Showing posts with label Humor. Show all posts
Showing posts with label Humor. Show all posts

Monday, June 4, 2012

हावा अचेल पैसो कमाउदै छ, पैसो

अचेल यो हावा किन देशको बारेमा सोच्दैन, किन पैलाको जस्तो देश र समाजको बारेमा लामो लामो लेख लेख्दैन भन्ने साथीहरूको गुनासो आएको छ । सुन्दछु, देश अब पैलाको भन्दा पनि जटिल अवस्थामा प्रवेश गर्दैछ अरे । अब पैलाको जस्तो दाईने र देब्रे अर्थात द्विआयमिक द्वन्द्ध भन्दा पनि बहुआयमिक द्वन्द्धमा देश फस्ने सम्भावना छ रे ।

कुरो के भने अचेल यो हावाले पनि पैसो कमाउँदैछ क्या । एकदिन बाटोमा भेटेको बेला यो हावाको पनि एकजना गुरूले भन्नुभो – हेर हावा, तिमीले देश र समाजको बारेमा धेरै सोचिसक्यौ । अब आफ्नो बारेमा पनि सोच । पैसो नि कमाउ ।

तेसो त मलाई खान र लाउन बाहेक पैसोको खासै आवश्यकता नै रहदैन । तर, गुरूले भनेको कुरो पनि हो रैछ । पैसो कमाउन थालेपछि पैला हावा भनेर हेप्नेहरू पनि अचेल मेरो कुरो ध्यान दिएर सुन्न अनि पढन थालेका छन् । के गर्ने, आफ्नो कुरा अरूलाई बुझाउन पनि पैसो कमाउनु पर्‍या छ । देश फेरि साच्चै द्वन्द्धमा गयो भने फेरि सबैले गुहार्ने त यै हावालाई नै हो फेरि । तेसैले तुलनात्मक शान्तिको बेलामा कुश्त कमाउनु परो नि त गाँठे...हाहाहा