Showing posts with label Madhav Kumar Nepal. Show all posts
Showing posts with label Madhav Kumar Nepal. Show all posts

Sunday, October 31, 2010

ब्लग ब्लक गरेकोमा माकुने सरकारलाइ धन्यबाद

तपाई यी हरफहरु पढ्दै हुनुहुन्छ भने तपाई नेपालमा हुनुहुन्न. किनभने माकुने को सरकार ले यो ब्लग लगायत ब्लगस्पट सब डोमेन भएका सबै ब्लगलाइ ब्लक गरेछ... धन्यबाद माकुने र उसको यो निकम्मा कामचलाउ सरकारलाइ, हाम्लाई पनि सेलिब्रेटी बनाएको मा.. माकुने गवर्न्मेंट सक्स.. हाहाहा

Thursday, October 21, 2010

पित्रिसत्ता, नारिवाद र माकुने कि बुढी

माकुनेले बुढी सँग दङग पर्दै ढोग खाएको धेरैले मार्क गरेछन. हिजोको पत्रीकाहरुले फ्रोन्ट पेज मा छापेछन. कत्तिले माकुने कमुनिस्ट को नाम मा कलन्क भनेछन. जसले जे भने पनि मलाई चाँही पत्रकार केटीहरुले लोग्नेलाई ढोग्ने दिन आफ्नो कहिले आउला भन्दै दङग परेर हेरेको रमाइलो लाग्यो.

Friday, October 8, 2010

प्रधानमन्त्रि माधव नेपाल ले सडकमा कुचो लाउदा

जानेबेलामा भएपनि एउटा राम्रो काम भने गर्न भ्याएछ माकुनेले. त्यो पनि ढङ्ग पुगेको छैन कुचो लाउने तरिका. घरमा सधै गायत्री म्यादमले कुचो लाउदी हुन् अनि के ढङ्ग पुग्थ्यो माकुने को. भारत् का महात्मा गान्धीले चर्पी सफा राख्ने जनचेतना फैलाउन आफै अघि सरेर मेस्तर को काम गर्थे. शान्तिपूर्ण तरिकाले पनि समाज परिवर्तन गर्न सकिन्छ. तर हुनुपर्यो नि साहस. नाटक मात्रै गरेर हुन्छ ?

तस्विर: माइ संसार बाट