Showing posts with label Political and Social Corruption in Nepal. Show all posts
Showing posts with label Political and Social Corruption in Nepal. Show all posts

Tuesday, July 24, 2012

समाचारको सिर्शक देखेरै पनि हासो लाग्छ


अचेल त समाचारको सिर्शक देखेरै पनि हासो लाग्छ...के भैराको छ देशमा... अनि के लेख्छन यी पत्रीकाहरु?... हाहाहा

Monday, July 2, 2012

नो पोलिटिक्स.. जस्ट फूटबल

के भाको होला यार अचेल त पुल्टिसको कुरै गर्न मन लाग्दैन भन्या..

समाचार पनि पढन मन लाग्दैन यार.. वाक्क लाग्छ

Saturday, May 12, 2012

नेपालका भेंडा नेता र जनतालाई सम्बोधन

अचेल फेरि नेपालमा चहलपहल बढेको छ । यस पालीको जेठ १४ मा त साच्चै नै प्रलय नै आउला जस्तो गर्न थालेका छन् मानिसहरू । हिजै एक जना चर्चित मानवअधिकारीकर्मीले निकै गम्भीर भएको नाटक गर्दै भने – देश मास हिस्टेरियामा गईसक्यो । अर्काथरी, अग्रगमनका ठेकेदारकर्मीले भने – हैन, सबै जातजाति आफ्नो अधिकार बारे सचेत भएकोलाई त सकारात्मक नै मान्नुपर्छ । ठेकेदारहरुको यस्तो कुरा सुनेर मलाई त हासो उठिहाल्यो ।


मलाई कसैको पनि सर्टिफिकेट नचाहिएकोले ढाँटनुपर्या पनि छैन – रमाईलो लागिराछ । बल्ल क्लाईमेक्समा आईपुगियो । अवस्था रोचक अनि सनसनीखेज हुदैछ । कम्तीमा दुई चार हजार त जेठ १४ कै सेरोफेरोमै शहीद होलान जस्तो छ, हाहाहा । फेरि, मलाई के को चासो, म मर्ने होईन क्यारे । बरू, यस्तो रोचक अवस्थामा मलाई पनि लेख्ने कुरा फुर्ने गर्छ ।

मलाई खासै चासो र फरक नपरेतापनि ताई न तुईको आफ्नो खाल्डो आफै खन्न थालेका भीडहरूको जमात देख्दा दया लागेर आउँछ, करूणावतार जो परियो आफू । तेसैले, म के भनिदिउँ र भेडा नेपालीहरूको अन्तःचक्षु खुलोस् भन्ने करूणा चलेर आउँछ ।

तेसो त अचेल म आफ्नो ब्रम्हज्ञानले पत्ता लगाएको कुरा जताततै बारम्बार दोहो¥याउने गर्छु – सब भ्रम हो भनेर । म के देखिराछु भने यी सबै मत्र्यलोकवासीहरू महाभ्रममा छन् । सबैलाई मै जान्नेसुन्ने, मै बाठो, मै चलाख, मै ज्ञानी, मै असल...अरू सब मूर्ख, खराब, तुच्छ आदि अर्थात् सबैलाई ‘मै हूँ’ भन्ने अहङ्कारको भ्रम छ । कतिसम्म भने आजकल मेरो गल्लीको एउटा भुस्याहा कुकुर पनि ‘मै हूँ यो विश्वकै सर्वेसर्वा भुस्याहा कुकुर’ भन्ने शैलीमा भुक्न थालेको छ ।

तेसैले, हे भेडा नेपालीहरू हो मेरो कुरा सुन् । तिमीहरू जो जेसुकै भएतापनि तिमीहरू भुसुनामात्र हौ । कसैले पनि धेर नखोके हुन्छ ।

यी त भए अन्तःज्ञानका कुरा । अब ठोस धरातलीय यथार्थमा फर्कौं । त्यै हो अब चाहि देश जातिय युद्धमा जाने निश्चितप्रायः छ भन्ने धेरैको आशङ्का देखिन्छ । त मपनि कुरा बुझौं के रैछ त मर्त्यलोकवासीहरूको हालखबर भनेर हिजो बन्दको दिन आफ्नो दरबारबाट फिल्ड भिजिटमा निस्कें । त म घुम्दैथिए, हालको कथित् ताम्लासिङतिर ।

एकजना अधबैंसे मानिस बाटो खन्दै रछन् । उनले मलाई बोलाए, बाबु आउनुस एकछिन् बसौं भनेर । मैले बुझिहाले, उनलाई पनि राजनीतिको हावा लागेको रैछ । अब नेपालीहरूको परिचय गर्ने शैली त थाहा नै छ सबैलाई । उनले मलाई सोधेको पहिलो प्रश्न थियो – बाबु के थरी ? मैले आप्mनो बाहुन थर भने । अनि मैले पनि उनलाई सोधें – तपाईं के थरी नि, दाई ? उनले भने – म तामाङ हो बाबु ।

अनि मैले भने – लौ त, तामाङ दाई, आफू त बाहुन परियो, तपाईंहरूको ताम्सालिङ क्षेत्रमा आईयाछ । उनले भने – तेसो हैन बाबु, हामी सबै नेपाली हौं, हामी सबैको रगत त उही हो नि बाबु ।

अनि उनले मलाई सोधे – बाबु, कतिको पढनुभाछ कोनि । मैले पनि नढाँटी सत्य कुरा भनिदिए – धेरै पढेको त छैन दाई, तर ठोकुवा नै गर्ने हो भने यो देशको जुनसुकै मै हूँ विद्वान भनेर घमण्ड गर्नेभन्दा कम पढेको पनि छैन । अनि उनले एउटा चुरोट सल्काए, मलाई पनि चुरोट खाउँ बाबु भने । मैले म चुरोट खान्न दाई भने । उनले भने – हामी त तामाङ हो बाबु । हातमा आगो छ, ढाँटनु हुँदैन, पढेलेखेको छैन ।

अनि उनले सोधे, मेरो कुरा ठाउँमा पुग्छ कि पुग्दैन बाबु ? मैले भने – के कुरा दाई, म पु¥याउने प्रयास गरूला । उनले भने – हेर्नुस, हामीले ज्ञानेन्द्रलाई पनि मानेकै थियौं । अहिलेका नेताहरूलाई पनि मानेकै हौं । तर, हेर्नुस् त, नेताहरूमा धर्म छैन । छोराछोरी, भाईभतिजा, छोरी ज्वाईं बनाउन लागे । देशको बारेमा कसैलाई चासो छैन । उनेरू ठुला मान्छे भाका छन् । हामी सधैं साना मान्छे नै भयौं । म बाटो खनेर महिनाको दश हजार कमाउँछु । जातैले पाको, जाँडरक्सी चुरोट पनि खानैप¥यो । मैले आफ्ना छोराछोरीलाई पढाउन पाको छैन । हामी त जातै तातो रगत भाका । अनि हाम्लाई रिस उठ्दैन त ?

मैले भने, दाई तपाईलाई मात्रै हैन । म पनि बाहुन नै हो, तर मलाई तपाईलाई भन्दा पनि चर्को झोक चल्छ । औषधी खाएर आप्mनो झोकलाई कण्ट्रोल गर्छु । अब जेठ १४ आउँदैछ, त्यसपछि सबै छिनोफानो गर्नुपर्ला । अनि म हासें । अनि उनी पनि हासें । अनि मैले भने – हेर्नुस दाई, नेता ठुलो र तपाई सानो मान्छे हैन । पढनु लेख्नु मात्रै पनि ठुलो हैन । नेता हुनु पनि ठुलो हैन । सबैका -आफ्ना सीप हुन्छन् अनि सबैका आ-आफ्ना दुःख हुन्छन् । तपाईले बाटो कुलो नखने गाउँको कसरी विकास हुन्छ ? नेताले आएर त तपाईले जस्तो बाटो खन्न सक्दैनन । तेसैले तपाईंको ठाउँमा तपाई नै ठुलो मान्छे हो ।

मैले त्यति भन्नासाथ उनको अनुहारमा चमक आयो । उनी दङ्ग पर्दै भने – बास्, बाबु, बास्, हाम्ले भनेको पनि त्यति मात्रै हो । हाम्लाई हेला गरिदिनुभएन । बाबु त साच्चै नै धेरै जान्ने मान्छे पो रैछ । म पनि ती तामाङ दाईले आफूलाई पनि र मलाई पनि चिनेकोमा दङग परें ।

यी त भए जनस्तरका कुरा । चाहे जनजाति हुन वा बाहुन क्षेत्री वा मधेशी । म चाहिँ जनस्तरमा कुनै समस्या देख्दिन । समस्या भन्ने नै नेता, ठुला, अग्र(?)गामी, विद्वान आदि भनाउँदा मा देखिराको छु । र यस्ता तत्व सबै वर्ग, जाति र समूहमा छन् । बाहुन क्षेत्री नेता मात्रै धूर्त र जनजाति नेता कम धूर्त भन्ने पनि हैन । शायद, मान्छेको जातै घटिया हुन्छ जस्तो लाग्न थालेको मलाई अचेल । तेसैले मान्छे भन्दा पनि म पशुहरूलाई मन पराउँछु अचेल । आखिर पशुपतिनाथको मित्र जो परियो । यिनीहरूले आफू ठुलो बन्नका लागि जनतालाई जुधाईरहेका छन् । मलाई हासों त यिनको मै बाठो भन्ने शैलीमा लागेर आउँछ । आप्mनो खाडल आफैले खनिरहेका छन्, हा..हा..हा

तर, नेता अनि जनता भेडाहरूको जेसुकै भएतापनि यो देश नेपाललाई नै भड्खालोमा जान दिनु भएन । किनभने, यहाँ त म पनि बसेको छु । मेरो दरबार पनि यै देशभित्र छ । मलाई केही हुन्छ भनेर हैन । यो देशमा केही भएपनि मलाई केही फरक पर्दैन । दिनको १० घण्टा सुत्ने बानी छ मेरो, जुनसकै अवस्थामा पनि त्यो कायम रहनेछ । म बिहान नेवारले पकाएको खाजा खान्छु, खाना मगरले पकाएको खान्छु, अनि बेलुकाको खाना एकजना लिम्बुनी दिदीले पकाएको खान्छु । गर्मीको मौसम छ, अचेल तरबूजा अनि चटपटे एकजना मधेशी दाईले बनाएको मिठो लाग्छ मलाई । अघि भर्खर भारतको गोरखपुरबाट काठमाडौंमा मिठाई पसल खोलेका साहुजीकोमा चाउमिन खाँए । त्यसपछि, एउटी तामाङ्नी दिदीकोमा हरियो नून खुर्सानी दलेको काक्रों खाँदा बडो आनन्द आयो । म तिमेरू नाक चुच्चे र नाक थेप्चे दुवैथरीका छुसी नेताहरूको कुनै पनि गेमप्लानलाई किमार्थ सफल हुन दिने छैन । त्यसैले, देशलाई बचाउने मेरो आगामी योजना पनि सुनाउँछु । अनि अलिकता खरो कुरा पनि गर्छु अब ।

हे भेडाहरू हो, सबैभन्दा पहिले तिमीहरू के प्रष्ट होऊ भने यो देश नेपाल हो । त्यसैले जसले आफ्नोपहिलो पहिचान नेपाली भनेर प्रस्तुत गर्छ, उसले मात्र अरू अधिकारको दावी गर्न पाउनेछ । अनि अधिकारको दावी गर्नुभन्दा पहिले तिमीहरूले यो देखाउनुपर्नेछ कि यो देशको लागि तिमेर्ले योगदान के दियौ ? छोराछोरी त मेरो गल्लीको भुस्याहा कुकुरले पनि पालेको छ, तिर्मेले त्यस्तो विशेष के नापेका छौ ?

अझ सुन, यो देशमा बस्ने अनि आफूलाई नेपाली भन्ने जति सबै यहाँका आदिवासी हुन् । कुनै खास जाति विशेष मात्र आदिवासी होईनन् । आफूलाई नेपाली भन्दा पनि पहिला मङ्गोलियन अनि अनेक थरी नामले चिनाउनेहरू हो, तिमीहरू चीनभन्दा पनि परको देश मङ्गोलिया जाओ । त्यै हो मङ्गोलियनहरूको आदिवासी देश । आफूलाई नेपाली भन्दा पनि मधेशी पहिचान खोज्नेहरू, तिमीहरू भारत फर्क । अझ, भारतको पनि युपी, बिहार मात्र जानु, अरूतिर त भारतमै पनि तिमेर्को खैर छैन । युपी, बिहारमा पनि तिमेरू त्यहाँको कुनै जातिय नेताको गुलामी गर्नु । बाहुन क्षेत्री हो, तिमेरूले पनि सङ्घीयता चाहिदैन भनेर नखोके हुन्छ । देश सङ्घीयतामा गईसक्यो, कस्तो सङ्घीयता भन्ने मात्र प्रश्न हो । जुनसुकै क्षेत्र वा जातिका भएपनि दलितहरू प्रति भने मेरो विशेष सहानूभूति छ ।

जेठ १४ र त्यसको सेरोफेरोमा देशको पहिचान र अमनचैनका लागि जुनसुकै कदम चाल्न पनि तयार रहन म वर्तमान राष्ट्रपति रामबरण यादव र नेपाली सेनालाई सजग रहन आदेश दिन्छु । यो राष्ट्रपति रामबरण मधेशी नै भएतापनि यो नै अहिलेको सच्चा नेपाली नेता हो भन्ने मेरो ठहर छ । त्यसैले, बरू आवश्यक परे संसद, सम्बिधान सभा, सरकार लगायत सम्पूर्ण निकायलाई खारेज गरी रामबरणको मातहतमा सैनिक शासन लागू गर्ने म आदेश जारी गर्दछु । बरू, प्रधानमन्त्री चाँहि कुनै चिम्से आँखा अनि थेप्चो नाक भएकालाई बनाउनु, सजिलो हुनेछ ।

Friday, June 17, 2011

खबरदार..संबिधान जारी गरेन्यौ भने म पनि देखाइदिउला फेरी


१ महिना बित्नै लाग्यो..
अब दुई महिना मात्र बाँकी छ्

छिटो छिटो गर्नुपर्‍यो
संबिधान सभाका नेताहरु हो

तिमेरुलाई सित्तैमा खान पालेको होइन मैले
भतुवाहरु हो

आबु दुई मैना भित्रमा संबिधान जारी गरेन्यौ भने....

खबरदार म पनि देखाइदिउला फेरी

Monday, June 6, 2011

कुरो खरो छ्

कुरो खरो छ्,

गरी खानेले चाकरी गर्दैन

चाकरी गर्नेले गरी खाँदैन

सबैलाई चेतना भया

Tuesday, May 31, 2011

तीन मैना भित्र संबिधान जारि गर...नत्र देखाइदिउला तिमेरुलाई

आ आफ्नो गरी खान्या हो.
कसैले पनि फूर्ती नलान्या हो.
अब तीन मैना भित्र संबिधान जारि गरन्या हो.
नत्र मलाइ पनि साच्चैको जङ को चलन्या हो.
अनि म पनि नेताहरुलाई देखाइदिन्छु.
सबैलाई चेतना भया.

Friday, May 27, 2011

संबिधान सभालाई अन्तिम पटक छ महिनाको लागि मेरो अनुमती

लु त लु, नेताहरुले पनि धेरै रोइ कराइ गरे

एक पल्टलाई भये नि संबिधान सभा को म्याद थप्दिनु पर्‍यो भनेर

राष्ट्रपती पनि आफ्नो पनि पद जान लाग्यो भनेर क्वाँ क्वाँ गर्न थाले

मलाई पनि दया लागेर आयो

सभासदले अहिले खाइपाइ आएको तलबमा आधाले कतौटी गर

अनी एकपटक अन्तिम पटक छ् महिनाको लागि म्याद बढाओ

तर भन्देकोछु नि यो अन्तिम पटक हो, त्यो नि छ मैनाको लागि मात्र

यिनेरुलाई त तलबै नदिएर हलो जोत्न लाउनु पर्ने हो तर के गर्ने

मेरो जिन्दगी त यस्तै नै हुने भो

मेरा जस्तै यिनेर्को पनि साना साना बच्चा देखेर माया लाग्छ

घिच, अझै छ मैना सम्म घिच

तीमेर्को बाउको के जान्छ र...

Monday, May 16, 2011

जेठ १४ भित्रै सम्विधान जारी नभए फाटेको जुत्ता उपहार


अब कुरा नचपाएर भन्नुपर्ने भो
जेठ १४ भित्र जस्तो भये नि सम्विधान जारी गर भनी म आज्ञा गर्दछु

कुरा मिलेको जती जारी गर, नमिलेकोमा पछी बहस गर्दै गर्नु
तर बन्द सन्द हडताल सडतालको गर्न पाइदैन मैले भन्देको छु

जेठ १४ भित्र सम्विधान जारी नगरे जनताले अब जर्ज बुस र राकेश सूदलाई हैन

संबिधान सभामा पठाएका प्रतिनिधि, नेता कार्यकर्ता लगायत सार्वजनिक पदमा बसेका जसलाई भेट्यो उस्लाई फाटेको जुत्ता हान्न म नेपाली जनतालाई अनुमती दिन्छु

Friday, February 25, 2011

समाज परिवर्तन को लागि पोलिटिक्स
















समाज परिवर्तन को लागि पोलिटिक्स माने राजनीति गरम साथी हो....

एक अर्काको खुट्टा तान्नको लागि होइन

Tuesday, December 14, 2010

पारसेले ठीक गर्‍यो

स्याब्बास पारस.. सुजातेकि ज्वाईं बंगलादेशी नागरिक रिज्वानमाथि गोली चलाएर पारसेले ठीक गर्‍यो.. किन यस्तो हल्लीखल्ली ? कुनै नयाँ कुरो भो र ? ए हो त नयाँ कुरो त भो नि.. नेतामाथि तथा बिदेशी नागरिकमाथि आक्रमण भयो.. तेसैले त यत्तिको हल्लीखल्ली छ

अझ पारसेले हो मैले नै क्रोध मा आएर गोली चलाएको भनेर हाक्काहाक्की भन्ने साहस गरेपछि म त पारसेको पंखा यानी फ्याननै भाको छु.. कुनै समय सडकमा पारस चोर देश छोड भनेर चिच्याएकोमा पछुतो मानुम कि जस्तो भैराछ मलाई

पारसेको कुरामा अलिकता चित्त नबुझेको के भने राजतन्त्र फेरि ब्युझाईदिनुपर्‍यो भनेर पारसेको बाउछोरै भारतीय नेताहरुको गेडा मलिरहेको हाम्ले देखिराको बेला नेताले जस्तो त्यो देशको लागि ‘क्रोध’ आएको झुटो बयान तिम्ले खोकेको चाहिं जत्ती हाजमोला खादा पनि पचेन यार पारस.. चीयर्स.. ढिच्यु.. ढिच्यु

Sunday, December 5, 2010

नेपालमा गणतान्त्रिक सवारी

माइक्रो मा आउदै थिए. आज पनि जाम परेछ. खलासी भाइले भने - हेत्तेरिका यो सवारी पनि कत्ति दिन का दिन हुनसकेको हो. हिजो पनि सवारीको जाम मा परियो. आज नि सवारी र छ. मैले सोचे - हँ, अझै सवारी चल्दैछ. गणतन्त्र आको भन्या हैन? गणतन्त्रमा कसको सवारी हुदोरछ?

Friday, October 8, 2010

प्रधानमन्त्रि माधव नेपाल ले सडकमा कुचो लाउदा

जानेबेलामा भएपनि एउटा राम्रो काम भने गर्न भ्याएछ माकुनेले. त्यो पनि ढङ्ग पुगेको छैन कुचो लाउने तरिका. घरमा सधै गायत्री म्यादमले कुचो लाउदी हुन् अनि के ढङ्ग पुग्थ्यो माकुने को. भारत् का महात्मा गान्धीले चर्पी सफा राख्ने जनचेतना फैलाउन आफै अघि सरेर मेस्तर को काम गर्थे. शान्तिपूर्ण तरिकाले पनि समाज परिवर्तन गर्न सकिन्छ. तर हुनुपर्यो नि साहस. नाटक मात्रै गरेर हुन्छ ?

तस्विर: माइ संसार बाट

Wednesday, September 29, 2010

ओली र गच्छदार पनि पी एच डि...हा हा हा

सुन्नु भो के पि ओली र बिजय गच्छदारले पनि पी एच डि गरेछन नि.. अमेरिका को एउटा विश्वबिद्यालयले मानार्थ बिद्याबारिधी दिएछ पोलिटिकल साईन्स मा... हा हा हा.. म त मर्छु कि क्या हो !

स्रोत:
Greenford International University, based in central United States (US), has conferred five Nepali citizens with honorary Ph. D. degree on Monday.

Chancellor of the university Prof. Dr. Gopal Paudel conferred the doctorate degree, amid a function, to UML leader KP Oli, chairman of MJF-Loktantrik Bijaya Kumar Gachchhadar, chairman of Kantipur Publications Rameshwar Thapa, and comedy artistes Haribansh Acharya and Madan Krishna Shrestha.

Oli and Gachchhadar were conferred Ph. D. on politics, Thapa on business and Acharya and Shrestha were conferred the degrees on social service. However, the varsity has not mentioned the contribution for which they were awarded the honorary degrees.

Dignitaries from Sri Lanka and India were also conferred the Ph. D. title at the function.

Source: nepalnews.com

Thursday, September 23, 2010

प्रचण्डको कांग्रेसलाई सुझाव

प्रचण्डले सातौ पटक हुन गईरहेको प्रधानमन्त्री चुनावको निरर्थक संसदीय रेस्( दौड्) बाट बहादुरीका साथ पछि हटेकोमा स्याब्बास् । प्रचण्डले खुलामन्चमा कांग्रेसको महाधिवेशनमा उनेरुकै जन्मदाता बि पी कोईरालाले प्रतिकुल पन्चायती निर्वाचनको परिणाम सहज स्वीकार गरेको कांग्रेसीहरुलाई स्मरण गराउन सफल भएकोमा बधाई । प्रचण्डले भारतीय रिमोट कन्टोलबाच चल्न अस्वीकार गरेर अझै पनि नगलेको सन्देश भारतीय शासक र तिनका स्वदेशी चाटुकारहरुलाई दिन सफल भएकोमा धन्यवाद । एउटा कुरा चाहि के भने कांग्रेसका अझै पनि थुप्रै समर्थक रछन्, त्यो पनि हरेक वर्ग, जाति, लिंग, र उमेर समुहमा । अब कांग्रेसमा रहेका सच्चा लोकतन्त्रवादीहरुले निर्वाचन परिणाम स्वीकार गरेर माओवादीको नेतृत्वमा राष्टिय सरकार बनाउन आफ्नै पार्टीभित्र दबाब दिएर सच्चा लोकतन्त्रवादीको परिचय दिनुपर्यो, कि कसो ?

Tuesday, September 21, 2010

हा.. हा.. हा.. मिस नेपाल सदिक्ष्या श्रेष्ठ



सुन्दरी प्रतियोगिता धमाधम जनजातिहरुलाई सुन्दरी बनाएर काचो मासु को ठेकेदारहरुले विरोधीहरु लाइ फेरी जिल्याउन सफल भए. अब माओबादीले बिरोध पनि कसरि गरोस? नेवार सुन्दरी लाइ नेपाल सुन्दरी बनाएको बिरोध गरेर के उनीहरुले झन् आफ्नो पत्ता साफ गर्नु छ र ? जनजाति वर्गलाइ बधाई छ. दरिलो घुस पाउनु भएको छ फेरी. .. ;

Wednesday, July 7, 2010

संबिधानसभा एक भ्रम.....

रमिला नेपाल, २०६७ , अषाढ २३ गते

भ्रम यस अर्थमा कि यो बास्तबिक्ता नजिक छ जस्तो भान हुन्छ । अझ भनौ आभाष हुन्छ । तर त्यो त्यसको ठिक बिपरित हुन्छ । लोभी माछा जसरी एउटा मिठो खानाको आशाले बल्छीमा पर्दछ । हामी सानो छदा स्कूलमा चटकेले एउटा झोलाबाट तातो तातो जेरी , फलहरु निकालेर हामीलाई चकित पार्दथ्यो । ठिक त्यसै गरी आज हामी संबिधानसभा मार्फत चकित हुने आशा गरिराखेका छौ । तर त्यो एक भ्रम हो । जून हामी बुझ्ने प्रयास गरिराखेका छैनौ ।


आजकाल त्यसमा पनि यो काठमाडौमा हुने अधिकाम्स सभा गोष्ठीमा एनजिओ , आइएनजीओ को बिषय संबिधानसभा , नयां संबिधान हुने गर्दछ । बाकी दस प्रतिशत बिषय अन्य भए पनि अन्तत त्यो संबिधानसभा र नयां बन्ने संबिधानमा ल्याएर टु¨ाइन्छ । यस्तो गतिबिधीले एउटा जटिल प्रश्न खडा गरेको छ । संबिधानसभा आखिर चाहिएको कसलाई हो < नयां संबिधान कस्को निम्ती हो < के साच्चै लगानी कर्ताहरुलाई हामी नेपालीको हक ,अधिकार , राष्ट्यिता र राष्ट्यि स्वाधिनताको चिन्ता हो त < प्रश्न स्वभाबिक छ ।


केही समय अघिको कुरा हो । संबिधानसभाको चुनाव गर्न बिश्वका कुन कुन राष्ट्हरुले नेपाललाई सहयोग गरे भन्ने लिष्ट हेर्न पाईयो । यसो हेर्दा त्यहां हामी नेपाली त भोटमात्र हाल्न जाने रहेछौ । त्यहां प्रयोग हुने मसी समेत बिदेशीले दान दिएको रहेछ । आज संबिधान सभाको ६०१ सभासदलाई तलब घुमाई फिराई दानबाटनै प्राप्त हुने रहेछ । नत्र के नेपालको अर्थतन्त्रले तेत्रो खर्च धान्न सक्छ < अनि तपाई भन्नुस सबै कुरा दानबाट चल्छ , चलाईन्छ भने के यिनले गर्ने काम मालिकको हितमा हुन्छ कि हाम्रो <


आज यो संबिधानसभा एउटा आइएनजिओ हो । ६०१ सभासदले जागिर खाएका छन् । यिनीहरुको काम संबिधान रुपी एक प्रतिबेदन तयार गर्ने हो । हैन भने मलाई भन्नुस संबिधानसभाका ति सभासद , जसलाई संबिधान के हो भन्ने समेत थाहा छैन । कसरी तिनले जागिर पाए < के ति हाम्रा नेता हुन् < के तिनले हाम्रो भबिष्य बारे निर्णय गर्न सक्छन् < यदि सक्छन् भने यो बिश्वबिध्यालयको आवश्यक्ता किन < नेता ति हुन् जसले समाजलाई निर्देशित गर्दछ । जो आफै निर्देशित छ । त्यसले समाजलाई कसरी निर्देशित गर्ला < बौदिक्ताको खडेरी परेका ति सभासदहरुबाट हामी के आशा राख्ने < यदि तिनीहरुले नयां संबिधान बनाए भने हाम्रो भबिष्यलाई प्रत्यक्ष प्रभाब पार्दछ । हाम्रो सन्ततीको भबिष्यलाई प्रभाब पार्दछ । यस्तो संबेदनशिल बिषयमा आज हामी किन यति हेलचेक्याई गरिरहेका छौ < भनिन्छ , के ६०१ सभासदले नै संबिधान लेख्ने हो र < त्यसो भए ति शोपिसको निम्ती मात्र राखेका हुन् भने नेपालको राजनीतिमा यसले के सन्देश दिन खोजेको हो < कतै मालिकहरुले चाहे नेपालको राजनीतिमा जे पनि हुन्छ भन्न खोजेको त हैन < माधवनेपाल शक्तिशाली प्रधानमन्त्री बन्नु , उनको मन्त्रिमण्डलमा हरुवाहरुको बाहुल्य रहनु , बहुमतवालाको बिचल्ली हुनु , संबिधान सभाको नाटकिय रुपमा एक बर्ष थपिनु , अनि जून संबिधानसभाको दुहाई दिएर बैधानिकता प्राप्त गरिन्छ । त्यसकै उपहास गरिनु । अर्थात नेपाली जनताको जनमतको कदर यस संबिधानसभाले नगर्नु । अनि भन्नुहोस , कसरी हामी बिश्वास गर्नै यो संबिधानसभाले हाम्रो पक्षमा नयां संबिधान लेख्छ भन्ने <


लाटालाई पनि थाहा छ । धेरै बाठाहरु भए निर्णय हुदैन । झगडा हुन्छ , कलह हुन्छ । त्यसो भए कसको निर्देशनमा हाम्रो जसतो सानो मुलुकमा ६०१ सभासदको जम्बो संबिधानसभा निर्माण गरियो < त्यस भित्र फेरी समानुपातिक रे < तपाई एउटा सानो मारुती भ्यान भए पुग्ने ब्यक्ति , चन्दामा पाईन्छ भनेर ठूलो बसनै राख्नु हुन्छ भने त्यो तपाईको औकात भन्दा बाहिरको कुरा हो । आजको संबिधानसभा र यसको संरचना साच्चै भन्ने हो भने नेपाल र नेपाली जनताको औकात भन्दा बाहिरको कुरा हो । त्यसैले सभासदहरु संबिधानसभामा संबिधान बनाउन चन्दाको बसमा जान्छन् , चन्दाकै खान्छन् ।


साधारणतया हाम्रो सामाजमा चालिस , पचास हजारको तलब खान कुनै निस्चित शैक्षिक योग्यता दक्षता र ज्ञान हुन पर्दछ । तर खै उदाहरणीय रुपमा प्रस्तुत हुनुपर्ने हाम्रा सभासदहरुमा त्यो छ < अनि त्यसले समाजमा कुन किसिमको सन्देश दिन्छ < हामी पत्याउ कसरी यस संबिधान सभाले हाम्रो राम्रो भबिष्य बनाउछ भनेर < समाजमा हत्या हिंसाको राजनीति दिन दोगुना रात चौ गुणा बढ्दैछ । सभासदहरु , मन्त्रीहरु बैठकमा एक आपसमा अपशब्दहरु प्रयोग गर्दछन् । सरकारी कर्मचारीलाई झापड हान्छन् । प्रधानमन्त्रीहरु भष्टचार ब्याप्त छ भन्ने कुरा स्विकार गर्दछन् । तर नियन्त्रण तर्फ कुनै कदम चाल्दैन । शेयर बजारको दलालले झै प्रधानमन्त्री पदको दलाली हुन्छ । अनि तपाई भन्नुस के देश संबिधान बमोजिम चलेको छ < ठूलो घटना घट्यो भने अन्तरिम अबस्थामा यस्तै हो । के बिगतमा भएको थिएन र भन्ने गरिन्छ । आफूलाई स्वघोषित रुपमा राम्रो बनाउन प्रतिक्यिाबादी र प्रतिगमनकारी आफू बाहेककालाई आरोप लगाइन्छ । बिडम्बना आफ्नै पार्टी भित्र पनि आफू बाहेक र आफ्नो समर्थक बाहेक अरु सबै नराम्रै देखिन्छ , यो कस्तो बिचित्र < माधबकुमार नेपाल प्रधानमन्त्री थियो , त्यस पार्टिको अध्यक्ष झलनाथ खनाल , यो सरकार असफल भयो भन्दछ । उनले तत्काल राजिनामा दिन पर्यो भन्दछ । तर केपि ओली जो त्यही पार्टिको वरिष्ट नेता , किन राजिनामा दिने भन्दछ । कसले भन्दछ यो सरकार असफल भयो भन्ने प्रतिप्रश्न गर्दछ । अनी प्रधानमन्त्रीले राजिनामा दिन्छु , बिकल्प खोज्नुस , भन्यो भने कंग्रेसमा पार्टि फुट्ला झै हुने किसिमले बिबाद सृजना हुन्छ । कार्यबाहक अध्यक्ष औषधी उपचार गर्न अमेरिका सम्म जानु पर्ने हुन्छ । माओबादी एक सुत्रिय माग राखेर सरकारको हरेक राम नराम्रा कुराहरुको बिरोध गर्दछ । आन्तरिक रुपमा प्रधानमन्त्री पद कसले लिने भन्ने कुरामा संघर्ष चल्छ । नागरिक स्वतन्त्रता , राष्ट्यि स्वाधिनताको कुरा गरिन्छ । अनिस्चितकालिन आमहडताल पनि आह्वान गरिन्छ । तर बिदेशीको घर चोटामा मिटि¨ बसेर उनिहरुको निर्दैशनमा हडताललाई बिचमा तुहाइन्छ ।


अनि तपाई नै भन्नुस , हामी संसारको कस्तो किसिमको लोकतन्त्रको अभ्यास गरिरहेका छौ < संबिधान निर्माण गर्दैछौ कि , सरकार < आखिर संबिधान निर्माण गर्न सरकार किन आवश्यक पर्यो < हो , यो प्रश्न ज्यादै महत्वपूर्ण छ । हामीले सोचेको लोकतन्त्रको मुलमर्म यहि छ । मुख्य कुरा यही हो । हामी कतिको लोकतान्त्रिक छौ । हाम्रो सोच के हो < हाम्रा बिदेशी मित्रहरु के चाहन्छ यहि बाट स्पष्ट हुन्छ ।


माओबादको दर्शनले के भन्दछ भने राज्यको टुप्पी त्यसको सेना हो । जब सम्म त्यसलाई लडाउन सकिन्न पूरानो सत्ता कुनै न कुनै रुपमा रहिरहन्छ । यसर्थ उनिहरु सेना समायोजन मार्फत सत्ता कब्जा भनौ या पूरानो सेनाको संरचना भत्काउन चाहन्छ । आजको दिनमा बिगतमा कंग्रेसले जसतो उसले आफ्नो सेनाबाट बिमुख हुन सक्ने अबस्था छैन । त्यसमा पनि असली सेना बाईसिएलको भेषमा रहेको हुदा । माओबादीको राजनीतिक बिचारले त्यसलाई पूर्ण बेवास्ता गर्न सक्दैन । त्यस पक्षको असन्तुष्टीले समग्रमा माओबादी लगायत राष्ट्यि राजनीतिलाई असर पार्न सक्दछ । यसलाई माओबादीको सामुहिक नेतृत्वले राम्ररी बुझेको छ । तर प्रचण्डजी जो सत्ता र भत्ताको स्वाद चखिसकेका छन् । उहांमा गिरिजाप्रसादमा झै सत्ता भए म सबै गर्न सक्छु भन्ने भ्म प्रधानमन्त्री पदले सृजना गरेको छ । त्यसैले उहां बेला बेलामा माओबादीलाई नेतृत्व दिने सन्दर्भमा चुक्नु हुन्छ । यसैको परिणाम हुन सक्छ किरणजी र बाबुरामजीको गठबन्धन । तर तपाई बुझ्नुस , माओबादीलाई खाओबादीकरण र एमालेकरण गर्ने प्रक्यिा शूरु भैसकेको छ ।


दलहरु सेना समायोजन मार्फत माओबादीलाई खाओबादीमा परिणत गराउन चाहन्छ । यसको निम्ती उनिहरु लगायत उनका बिदेशी मित्रहरुले प्रधानमन्त्री पदलाई मोहडा बनाएका छन् । बाध्यता हो कि , कंगे्रसको असफलताको कारणले ठूल्दाईले एमालेको माधवनेपाललाई प्रधानमन्त्री स्विकार गरेको थियो । अब त्यो पनि रहेन । नत्र के कम्यूनिष्ट यिनले सुन्न सक्ने शब्द हो ? जब कि आफै आजको दिनमा कम्यूनिष्टहरुबाट पिडित छन् । बिडम्वना , ठूल्दाईको बादर प्रबित्तीको कारणले अब उ कम्यूनिष्टहरुबाट पिडित हुने दिनहरुको पर्खाइमा छ । हामी भन्दछौ , के त्यहां छुवाछुत छैन < जातजाती छैन , धर्मको नाममा युद्ध छैन < अझ भनौ हामीमा जे जस्तो भेदभाब , असमानता छैन । त्यो त्यहां छ । राज्य धरी लुटेर लिएको छ । यस अर्थमा संचारको बिकासले गर्दा पिडित पक्षहरु उत्साहित हुने त स्वभाबिक नै हौ । अब परिणाम उसले भोग्ने हो । हामीले भोगी सक्यौ । अब हामी त ज्यउभ ायच दभकत , उचभउबचभ ायच धयचकभ को स्थितिमा छौ ।


जहां सम्म बिदेशीहरुको कुरा छ । उनिहरुले ग्राईन्ड डिजाईन मार्फत के सम्म गर्न सक्दछ भने । माओबादीले भने झै जनमुक्ती सेनाको संख्यामा बाग्रेनि¨ गरे झै गरेर सम्झौता गर्न दलहरुलाई उस्काउन सक्छ । यसको निम्ती अनमिन जसतो संस्थालाई अप्रत्यक्ष रुपमा प्रयोग गर्न सक्दछ । अनि सामुहिक रुपमा माओबादी लडाकुहरु सेनामा समायोजन हुन्छ । संबिधान निर्माण प्रक्यिा अगाडी बढ्छ । संबिधान बनोस या नबनोस , प्रक्यिालाई सकभर छिटो टु¨ाउने हिसाबले अगाडी बढाइन्छ । यस अबस्थामा माओबादी रणनीतिक रुपमा बिजयको अबस्थामा हुन्छ । उसलाई उत्साहित गर्दै अर्थात माओबादीको रणनीतिलाई नै साथ दिदै उनिहरुलाई सेनामा एक किसिमको बिद्रोह गर्न लगाइन्छ । माओबादी पनि खुशी हुदै साथ दिन्छ । नियन्त्रित रुपमा बिद्रोह हुन्छ । त्यस अबस्थामा हालको सेनाको संरचना ध्वस्त हुन्छ । ठिक त्यही अबस्थामा , समायोजित माओबादी सेना लगायत , माओबादीको राजनैतिक नेतृत्व लगायत कथित प्रजातान्त्रिक पक्षधर बाहेकका सबैलाई सेना लगायत राजनैतिक क्षेत्रबाट पाखा लगाईन्छ । संबिधानसभा वा त्यस्तै बैधानिक प्रक्यिाको नाममा नयां संबिधान जारी गरिन्छ ।


आज नेपाली सेनालाई भ्म छ । हामीलाई बिश्वको सम्पूर्ण प्रजातान्त्रिक मुलुकको समर्थन छ भन्ने । तर उनिहरुलाई थाहा छैन । अन्तराष्ट्यि राजनीतिको केन्द्र नेपाल बनेको । बिदेशीहरु नेपालमा स्थाई शक्तिको खोजीमा छ । आजको दिनमा नेपालमा रहेको स्थाई शक्ति भनेको नेपाली सेना हो । यसको ईतिहास नेपालको अस्थित्व र राष्ट् निर्माता श्री ५ पृथ्वीनारायण शाह संग जोडिएको छ । नेपाली सेनामा अझ पनि राष्ट्बादीहरुको बाहुल्य छ । यही कारणले कतिपय अबस्थामा यस प्रति उनिहरु त्यती बिश्वस्त हुन सक्दैनन् । त्यस्तै आज राजनैतिक नेताहरु अस्थिर र कमजोर पनि छन् । यही कारणले गर्दा उनिहरु सामूहिक रुपमा वा छुटाछुटै रुपमा सेनामा आफ्नो पकड जमाउने पक्षमा देखिन्छ । उदाहरणको रुपमा सेनाको सामान भारतले रोक्नुलाई लिन सकिन्छ । यो संकेत हो । त्यसैले आज जसरी राजनैतिक रुपमा बुढाहरुले राजनीतिबाट अवकाश लिन पर्यो , नयां आउन पर्यो , भनेर सर्बजनिक रुपमा बिदेशीहरुको मुखबाट आईरहेको छ । त्यो सेनामा पनि लागु हुन सक्छ । यसर्थ यदि ग्राईन्ड डिजाइन सफल भएमा ,सेनामा माओबादी लडाकु समायोजन हुन्छ । माओबादीले सेनामा बिद्रोह पनि गर्छ । नयां संबिधान लागु पनि हुन्छ । तर माओबादी पूरै सिद्धिन्छन् । नेपाली सेना बिघटन हुन्छ । नेपाल र नेपाली जनताको , न नागरिक स्वतन्त्रता हुन्छ , न राष्ट्यि स्वाधिनता =============== त्यसैले बुझौ हामी नजानिदो किसिमले भ्मलाई बास्तबिक सम्झेर संबिधानसभाको पछि लागिरहेका छौ ।


हामी दावाका साथ भन्न सक्छौ । यहां आजको दिनमा कोही पनि नयां संबिधान मार्फत हाम्रो देश नेपाललाई अमेरिका , जापान , बिट्ेन , बनाउन चाहिरहेको छै्रन । बिदेशी लगायत स्वदेशी दलाल राजनितिज्ञहरु पनि यो देशलाई नयां संबिधान मार्फत एक संरक्षित , उपनिबेशिक , आस्रित राष्ट्को रुपमा बिकास गर्ने पक्षमा छन् । यसले बिदेशीहरुलाई त फाईदा छ नै । स्वदेशी राजनितिज्ञहरुलाई पनि उठान हुने सामाजिक समस्या सामाधान , आफुले नगरी , मालिकले गरिदिइहल्छ भन्ने भ्म छ । लेन्डुप्पे प्रबित्ति देखा परेको छ । साहेद उनले सोचेको थियो होला । राज्यको संरक्षण गर्ने भने झै ,उसको राजनिती पनि अरुले संरक्षण गरिदिन्छ । तर सोचे जस्तो कहां भयो र < हो , त्यसैले हाम्रो देशको राम्रो भबिष्यको निम्ती यो घनचक्कर रुपी संबिधान सभामा घनचक्कर लाउने काम जती सक्छ चाडो अन्त गर्नु पर्दछ । यो संबिधानसभा एउटा भ्रम हो । लोभी माछा झै मिठो खानाको आशाले हामी बल्छीमा पर्दैछौ ।


अन्तमा , राजा ज्ञानेन्द्रले शुरु गरेको पद छाड्ने बेला भाषण गर्ने प्रक्यिालाई निरन्तरता दिने क्ममा कमरेड प्रचण्ड र माधवनेपाल देखापरेको छ । राजा ज्ञानेन्द्रले दरबार किन छोडे त्यो ब्याख्या गर्दा किताव बन्न सक्छ । तर एउटा कुरा धुब्रसत्य हो । उनले बिदेशी प्रभुलाई खुशी पार्न सकेनन् । प्रचण्डले त बिदेशी प्रभुको नामनै किटेर बाहिर निस्के । माधबनेपाल किन निस्के भन्दा पनि पेटेल , सेनाको सामान , कान्तिपुरको कागच रोक्ने जस्ता कुराहरुले पनि केही संकेत गर्दछ होला । आज यहां एउटा साधारण पत्रिका पढ्न जान्ने ब्यक्तिले पनि , नेपालको राजनीतिमा बिदेशी प्रभुको चलखेल कति छ भन्ने कुरा थाहा छ । अर्थात प्रधानमन्त्री बन्न जनबल हैन , प्रभुबल चाहिन्छ भन्ने । यस अर्थमा हाम्रा नेताहरुको राजनीति धरातल नेपाल र नेपाली जनता नभएर , बिदेशमा अन्त कतै गएर टु¨िएको छ भन्दा अनुपयुक्त नहोला । यो प्रबित्ती हामी र हाम्रो देशको भबिष्यको निम्ती मात्र नभएर , स्वयम उनिहरुको राजनैतिक भबिष्यको निम्ती पनि खतरनाक हो । त्यसैले प्रश्न उठ्छ । आखिर यो सबै घटना , परिघटनाको जिम्मेबार को < सोच्ने बेला आएको छ ।


आज परम्परागत राजनैतिक केन्द्रलाई ध्वस्त पार्ने लहडमा प्रजातन्त्र , लोकतन्त्र , पूर्ण लोकतन्त्र हुदै आज हामी गणतन्त्रमा पुगेका छौ । अब जनगणतन्त्र कि प्रजातान्त्रिक गणतन्त्र भन्नेमा बिबाद गरिरहेका छौ । कतै यसको अन्त परतन्त्रमा गएर टु¨िने त हैन < प्रश्न जटिल छ ।


संबिधान बनाउने हो भने , राजनीतिमा बहुमतिय हैन , सहमतिय हुनु पर्दछ भनिरहेका छौ । आखिर सहमतियमा त सबै अट्नु पर्ने हो < हामीलाई लाग्दछ अझ सम्म पनि नेपालको राजनीतिमा निषेध र पूर्बाग्रही भाबना कायम नै छ । त्यसैले जब सम्म यो कायम रहन्छ । यो देशको राजनितिको निर्णायक नेपाली जनता नभई बिदेशी प्रभुनै हुनेछ । संबिधानसभामा बहुमत भए पनि वा २४ दलमा २२ दलको समर्थन भए पनि , बिदेशी प्रभुको निगाह नभए , भाषण गरेर प्रधानमन्त्री पद छाड्नु पर्ने नै हुन्छ । त्यसैले हेरौ , अब प्रभुको निगाहमा को प्रधानमन्त्री हुने हो ======== बिडम्बना नेपालको राजनीतिको==============अघि रा==== जानिन् , पछि रा===मानिनन् , बाघ आयो घिच्याउन , रा=== लाग्यो चिच्याउन , भनेको यहि हो ।



आगे श्री पशुपतीनाथको इच्छा =====================================================.

समाप्त

Tuesday, June 29, 2010

म पुरुष, तिनी महिला, अनि माओवादी बिचलन

अफिस टाईम् थियो । सानो ग्यास माईक्रो बस पछिल्तिर एक हुल मानिस दगुरे । भीड् छल्दै फुर्तिसाथ मैले एउटा सिट कब्जा गरे । धेरैजसो तराई मूलका कामदार एक हुल नै चढे । ढोका छेउको सानो ठाउमा टुसुक्क बस्न एक महिला संघर्षरत् थिईन् । मेरो सिट हो यो भन्दै अप्ठेरो सिट्मा अप्ठेरो साथ बसिन् । अघिल्तिरको सिटमा आरामसाथ बसेर म उनलाई हेरिरहेको थिए । केही सोचेको भने थिईन् । तैपनि आफ्नो गतिबिधि निरिक्षण गरेको देखेर आत्मसचेत भईन् । अनुहारमा जीवन संघर्षले रेखाचित्र कोर्न थालिसकेका रछन् । केही चिन्तित पनि देखिन्थिन्। अप्ठेरो मान्दै भनिन् के गर्ने भाई जति उमेर बढ्यो उति पैसा चाहिदो रछ । एसो पैसा जोगाउ भन्ने लोभले ट्याक्सी चढन् मन लाग्दैन् । तेसैले जसोतसो बस्नै पर्यो ।

म भलादमी पल्टिए । ठिकै छ नि । तपाईको त अधिकार नै छ, सिटमा बस्ने । ३३ प्रतिशत महिला कोटा हुन्छ, तपाई एकजना मात्र महिला हुनुहुन्छ । उनले भनिन्, तेसो भनेर मात्र के हुन्थ्यो, सबैले बस्नै पर्यो । म थप सुधारवादी पल्टिए आफु भन्दा कम्जोर कोही छन् भने छाडिदिनु पनि पर्छ, हैन भने आफ्नो अधिकार दावी गर्नुपर्छ । उनी आश्वस्त हुदै भनिन्, त्यो त हो, कसैको वचनले मात्र पनि धेरै फरक पार्छ । सबैले तेसरी सोचिदिदैनन् । भन्छन् नि डाक्टरको बचनले मात्र पनि धेरै फरक पार्छ । म नि हौसिदै भने, हो नि डाक्टरको राम्रो बचन मात्रै ले पनि आधा रोग निको हुन्छ तेसैले त भनिएको हो । सोधे, तपाई डाक्टर हो, उनी फेरि अप्ठेरोसाथ हास्दै भनिन्, हो ।

उत्तरआधुनिक सामाजिक पहिचानमा एउटै मानिसको बहुपरिचय वा मल्टिपल आईडेन्टीटी रोचक छलफलको बिषय हो । जस्तो कि उक्त महिलाको मल्टिपल आईडेन्टीटी बिश्लेषण गर्ने हो भने,उनी डाक्टर भएकीले अत्यन्त सम्मानित पेशाकर्मी हुन् । हस्पीटलमा घाटीमा बेरिएको स्टेथोस्कोप सेतो एप्रोन अनि पछि लाग्ने बिरामीको हुलले उनको बिशिष्टता उजागर हुन्छ । तर एउटी महिला भएकीले उनी समग्रमा सिमान्तिकृत गरिएको जनसंख्याको आधा भागलाई समेत प्रतिनीधित्व गर्छिन् । तेसैले सार्वजनिक गाडीमा एउटा सिट को लागि एउटा तरकारीवाला, कबाडीवाला वा म जस्तो साहुको अफिसमा काम गर्ने कामदार सामु उनी नीरिह बन्छिन् । तेतिखेर उनलाई आफु डाक्टर हुनुको गौरव भन्दा पनि महिला हुनुको विवशता महसुस हुन्छ । उनी बाहुनी वा छेत्रीनी नानी, छोरी, बुहारी हुन् भने प्रत्येक महिना हुने प्राकृतिक चक्र भन्ने नारी शरीरको रिप्रोडक्टिभ थ्योरी फेल खान्छ, उनको शरीर नर्कको व्दार हो, उनी नछुनी बिटुली हुन्छिन् । एकल महिला हुन् भने त उनी डाक्टर भए पनि शुभ कार्यको लागि अलच्छिनी पनि हुन् । उनी मधेशी महिला हुन् भने डाक्टर नै भए पनि काठमाण्डुमा उनी तेहरो सीमान्तिकृत वा टिप्ली मार्जिनलाईज्ड जीवन बिताउदी हुन् ।

यस्तै कुरा सोच्दै म अफिस पुग्छु । त्यस अफिसमा एकजना केटी सहकर्मी कामदारमा भर्ना भएकी छन् । उनको र मेरो काम लगभग उस्तै छ । तर म उनको भन्दा दोब्बर तलब दावी गर्छु । साहुले मलाई अन्तरवार्तामै भनेका थिए, खासमा हाम्रो प्रिफ्रेरेन्स केटी कामदार नै राख्ने थियो । किनभने केटीहरु कम तलबमा सिन्सियर्ली र लामो समय काम गर्छन् । तर तपाई अनुभवी भएकोले केटा मान्छे नै भए पनि लिन चाहन्छौ । भन्नुस्, के तपाई यति तलबमा काम गर्नुहुन्छ ?

मेरो लेखाईमा जतिसुकै नारीवादी टोन देखिए पनि म पुरुष म पुरुष. . . तेसैले लागेको कुरा नढाटी भनिदिन्छु । शायद केटी भएकीले नै होला मेरी सहकर्मी फेसनमा चलाख तर काममा अलि लोसी छिन् । शायद लोसी हुन को कारण पनि उनको जेन्डर नै होला । उनको दाजुभाई बोर्डिंग स्कुल र सहरमा पढेका होलान् । उनले गाउमै घासदाउरा गर्दै दुई तिन पल्ट मा एस एल सी पास गरेकि होलिन् । पछि सहरमा बस्ने दाईले राम्रो आम्दानी गर्न थाले पछि बैनी सहरमा अलिदिन पढेर स्मार्ट हुन्छे, बिहे गर्न सजिलो हुन्छ भनेर बोलाएका होलान् । भान्साका काम गर्ने र लुगा धोईदिने कुरा त आईमाई जात को प्राकृतिक काम नै भो ।

तिनै लोसी सहकर्मी केटीकी दिदिको यही असारमा बिहे रछ । अचेल दिनहु मोबाईलमा सामान किन्न बजार जाने भनेर दाईसंग कुरा गरेको सुन्छु । मानिस र तिनका क्रियाकलापमा मेरो जिज्ञाशा अलि भिन्नै खालको हुन्छ । पहिलो जागीर भएकोले काम सिक्ने क्रममा उनको प्रश्नको उत्तर दिन मलाई झर्को लाग्छ । तर आज मैले पनि उनलाई प्रश्न सोधिदिए, दिदिको बिहेमा कति खर्च लाग्छ होला ? मेरो प्रश्नले त उनलाई हासो पो उठेछ । सोचेर भनिन, हाम्रो ईष्टिमेटमा चौध लाख लाग्छ होला । के गर्ने, त्यो भन्दा कममा गर्नै सकिएन् ।

म एक अनुभवी र दक्ष मानिएको व्यक्तिले दसौ वर्ष काम गरेको तलब एक मुष्ट जोगाउदा बल्ल चौध लाख पुग्ने रछ । उनको तलब त बीसौं बर्ष जम्मा एक मुष्ट जम्मा गरेपछि बल्ल चौध लाख पुग्ने रछ । म उनलाई आफ्नो क्रान्तिकारी हिसाब सुनाउछु । अब भने उनी गम्भीर हुन्छिन् । भन्छिन् उठिबास लाग्छ, अब छोरीको बिहे गर्न गाह्रो छ । म भन्छु, यसरी कसरी हुन्छ ? मनमा तस्वीरहरु दगुर्छन्, आफ्नो जातिले भोग्दै आएको अन्यायी परम्परा बिरुद्ध मुक्ति को लागि माओवादी बन्दुक बोकेर मार्च पास गरेका थुप्रै साहसी महिलाहरुको भाषण, नाचगान, र राके जुलुशमा अवलोकन गर्दा मेरो पनि रगत उम्लेर आएको हुन्छ ।

फेरि यो चौध लाख, फेरि यो छाउपडी, फेरि यो छुवाछुत, फेरि यो बेच बिखन..? सुन्दछु, अचेल माओवादी आफै कन्फुजनमा छ रे । प्रचन्ड वा बाबुराम ब्राम्हणहरु प्रधानमन्त्री हुनुलाई नै जनता को सर्वोच्चता मान्नुपर्छ अरे । के समाज परिवर्तनका सबै एजेण्डा तुहिएकै हुन् ? के साच्चै नै राजनीतिक जोडघटाउ र लुटेर खाने लठैतहरुको जमात मै सिमित हुने क्रमतर्फ माओवादी लागेको हो त ? कि मातृकाले भने जस्तै प्रचण्डहरु थाकेर अन्तत पुष्प कमल दाहाल भएका हुन् ?

के गर्दैछन् जम्बो संविधान सभामा विश्वकै नमुना महिला सहभागिता भएको गौरवशाली क्रान्तिकारी पार्टीका महिला, पुरुष, र तेश्रो लिंगी जनप्रतिनीधिहरु ?

Wednesday, January 27, 2010

नजन्मेको छोरोसित

(प्यारोडी कविता)

ए छाप्रो पनि नबनेको तर आधुनिक

टवाईलेट्मा सधै तुहिने छोरो

मलाई कत्ति पनि लाज छैन कि

म तेरो बाबु हुने छैन्

किनभने तैले गरि खालास् भन्ने

मलाई कत्ति विश्वास छैन्

आफ्नै काम र माम को ठेगान छैन्

तँलाई म भात् कसरी खुवाउँला ?

ड्याड, साथीहरुसंग कन्सर्ट जानुपर्यो

वन थाउ चाहियो भन्लास्

स्वभाविक ममता दबाएर

मैले पनि भन्नुपर्ने होला

चुलो नबल्ने याद गर पाजी

हो गृहस्थी बन्ने मेरो हकै छैन

तेसैले भूलले पनि बिहे गरेर

दुख भोग्ने पुतला म सिर्जिन चाहन्न

आफुलाई तेरो जन्मदाता

दावा गर्न समर्थ ठान्दिनँ

के गरुँ बाबु मलाई पनि रहर नभएको त हैन्

पारिवारिक सुखमा गरिबी बिर्सने

तर म मृगतृष्णा देख्न चाहन्न

यौवनले उत्ताउलो नै बनाएपनि

म भविष्यसम्म नियाल्न सक्छु

युवक उमंग जति नाचे पनि

भुलवश पनि

विवाह बन्धनमा जकडिने छैन्

बाबु आई एम सरी भनेर

तँलाई म खिस्रिक पार्न सक्दिन्

न त तेरो खुशीको लागि

कसैलाई रुवाउन सक्नेछु

मेरो नजन्मेका छोरा

तँ नजन्मेको संसार

अझ देश

अझै सुन्दर र सजिलो भइसकेको छैन

धेरै बलिदानी भइसकेपनि

एकाध स्वार्थीहरुको दाउपेचले

सभ्यता फुल्न सकेको छैन्

तेसैले ए नजन्मेको मेरो छोरा

तैले पढेर विव्दान बन्ने

जानेर ठुलो बन्ने

अलि प्रतिभाशालीको हकदार बन्ने

कुनै सम्भावना म देख्दिन्

मबाट कुनै सुखको सास

तैले फेर्न पाउने छैनस्

न त तेरो बर्बाद जिन्दगीले

संसारलाई कुनै जिन्दगी दिनेछ

मेरो प्यारो नजन्मेको छोरा

मेरो मृत्युपछि

अग्नि संस्कारकै निम्ति मात्र

तँलाई म जन्माउन चाहन्न्

बरु मेरो लासलाई गिद्ध स्यालले नै लुछुन्

(गिद्ध त भए पो लुछ्लान् ;))

मलाई त डर छ

संसारको अप्ठेरो भस्मीभूत त के गर्लास् ?

तँपनि मेरो लाशमा दागबत्ती दिन कुर्लास्

बल्ल ठिस् बुढो मर्यो भन्दै

खुशीसाथ तर्पण श्राद्धको पाखण्ड गर्लास्

मेरो प्यारो नजन्मेको छोरा

वंश अनि परम्परा चलाउन मात्र

तँलाई म जन्माउनै चाहन्न्

मलाई डर् छ

कतै जनतालाई सहीद बनाउँदै

दुई चार जनाको पाउ मलेर

दिनरात डान्स र बीयर मुत्ने पो होस् कि ?

डयाड्ले क्या झुर लाईफ दियो भन्दै

छिमेकको छाप्रोमा आगो सल्काएर

तँ पनि दीपावली गर्ने पो होस कि ?

ए मेरो नजन्मेको प्यारो छोरा

मलाई धेरै आशंकाहरु छन्

दारिद्रंय यन्त्र ध्वस्त पार्ने

कर्मठ योद्धाको नयाँ सस्करण

तँ बन्लास् के ?

*हृदयचन्दसिंह प्रधान को कविता छोरोसित को प्यारोडी कविता बनाउन खोजिएको हो । मुल कविता एकल यात्री जी को ब्लगमा पहिलो पटक पढन पाईयो । कतिपय शव्दावली र विचार मुल सिर्जनाबाटै लिईएको छ । एकल यात्री मा आभार । हृदयचन्द्रलाई पछि भेटेपछि आभार गरुँला ।