Showing posts with label Media Trends in Nepal. Show all posts
Showing posts with label Media Trends in Nepal. Show all posts

Sunday, July 29, 2012

ए प्रबिण गिरी पनि मरेछन


ए प्रबिण गिरी पनि मरेछन... कोपुन्डोलबाट समाचार भन्न हिडेको देखिरहन्थे... कुनै जमाना मा म थापाथली को डन भाको बेला... लौ मेरो पनि नम्बर आउँदैछ जस्तो छ् गाठे

Tuesday, July 24, 2012

समाचारको सिर्शक देखेरै पनि हासो लाग्छ


अचेल त समाचारको सिर्शक देखेरै पनि हासो लाग्छ...के भैराको छ देशमा... अनि के लेख्छन यी पत्रीकाहरु?... हाहाहा

Tuesday, October 5, 2010

सुन्नुहोस् दशैँ किराँतहरुको चाड हो !

लेखक: डा. कविताराम श्रेष्ठ

पाँच छ वर्षअघि बामदेवगौतमले यो दशैं भनेको किराँतहरुको आफ्नो चाड हो नबुझी दशैँका विरोध गर्दैछन् हीजोआजका किराँतहरुले भनेर मसँग भन्नुभएको थियो । उहाँले दलीलस्वरुप भन्नुभएको थियो दशैँ अनाजसँग सम्बन्धित चाड हो । अनि अनाज भनेको कृषी उत्पादित वस्तु हो । हरप्पा र महेन्जोदडोको उत्खननबाट बुझिएको कुरो हो कि आर्यहरु यता आउनुभन्दा पहिले नै यताका जनजातीहरुले कृषी शुरु गरिसकेका थिए । आदि । म पनि त्यही हिसावले सोच्ने मान्छे परेँ र दशैँ मुखैमा आइपुगेको हुँदा त्यसलाई केही विश्लेषण गरी तपाईँ सामू राख्न मनलाग्यो ।


वेदहरुबाट बुझिन्छ आर्यहरु गाइपालुवा जाति थिए र गाई चराउँने सिलसिलामा स्थान सर्दै पश्चिम युराली भेगबाट पूर्व भारतीय उपमहादेशतर्फ आएका थिए । उनीहरु निश्चिरुपमा घुमक्कड थिए । एक स्थानमा बस्दैनथे र कृषी यीनिहरुको पेशा त्यसबेला थिएन । यता सिन्धुघाँटी तथा गङ्गाको मैदानमा पसेपछि यताकै जनजातिहरुको सिकोमा स्थायी बसोबास शूरु गर्नलागे र त्यही सिकोमा कृषीपेशामा लागे । यतैको संस्कृति ग्रहन गर्दा उनीहरुले कृषीबाट उत्पादित वस्तु चामल अर्थात अक्षेता निधारमा लाउने विजयादशमी वा दशैँचाड पनि ग्रहन गरे । कुरा त यही हो तर फरक कहाँ पर्न गयो भने आर्यहरुले दशैँलाई धर्मशास्त्रहरुमा उद्धरण गरे र आर्यदेवताहरुको पारलौकिक कथा जोडिदिए । अनि त युगौँ बीतेपछि हिन्दुका उनै शास्त्रीय आख्यानहरुका कारणले दशैँ हिन्दुहरुको धार्मिक चाडको रुपमा मात्र बुझिन लाग्यो ।


कसरी यो अनाज सम्बन्धित चाड हो त ? मुख्यतः यो चाडको साइत धान पाकेर घर भित्र्याउने बेला पारेर गरिएको छ । कृषि उत्पादित चामललाई अक्षेताको रुपमा निधारभरी टाँसेर त्यो उत्पादनको खुशियाली मनाइन्छ । धान वा मकै वा अन्नहरु खसेर उम्रिन गएका अङ्कूरहरुलाई जमरा भन्दै कानमा सिउरेर आफूलाई सिँगार्दछन् । धान भित्रिएको छ त्यसैको पकवान बनाएर रमाउँछन् । आफू खान्छन् यीनै उपलव्धीहरुका आतिथ्यसाथ नरनाता इष्टमित्रहरुसँग पनि भेट्घाट भलाकुसारी गर्दछन् । अन्न घरमा भित्रिएको छ त्यसलाई बेचेर लुगाफाटो वा अन्य रौसका सामग्रीहरु जोहो गर्दछन् । निश्चितरुपमा यो अनाजको चाड हो भन्न गहकिला प्रमाणहरु छन् ।

कुरा त यसोउसो जे भने पनि यो चाड आर्यहरुले पश्चिमबाट ल्याएको नभई यतैको उपज थियो र आर्यहरुले यसलाई पछि ग्रहण गरेको हो भन्नुमा छ । यसका प्रमाणहरु अरु कुराबाट पनि पुष्टि हुन सक्छ । तीमध्ये एउटा यो पनि हो कि यो चाड मनसुनी जलवायु क्षेत्रको उपज हो ।


मनसुनी जलवायु हिमालयदक्षिण सिन्धुघाँटी गङ्गामैदान र भारतको देक्कन प्लेटोमा हिन्दमहासागरवाट आउने वेष्टर्ली वीण्ड (पश्चिमतिरबाट आउने सामुद्रिक वायु) को कारणबाट निर्मित जलवायु हो । यस वायुले हिन्दमहासागरबाट वाष्प बोकी जुनजुन क्षेत्रका जलवायुमा प्रभाव पार्दछ त्यस क्षेत्रलाई मनसुनी क्षेत्र भनिन्छ । सूर्य ट्रपिकअफ केन्सर २३.५ डिग्री अक्षांश मा आउँदा र त्यहाँबाट फर्केर इक्वेटरतिर फर्केर जाँदा तीनचार महीना सूर्यको रापले हावा तातिन जान्छ र त्यस क्षेत्रमा हवाको छाप कम भई हावा माथि उठ्दछ । त्यहाँ हावाको मात्रा कम हुँदा दक्षिणपश्चिमबाट हुर्रिएर हावा पुरिन आउँछ । यसरी आउने हावाले हिन्दमहासागरबाट त्यतैका सामुद्रिक बाफ बोकेर आउँछ र यताका पहाडहरुमा ठोक्किएर वर्षा गराउँछ । यो वर्षा अन्दाजी ३ महीनासम्म हुन्छ । सूर्य ट्रपिक अफ केन्सरबाट उँधो झर्न लागेपछि वेस्टर्ली वीण्डले दिशा नै परिवर्तन गर्ने हुँदा यता वर्षा नै बन्द हुन्छ । अब यस क्षेत्रमा वर्षाबाट हुने बाढी पहिरो असिना आदि-इत्यादि कष्टहरुको अन्त्य हुन्छ । तर यसै बेलामा वर्षाको कारणले हुने उत्पादनहरु पाकेर पहेँलपुर भइरहेको हुन्छ । बनजङ्गलमा घाँस फलफूल भएका हुँदा पशूपन्छीहरु पनि मोटाएका हुन्छन् । कृषीकर्मको बाटोमा व्यवधान भएका दुखकष्टहरु नाश भएको हुन्छ । उनिहरुका परिश्रमहरु पाकेर धनधान्य भएका हुन्छन् । पानी संलिएका हुन्छन् । हीलो सुकिसकेका हुन्छन् । दिन खुल्ला भइसकेको हुन्छ । गर्मी हराइसकेको हुन्छ । त्यो वर्षाको दुख कष्टबाट उनीहरुले विजय प्राप्त गरेका हुन्छन् । त्यही दुखमाथिको विजयको उपलक्षमा उनीहरुले खुसियाली मनाए एउटा चाडको रुपमा । उनै उपलव्धीहरुले आफूलाई सृङ्गार गरेर- अर्थात् धानका चामल निधारमा टाँसेर खसेका दानाका अङ्कूरहरु शीरमा शीउरेर र उत्पादित मासु र चामलले आफू परिवार नातेदार अनि इष्टमित्रलाई सत्कार गरेर, अनि लामो समयको परिश्रम पछि फुर्सद पाइएकोले नातेदार अनि इष्टमित्र भेटघाट गरेर ।


पहिलो कुरा त आर्यहरु घुमक्कड पशुपालक त्यसैले निधारमा टाँस्ने धानचामल उनीहरुको लागि अनजानकै वस्तु थिए । त्यसमाथि उनीहरु जहाँबाट आए त्यहाँ मनसुनी जलवायु नहुँदा धान उब्जाउने प्रविधि पनि थिएन र जुन साइतमा दशैँ हुने गर्दछ त्यो साइत युराली भेगका जनजातीको लागि हुनै सक्दैन । किनभने यो साइत दशैँजस्तो मनसुनी जलबायुबाट प्रदत्त कृषीउत्पादनसँग सम्बन्धित छ । युराली भेकमा मनसुनी जलबायु नभएको हुँदा त्यसमासमा धानको उब्जाऊ हुँदैन र त्यही मितितिथिको साइत त्यहाँ बन्दैन । त्यसैले निर्क्यौल यही बन्दछ कि दशैँ मनसुनी जलबायु क्षेत्रका जनजातिकै चाड थियो र त्यो जनजाति यस क्षेत्रको प्रमुख जाति िकंराँतहरु मात्र हुन सक्दछन् । पछि यता स्थाइ बसोबास गर्न आइपुगेका आर्यहरुले पनि दुखमाथि विजय प्राप्त गरेको यो मितितिथिलाई उही रुपमा किराँतहरुसँगै मनाए । आफ्ना शास्त्रहरुमा दुखमाथिको विजयलाई अद्यात्मिक रुप दिन असुरहरुमाथिको विजयको रुपमा कथाकृत गरे । एउटा फरकलाई ध्यानाकृष्ट गर्नुहोस् किराँतहरु चामल नरङ्गाई सेतो अक्षेताले टिका लगाउँछन् जब कि हिन्दुहरु यसलाई िसंदुरले रङ्गाउँछन् । सिन्दुर हिन्दुहरुको टिका भएकोले यसलाई रङ्गाइयो भने किराँतहरु आफ्ना पूर्वरुपमै अडिग थिए र छन् ।


दशैँलाई कृषिसँग जोड्ने भनाइबाहेक अरु केही सन्दर्भहरु पनि छन् जसले दशैँ आर्यहरुद्वारा ल्याइएका चाड नभई किराँतहरुकै चाड भएको कुराको पुष्टि गर्दछ । पहिलो कुरा त के भने दर्शै दुर्गापूजासँग सम्बद्ध भएकोले यो मात्रिसतात्मक समूहको चाड भनेर मान्न पर्ने हुन्छ । हिन्दुजाती आइमाइजातीलाई सामान्य वस्तुसरह दासी मान्ने र मृतलोग्नैसँगै जीउँदै सति पठाउने पितृसतात्मक जाती भएको हुँदा स्त्रीशक्तिलाई नै सर्वशक्तिमान मान्ने चाडको प्रवर्तक आर्यहरु हुनै सक्दैन ।

पश्चिमबाट आउने आर्यहरु युरालबाट सिन्धुघाँटिसम्म आइपुग्दा उनीहरु इन्द्रपूजक थिए । सिन्धक्षेत्रमा पसेपछि उनीहरु विष्णुपूजक बने । यताका किराँतदेव वा द्रविडिएनदेव शिव गणेशलाई आत्मसात गर्न उनीहरुलाई हज्जारौँ वर्ष लाग्यो र गङ्गाको मैदानको उत्तरपूर्वी भेगमा आइपुगेर मातृसतात्मक समूह किराँतहरुसँग उनीहरुको सम्पर्क बन्न अरु हज्जारौँ वर्ष लाग्यो । यसले के जनाउँछ भने हिन्दुहरुले यस चाडलाई आत्मसात गर्न हज्जारौँ वर्ष लाग्यो र शास्त्रहरुमा दशैँको उद्धरण भएको धेरै भएको छैन सम्भवतः केही हज्जार वर्ष मात्र ।


दशैँ हिन्दुहरुको चाड थिए भने त्यो प्रचलन पश्चिमतिर हुनुपर्दथ्यो वा हिन्दुहरुको प्रभुत्व भएका अन्य क्षेत्रहरुमा धुमधामले हुनुपर्दथ्यो । तर त्यस्तो छैन । दशैं उनीहरुको प्रमुख चाड त्यता छैन । चामलको टीका त त्यता प्रचलनमै छैन भने पनि हुन्छ । बुझ्नु पर्ने यो छ कि दशैँ गंगाउत्तर हिमाली भेक र वङ्गालजस्तो आर्यहरुको आगमनको अन्तिम सीमा क्षेत्रमा मात्र धुमधामले प्रमूख चाडको रुपमा मानाइन्छ र यो क्षेत्र पूर्णतः किराँत क्षेत्र हो । यस किराँत भेकका हिन्दुहरुले दशैँ माने भन्दैमा हिन्दुहरुकै आयातित चाड मानेर किराँतहरु पर सर्नू गलत नै हुनेछ । गङ्गापारिका हिन्दुहरुले नेपालीहरुलाई टीका लगाएको देख्दा- देखो पहाडीलोग चावल माथामे लगाके फिरता है भनेर मूर्ख बनाउने सन्दर्भ यहाँ विचारणीय छ ।


अर्को सन्दर्भ पनि यहाँ छेडूँ । हिन्दुहरुमा चार वर्ण छन् । उनमा ब्राह्मण र क्षेत्री वर्णहरु मात्र पूर्ववत् आर्यहरु हुन् । अरु थपिएका वैश्य र शुद्र वर्णहरु यता आगमन भएर सम्पर्कमा आएपछिका सम्झौताका जाति एवं विजित जातिहरु हुन् । वैश्यहरु कृषक वा व्यापार गर्ने समुदायका जातिहरु हुन् भनी हिन्दुशास्त्रले नै भन्दछ । आर्यहरु कृषक थिएनन् त्यसैले उनीहरु वैश्य भएनन् । वैश्य नभएका ती आर्यहरुका यो दशैँ भन्ने कृषकहरुका चाड आफ्ना कसरी हुन्छन् ? हिन्दुहरुका चाड त तब बने जब यताका किराँत र उताका आर्यजाति मिसिन लागे वा जबदेखि आर्यहरुले किराँतहरुका संस्कृतिसमेत ग्रहण गरी यस भेगमा सहभागी बन्न थाले । बिचारनीय यो छ कि हिंदूसंस्कृतिको बिकास नै आर्य र किरांत लगायतका अन्य यस भेगका जनजातिहरुका संस्कृतिहरुको संमिश्रणबाट भयो ।


कुरा यीनै हुन् । हिन्दुशास्त्रले दशैँलाई आफ्नो चाड मान्दा किराँत जातिले यो चाड आफ्नो नभनी यसको अवज्ञा गर्नु वा बहिस्कार गर्नु एक हिसावले ठूलै गलत सोच हुन्छ । हिन्दुहरुले यो संस्कृति ग्रहण गरेको प्रघटना किराँतहरुको लागि एउटा गर्वको विषय हो । समस्त किराँतहरुले आफ्ना पूर्वरित अनुशार यस कृषी चाडलाई निरन्तरित गर्दै लानुपर्छ । हिन्दुहरुको दशैँचाड मान्ने सद्भावलाई किराँतहरुले प्रत्यूत्तरमा आदरसाथ लिनुपर्दछ । दशैँको अवज्ञा किराँत संस्कृतिकै अवज्ञा हो । इति ।

Sunday, September 26, 2010

डाबर रियल जुस, नेपाली उपभोक्ता,संचार माध्यम, भारतीय दुतावास, राकेश सुद, अनी भाट भटेनी स्टोरका मिन बहादुर गुरुङग










कान्तिपुरमा भाट्भटेनीका सन्चालक मीनबहादुर गुरुंगले रियल जुसको बिज्ञापन गरेको देख्नुभो ? उनले भनेको छन् कि व्यापारी भएपनि स्तरीय सामान बेच्ने हुनाले उनी रियल जुसको स्तरीयतामा विश्वास गर्छन् । व्यापारी मीनबहादुर गुरुंग रियल जुस बिक्री गर्न जतिसुकै ढुक्क भएपनि म भने रियल जुस पिउन ढुक्क हुन सकेको छैन् । सोचिराखेको छु कि मीनबहादु्रले रियल जुसको विज्ञापन गरिदिदा रियल जुसको विश्वसनीयता बढ्यो कि मीन बहादुर र भाटभटेनी स्टोरको विश्वसनीयता घट्यो ? अब म कस्लाई पो विश्वास गर्ने होला ? विश्वसनीय ब्राण्ड डाबर र रियल जुसलाई, भाट्भटेनी स्टोर र राष्टिय व्यापारी मीन बहादुरलाई, राकेश सुद र भारतीय दुतावासलाई, नेपाली उपभोक्ता र सन्चार माध्यमलाई ?

Tuesday, September 21, 2010

हा.. हा.. हा.. मिस नेपाल सदिक्ष्या श्रेष्ठ



सुन्दरी प्रतियोगिता धमाधम जनजातिहरुलाई सुन्दरी बनाएर काचो मासु को ठेकेदारहरुले विरोधीहरु लाइ फेरी जिल्याउन सफल भए. अब माओबादीले बिरोध पनि कसरि गरोस? नेवार सुन्दरी लाइ नेपाल सुन्दरी बनाएको बिरोध गरेर के उनीहरुले झन् आफ्नो पत्ता साफ गर्नु छ र ? जनजाति वर्गलाइ बधाई छ. दरिलो घुस पाउनु भएको छ फेरी. .. ;

नेपाल भारत चीन सम्बन्ध











भारत ले नेपाल को सिमाना मा सैन्य बल राख्यो. चीन ले पनि नेपाल संग को सिमाना मा सैनिक गतिबिधि बढायो. नेपाल का दुवै सेना पूर्व जन सेना र पूर्व शाही सेना क्यान्तोनेमेंट मा सिमित भए. यसले कस्तो चित्र प्रस्तुत गर्दछ ?

निश्चय पनि भारतीय मात्र हैन चिनिया हस्तक्षेप पनि स्वतन्त्र नेपाल को लागि स्वीकार्य हुदैन. अहिले सम्म चीन ले खासै हस्तक्षेप गरेको जस्तो लाग्दैन. तर भारतीय हस्तक्षेप बढ्दै जाने हो भने कहिले सम्म चिनिया हस्तक्षेप रोक्न सकिएला ?


Wednesday, July 7, 2010

संबिधानसभा एक भ्रम.....

रमिला नेपाल, २०६७ , अषाढ २३ गते

भ्रम यस अर्थमा कि यो बास्तबिक्ता नजिक छ जस्तो भान हुन्छ । अझ भनौ आभाष हुन्छ । तर त्यो त्यसको ठिक बिपरित हुन्छ । लोभी माछा जसरी एउटा मिठो खानाको आशाले बल्छीमा पर्दछ । हामी सानो छदा स्कूलमा चटकेले एउटा झोलाबाट तातो तातो जेरी , फलहरु निकालेर हामीलाई चकित पार्दथ्यो । ठिक त्यसै गरी आज हामी संबिधानसभा मार्फत चकित हुने आशा गरिराखेका छौ । तर त्यो एक भ्रम हो । जून हामी बुझ्ने प्रयास गरिराखेका छैनौ ।


आजकाल त्यसमा पनि यो काठमाडौमा हुने अधिकाम्स सभा गोष्ठीमा एनजिओ , आइएनजीओ को बिषय संबिधानसभा , नयां संबिधान हुने गर्दछ । बाकी दस प्रतिशत बिषय अन्य भए पनि अन्तत त्यो संबिधानसभा र नयां बन्ने संबिधानमा ल्याएर टु¨ाइन्छ । यस्तो गतिबिधीले एउटा जटिल प्रश्न खडा गरेको छ । संबिधानसभा आखिर चाहिएको कसलाई हो < नयां संबिधान कस्को निम्ती हो < के साच्चै लगानी कर्ताहरुलाई हामी नेपालीको हक ,अधिकार , राष्ट्यिता र राष्ट्यि स्वाधिनताको चिन्ता हो त < प्रश्न स्वभाबिक छ ।


केही समय अघिको कुरा हो । संबिधानसभाको चुनाव गर्न बिश्वका कुन कुन राष्ट्हरुले नेपाललाई सहयोग गरे भन्ने लिष्ट हेर्न पाईयो । यसो हेर्दा त्यहां हामी नेपाली त भोटमात्र हाल्न जाने रहेछौ । त्यहां प्रयोग हुने मसी समेत बिदेशीले दान दिएको रहेछ । आज संबिधान सभाको ६०१ सभासदलाई तलब घुमाई फिराई दानबाटनै प्राप्त हुने रहेछ । नत्र के नेपालको अर्थतन्त्रले तेत्रो खर्च धान्न सक्छ < अनि तपाई भन्नुस सबै कुरा दानबाट चल्छ , चलाईन्छ भने के यिनले गर्ने काम मालिकको हितमा हुन्छ कि हाम्रो <


आज यो संबिधानसभा एउटा आइएनजिओ हो । ६०१ सभासदले जागिर खाएका छन् । यिनीहरुको काम संबिधान रुपी एक प्रतिबेदन तयार गर्ने हो । हैन भने मलाई भन्नुस संबिधानसभाका ति सभासद , जसलाई संबिधान के हो भन्ने समेत थाहा छैन । कसरी तिनले जागिर पाए < के ति हाम्रा नेता हुन् < के तिनले हाम्रो भबिष्य बारे निर्णय गर्न सक्छन् < यदि सक्छन् भने यो बिश्वबिध्यालयको आवश्यक्ता किन < नेता ति हुन् जसले समाजलाई निर्देशित गर्दछ । जो आफै निर्देशित छ । त्यसले समाजलाई कसरी निर्देशित गर्ला < बौदिक्ताको खडेरी परेका ति सभासदहरुबाट हामी के आशा राख्ने < यदि तिनीहरुले नयां संबिधान बनाए भने हाम्रो भबिष्यलाई प्रत्यक्ष प्रभाब पार्दछ । हाम्रो सन्ततीको भबिष्यलाई प्रभाब पार्दछ । यस्तो संबेदनशिल बिषयमा आज हामी किन यति हेलचेक्याई गरिरहेका छौ < भनिन्छ , के ६०१ सभासदले नै संबिधान लेख्ने हो र < त्यसो भए ति शोपिसको निम्ती मात्र राखेका हुन् भने नेपालको राजनीतिमा यसले के सन्देश दिन खोजेको हो < कतै मालिकहरुले चाहे नेपालको राजनीतिमा जे पनि हुन्छ भन्न खोजेको त हैन < माधवनेपाल शक्तिशाली प्रधानमन्त्री बन्नु , उनको मन्त्रिमण्डलमा हरुवाहरुको बाहुल्य रहनु , बहुमतवालाको बिचल्ली हुनु , संबिधान सभाको नाटकिय रुपमा एक बर्ष थपिनु , अनि जून संबिधानसभाको दुहाई दिएर बैधानिकता प्राप्त गरिन्छ । त्यसकै उपहास गरिनु । अर्थात नेपाली जनताको जनमतको कदर यस संबिधानसभाले नगर्नु । अनि भन्नुहोस , कसरी हामी बिश्वास गर्नै यो संबिधानसभाले हाम्रो पक्षमा नयां संबिधान लेख्छ भन्ने <


लाटालाई पनि थाहा छ । धेरै बाठाहरु भए निर्णय हुदैन । झगडा हुन्छ , कलह हुन्छ । त्यसो भए कसको निर्देशनमा हाम्रो जसतो सानो मुलुकमा ६०१ सभासदको जम्बो संबिधानसभा निर्माण गरियो < त्यस भित्र फेरी समानुपातिक रे < तपाई एउटा सानो मारुती भ्यान भए पुग्ने ब्यक्ति , चन्दामा पाईन्छ भनेर ठूलो बसनै राख्नु हुन्छ भने त्यो तपाईको औकात भन्दा बाहिरको कुरा हो । आजको संबिधानसभा र यसको संरचना साच्चै भन्ने हो भने नेपाल र नेपाली जनताको औकात भन्दा बाहिरको कुरा हो । त्यसैले सभासदहरु संबिधानसभामा संबिधान बनाउन चन्दाको बसमा जान्छन् , चन्दाकै खान्छन् ।


साधारणतया हाम्रो सामाजमा चालिस , पचास हजारको तलब खान कुनै निस्चित शैक्षिक योग्यता दक्षता र ज्ञान हुन पर्दछ । तर खै उदाहरणीय रुपमा प्रस्तुत हुनुपर्ने हाम्रा सभासदहरुमा त्यो छ < अनि त्यसले समाजमा कुन किसिमको सन्देश दिन्छ < हामी पत्याउ कसरी यस संबिधान सभाले हाम्रो राम्रो भबिष्य बनाउछ भनेर < समाजमा हत्या हिंसाको राजनीति दिन दोगुना रात चौ गुणा बढ्दैछ । सभासदहरु , मन्त्रीहरु बैठकमा एक आपसमा अपशब्दहरु प्रयोग गर्दछन् । सरकारी कर्मचारीलाई झापड हान्छन् । प्रधानमन्त्रीहरु भष्टचार ब्याप्त छ भन्ने कुरा स्विकार गर्दछन् । तर नियन्त्रण तर्फ कुनै कदम चाल्दैन । शेयर बजारको दलालले झै प्रधानमन्त्री पदको दलाली हुन्छ । अनि तपाई भन्नुस के देश संबिधान बमोजिम चलेको छ < ठूलो घटना घट्यो भने अन्तरिम अबस्थामा यस्तै हो । के बिगतमा भएको थिएन र भन्ने गरिन्छ । आफूलाई स्वघोषित रुपमा राम्रो बनाउन प्रतिक्यिाबादी र प्रतिगमनकारी आफू बाहेककालाई आरोप लगाइन्छ । बिडम्बना आफ्नै पार्टी भित्र पनि आफू बाहेक र आफ्नो समर्थक बाहेक अरु सबै नराम्रै देखिन्छ , यो कस्तो बिचित्र < माधबकुमार नेपाल प्रधानमन्त्री थियो , त्यस पार्टिको अध्यक्ष झलनाथ खनाल , यो सरकार असफल भयो भन्दछ । उनले तत्काल राजिनामा दिन पर्यो भन्दछ । तर केपि ओली जो त्यही पार्टिको वरिष्ट नेता , किन राजिनामा दिने भन्दछ । कसले भन्दछ यो सरकार असफल भयो भन्ने प्रतिप्रश्न गर्दछ । अनी प्रधानमन्त्रीले राजिनामा दिन्छु , बिकल्प खोज्नुस , भन्यो भने कंग्रेसमा पार्टि फुट्ला झै हुने किसिमले बिबाद सृजना हुन्छ । कार्यबाहक अध्यक्ष औषधी उपचार गर्न अमेरिका सम्म जानु पर्ने हुन्छ । माओबादी एक सुत्रिय माग राखेर सरकारको हरेक राम नराम्रा कुराहरुको बिरोध गर्दछ । आन्तरिक रुपमा प्रधानमन्त्री पद कसले लिने भन्ने कुरामा संघर्ष चल्छ । नागरिक स्वतन्त्रता , राष्ट्यि स्वाधिनताको कुरा गरिन्छ । अनिस्चितकालिन आमहडताल पनि आह्वान गरिन्छ । तर बिदेशीको घर चोटामा मिटि¨ बसेर उनिहरुको निर्दैशनमा हडताललाई बिचमा तुहाइन्छ ।


अनि तपाई नै भन्नुस , हामी संसारको कस्तो किसिमको लोकतन्त्रको अभ्यास गरिरहेका छौ < संबिधान निर्माण गर्दैछौ कि , सरकार < आखिर संबिधान निर्माण गर्न सरकार किन आवश्यक पर्यो < हो , यो प्रश्न ज्यादै महत्वपूर्ण छ । हामीले सोचेको लोकतन्त्रको मुलमर्म यहि छ । मुख्य कुरा यही हो । हामी कतिको लोकतान्त्रिक छौ । हाम्रो सोच के हो < हाम्रा बिदेशी मित्रहरु के चाहन्छ यहि बाट स्पष्ट हुन्छ ।


माओबादको दर्शनले के भन्दछ भने राज्यको टुप्पी त्यसको सेना हो । जब सम्म त्यसलाई लडाउन सकिन्न पूरानो सत्ता कुनै न कुनै रुपमा रहिरहन्छ । यसर्थ उनिहरु सेना समायोजन मार्फत सत्ता कब्जा भनौ या पूरानो सेनाको संरचना भत्काउन चाहन्छ । आजको दिनमा बिगतमा कंग्रेसले जसतो उसले आफ्नो सेनाबाट बिमुख हुन सक्ने अबस्था छैन । त्यसमा पनि असली सेना बाईसिएलको भेषमा रहेको हुदा । माओबादीको राजनीतिक बिचारले त्यसलाई पूर्ण बेवास्ता गर्न सक्दैन । त्यस पक्षको असन्तुष्टीले समग्रमा माओबादी लगायत राष्ट्यि राजनीतिलाई असर पार्न सक्दछ । यसलाई माओबादीको सामुहिक नेतृत्वले राम्ररी बुझेको छ । तर प्रचण्डजी जो सत्ता र भत्ताको स्वाद चखिसकेका छन् । उहांमा गिरिजाप्रसादमा झै सत्ता भए म सबै गर्न सक्छु भन्ने भ्म प्रधानमन्त्री पदले सृजना गरेको छ । त्यसैले उहां बेला बेलामा माओबादीलाई नेतृत्व दिने सन्दर्भमा चुक्नु हुन्छ । यसैको परिणाम हुन सक्छ किरणजी र बाबुरामजीको गठबन्धन । तर तपाई बुझ्नुस , माओबादीलाई खाओबादीकरण र एमालेकरण गर्ने प्रक्यिा शूरु भैसकेको छ ।


दलहरु सेना समायोजन मार्फत माओबादीलाई खाओबादीमा परिणत गराउन चाहन्छ । यसको निम्ती उनिहरु लगायत उनका बिदेशी मित्रहरुले प्रधानमन्त्री पदलाई मोहडा बनाएका छन् । बाध्यता हो कि , कंगे्रसको असफलताको कारणले ठूल्दाईले एमालेको माधवनेपाललाई प्रधानमन्त्री स्विकार गरेको थियो । अब त्यो पनि रहेन । नत्र के कम्यूनिष्ट यिनले सुन्न सक्ने शब्द हो ? जब कि आफै आजको दिनमा कम्यूनिष्टहरुबाट पिडित छन् । बिडम्वना , ठूल्दाईको बादर प्रबित्तीको कारणले अब उ कम्यूनिष्टहरुबाट पिडित हुने दिनहरुको पर्खाइमा छ । हामी भन्दछौ , के त्यहां छुवाछुत छैन < जातजाती छैन , धर्मको नाममा युद्ध छैन < अझ भनौ हामीमा जे जस्तो भेदभाब , असमानता छैन । त्यो त्यहां छ । राज्य धरी लुटेर लिएको छ । यस अर्थमा संचारको बिकासले गर्दा पिडित पक्षहरु उत्साहित हुने त स्वभाबिक नै हौ । अब परिणाम उसले भोग्ने हो । हामीले भोगी सक्यौ । अब हामी त ज्यउभ ायच दभकत , उचभउबचभ ायच धयचकभ को स्थितिमा छौ ।


जहां सम्म बिदेशीहरुको कुरा छ । उनिहरुले ग्राईन्ड डिजाईन मार्फत के सम्म गर्न सक्दछ भने । माओबादीले भने झै जनमुक्ती सेनाको संख्यामा बाग्रेनि¨ गरे झै गरेर सम्झौता गर्न दलहरुलाई उस्काउन सक्छ । यसको निम्ती अनमिन जसतो संस्थालाई अप्रत्यक्ष रुपमा प्रयोग गर्न सक्दछ । अनि सामुहिक रुपमा माओबादी लडाकुहरु सेनामा समायोजन हुन्छ । संबिधान निर्माण प्रक्यिा अगाडी बढ्छ । संबिधान बनोस या नबनोस , प्रक्यिालाई सकभर छिटो टु¨ाउने हिसाबले अगाडी बढाइन्छ । यस अबस्थामा माओबादी रणनीतिक रुपमा बिजयको अबस्थामा हुन्छ । उसलाई उत्साहित गर्दै अर्थात माओबादीको रणनीतिलाई नै साथ दिदै उनिहरुलाई सेनामा एक किसिमको बिद्रोह गर्न लगाइन्छ । माओबादी पनि खुशी हुदै साथ दिन्छ । नियन्त्रित रुपमा बिद्रोह हुन्छ । त्यस अबस्थामा हालको सेनाको संरचना ध्वस्त हुन्छ । ठिक त्यही अबस्थामा , समायोजित माओबादी सेना लगायत , माओबादीको राजनैतिक नेतृत्व लगायत कथित प्रजातान्त्रिक पक्षधर बाहेकका सबैलाई सेना लगायत राजनैतिक क्षेत्रबाट पाखा लगाईन्छ । संबिधानसभा वा त्यस्तै बैधानिक प्रक्यिाको नाममा नयां संबिधान जारी गरिन्छ ।


आज नेपाली सेनालाई भ्म छ । हामीलाई बिश्वको सम्पूर्ण प्रजातान्त्रिक मुलुकको समर्थन छ भन्ने । तर उनिहरुलाई थाहा छैन । अन्तराष्ट्यि राजनीतिको केन्द्र नेपाल बनेको । बिदेशीहरु नेपालमा स्थाई शक्तिको खोजीमा छ । आजको दिनमा नेपालमा रहेको स्थाई शक्ति भनेको नेपाली सेना हो । यसको ईतिहास नेपालको अस्थित्व र राष्ट् निर्माता श्री ५ पृथ्वीनारायण शाह संग जोडिएको छ । नेपाली सेनामा अझ पनि राष्ट्बादीहरुको बाहुल्य छ । यही कारणले कतिपय अबस्थामा यस प्रति उनिहरु त्यती बिश्वस्त हुन सक्दैनन् । त्यस्तै आज राजनैतिक नेताहरु अस्थिर र कमजोर पनि छन् । यही कारणले गर्दा उनिहरु सामूहिक रुपमा वा छुटाछुटै रुपमा सेनामा आफ्नो पकड जमाउने पक्षमा देखिन्छ । उदाहरणको रुपमा सेनाको सामान भारतले रोक्नुलाई लिन सकिन्छ । यो संकेत हो । त्यसैले आज जसरी राजनैतिक रुपमा बुढाहरुले राजनीतिबाट अवकाश लिन पर्यो , नयां आउन पर्यो , भनेर सर्बजनिक रुपमा बिदेशीहरुको मुखबाट आईरहेको छ । त्यो सेनामा पनि लागु हुन सक्छ । यसर्थ यदि ग्राईन्ड डिजाइन सफल भएमा ,सेनामा माओबादी लडाकु समायोजन हुन्छ । माओबादीले सेनामा बिद्रोह पनि गर्छ । नयां संबिधान लागु पनि हुन्छ । तर माओबादी पूरै सिद्धिन्छन् । नेपाली सेना बिघटन हुन्छ । नेपाल र नेपाली जनताको , न नागरिक स्वतन्त्रता हुन्छ , न राष्ट्यि स्वाधिनता =============== त्यसैले बुझौ हामी नजानिदो किसिमले भ्मलाई बास्तबिक सम्झेर संबिधानसभाको पछि लागिरहेका छौ ।


हामी दावाका साथ भन्न सक्छौ । यहां आजको दिनमा कोही पनि नयां संबिधान मार्फत हाम्रो देश नेपाललाई अमेरिका , जापान , बिट्ेन , बनाउन चाहिरहेको छै्रन । बिदेशी लगायत स्वदेशी दलाल राजनितिज्ञहरु पनि यो देशलाई नयां संबिधान मार्फत एक संरक्षित , उपनिबेशिक , आस्रित राष्ट्को रुपमा बिकास गर्ने पक्षमा छन् । यसले बिदेशीहरुलाई त फाईदा छ नै । स्वदेशी राजनितिज्ञहरुलाई पनि उठान हुने सामाजिक समस्या सामाधान , आफुले नगरी , मालिकले गरिदिइहल्छ भन्ने भ्म छ । लेन्डुप्पे प्रबित्ति देखा परेको छ । साहेद उनले सोचेको थियो होला । राज्यको संरक्षण गर्ने भने झै ,उसको राजनिती पनि अरुले संरक्षण गरिदिन्छ । तर सोचे जस्तो कहां भयो र < हो , त्यसैले हाम्रो देशको राम्रो भबिष्यको निम्ती यो घनचक्कर रुपी संबिधान सभामा घनचक्कर लाउने काम जती सक्छ चाडो अन्त गर्नु पर्दछ । यो संबिधानसभा एउटा भ्रम हो । लोभी माछा झै मिठो खानाको आशाले हामी बल्छीमा पर्दैछौ ।


अन्तमा , राजा ज्ञानेन्द्रले शुरु गरेको पद छाड्ने बेला भाषण गर्ने प्रक्यिालाई निरन्तरता दिने क्ममा कमरेड प्रचण्ड र माधवनेपाल देखापरेको छ । राजा ज्ञानेन्द्रले दरबार किन छोडे त्यो ब्याख्या गर्दा किताव बन्न सक्छ । तर एउटा कुरा धुब्रसत्य हो । उनले बिदेशी प्रभुलाई खुशी पार्न सकेनन् । प्रचण्डले त बिदेशी प्रभुको नामनै किटेर बाहिर निस्के । माधबनेपाल किन निस्के भन्दा पनि पेटेल , सेनाको सामान , कान्तिपुरको कागच रोक्ने जस्ता कुराहरुले पनि केही संकेत गर्दछ होला । आज यहां एउटा साधारण पत्रिका पढ्न जान्ने ब्यक्तिले पनि , नेपालको राजनीतिमा बिदेशी प्रभुको चलखेल कति छ भन्ने कुरा थाहा छ । अर्थात प्रधानमन्त्री बन्न जनबल हैन , प्रभुबल चाहिन्छ भन्ने । यस अर्थमा हाम्रा नेताहरुको राजनीति धरातल नेपाल र नेपाली जनता नभएर , बिदेशमा अन्त कतै गएर टु¨िएको छ भन्दा अनुपयुक्त नहोला । यो प्रबित्ती हामी र हाम्रो देशको भबिष्यको निम्ती मात्र नभएर , स्वयम उनिहरुको राजनैतिक भबिष्यको निम्ती पनि खतरनाक हो । त्यसैले प्रश्न उठ्छ । आखिर यो सबै घटना , परिघटनाको जिम्मेबार को < सोच्ने बेला आएको छ ।


आज परम्परागत राजनैतिक केन्द्रलाई ध्वस्त पार्ने लहडमा प्रजातन्त्र , लोकतन्त्र , पूर्ण लोकतन्त्र हुदै आज हामी गणतन्त्रमा पुगेका छौ । अब जनगणतन्त्र कि प्रजातान्त्रिक गणतन्त्र भन्नेमा बिबाद गरिरहेका छौ । कतै यसको अन्त परतन्त्रमा गएर टु¨िने त हैन < प्रश्न जटिल छ ।


संबिधान बनाउने हो भने , राजनीतिमा बहुमतिय हैन , सहमतिय हुनु पर्दछ भनिरहेका छौ । आखिर सहमतियमा त सबै अट्नु पर्ने हो < हामीलाई लाग्दछ अझ सम्म पनि नेपालको राजनीतिमा निषेध र पूर्बाग्रही भाबना कायम नै छ । त्यसैले जब सम्म यो कायम रहन्छ । यो देशको राजनितिको निर्णायक नेपाली जनता नभई बिदेशी प्रभुनै हुनेछ । संबिधानसभामा बहुमत भए पनि वा २४ दलमा २२ दलको समर्थन भए पनि , बिदेशी प्रभुको निगाह नभए , भाषण गरेर प्रधानमन्त्री पद छाड्नु पर्ने नै हुन्छ । त्यसैले हेरौ , अब प्रभुको निगाहमा को प्रधानमन्त्री हुने हो ======== बिडम्बना नेपालको राजनीतिको==============अघि रा==== जानिन् , पछि रा===मानिनन् , बाघ आयो घिच्याउन , रा=== लाग्यो चिच्याउन , भनेको यहि हो ।



आगे श्री पशुपतीनाथको इच्छा =====================================================.

समाप्त

Tuesday, June 29, 2010

म पुरुष, तिनी महिला, अनि माओवादी बिचलन

अफिस टाईम् थियो । सानो ग्यास माईक्रो बस पछिल्तिर एक हुल मानिस दगुरे । भीड् छल्दै फुर्तिसाथ मैले एउटा सिट कब्जा गरे । धेरैजसो तराई मूलका कामदार एक हुल नै चढे । ढोका छेउको सानो ठाउमा टुसुक्क बस्न एक महिला संघर्षरत् थिईन् । मेरो सिट हो यो भन्दै अप्ठेरो सिट्मा अप्ठेरो साथ बसिन् । अघिल्तिरको सिटमा आरामसाथ बसेर म उनलाई हेरिरहेको थिए । केही सोचेको भने थिईन् । तैपनि आफ्नो गतिबिधि निरिक्षण गरेको देखेर आत्मसचेत भईन् । अनुहारमा जीवन संघर्षले रेखाचित्र कोर्न थालिसकेका रछन् । केही चिन्तित पनि देखिन्थिन्। अप्ठेरो मान्दै भनिन् के गर्ने भाई जति उमेर बढ्यो उति पैसा चाहिदो रछ । एसो पैसा जोगाउ भन्ने लोभले ट्याक्सी चढन् मन लाग्दैन् । तेसैले जसोतसो बस्नै पर्यो ।

म भलादमी पल्टिए । ठिकै छ नि । तपाईको त अधिकार नै छ, सिटमा बस्ने । ३३ प्रतिशत महिला कोटा हुन्छ, तपाई एकजना मात्र महिला हुनुहुन्छ । उनले भनिन्, तेसो भनेर मात्र के हुन्थ्यो, सबैले बस्नै पर्यो । म थप सुधारवादी पल्टिए आफु भन्दा कम्जोर कोही छन् भने छाडिदिनु पनि पर्छ, हैन भने आफ्नो अधिकार दावी गर्नुपर्छ । उनी आश्वस्त हुदै भनिन्, त्यो त हो, कसैको वचनले मात्र पनि धेरै फरक पार्छ । सबैले तेसरी सोचिदिदैनन् । भन्छन् नि डाक्टरको बचनले मात्र पनि धेरै फरक पार्छ । म नि हौसिदै भने, हो नि डाक्टरको राम्रो बचन मात्रै ले पनि आधा रोग निको हुन्छ तेसैले त भनिएको हो । सोधे, तपाई डाक्टर हो, उनी फेरि अप्ठेरोसाथ हास्दै भनिन्, हो ।

उत्तरआधुनिक सामाजिक पहिचानमा एउटै मानिसको बहुपरिचय वा मल्टिपल आईडेन्टीटी रोचक छलफलको बिषय हो । जस्तो कि उक्त महिलाको मल्टिपल आईडेन्टीटी बिश्लेषण गर्ने हो भने,उनी डाक्टर भएकीले अत्यन्त सम्मानित पेशाकर्मी हुन् । हस्पीटलमा घाटीमा बेरिएको स्टेथोस्कोप सेतो एप्रोन अनि पछि लाग्ने बिरामीको हुलले उनको बिशिष्टता उजागर हुन्छ । तर एउटी महिला भएकीले उनी समग्रमा सिमान्तिकृत गरिएको जनसंख्याको आधा भागलाई समेत प्रतिनीधित्व गर्छिन् । तेसैले सार्वजनिक गाडीमा एउटा सिट को लागि एउटा तरकारीवाला, कबाडीवाला वा म जस्तो साहुको अफिसमा काम गर्ने कामदार सामु उनी नीरिह बन्छिन् । तेतिखेर उनलाई आफु डाक्टर हुनुको गौरव भन्दा पनि महिला हुनुको विवशता महसुस हुन्छ । उनी बाहुनी वा छेत्रीनी नानी, छोरी, बुहारी हुन् भने प्रत्येक महिना हुने प्राकृतिक चक्र भन्ने नारी शरीरको रिप्रोडक्टिभ थ्योरी फेल खान्छ, उनको शरीर नर्कको व्दार हो, उनी नछुनी बिटुली हुन्छिन् । एकल महिला हुन् भने त उनी डाक्टर भए पनि शुभ कार्यको लागि अलच्छिनी पनि हुन् । उनी मधेशी महिला हुन् भने डाक्टर नै भए पनि काठमाण्डुमा उनी तेहरो सीमान्तिकृत वा टिप्ली मार्जिनलाईज्ड जीवन बिताउदी हुन् ।

यस्तै कुरा सोच्दै म अफिस पुग्छु । त्यस अफिसमा एकजना केटी सहकर्मी कामदारमा भर्ना भएकी छन् । उनको र मेरो काम लगभग उस्तै छ । तर म उनको भन्दा दोब्बर तलब दावी गर्छु । साहुले मलाई अन्तरवार्तामै भनेका थिए, खासमा हाम्रो प्रिफ्रेरेन्स केटी कामदार नै राख्ने थियो । किनभने केटीहरु कम तलबमा सिन्सियर्ली र लामो समय काम गर्छन् । तर तपाई अनुभवी भएकोले केटा मान्छे नै भए पनि लिन चाहन्छौ । भन्नुस्, के तपाई यति तलबमा काम गर्नुहुन्छ ?

मेरो लेखाईमा जतिसुकै नारीवादी टोन देखिए पनि म पुरुष म पुरुष. . . तेसैले लागेको कुरा नढाटी भनिदिन्छु । शायद केटी भएकीले नै होला मेरी सहकर्मी फेसनमा चलाख तर काममा अलि लोसी छिन् । शायद लोसी हुन को कारण पनि उनको जेन्डर नै होला । उनको दाजुभाई बोर्डिंग स्कुल र सहरमा पढेका होलान् । उनले गाउमै घासदाउरा गर्दै दुई तिन पल्ट मा एस एल सी पास गरेकि होलिन् । पछि सहरमा बस्ने दाईले राम्रो आम्दानी गर्न थाले पछि बैनी सहरमा अलिदिन पढेर स्मार्ट हुन्छे, बिहे गर्न सजिलो हुन्छ भनेर बोलाएका होलान् । भान्साका काम गर्ने र लुगा धोईदिने कुरा त आईमाई जात को प्राकृतिक काम नै भो ।

तिनै लोसी सहकर्मी केटीकी दिदिको यही असारमा बिहे रछ । अचेल दिनहु मोबाईलमा सामान किन्न बजार जाने भनेर दाईसंग कुरा गरेको सुन्छु । मानिस र तिनका क्रियाकलापमा मेरो जिज्ञाशा अलि भिन्नै खालको हुन्छ । पहिलो जागीर भएकोले काम सिक्ने क्रममा उनको प्रश्नको उत्तर दिन मलाई झर्को लाग्छ । तर आज मैले पनि उनलाई प्रश्न सोधिदिए, दिदिको बिहेमा कति खर्च लाग्छ होला ? मेरो प्रश्नले त उनलाई हासो पो उठेछ । सोचेर भनिन, हाम्रो ईष्टिमेटमा चौध लाख लाग्छ होला । के गर्ने, त्यो भन्दा कममा गर्नै सकिएन् ।

म एक अनुभवी र दक्ष मानिएको व्यक्तिले दसौ वर्ष काम गरेको तलब एक मुष्ट जोगाउदा बल्ल चौध लाख पुग्ने रछ । उनको तलब त बीसौं बर्ष जम्मा एक मुष्ट जम्मा गरेपछि बल्ल चौध लाख पुग्ने रछ । म उनलाई आफ्नो क्रान्तिकारी हिसाब सुनाउछु । अब भने उनी गम्भीर हुन्छिन् । भन्छिन् उठिबास लाग्छ, अब छोरीको बिहे गर्न गाह्रो छ । म भन्छु, यसरी कसरी हुन्छ ? मनमा तस्वीरहरु दगुर्छन्, आफ्नो जातिले भोग्दै आएको अन्यायी परम्परा बिरुद्ध मुक्ति को लागि माओवादी बन्दुक बोकेर मार्च पास गरेका थुप्रै साहसी महिलाहरुको भाषण, नाचगान, र राके जुलुशमा अवलोकन गर्दा मेरो पनि रगत उम्लेर आएको हुन्छ ।

फेरि यो चौध लाख, फेरि यो छाउपडी, फेरि यो छुवाछुत, फेरि यो बेच बिखन..? सुन्दछु, अचेल माओवादी आफै कन्फुजनमा छ रे । प्रचन्ड वा बाबुराम ब्राम्हणहरु प्रधानमन्त्री हुनुलाई नै जनता को सर्वोच्चता मान्नुपर्छ अरे । के समाज परिवर्तनका सबै एजेण्डा तुहिएकै हुन् ? के साच्चै नै राजनीतिक जोडघटाउ र लुटेर खाने लठैतहरुको जमात मै सिमित हुने क्रमतर्फ माओवादी लागेको हो त ? कि मातृकाले भने जस्तै प्रचण्डहरु थाकेर अन्तत पुष्प कमल दाहाल भएका हुन् ?

के गर्दैछन् जम्बो संविधान सभामा विश्वकै नमुना महिला सहभागिता भएको गौरवशाली क्रान्तिकारी पार्टीका महिला, पुरुष, र तेश्रो लिंगी जनप्रतिनीधिहरु ?

Tuesday, May 25, 2010

सत्ता कब्जा किन ?

जेठ १४ मा सम्बिधान नआए जेठ १५ गते आकाशै खस्ला धर्ती नै फाट्ला झै गरेका छन् कति मान्छेहरु । धमाधम पत्रिकामा लेख्दैछन आफनो अन्तिम विचार ।

गैर माओवादीहरु माओवादीले सत्ता कब्जा गर्छ भन्ने बहानामा आफैले सत्ता कब्जा गरेका छन् । माओवादीहरु राष्टपति शासन लगाएर माकुनेहरुले पेल्छन् भन्ने शंका मा छन् । मलाई चाहि दुबै थरी माथि शन्का छ । न त सत्ता कब्जा न त राष्टपति शासन् होला जस्तो छ । तेसैले यो दाउमा म नै खुसुक्क सत्ता कब्जा गर्ने सोच्दैछु ।

सत्ता कब्जा किन ?
सत्ता कब्जा गरेपछि सर्वप्रथम म आफुलाई राष्टपति घोषणा गर्नेछु । सरी है प्रचण्ड कमरेड । म पछि तपाईको पालो ।

सार्वजनिक क्षेत्रमा
छुवाछुत, भ्रष्टाचार, कालाबजारी गर्नेलाई आजीवन कारावास हुनेछ ।
निशुल्क बिहे गर्नुपर्नेछ, दाईजो लिने दिने वा भोज भतेर रवाफ गर्नेलाई आजीवन कारावास हुनेछ ।
सार्वजनिक ठाउमा धुम्रपान, रक्सीपान प्रतिबन्ध गरिनेछ ।
बीयर, रक्सी, सुर्ती, चुरोट, प्लास्टीक को उत्पादन र आयात प्रतिबन्ध हुनेछ ।

शिक्षाको क्षेत्रमा
कक्षा १२ सम्म अनिवार्य शिक्षा लागु गरिनेछ, तर कसैलाई पनि फेल गरिने छैन ।
तोकिएको क्षेत्रमा बाहेक बिदेशी डिग्रीको मान्यता हुने छैन ।
सरकारी निकायका सबै कर्मचारीले आफ्ना सन्तानलाई सरकारी स्कुलमा मात्र पढाउनेछन् ।

आर्थिक नीति
नेपाललाई कृषि प्रधान देश घोषणा गरिनेछ ।
बैकहरुले अनिवार्य रुपमा लगानीको ४० प्रतिशत कृषि क्षेत्रमा गर्नुपर्नेछ ।

पुर्वाधारको क्षेत्रमा
तराईमा रेल वे र पहाडमा रोप वे निर्माण गरिनेछ ।
जलविद्दुतको क्षेत्रमा स्वदेशी लगानी मात्र स्वीकृत हुनेछ ।

वातावरण र उर्जाको क्षेत्रमा
एम्बुलेन्स र सुरक्षा निकाय बाहेक सबैले छोटो दुरीमा सार्वजनिक यातायात वा साईकल, रिक्सा चढनुपर्नेछ । म पनि साईकल चढेरै आफ्नो कार्यालय जानेछु ।

अहिले हतार भएकोले यो त कास्टींग मात्र देखाएको, सत्ता कब्जा गरेपछि पुरै फिलिम देखाउनेछु ।

Saturday, May 15, 2010

काठमाण्डुका सुकिलामुकिला बुद्धिबेश्याहरु र खस्राफुस्राको आन्दोलन्


अचेल बेरोजगार भएको, बेरोजगार भएकोले फुर्सत पनि नभएको, ईन्टरनेटमा पहुच पनि नभएको, र लेख्ने मसला पनि नफुरेकोले आफ्नै ब्लगबाट आफै अनुपस्थित थिए । माया गरेर साथीहरुले सम्झनुभएकोमा आभार व्यक्त गर्दै मनमा अत्ति भएर आज केही लेख्दैछ । आर्थिक कारणले गर्दा तपाईहरुको ब्लग पढन र कमेन्ट गर्न नसकेकोमा प्रचण्डजस्तै म पनि क्षमाप्रार्थी छु ।

मे डे वा मई दिवसमा म पनि खुलामन्च गाको थिए । माओवादीको आन्दोलनमा पनि आफु बसेको चोक बजार तिर चाख लिएर डुलेको थिए । खस्राफस्रा मैलाधैला र ह्वास्स गनाउने मान्छेहरुलाई मैले पनि नजिक बाट नियालेको थिए । सब्जी खान छाडिसकेको थिए, चिउरा भने ३ किलो जगेडामा राखेको थिए । सोच्दैथिए म पनि माओवादीमै खला रुपले लागम् कि क्या हो, वाईसिएल बनम् कि क्या हो ।

अचानक आन्दोलन् स्थगित् भो । त्यसपछि फिर्ता भो । भोलीपल्ट प्रचण्ड सुकिलामुकिला काठमाण्डुका भिजीलान्ते बुद्धिजीवि र मिडिया पत्रकारलाई गाली गर्दै कुर्ले । २,३ दिनपछि फेरि तिनै सुकिलामुकिलासंग अन्तर्कि्रया भो । प्रचन्ड्ले फेरि माफी मागे सुकिलामुकिलासंग पनि र काठमाण्डुका जनतासंग पनि ।

जस्ता जनता मैले आन्दोलनमा देखेको थिए तिनको दाजोमा शायद म पनि सुकिलामुकिला नै थिए । तर पनि सुकिलामुकिला बुदिजीवि भनेर जब आलोचना गरिन्छ मलाई त्यो ठिक लाग्छ । प्रचण्ड त डराए, मैले १ प्रतिशत बुद्धिजीवि लाई आक्रोश पोखेको बाकी ९९ प्रतिशत बुद्धिजीविलाई हैन् भने ।

प्रचण्डलाई नेता हुनुछ, फेरि प्रधानमन्त्री हुनुछ, तेसैले उनी गाली गरेर एक थरीलाई खुशी पार्छन्, अनि फेरि माफी मागेर अर्काथरीलाई । आफुलाई त नेता पनि हुन छैन् र यो भन्दा अप्ठेरो अब के नै होला र ? तेसैले ९९ प्रतिशत सुकिलामुकिला र योजनाकार अनि बुद्धिजीविप्रति मेरो आक्रोश कायमै छ ।

एकजना सुकिलीमुकिली बिशाखा छेत्री काठमाण्डु पोस्टमा लेख्छिन् प्रचन्डको भाषण टिभी मा सुनेपछि मैले आफ्नो पहिरन तर्फ हेरे । म पनि सुकिलो मुकिलो नै रहेछु । प्रचण्ड आफै पनि चिटिक्क थिए । अनि उनले आफ्नो गुनासो लेखिन् । मेरा बा पनि मजदुर वा माईला थिए । दुखकष्ट र अध्ययन् गरेर स्तर उकासे । अनि म सुकिलो मुकिलो भए । मेरो के गल्ती छ ? आदि आदि

सोही अंकमा दिपक थापाले उन्डेड प्राईड वा घाईते अहम् शिर्षक मा माओवादीले काठमाण्डु भित्र र बाहिरका भनेर आन्दोलन गर्नु गलत थियो, प्रचण्डले बुझनपर्छ कुनै पनि किसिमको अधिनायकवादलाई नेपाली जनताले रुचाउदैनन् आदि लेखे । मलाई दिपक थापाको लेखाई पनि शैलीगत रुपले राम्रो लाग्छ । उनको लेख पढनको अर्को कारण हो चित्रमा हेर्दा उनको नाक मेरो ब्राम्हण नाक भन्दा अलि चेप्टो जस्तो लाग्छ । शायद उनी थापा मगर हुन् तेसैले पनि उनको लेख चाख मानेर हेर्छु । दिपकजीलाई यति मात्र भनम् होला ज्याट् ज्याले दिपकजी ? कि मा ज्याले ?

बिशाखाजी लाई म के भन्छु भने तपाई सुकिलीमुकिली हुनमा गल्ती छैन् । तपाई राम्रो र सुकिलोमुकिलो नै हुनुस् । तर समस्या के भने जबसम्म हामी यो देशका अधिकांश खस्राफस्रा र गनाउने मान्छेहरुको वास्ता गर्दैनौ, तबसम्म तपाई हामी पनि यो देशमा शान्तिपुर्वक बस्न सक्ने छैनौं । तेसैले हामी सुकिलामुकिला ले गर्ने प्रत्येक कार्यले खस्राफस्राको हितमा छ कि छैन् भन्नेमा सचेत हुनैपर्छ ।

बुद्धिजीवि जसलाई भनिन्छ अघि पनि भने तिनमध्ये त ९९ प्रतिशतलाई म बुद्धिबेश्या भन्छ । कुनै नारीले पैसाको लागि शरीर बेच्छिन् भने त्यो उनको बाध्यता हो । पैसा, पद वा अवसरको लागि आफ्नो बुद्धिको दुरुपयोग वा चाकरीमा प्रयोग गर्नेलाई बुद्धिबेश्या नभनेर के भन्ने त ? प्रचण्डले माफी मागेकाहरुमध्ये पनि ९९ प्रतिशत बुद्धिबेश्या नै थिए भन्ने मेरो ठहर छ ।

आन्दोलनको एउटा फेजमा काठमाण्डका रैथाने वा नेवार जनताले साथ दिनेछन् भन्ने माओवादी आकलन गलत थियो भन्ने टिप्पणी चाहि सही हो । नेवार लगायत काठमाण्डुमा घर हुनेहरु माओवादीको आन्दोलन प्रति उदासिन हुनु वा प्रतिरोधको कारण यसपाली माओवादीले जातिय नभई वर्गीय नारा उचालेको हुनाले हो भन्ने मलाई लाग्छ । युरोपेली मापदण्ड सरहको जीवनस्तर भएको काठमाण्डुमा घर हुनेहरु के खान खस्राफस्रा को बर्गीय नारा पछि लाग्थे ?

काठमाण्डुका मान्छेले पैसा राम्ररी चिनेका छन्, जहासुकैबाट आओस् जसरीसुकै आओस् । भ्रष्टाचार, कालाबजारी, र बुद्धिवेश्यागिरी गरेर कुस्त नकमाईकन कसले काठमाण्डुका ज्यापुका धानखेत र बगर करोडौ अरबौमा किनीदियोस् ? तेसमाथि, प्रचण्ड सरकार भएको बेलामा भैसी काटेर भोज खाने बजेट कटौती गर्यो भनेर आन्दोलन गर्ने रैथाने नेवार जनताले वर्गीय नारालाई साथ देलान् भन्ने आशा गर्नु नै मुर्खता हो भन्छु म पनि ।

तर पनि माओवादीको यो आन्दोलनलाई म सफल भएको मान्दछु । सुदुर गाउका हजारौ खस्राफस्राहरुको काठमाण्डु तीर्थयात्राको रहर पुरा भएको छ । पहिलो पटक यति व्यापक स्तरमा काठमाण्डु भर्सेज मोफसल र बौद्धिक पेशागत मर्यादा दायित्व मा बहस शुरु भएको छ । नया पुस्ताका प्राय बेफिक्री रहने नवधनाढ्य बिशाखा जस्ता सुकिलीमुकिली पनि आत्मसमीक्षा गर्न थालेका छन् । काठमाण्डुवासी हो जाग, नत्र खस्राफस्राहरुले अब नाकाबन्दी गर्नेछन् ।

प्रचण्डहरुको समस्या पनि मैले बुझे । खुला राजनीतिमा आईसकेको हुनाले उनीहरु फेरि जंगल जान सक्दैनन् । बुढेसकाल पनि लाग्यो । अनि सहरमा क्रान्तिकारी भाषण पनि नगरेर के गरुन् त ? तर काठमाण्डूका सुकिलामुकिला अनि बुद्धिबेश्याहरुले बुझुन् जतिसुकै बुढेसकाल, थकाई, वा मात लागेपनि एक निश्चित बिन्दु भन्दा पछाडि प्रचण्डहरुले ब्याकट्र्याक गर्न वा पछि हटन् सक्ने छैनन् । अब खस्राफुस्राले कसैलाई पनि छोडनेवाला छैनन् । मलाई भने अब रहर लागेर आएको छ । काठमाण्डुको निर्दयी चाला देखेर वाक्क लागेर आईसक्यो । मै पो जंगलतिर छिर्नपर्यो कि कसो ?

Monday, February 1, 2010

माओवादीले सिक्नुपर्ने कुरा

मैले एकजना आदर गर्ने कलेजको गुरुलाई केही दिन अघि भेटे उहाँलाई यसकारणले पनि आदर गर्थे कि उहाँले धेरै वर्ष पहिले अमेरिकाको स्तरीय मानिने युनिभरसीटीबाट पि एच डी गरेर पनि अमेरिकाको अवसर छोडेर देशको लागि केही गर्नुपर्छ भनेर नेपाल फर्किनुभको थियो देशको छात्रवृत्ति पचाएर विदेशमै हराउने देशको ढुकुटीबाट सरकारी संस्थाहरुमा फुल टाईमको तलब खाएर पार्ट टाईम पनि समय दिन नचाहने प्रवृत्ति देशमा अझै पनि अध्ययन मिहिनेत भन्दा पनि फाईफुट्टी लाउनेकै हाई हाई चोरेर घोकेर बर्षौ पछि बल्लतल्ल थर्ड डिभिजन आएका व्याचलर, मास्टर्स, पिएचडी गर्नेहरु समेत मै हँु विव्दान भन्ने घमण्ड गर्छन् तेसैले पनि काम प्रतिको सरको दक्षता, लगनशीलता समर्पण देखेर तेसै सन्मान गर्न मन लाग्थ्यो

तेसो सर अमेरिकाबाट पढेर आएकोले होला व्यवसायिक हुनुपर्छ पैसा पनि सकेको कमाउनुपर्छ भन्नुहुन्छ तेसैले होला, उहाँ टि यु को क्लास बाहेक अरुतिर पनि क्लास लिनुहुन्छ, अरु सम्बन्धित पेशागत काम पनि गर्नहुन्छ हामीलाई क्लासमा ओभर एम्बिसस् नहुन भन्नुहुन्थ्यो, तर छोराछोरीलाई भने पढन अमेरिका नै पठाउनुभको तर सरले व्यवस्थाको कमजोरी वा सिस्टम को लुपहोलबाट फाईदा उठाएर जसरी पनि पैसा कमाउनुपर्छ भन्ने प्रवृत्तिको खुला विरोध गर्नुहुन्थ्यो आफ्नो सीप दक्षतालाई सकेसम्म उपयोग गरेर ईमान्दारीपुर्वक नै पैसा कमाउनुपर्छ भन्नेमा सरको जोड थियो

पेशाकर्मी उच्च शिक्षित मानिसहरु आफुप्रति सम्मान खोज्छन् हुन कसैले पनि ठुलो पल्टिन खोज्नु उचित नहोला, तर राम्रो कामको वा दक्षताको कदर होस भन्ने चाहना मानवीय हो जुन सबैमा हुन्छ अस्ति जब मैले सरलाई भेटे, सर अति निराश हुनुहुन्थ्यो सरले भन्नुभो, देशको अवस्था झन् बिग्रदै बिसौं बर्ष देशको लागि भनेर काम गरे, तर अब काम गर्ने वातावरण छैन् हरेक क्षेत्रमा ओभरपोलिटिसाईजेशन भएको सोच्दैछु कि अमेरिकातिरै लागुँ यस्तो कुरा निराशा अचेल धेरै दक्ष व्यक्तिहरुले भनिरहेको सुन्छु

जुनसुकै पार्टी आए पनि जुनसुकै व्यवस्था आएपनि देशलाई दक्ष जनशक्तिको आवश्यकता हुन्छ अचेल जसलाई हामी योग्य वा प्रोफेशनल भन्दछौ, धेरैजसोले देश छोडेर जाने कुरा गरेका हुन्छन् सबै पेशाकर्मी उच्च शिक्षित मानिसहरु भ्रष्ट नै छन् भन्ने पनि होईन् पेशाकर्मीहरुको गुनासो हुन्छ गणतन्त्र हैन, देशमा भीड्तन्त्र आयो हरेक कुरामा अति राजनीतिकरण भयो देश जनताको लागि काम गर्ने भन्दा पनि राजनीतिक पार्टीको अनुकुल हुनुपर्ने अवस्था आयो राजनीतिक दल नेताहरुलाई खुशी पारेकै भरमा भ्रष्ट असक्षम व्यक्तिहरु हाकिम भए, सक्षम ईमान्दर जनशक्तिलाई कजाए हिजो यस्तै कुरा गरेर काग्रेस एमालेलाई सराप्दै धेरै दक्ष जनशक्ति बिदेशिए अचेल पेशाकर्मी वा प्रोफेसशनलहरुको गुनासो हुन्छ कि माओवादीका भातृ संगठनले अनावश्यक दबाब दिन्छन्

माओवादीले के बुझ्नुपर्छ भन्ने जनमतले उसलाई शक्तिशाली बनाएको हो, त्यसैले आफु भन्दा भिन्न विचार राख्ने जनमतको पनि उसले सम्मान गर्नुपर्छ अहिले सबैभन्दा शक्तिशाली जनादेश प्राप्त पार्टी माओवादीलाई पाखा लाएर कांग्रेस एमाले पन्चायतका पनि भ्रष्टतम् व्यक्तिहरुले समेत सत्ता कब्जा गर्न कसरी सफल भएका छन् ? कतिपय माओवादीको सामजिक परिवर्तनका कतिपय एजेन्डाहरुसंग सैद्धान्तिक रुपले सहमत् हुनेहरु पनि कार्यकर्ताले अभद्र व्यवहार गरे भनेर चित्त दुखाएका छन् यसमा माओवादीहरु पनि चनाखो हुनुपर्छ माओवादीले आफ्ना कार्यकर्तालाई जनसम्पर्क कसरी राम्रो बनाउने वा पब्लिक रिलेशन को बारेमा संवेदनशील विनम्र हुन पनि तालिम दिनुपर्छ