस को उमेर नाघेपछि आफै झसंग भईन्छ ओहो अब त बुढेसकाल पो लागेछ आफन्त साथी भाई भेटन पनि अप्ठेरो जसले पनि जहा भेटे पनि एउटै प्रश्न हुन्छ बिहे कहिले गर्ने ? अब त केटी पनि पाउन गाह्रो हुन्छ आदि मलाई मात्र किन यस्तो कचकच गरेको होला जबकि अचेल नेपालमै पनि तीस को आसपासमा रहरले वा बाध्यताले थुप्रै अविवाहित केटीहरु पनि छन्

यो अप्ठेरो बीस कै अन्तिम बर्षहरुतिर बाट शुरु हन्छ जब साथीहरु खासगरी केटी साथीहरुको धमाधम बिहे हुन थाल्छतर पनि मलाई कहिल्यै पनि लागेन कि कुनै केटीले स्वेच्छा ले बिहे गरेको होस् अब लभ परेकाहरुको कुरा अर्कै होएक दिन कक्षामा नियमित आउने केटी अचानक हराईन्उनी अलि चंचल अल्हड स्वभावकी थिईनहराएको एक महिना जति पछि फेरि आउन थालिन्सिउदो सुरु हुने ठाउमा छोटो टीका जस्तो सिन्दूर लाएकी

पैला जहिले नि टी सर्ट प्यान्ट लाउने मान्छे कुर्ता सुरुवाल लाएर आउन थालिन् सबैले बधाई दिए मैले चाहि एक दिन मेरो छेउमा बसेको बेलामा सोधेके तिमी साच्चै खुशी छौ ? आफ्नै राजी ले बिहे गरेकी हौ ?...उनले मतिर पुलुक्क हेरिन् अनि भनिन् जीवनमा धेरै कुरा आफ्नो राजी बिना नै हुने गर्छ हामीले खुशी हुन सिक्नुपर्छआफु भन्दा सानी केटी को यस्तो दार्शनिक कुरा सुनेर म अवाक भए

एक दिन जाच दिएर अर्की एउटी भर्खरै बिबाहित केटी साथी संग फर्कदै थिएमलाई आफै अलि अप्ठेरो लाग्यो फ्याट्ट सोधिहालेंअब त तिम्रो बिहे भईसक्यो तिमीलाई म संग हिडन अप्ठेरो लागेको छैन् ? तिम्रो बुढाले देखे भने के गर्छौ ?... उनले निस्फीक्री साथ भनिन् बुझु्नभो हावा जी, मेरो ह्वा तेस्तो न्यारो माईन्डेड् हुनुहुन्न क्याम्पस मा लेक्चरर हुनुहुन्छ

केटीहरु पनि अचम्म अचम्म का हुन्छन्कोही बिहे अघि बोल्ड अनि बिहे पछि शाई हुन्छन् भने कोही बिहे अघि शाई अनि बिहे पछि बोल्ड हुन्छन्शायद बिहे पछि को घर परिवार र केटा संग एड्जस्ट गर्दा त्यस्तो हुन जान्छप्राय केटीहरु एक किसिमको सामाजीक डर वा प्यारानोईया बाट पिडित हुन्छन्हुन त यस्तो सामाजीक प्यारानोईया केटाहरुलाई पनि हुन्छ

तेस्तो हुन आवश्यक छैन तैपनि कहिलेकाहि मलाई नै पनि हन्छतर केटीहरुलाई बढी हुन्छ प्यारानोईयाअरु त अरु भिक्षुणी जीवन बिताउने आनी छोयिंङ् डोल्मा को पनि मन पर्ने गीत कुछ तो लोग कहेंगे हुनुमा तेस्तै कारण त होला नितेसैले पो राजेश हमाल ले अरु सबै प्रश्न गर्नु तर बिहे कहिले गर्ने भन्ने प्रश्न नगर्नु टेन्सन हुन्छ भन्दा रैछन्

एकपल्ट यस्तै कुरा गर्दा एउटी केटीले ए केटा मान्छे मान्छेलाई पनि कचकच गर्छन् मैले त केटी मान्छेलाई मात्रै पो तेसो भन्छन् भन्ठानेको हाम्लाई त २४, २५ को हुन पा छैन कस्तो कचकच गर्छन भने दिक्क लागेर आउछ भनिन्

अस्ति दीपा मेहता को बिदेश भन्ने फिलिम हेर्दा प्रिटी जिन्टा को कस्तो माया लागेर आयो भने मैले सोचे शायद म केटी भएको भए कहिल्यै पनि बिहे गर्दिनथे होलाजबकि मलाई थाहा छ कि त्यस्तो एक्सट्रीम केस कमै हन्छ र केटा मान्छेहरु पनि कम पीडित छैनन् नेपाल मा भ्रष्टाचार, अपराध र आडम्बरी जीवनशैली बढनुमा श्रीमती र गर्लफ्रेंडहरुको पनि ठुलो हात छ भनिन्छ

अरुका जोडीहरु वा सिनेमामा देखाईने प्रेमीहरुले गरेको रोमान्स देख्दा मलाई पनि एउटी सुकुमारीलाई आफ्नी बनाउन मन नलागेको त हैनतर फेरि पार्कहरुतिर कोर्टींग फ्लर्टींग र डेटींग आदि के के हो के के को लागि प्रत्येक दिन घण्टौ जुल्फी खेलाएर आईसक्रीम खादै बसिरहेका जोडीहरु देखेर दिक्क लागेर आउछ

आ को त्यो एउटी जाबो केटीको पछाडि समय र पैसा फोकटमा खेर फालिराख्छ जस्तो लाग्छसाच्चै बुढेसकाल पो लाग्यो कि कसो अलि कन्जुस पनि हुन थालिएछईन्टरनेट मा भेटिएकी एउटी कुईरेनी ले भनी तैले लभ गरेको छैनस जस्तो छ एक पल्ट लभ गरेर त हेर कत्तिको मजा आउछ संगै केही नगरी बस्दा पनिआ पर्या छैन आफुलाई लभ सभ गर्न

तर बिहे गर्ने मन नभए पनि गर्लफ्रेंड नै बनाउन मन नलागे पनि केटी साथी बनाउन चाहि मलाई अझै पनि मन लाग्छतेसैले फेस बुक मा फ्रेण्ड सजेशन भनेर केटी को नाम आयो कि म अयाड गरिहाल्छुनपत्याए फेस बुक मा मेरो साथीहरु चेक गरि हेर्नुस त

Tuesday, August 18, 2009

नेपालमा सशस्त्र दलित आन्दोलन र धर्म परिवर्तन को आवश्यकता

हिजो मुलुकी ऐन दिवस रहेछ मलाई त पत्तै भएन…बी बी सी मा यस कुमारको नआउ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन बजे पछि पो था भो मुलकी ऐन दिवस भन्ने दिन पनि हुदो र छ हाम्रो नेपाल मा.. अरु कुरा त मलाई था छैन तर यो मुलकी ऐन भन्नेले जातिपाति भेदभाव लाई दण्डनीय अपराध मानेको भन्ने चाहि मलाई था छ.. तर पचास बर्षको मुलकी ऐन पछि पनि हामी अझै मुलकी ऐन दिवस जातीय बिभेद नगरौ भनेर मनाउदै छौ… यसको अर्थ के हो ?

मैले सुनेको बिदेशीहरुलाई नेपालको सबैभन्दा आश्चर्य लाग्ने कुरा हिन्दु धर्म मा आधारित बर्णाश्रम जातीय प्रथा हो रे.. कसरी एउटा मान्छेले छुदा अर्को मान्छे बिटुलो हन्छ ? कसरी कोही जन्मदै ठुलो र सानो जाति हुन्छ ? मैले नै हेर्दा पनि जातीय छुवाछुत र भेदभाव सबैभन्दा अमानवीय बर्बर सामाजिक व्यवस्था हो शुद्र ले बेदको मन्त्र सुन्यो भनेर पगालेको सिसा कान भित्र खन्याईदिने भगवान रामलाई मर्यादा पुरुपोत्तम मान्ने पाखण्डी हिन्दु समाजले दलितमाथि गर्ने यातना अस्वभाविक पनि देखिदैन… तर आश्चर्य जति आदिवासी जनजाति वा मधेसी अधिकार को कुरा नारा र आन्दोलन उठेका छन् दलित बर्गका समस्या कता कता ओझेल मा परेका छन् किन ?

मधेशीमा होस वा पहाडी, मतवाली होस वा तागाधारी जातीय भेदभाव र छुवाछुत सबै क्षेत्रमा छ.. त्यस हिसावले दलितमा गनिने वर्गहरु सामुहिक रुपमा झन बलियो हुन पर्ने हो.. तर उनीहरु बिभाजित छन् मधेशी पहाडी जनजाति आदि छुट्टा छुट्टै वर्गमा… अरुका कुरै छाडौ सामाजिक न्यायका लागि तुलनात्मक रुपले प्रष्ट एजेण्डा भएको माओवादीले पनि जति जनजातिय र मधेशी अधिकारको कुरा सफल रुपमा उठाएको छ त्यति नै प्रष्ट रुपमा दलित मुद्दा उठाउन सकेको छैन


नत्रभने १५ वर्षदेखि जनसरकार चलाएको माओवादीको आधार ईलाका सुदुर पश्चिममा अहिले सम्म पनि मन्दिर प्रवेश गर्न प्रतिबन्ध र सिनो खान किन बाध्य गरिन्छ ? तेसैगरी मेरो बिचारमा तराई मधेश का दलितहरु पहाडका दलित भन्दा पनि झनै अमानवीय अवस्थामा छन्.. गाउमा एउटा निश्चित टोलमा मात्र अत्यन्त फोहोर वातावरणमा सुगुर आदि जनावर सगै बस्न र सिनो खाने काम मात्र गर्न दबाब दिईन्छ… हिजै प्रकाशित संयुक्त राष्ट्र संघको प्रतिबेदनले पनि तेसै भन्छ

माओवादीहरुले ब्राह्मणवादको चर्को विरोध त गरे तर त्यो नाकचुच्चे र नाक थेप्चे को अर्थमा मात्र सफल भयो.. माओवादी बाहेक का अरु दलको त अन्य सामाजीक मुद्दामा जस्तै दलित मुद्दा मा पनि कुनै दृष्टिकोण नै छैन.. माओवादी भित्रै पनि नेतृत्व पंक्तिमा बाहुनबादले जरो गाडेको छ.. मैले एकदिन दारी काट्दा तराइ मुलका बुढा हजामलाई भने कम्युनिष्ट र खासगरी माओवादी ले त दलित मुद्दा लाई उठाएका छन्.. केही उच्च जातिका कम्युनिष्टले दलितसंग विहे पनि गरेका छन् भन्दा उनले भने तपाईले कुनै कम्युनिष्ट नेताले दलित कि छोरीलाई बुहारी बनाएर भित्राएको देख्नुभएको छ ? कुनै माओवादीले आफ्नो बुवाआमा र दलितलाई संगै बसाएर खाना खाएको सुन्नुभाको छ ? हिजो यस कुमारले बी बी सी मा मलाई ठुला नेताहरुले सार्वजनिक रुपमै सम्मान गर्नु हुन्छ तर म भन्छु मलाई आफ्नो घरमा स्वीकार गर्नुस् भनेको सुन्दा मैले तिनै हजामलाई सम्झे

दलितहरुको अवस्थामा सुधार नआउनको एउटा कारण जनजाति र मधेशीको जस्तो उनीहरुको छुट्टै सशस्त्र आन्दोलन वा संगठन् नभएकोले हुनुपर्दछ.. दलितहरुले जहिले पनि मधेशी वा जनजातिय वा वर्गीय मुक्तिको खेमाहरुमा बिभाजित भएर सशस्त्र वा निशस्त्र आन्दोलन गरे.. तर मधेशी पहाडी वा अन्य दलित बर्गहरु सांगठनिक रुपमै एक भएर जातिय समानताकै लागि भनेर अहिले सम्म पनि निशस्त्र वा शसस्त्र आन्दोलन गरेका छैनन्.. दलितहरु भित्र कै समस्या उनीहरु बीचमै पनि सानो र ठुलो जात को भेदभाव हुन हो.. केही दलित जातिहरु आफुलाई अरु दलित जाति भन्दा ठुलो ठान्छन् तिनीहरु दलित भित्रकै बाहुन हुन्.. अर्को समस्या दलितहरुले सरसफाई र शिक्षामा ध्यान नदिनु हो

तेसैले दलितहरु ले अब आफै अग्रसर भएर सामाजीक आन्दोलन गर्न ढिला गर्न हुदैन…बिचार मिल्ने दलितहरुले मधेशी पहाडी सानो र ठुलो भेद्भाव हटाई एकजुट भएर शुरुमा निशस्त्र र आवश्यक परे शसस्त्र आन्दोलन शुरु गरिहाल्नुपर्दछ… त्यसका साथै जातीय विभेद मार्फत आत्मोन्नति गर्न नदिने हिन्दु धर्म दलितहरुले मानिरहन पर्छ भन्ने पनि छैन्… दलित् समुदायले स्वेच्छाले बिभेदकारी हिन्दु बर्णाश्रम छाडेर जातिय बिभेद नगरिने बौध्द वा क्रिस्चियन धर्म परिवर्तन गरे हुन्छ

नोट: यो पोस्ट एउटा बाहुन ले लेखेको हो

Wednesday, August 12, 2009

तीजको रहर आयो बरी लैः नेपालमा सरीफ मान्छेको सेक्स लाईफ

ल यो बोकालाई पनि के को तीज आयो... हिजडा पो हो कि क्या हो सोच्नुहोला.. बोका नै भए पनि तीजमा चेलीबेटीहरु रमाउदै नाचेको देखेपछि रहर लाग्छ नि यो केटी मान्छेहरुको चाड अरे अनि हामी केटा मान्छेहरुको चाड खै त ? केटीहरुले राम्रो पति पाउन र विवाहिताहरुले पतिको दीर्घायुको लागि अरे अनि हाम्लाई चाहि राम्री पत्नी नचाहिने ? पत्नीको दीर्घायु कामना गर्न नपाउने ? किन हामी पुरुपहरुमाथि यस्तो भेद्भाव ?

तीज आयो कि मलाई कलेज पढदाको एउटा साथीको सम्झना हुन्छ.. जहिले नि त्यो जहिले नि तीज आयो कि ॠषि पंचमीमा गुहेश्वरी जाउ भन्थ्यो किन भन्दा त्यस दिन आईमाईहरुले बाग्मती नुहाएको देख्न पाईन्छ रे... अनि गाउघर तिर त धारा पधेरामा सधै आईमाई नुहाएको देखिनस त भन्दा तीजमा नुहाएको हेर्न बिशेष मजा आउछ रे..किन भन्दा तीजमा वागमती नदीको किनारमा नुहाउदा आईमाईहरुले १०८ चोटी चिउरीले दतिउन गरेको हेर्न मज्जा हन्छ रे.. पहाडको घरमा बुढी पनि थिई तेसको क्याम्पसमा एृउटीलाई गर्ल फ्रेन्ड पनि बनाएको थियो सिनेमा हेर्न लैजान्थ्यो.. अझै आईमाईले नुहाएको हेर्न पुगेको रैनछ

साउन लागे देखि नै मैले नोट गरिराथे केटीहरु हातमा मेहदी अनि हरियो चुरा लाउन थालेका थिए.. हुन त अचेल मैले नोट गरिराको अर्को कुरा के भने अचेलका केटीहरु पनि म भन्दा निकै फरवार्ड भैसके छन्.. अस्ति एउटा बाहुनको ढाबा मा राज्मा रोटी खादै थिए दुइटी स्मार्ट केटीहरु मेरो अगाडिकै टेबलमा आएर बसे.. अलि अनौठो नै लाग्यो किनभने त्यो ढाबामा केटीहरु आउने भए पनि तेतिको स्मार्ट र मोडर्न केटीहरु एक्लै कुनै ढाबामा मेरै अगाडि आएर बसेको लाईफमा पहिलो चोटी थियो.. तेसैले खाने गति कम गरेर नियालेर हेर्ने गति बढाए

आम्मा मोरीहरु निकै फरवार्ड पो रैछन्.. पढाई र करिअर को कुरा गर्दैथिए मैले हेर्दाहेर्दै दुबैले चुरोट सल्काए स्टाईल दिदै तान्न पो थाले.. हुन त केटी मान्छेले चुरोट खाएकै नदेखेको पाखे त म पनि होईन समानताको युगमा अचेल काठमाण्डौमै पनि क्लब पार्टी तिर केटीहरुले पनि डिंक्स र धुवा तान्न सामान्य नै छ... तर सरीफ जस्तो देखिने दुईटी सुकुमारी केटीहरुले सार्वजनीक ठाउमा केटा मान्छेले जस्तै अरु को पर्वाहै नगरी अझ गोलो गोलो चक्का बनाउदै बुङ बुङती धुवा उडाएको साच्चै देखेको थिईन.. वरिपरि सबैले नै हेरिरहेका थिए केटा मान्छे भएको भए त म पनि निहु खोज्थे होला धुमपान खानेको मात्र र्हैन सुघ्नेको स्वास्थ्यको लागि पनि हानीकारक छ भनेर.. तर सुकुमारी कन्ने केटीहरुको चित्त दुखाउनै मन लागेन.. खाउन् बिचरा

अब केटीकै चाडमा रमाएकोले केटीकै कुरा अझै गरौ होला.. सरी है मलाई त्यो स्टाईलको नाम भन्न आएन त्यो नाईटोसम्म मात्र आउने अनि निहुरिदा चाक देखाउने स्टाईल छ नि अचेल चलेको मलाई पनि खुव मन पर्छ... तर फेरि देखाउने पनि अनि देख्लान जस्तो गरेर भेष्ट तल तान्ने गरेको किन होला ? देखाएपछि धित मर्नेगरि हेर्न दिनु नि... मलाई था छ मैले यहा चाक वा यस्तै शब्दहरु लेखेकाले कोही केटी मान्छे हुनुहुन्छ भने त पढ्दाको लाज लागिसक्यो...केटी मात्र कहा हो र कतिपय मेरा सरीफ (?) केटा साथीहरुलाई पनि लाज भो होला.. सायद तेसैले त नबिन ब्रो अनि अरु ब्लगर साथीहरुले पनि यो ब्लगलाई नन् भेज ब्लग भनेको होला... अचम्म छ अश्लीलता को परिभाषा पनि

म एक दिन दुई तीन वर्ष अगाडिनै मार्टिन चौतारी पुगेको थिए... त्यस दिन महिला मुद्दामा बहस रै छ... अब मार्टिन चौतारीमा घागडान विद्वानहरु हुने भै गए तेसमाथि महिलाको बारेमा चर्चा हुदा भीड हुने भै गो... त्यस दिन एकजना धेरै पपुलरिटी नखोज्ने तर नेपालको घागडान फेमिनिस्ट डा. .... को कार्यपत्र पनि रहेछ.. उनी सोध्दै थिईन् अहिलेका अधिकांश सम्बन्धहरु पेडोफिलिया अन्तर्गत पर्छ कि पर्दैन ? अनि नेपाल भारतका प्रतिभाशाली पत्रकार केटीहरु पनि रैछन्...

हामी खाते विद्वानहरु पनि धेरै नै थियौ मलाई अनि हामी जस्तै धेरै खाते बिद्वानहरुलाई मन परेको थियो एकजना केटीको जोसिलो प्रश्न... केटाहरुले हाम्रो सरिरको सबै अंगको नाप वर्णन गर्दै कुरा गर्छन् हामीले चाहि कुनै केटाको चाक राम्रो छ भन्दा पनि ईज्जतको सवाल हुन्छ किन ? अनि अर्को केटीको प्रश्न थियो हाम्ले बच्चा पाई पनि दिने अनि हामीले नै हुर्काउन पर्ने ? केटाहरुले पनि हुर्काए हुन्न ? एउटा बोकाले उत्तर दियो केटाहरुको दुध आए पो हुर्काउनु

कहिलेकाहि यो साप्ताहिक भन्ने पत्रिकाले पनि केटीहरुलाई राम्रो प्रश्न सोधिदिन्छ... भन्न त अचेल नेपालका हिरोईन मोडल आइडल अनि आइकन केटीहरु भन्छन् म सेक्सी पनि छु अनि भर्जिन पनि छु नाईं त्यो त बिहे पछि मात्रै...हालसालैको एउटा प्रश्न थियो बिहे गर्दा केटा भर्जिन चाहिन्छ कि चाहिदैन ? सबै केटीहरुको प्राय एउटै आशय थियो म त भर्जिन छु तर भर्जिन केटा पाईदैन... कुरो ठीक हो मैले पनि आजसम्म भर्जिन केटा विरलै देखेको छु...

उता केटीहरुको बारेमा पनि मेरो एउटा बिशेष अनुभव प्राप्त साथीको यस्तो राय छः अचेल भर्जिन केटी भनेको कोक्रोमा सुतेको बच्चा पनि पाईदैन अरे... म उसको कुरा पनि अतिसयोक्तिपुर्ण नै ठान्छु... तैपनि हिजो प्रकाशित संयुक्त राष्ट्र संघको त्यो प्रतिवेदनमा विश्वास गर्न गाह्रो भईराछ जसमा भनिएको छ एसियाका महिला मा हुने ९० प्रतिशत यौन जन्य सरुवा रोग उनको पति वा यौन साथीबाट सरेको हन्छ ..मेरो बिचारमा नेपाल र भारतको केसमा तेस्तो डाटा कम्तीमा ९९ प्रतिशत हुनुपर्छ

मेरो भनाई के हो भने अरु सबै कुराको अनावश्यक खोजीनीति र चियो चर्चो गरिने हाम्रो समाजमा लभ होस वा अरेन्ज म्यारिज बिहे अघि केटा केटी दुबैको स्वास्थ्य जाच गरिनुपर्छ कि पर्दैन ? सेक्सुअल डिजीज त छदैछ कतिपय केसमा मलाई ठ्याक्कै त था भएन तर केटा र केटीको रगतमा कुन्नि के तत्व हो मेडिकल साइन्सका साथीहरुलाई था होला जुध्यो भने जन्मिने बच्चामा आनुवंसिक समस्या जस्तै लुलो लंगडो सुस्त मनस्थिति आदि देखिन्छ रे... कुन्नी कुन अरब देशमा त तेस्तो रगत परीक्षण अनिवार्य छ भन्ने कतै समाचारमा पढेको थिए...

कमेन्ट गर्नुहुने साथीहरुले भन्नु हुनेछ हो हो राम्रो कुरा हो बिहे अघि स्वास्थ्य जाच गरिन पर्छ ठीक भन्यो हावा ब्रो ले...तेस्तो कमेन्ट लेखेर का सुख पाईन्छ साथी हो मैले त तपाईलाई नै सोधेको हो तपाई बिहे अघि स्वास्थ्य जाच गराउन तयार हुनुहन्छ ? आफ्नो गराउन त खासै गाह्रो नहोला, तपाई आफ्नो दिदी, बहिनी, छोरी, वा आफन्तको बिहे गर्नु पहिले कुराकानी चलाउने बेलामै केटापक्ष संग स्वास्थ्य जाच को माग गर्न सक्नुहुन्छ ?

सुकुमारी कन्ने कुमारीहरुको जति माया लागे पनि आफुले त अहिले सम्म अरुण थापाले जस्तो कुनै कसम खाएको छैन है...जोगिएकै छु... हातैले हिसाब जोडिन्छ....हेहेहे

Thursday, August 6, 2009

यो देशलाई माओवादी नेतृत्वको सरकार चाहिएको छ

हिजोको भोटाहिटी दुर्घटनामा मेरो कुनै आफन्त मरेनन्तेसैले म कत्ति पनि भावुक छैनतर त्यो घटनाले मलाई एउटा बैचारिक स्पष्टता तिर धकेलेको छख्यातिको ह्त्या गर्ने बीरेन श्रेष्ठ होस वा हिजो कार ले किचेर ६ भारतीय सहित ७ जनालाई किचेर मारेको घटना होसके यस्ता घटनाको लागि कुनै एउटा व्यक्तिलाई अपराधी वा साइकोटिक भनेर मात्र बाकी हामी सबैले जवाफदेहीताबाट उम्किन मिल्छ ? स्कुल कलेजमा पनि गोली चलिसकेको छ बम पडकिसकेको छअब अमेरिका जस्तै नेपालको स्कुल कलेजमा कुनै विध्यार्थीले सामुहिक हत्या गरेको रोमान्चक समाचार चाडै सुन्न पाईनेछ हैन ?

हिजो कै कार चालक एकजना धनाढ्यका कलेज पढने २०, २२ बर्सका केटा हो रेजाडले मातेर टिल्ल थियो अरे कुनै क्यासिनोबाट आउदै थियो रेउसको उमेर सुन्दा त उसको पनि माया नै लागेर आउछ के उसको अपराधमा उसको परिवार जसले सही मार्गदर्शन गर्न सकेन र बाकी सारा समाज जसले पैसा, गाडी, र पुजीवादी भौतिक सम्पन्नताको मात्र सम्मान गर्छ जिम्मेवार छैन ?

पुजी र पैसा नै सबै थोक हो जसरी पनि धेरै कमाउ धेरै जना संग अप्राकृतिक सेक्स गर र सोसलाइजिंग भन्दै टिल्ल दारु पिएर मुत भन्ने बिकृत अमेरिकी जीवनशैलीको अन्धानुकरण मा के हाम्रा समाजका भलादमी, योजनाकार, बुध्दिजीवी, डाक्टर साहेब विद्वानहरु प्नि जिम्मेवार छैनन् ?

केही कन्क्रीट उदारहण सबैले स्वीकार गरेको हो कि समाजलाई व्यवस्थित गर्न पर्याप्त कानुन बनेका छैनन् तर तपाई जो आफुलाई सभ्य पढेलेखेको अनि देखे सुनेको ठान्नुहन्छ भएकै कानुनको कत्तिको पालना गर्नुभएको छ ? गाडी बाइक चलाऊदा कत्तिको सडक नियम पलना गर्नुहुन्छ ? तपाईले आफ्नो बिहेमा देशको ऐनले तोकेको मापदण्ड पुरा गर्नु भो ? दाइजो र अन्य जथाभावी खर्चको कुरा छोडनुस जन्ती वा भतेर मात्र कति जनालाई खुवाउन भो ?

तपाई देशको शिक्षाविद वा उच्च पदस्थ कर्मचारी हुनुहन्छसवैको लागि शिक्षा भन्नु हुन्छ तर तपाईका सन्तान कहा पढछन् ? कत्ति सम्म भने एकजना आफन्तको छोराको बर्तुनमा गएको थिए देख्छु लगभग पाच सय मान्छे छन् भव्य भोज छ बियर र आयातित रक्सीहरु फालाफाल छतपाई आफ्ना सन्तानलाई कस्तो संस्कार दिदै हुनुहन्छ, के बनाउदै हुनुहन्छ ?

म कम्युनिस्ट होइन तर हिजोको दुर्घटनाबाट प्रेरित भएर मैले पनि खुल्ला रुपमा माओवादीलाई समर्थन गर्ने निर्णय गरेमाओवादी मध्येका पनि कट्टरहरुलाई जसले अनियन्त्रित र आड्म्वरी जीवनशैली सुधार्न आफ्ना नेताहरुलाई दबाब दिएका छन् माओवादीको उदण्ड र असहिश्णु क्रियाकलाप मलाई पहिले पनि मन परेन अझै पनि मन पर्दैन तर यो देश मा एउटा बलियो र ईमान्दार सरकार चाहिएको छ र त्यो अहिले माओवादीबाट मात्र सम्भव छ

Tuesday, August 4, 2009

अब केनाके सल्टाएब हो परमानन्द भैया

परमाननन्द झा उर्फ चरेशानन्द झा ले फेरि सपथ खालान के ? कि घुर्की लाए जस्तैराजीनामा नै देलान् ? मेरो बिचारमा उनले केही पनि गर्ने छैनन्..राजीनामा तिनलेमरिगए पनि दिन्नन्..बरु नेपाली मै फेरि शपथ खाईदिनेछन् देश जनताको हितकोलागि.. त्यो तथाकथित सर्वोच्च अदालतको पु्र्वाग्रही ताकेतालाई एउटा कुनै जवाफ को औपचारिकता दिएर लोप्पाख्वाइदिनेछन्

उनलाई मैले पनि चरेशानन्द भन्नुमा कनै खसवादी भाषिक अहन्कार नठानियोस.. न्यायधिश छदा झाजीले पनिनेपालका स्वतन्त्र भनाउदा अरु धेरै न्यायधिशले जस्तै चरेश काण्डका कुनैअभियुक्तलाई सफाई दिएका थिएरे..उनलाई थाहा उपराष्ट्रपति जस्तो पद उनलाई लौटरी परेको हो.. त्यो पद जुनसुकै कारणले गुमेपनि उनकोराजनीतिक भविष्य फेरि छैन.. तेसैले शपथ जस्तो मामुली झमेलामा अडेर उनले कुनै हालतमा राजीनामा गर्दैनन्गर्दैनन्.. येतिको झमेला हन्छ भन्ने थाहा भएको भए तिनले भाषा मात्र हैन लवज पनि मिलाएर नेपालीमै शपथलिने थिए के गरुन् हिरो बन्न खोजेका थिए

सबैले नै भन्छन् बरु उनले आफ्नो मातृभाषा मैथिली मा शपथ खाएका भए नियम कानुन अदालत जेसुकै ले पनिकेही लछार्पाटो लाउने थिएन्.. उनी किन भारतीय भन्दा पनि बढी भारतीय हुन खोजे त्यो उनैलाई थाहा होला.. मैलेपनि रेडियो कान्तिपुरमा आउने धीरेन्द्र झा प्रेमर्षी को हेलो मिथिला कार्यक्रममा बिहार का थुप्रै मैथिलीभाषीहरुलेउनले मातृभापाको अपमान गरे भनेको सुनेको थिए..

मैले देखेको के हो भने तराई क्षेत्रका मैथिली, भोजपुरी, अवधी अदि भाषीहरुमा खासगरी उच्च भनिने जातिहरुजस्तै झा,सिंह,राजपुत, बाभन, साह आदि हरु जब अलिकता सिक्षित सक्षम हन्छन् उनीहरुले मातृभाषा छाडेरस्वेच्छिक रुपमा हिन्दी प्रयोग गर्छन्.. हिन्दी प्रयोग गर्दा गौरवान्वित महसुस गर्छन्..जस्तो कि पहाडियाहरुमापैसा शिक्षा बढदै जादा नेपाली वा अन्य भापा छोडेर अंग्रेजी बोल्ने चलन ..

मधेशी शिक्षित उच्च वर्गले हिन्दी यसकारणले पनि अगाल्छ कि यसले उनीहरुको दिल्ली सम्म को पहुच सजिलोहुने गर्छ..भारतीय दुतावास मात्र नभई सिधै दिल्ली सरकार संस्थाको माध्यमबाट पाउने छात्रवृत्ति अन्य सुबिधाअनि त्यहाका उच्च बर्ग सग पहुच बढछ.. बाउ आमा संग मैथिली मा तर छोरा छोरी संग हिन्दीमा बोल्ने गरेकोमैले काठमाण्डौकै उच्च प्रशिक्षित मधेशी परिवारमा देखेको छु..जनस्तरमै पनि हिन्दी स्टाटस सिम्बोल रहेको हुदामधेशी दलहरुले किन हिन्दी लाई नेपालको सरकारी भाषा बनाउन चाहन्छन् त्यो प्रष्टै

तर तेति हुदा हुदै पनि लिखित रुपमा चरेशानन्द झा जी ले पनि अहिलेको नेपालको सरकारी भाषा नेपालीमै शपथलिनु भएको हुदा अरु कुनै राष्ट्रिय महत्वको सवालै नभएको जस्तो अदालत,पार्टी,वा अरु निकायले झाजी कै पछाडिकुदीराख्नुपर्ने आवश्यकता पनि देख्दिन्जनता को अदालत मा झाजी को मुल्यांकन भईनैराखेको