Thursday, October 22, 2009

माओवादी हाई हाई...!

वर्तमान प्रधानमन्त्री माधव कुमार नेपाल अचेल खुबै जनसम्पर्क र मान्छे रिझाउने वा पपुलिस्ट काम मा लागेका देखिन्छन् कहिले एकजना बिरामीलाई अस्पताल पुर्याएर वा कहिले आन्दोलन का घाईतेलाई भेटेर वा कहिले टुरिस्ट बसमा घुमेर यी सारा चेष्टाहरुले उनी एउटै कुरो भन्न खोजिरहेका छन् जुन उनले बी बी सी को साझा सवाल मा पनि दोहोर्याए कि मानिसहरुले उनलाई एउटा भद्र व्यक्ति को रुपमा हेरिदिउन्

ठिक छ मैले पनि माने कि माकुने व्यक्तिगत रुपमा भद्र व्यक्ति हुन् अरु नेताहरु जस्तो माकुने कुनै भ्रष्टाचार वा लेनदेन मा मुछिएका छैनन् अरु नेताका छोराछोरी जस्तो माकुने को छोराछोरीको नाम राजनीतिमा सुनिदैन् युद्धको बेला माओवादी संग वार्ता र सहमति गर्न उनले पनि राम्रो भुमिका नै खेलेका हुन्…. बोल्दा पनि उनी मिलनसार नै सुनिन्छन् तर पनि म भन्छु सो ह्वाट ?

के समाजमा जरो गाडेर फैलिएका कुरीतिहरु माकुने वा अरु कोही एक दुई जना को भद्रताले उखेलिन्छन् ? उपेक्षित वर्गलाई मुलधारमा ल्याउने वा छुवाछुत जस्ता परम्परालाई सुधार गर्न माकुनेले के गरे ? र उनले चाहेर मात्रै पनि के गर्न सक्छन् ?

हामी आफैलाई हेरौ हामी यहा व्लगमा पनि जातिय वर्गीय र लिगींय भेदभाव अन्त्य गर्नुपर्छ भनेर छलफल गर्छौ तर के हामीले यहा छलफल गरेर मात्रै समाजमा चाहेको जस्तो सुधार आउन सक्छ ? जुन समाजमा परिवर्तन चाहेको हो त्यही समाजका स्थानीय जन समुदाय लाई व्यापक सहभागी नगराई संचार माध्यममा मात्रै आदर्श खोकेर केही हुनेवाला छ ?

अचम्म के भने जातिय बर्गीय र लिंगीय दृष्टिकोणमा आमुल परिवर्तन हुनु पर्दछ र त्यो परिवर्तन सैद्धान्तिक मात्र नभई कार्यगत रुपमा हुनुपर्छ भन्दा माओवादीको नारा बोकेको भनिन्छ जबकि माओवादी पार्टी आफैले पनि माओको नारा भन्दा पनि नेपाली समाजमा रहेका विभिन्न स्वरहरुलाई आत्मसात गरेर अघि बढेकोले नै आज यो पार्टीले अधिकांश र खासगरी विगतमा राज्यबाटै उपेक्षित जन समुदायको समर्थन पाउन सफल भएको छ

ईतिहास मा कुनै समय कांग्रेस पनि क्रान्तिकारी पार्टी थियो सशस्त्र संघर्ष पनि गरेको थियो तर बि पी कोईरालाको नेतृत्वमा रहेको कांग्रेस पार्टीलाई आन्तरिक र भारतीय दबाबमा काम गर्न दिईएन् तेतिखेर कांग्रेसमा रहेको सिर्जनशील उर्जालाई जेल नेल र निर्वासनमा तुहाईयोत्यसको परिणाम बि पी कोईरालाले मात्र भोगेनन् सारा नेपाली जनताले आजसम्म व्दन्द्ध बेहोरिहेका छन्

ईतिहास को वर्तमान कालखण्ड मा माओवादीकै नेतृत्वमा यो देशले व्यापक सुधार खोजेको छ एउटा कुरा नबिर्सौ माओवादी पार्टी भनेको प्रचण्ड बाबुराम किरण आदि मात्र हैनन् यो देशको अधिकांश गरीव निमुखा जनजाति मधेशी दलित र उपेक्षित वर्गलाई माओवादीले प्रतिनीधित्व गर्छ माओवादी संग पनि सधैभरि जनसमर्थन रहन्छ भन्ने हुदैन् त्यो विशाल उर्जालाई भारतीय दवाब परिवर्तन नचाहनेहरुको दबाब र माओवादीलाई मजा चखाउने ईर्स्या मा लागेर खेर जान नदिउ नत्र देश फेरि अर्को व्दन्द्ध मा जाने निश्चित छ

Friday, October 16, 2009

मानिस् ठुलो दिलले हुन्छ जातले हुँदैन

तिहारै आयो लौ झिलिमिली…
एक जना व्लगर लेकाली ब्रो ले संचार माध्यम मा दशै तिहारलाई हिन्दुको चाड भनेकोमा कसो कसो मान्दै हुनुहन्थ्यो.. मलाई पनि त्यै हिन्दुको चाड भनिदिएकोले नै दशै तिहार मान्न मन लाग्दैन

हिन्दु भन्दाखेरी ईन्डियन वा भारतीय भन्ने अर्थमा बुझ्ने बानी परेको र छ आफुलाई त… मलाई त नेपालमा बिशुद्ध हिन्दु भन्दा पनि परम्परागत रुपमा हिन्दु र बौद्ध परम्पराको मिश्रण छ जस्तो लाग्छ… यहाको माटोमा त्यस्तो फलानो सम्प्रदाय मात्रको चाड भन्ने कट्टरता छ जस्तो त मलाई लाग्दैन

मैले देखे अनुसार नेपालीहरु जहासुकैका हुन अलि हास खेल ठट्टा नाच गान गर्न मन् पराउछन्… अब त्यस्तो रमाईलो गर्ने बहाना जे सुकै होस… दशै तिहार छठ होस कि क्रिसमस वा लोसार वा ईद बकरीद कुन सम्प्रदायको हो बाल मतलब… शर्त एक मात्र हन्छ रमाईलो हुनुपर्छ.. हसी मजाक भेटघाट हुनुपर्छ एक बारको जुनी मा

तर पनि हिन्दु को चाड होस कि नेपाली को मलाई चाहि दशै भन्दा तिहार नै मन पर्छ… मार काटको भन्दा पनि नाच गान को कुरा बढी हुने भएकोले होला… अलि रौसे पाराको परियो आफु

खाली ठुल्ठुलो कुरा मात्र गरेर धेरै जान्ने बनि टोपल्ने बानी भएकोले होला अचेल त के लेखेर ब्लग अपडेट गर्ने होला भन्ने हुन्छ… नेताहरुलाई जति गाली गर्न थियो गरिहालियो… अब धेरे बर्बराउदा आफु नै बौलाइएला भन्ने डर… लौ त साथी के लेखु के लेखु भै राथ्यो… भोली देखि बिदा पनि बसिने तेसैले मैले पनि साम्प्रदायिक कुरा गर्दिहाले…

यो बौलाउने कुरा र तिहार को प्रसंग ले सानै देखि चित्रमा देखेको चुरोट खादै गरेको एउटा खुस्केट बाहुन को पो सम्झना भो फेरि… त्यै फुलमार मार्का तान्ने हरिकंगाल लक्ष्मी प्रसाद देवकोटा बाजे… छेत्रीको छोरोलाई श्रद्धा पूर्वक भोटे को पाउ समाउन लाउने बौलाहा बाहुन… त्यो बौलाहा बाहुन देवकोटा ले लेखेको पागल भन्ने कविता मलाई यस्तो मन पर्छ कि धेरै समय मैले त्यो कोठाको भित्तामा सिरानीमै टासेर राखे… दैनिक पाठ पनि गर्थे… पछि थाहा भो धेरै ले पाठ गर्दा रछन्… आज पनि अलिकता पाठ गरिहालम्… बाहुनबाद नै हुन्छ भने पनि भुत्रै सित्ती… मेरो पनि एक नशा ढिलो जो छ:

जरुर साथी म पागल !

यस्तै छ मेरो हाल !

म शब्दलाई देख्दछु !

दृश्यलाई सुन्दछु !

बासनालाई स्वाद लिन्छु !

आकाशभन्दा पातला कुरालाई छुन्छु !

ती कुरा, जसको अस्तित्व लोक मान्दैंन

जसको आकार संसार जान्दैन !


++++++++++++++++++++++++


जरुर साथी ।

मेरो एक नशा ढिलो छ !

यस्तै छ मेरो हाल !

Sunday, October 11, 2009

पल्सर भए पो राम्री केटी पनि पट्टिन्छन्


तलको कुराकानीको एकतर्फी अंस रिट्ठो नबिराई सत्य घटना हो कोही जीवित वा मृत व्यक्तिको जीवन संग मिलेमा स्वभाविक नै हुनेछ

हेलो राम दाई माम खाईयो त दाई ?

का खान पाउनु.. अब यो टिप सकेर माम खानपर्ला..

भेटम् भनेको जरुरी कुरा गर्नुछ..

काम त हिजो बाट मात्रै थालियो..

हैन दाई एक डेढ लाख जति हाल्नपर्यो भन्या.. एउटा पल्सर लिनपर्यो..

एक डेढ जति तपाई हाल्नुस.. बाकी म हाल्छु मिलेर चढौला..

तपाई अफिस जाने आउने बेला चढनुस.. अरु बेला म चढुला.. एउटा पल्सर त नभई भएन भन्या

पल्सर नभई त बिजीनेस नै गर्न नसकिने भो काठमाडौमा..

खै यो गाडी चलाएर मात्रै केही होला जस्तो छैन् हैन दाई..

एक डेढ लाख त म नि हाल्छ नि.. एक डेढ तपाई हाल्नुस् तेतिमा त आईहाल्छ नि पल्सर..

अनि दाई बिहे गर्ने भन्या हैन ?

हा..हा..हा..राम्री केटी त खोजे पो पाईन्छ..

पल्सर भए पो राम्री केटी पनि पट्टिन्छन्.. तेसैले त सोच्नुस भन्या

पैसा छैन ? ह्या दाई तपाई पनि तेसो भन्ने ? नभए त्यै अगाडि को जग्गा हालेर किनम् न त पल्सर..

खै उभो लागिएला जस्तो छैन् दाई..

लाहुरेको छोरा भएर के गर्नु दाई आफु चाउरे परियो..

अब केही सीप नलागे बाउको पेन्सन आउछ त्यै खाएर बस्नपर्ला के गर्ने त अब ?

यो गाडी चलाएर उभो लागिएला जस्तो छैन्..

अहिले म ...उकालो मा छु तपाईको अफिस अगाडि पुगेपछि हर्न दिन्छु.. निस्किनुस है त..

निस्किनुस है भन्या.. एउटा पल्सर त लिनैपर्यो जसरी पनि..

ल त ल पुग्नै लागियो एसो माम साम खानपर्ला.. अनि अर्को टिप मा फर्कदा तपाई लाई भेटछु है त..

ल बाई..