Wednesday, September 29, 2010

ओली र गच्छदार पनि पी एच डि...हा हा हा

सुन्नु भो के पि ओली र बिजय गच्छदारले पनि पी एच डि गरेछन नि.. अमेरिका को एउटा विश्वबिद्यालयले मानार्थ बिद्याबारिधी दिएछ पोलिटिकल साईन्स मा... हा हा हा.. म त मर्छु कि क्या हो !

स्रोत:
Greenford International University, based in central United States (US), has conferred five Nepali citizens with honorary Ph. D. degree on Monday.

Chancellor of the university Prof. Dr. Gopal Paudel conferred the doctorate degree, amid a function, to UML leader KP Oli, chairman of MJF-Loktantrik Bijaya Kumar Gachchhadar, chairman of Kantipur Publications Rameshwar Thapa, and comedy artistes Haribansh Acharya and Madan Krishna Shrestha.

Oli and Gachchhadar were conferred Ph. D. on politics, Thapa on business and Acharya and Shrestha were conferred the degrees on social service. However, the varsity has not mentioned the contribution for which they were awarded the honorary degrees.

Dignitaries from Sri Lanka and India were also conferred the Ph. D. title at the function.

Source: nepalnews.com

Sunday, September 26, 2010

डाबर रियल जुस, नेपाली उपभोक्ता,संचार माध्यम, भारतीय दुतावास, राकेश सुद, अनी भाट भटेनी स्टोरका मिन बहादुर गुरुङग










कान्तिपुरमा भाट्भटेनीका सन्चालक मीनबहादुर गुरुंगले रियल जुसको बिज्ञापन गरेको देख्नुभो ? उनले भनेको छन् कि व्यापारी भएपनि स्तरीय सामान बेच्ने हुनाले उनी रियल जुसको स्तरीयतामा विश्वास गर्छन् । व्यापारी मीनबहादुर गुरुंग रियल जुस बिक्री गर्न जतिसुकै ढुक्क भएपनि म भने रियल जुस पिउन ढुक्क हुन सकेको छैन् । सोचिराखेको छु कि मीनबहादु्रले रियल जुसको विज्ञापन गरिदिदा रियल जुसको विश्वसनीयता बढ्यो कि मीन बहादुर र भाटभटेनी स्टोरको विश्वसनीयता घट्यो ? अब म कस्लाई पो विश्वास गर्ने होला ? विश्वसनीय ब्राण्ड डाबर र रियल जुसलाई, भाट्भटेनी स्टोर र राष्टिय व्यापारी मीन बहादुरलाई, राकेश सुद र भारतीय दुतावासलाई, नेपाली उपभोक्ता र सन्चार माध्यमलाई ?

Thursday, September 23, 2010

प्रचण्डको कांग्रेसलाई सुझाव

प्रचण्डले सातौ पटक हुन गईरहेको प्रधानमन्त्री चुनावको निरर्थक संसदीय रेस्( दौड्) बाट बहादुरीका साथ पछि हटेकोमा स्याब्बास् । प्रचण्डले खुलामन्चमा कांग्रेसको महाधिवेशनमा उनेरुकै जन्मदाता बि पी कोईरालाले प्रतिकुल पन्चायती निर्वाचनको परिणाम सहज स्वीकार गरेको कांग्रेसीहरुलाई स्मरण गराउन सफल भएकोमा बधाई । प्रचण्डले भारतीय रिमोट कन्टोलबाच चल्न अस्वीकार गरेर अझै पनि नगलेको सन्देश भारतीय शासक र तिनका स्वदेशी चाटुकारहरुलाई दिन सफल भएकोमा धन्यवाद । एउटा कुरा चाहि के भने कांग्रेसका अझै पनि थुप्रै समर्थक रछन्, त्यो पनि हरेक वर्ग, जाति, लिंग, र उमेर समुहमा । अब कांग्रेसमा रहेका सच्चा लोकतन्त्रवादीहरुले निर्वाचन परिणाम स्वीकार गरेर माओवादीको नेतृत्वमा राष्टिय सरकार बनाउन आफ्नै पार्टीभित्र दबाब दिएर सच्चा लोकतन्त्रवादीको परिचय दिनुपर्यो, कि कसो ?

Tuesday, September 21, 2010

हा.. हा.. हा.. मिस नेपाल सदिक्ष्या श्रेष्ठ



सुन्दरी प्रतियोगिता धमाधम जनजातिहरुलाई सुन्दरी बनाएर काचो मासु को ठेकेदारहरुले विरोधीहरु लाइ फेरी जिल्याउन सफल भए. अब माओबादीले बिरोध पनि कसरि गरोस? नेवार सुन्दरी लाइ नेपाल सुन्दरी बनाएको बिरोध गरेर के उनीहरुले झन् आफ्नो पत्ता साफ गर्नु छ र ? जनजाति वर्गलाइ बधाई छ. दरिलो घुस पाउनु भएको छ फेरी. .. ;

नेपाल भारत चीन सम्बन्ध











भारत ले नेपाल को सिमाना मा सैन्य बल राख्यो. चीन ले पनि नेपाल संग को सिमाना मा सैनिक गतिबिधि बढायो. नेपाल का दुवै सेना पूर्व जन सेना र पूर्व शाही सेना क्यान्तोनेमेंट मा सिमित भए. यसले कस्तो चित्र प्रस्तुत गर्दछ ?

निश्चय पनि भारतीय मात्र हैन चिनिया हस्तक्षेप पनि स्वतन्त्र नेपाल को लागि स्वीकार्य हुदैन. अहिले सम्म चीन ले खासै हस्तक्षेप गरेको जस्तो लाग्दैन. तर भारतीय हस्तक्षेप बढ्दै जाने हो भने कहिले सम्म चिनिया हस्तक्षेप रोक्न सकिएला ?