







रमिला नेपाल, २०६७ , अषाढ २३ गते
भ्रम यस अर्थमा कि यो बास्तबिक्ता नजिक छ जस्तो भान हुन्छ । अझ भनौ आभाष हुन्छ । तर त्यो त्यसको ठिक बिपरित हुन्छ । लोभी माछा जसरी एउटा मिठो खानाको आशाले बल्छीमा पर्दछ । हामी सानो छदा स्कूलमा चटकेले एउटा झोलाबाट तातो तातो जेरी , फलहरु निकालेर हामीलाई चकित पार्दथ्यो । ठिक त्यसै गरी आज हामी संबिधानसभा मार्फत चकित हुने आशा गरिराखेका छौ । तर त्यो एक भ्रम हो । जून हामी बुझ्ने प्रयास गरिराखेका छैनौ ।
आजकाल त्यसमा पनि यो काठमाडौमा हुने अधिकाम्स सभा गोष्ठीमा एनजिओ , आइएनजीओ को बिषय संबिधानसभा , नयां संबिधान हुने गर्दछ । बाकी दस प्रतिशत बिषय अन्य भए पनि अन्तत त्यो संबिधानसभा र नयां बन्ने संबिधानमा ल्याएर टु¨ाइन्छ । यस्तो गतिबिधीले एउटा जटिल प्रश्न खडा गरेको छ । संबिधानसभा आखिर चाहिएको कसलाई हो < नयां संबिधान कस्को निम्ती हो < के साच्चै लगानी कर्ताहरुलाई हामी नेपालीको हक ,अधिकार , राष्ट्यिता र राष्ट्यि स्वाधिनताको चिन्ता हो त < प्रश्न स्वभाबिक छ ।
केही समय अघिको कुरा हो । संबिधानसभाको चुनाव गर्न बिश्वका कुन कुन राष्ट्हरुले नेपाललाई सहयोग गरे भन्ने लिष्ट हेर्न पाईयो । यसो हेर्दा त्यहां हामी नेपाली त भोटमात्र हाल्न जाने रहेछौ । त्यहां प्रयोग हुने मसी समेत बिदेशीले दान दिएको रहेछ । आज संबिधान सभाको ६०१ सभासदलाई तलब घुमाई फिराई दानबाटनै प्राप्त हुने रहेछ । नत्र के नेपालको अर्थतन्त्रले तेत्रो खर्च धान्न सक्छ < अनि तपाई भन्नुस सबै कुरा दानबाट चल्छ , चलाईन्छ भने के यिनले गर्ने काम मालिकको हितमा हुन्छ कि हाम्रो <
आज यो संबिधानसभा एउटा आइएनजिओ हो । ६०१ सभासदले जागिर खाएका छन् । यिनीहरुको काम संबिधान रुपी एक प्रतिबेदन तयार गर्ने हो । हैन भने मलाई भन्नुस संबिधानसभाका ति सभासद , जसलाई संबिधान के हो भन्ने समेत थाहा छैन । कसरी तिनले जागिर पाए < के ति हाम्रा नेता हुन् < के तिनले हाम्रो भबिष्य बारे निर्णय गर्न सक्छन् < यदि सक्छन् भने यो बिश्वबिध्यालयको आवश्यक्ता किन < नेता ति हुन् जसले समाजलाई निर्देशित गर्दछ । जो आफै निर्देशित छ । त्यसले समाजलाई कसरी निर्देशित गर्ला < बौदिक्ताको खडेरी परेका ति सभासदहरुबाट हामी के आशा राख्ने < यदि तिनीहरुले नयां संबिधान बनाए भने हाम्रो भबिष्यलाई प्रत्यक्ष प्रभाब पार्दछ । हाम्रो सन्ततीको भबिष्यलाई प्रभाब पार्दछ । यस्तो संबेदनशिल बिषयमा आज हामी किन यति हेलचेक्याई गरिरहेका छौ < भनिन्छ , के ६०१ सभासदले नै संबिधान लेख्ने हो र < त्यसो भए ति शोपिसको निम्ती मात्र राखेका हुन् भने नेपालको राजनीतिमा यसले के सन्देश दिन खोजेको हो < कतै मालिकहरुले चाहे नेपालको राजनीतिमा जे पनि हुन्छ भन्न खोजेको त हैन < माधवनेपाल शक्तिशाली प्रधानमन्त्री बन्नु , उनको मन्त्रिमण्डलमा हरुवाहरुको बाहुल्य रहनु , बहुमतवालाको बिचल्ली हुनु , संबिधान सभाको नाटकिय रुपमा एक बर्ष थपिनु , अनि जून संबिधानसभाको दुहाई दिएर बैधानिकता प्राप्त गरिन्छ । त्यसकै उपहास गरिनु । अर्थात नेपाली जनताको जनमतको कदर यस संबिधानसभाले नगर्नु । अनि भन्नुहोस , कसरी हामी बिश्वास गर्नै यो संबिधानसभाले हाम्रो पक्षमा नयां संबिधान लेख्छ भन्ने <
लाटालाई पनि थाहा छ । धेरै बाठाहरु भए निर्णय हुदैन । झगडा हुन्छ , कलह हुन्छ । त्यसो भए कसको निर्देशनमा हाम्रो जसतो सानो मुलुकमा ६०१ सभासदको जम्बो संबिधानसभा निर्माण गरियो < त्यस भित्र फेरी समानुपातिक रे < तपाई एउटा सानो मारुती भ्यान भए पुग्ने ब्यक्ति , चन्दामा पाईन्छ भनेर ठूलो बसनै राख्नु हुन्छ भने त्यो तपाईको औकात भन्दा बाहिरको कुरा हो । आजको संबिधानसभा र यसको संरचना साच्चै भन्ने हो भने नेपाल र नेपाली जनताको औकात भन्दा बाहिरको कुरा हो । त्यसैले सभासदहरु संबिधानसभामा संबिधान बनाउन चन्दाको बसमा जान्छन् , चन्दाकै खान्छन् ।
साधारणतया हाम्रो सामाजमा चालिस , पचास हजारको तलब खान कुनै निस्चित शैक्षिक योग्यता दक्षता र ज्ञान हुन पर्दछ । तर खै उदाहरणीय रुपमा प्रस्तुत हुनुपर्ने हाम्रा सभासदहरुमा त्यो छ < अनि त्यसले समाजमा कुन किसिमको सन्देश दिन्छ < हामी पत्याउ कसरी यस संबिधान सभाले हाम्रो राम्रो भबिष्य बनाउछ भनेर < समाजमा हत्या हिंसाको राजनीति दिन दोगुना रात चौ गुणा बढ्दैछ । सभासदहरु , मन्त्रीहरु बैठकमा एक आपसमा अपशब्दहरु प्रयोग गर्दछन् । सरकारी कर्मचारीलाई झापड हान्छन् । प्रधानमन्त्रीहरु भष्टचार ब्याप्त छ भन्ने कुरा स्विकार गर्दछन् । तर नियन्त्रण तर्फ कुनै कदम चाल्दैन । शेयर बजारको दलालले झै प्रधानमन्त्री पदको दलाली हुन्छ । अनि तपाई भन्नुस के देश संबिधान बमोजिम चलेको छ < ठूलो घटना घट्यो भने अन्तरिम अबस्थामा यस्तै हो । के बिगतमा भएको थिएन र भन्ने गरिन्छ । आफूलाई स्वघोषित रुपमा राम्रो बनाउन प्रतिक्यिाबादी र प्रतिगमनकारी आफू बाहेककालाई आरोप लगाइन्छ । बिडम्बना आफ्नै पार्टी भित्र पनि आफू बाहेक र आफ्नो समर्थक बाहेक अरु सबै नराम्रै देखिन्छ , यो कस्तो बिचित्र < माधबकुमार नेपाल प्रधानमन्त्री थियो , त्यस पार्टिको अध्यक्ष झलनाथ खनाल , यो सरकार असफल भयो भन्दछ । उनले तत्काल राजिनामा दिन पर्यो भन्दछ । तर केपि ओली जो त्यही पार्टिको वरिष्ट नेता , किन राजिनामा दिने भन्दछ । कसले भन्दछ यो सरकार असफल भयो भन्ने प्रतिप्रश्न गर्दछ । अनी प्रधानमन्त्रीले राजिनामा दिन्छु , बिकल्प खोज्नुस , भन्यो भने कंग्रेसमा पार्टि फुट्ला झै हुने किसिमले बिबाद सृजना हुन्छ । कार्यबाहक अध्यक्ष औषधी उपचार गर्न अमेरिका सम्म जानु पर्ने हुन्छ । माओबादी एक सुत्रिय माग राखेर सरकारको हरेक राम नराम्रा कुराहरुको बिरोध गर्दछ । आन्तरिक रुपमा प्रधानमन्त्री पद कसले लिने भन्ने कुरामा संघर्ष चल्छ । नागरिक स्वतन्त्रता , राष्ट्यि स्वाधिनताको कुरा गरिन्छ । अनिस्चितकालिन आमहडताल पनि आह्वान गरिन्छ । तर बिदेशीको घर चोटामा मिटि¨ बसेर उनिहरुको निर्दैशनमा हडताललाई बिचमा तुहाइन्छ ।
अनि तपाई नै भन्नुस , हामी संसारको कस्तो किसिमको लोकतन्त्रको अभ्यास गरिरहेका छौ < संबिधान निर्माण गर्दैछौ कि , सरकार < आखिर संबिधान निर्माण गर्न सरकार किन आवश्यक पर्यो < हो , यो प्रश्न ज्यादै महत्वपूर्ण छ । हामीले सोचेको लोकतन्त्रको मुलमर्म यहि छ । मुख्य कुरा यही हो । हामी कतिको लोकतान्त्रिक छौ । हाम्रो सोच के हो < हाम्रा बिदेशी मित्रहरु के चाहन्छ यहि बाट स्पष्ट हुन्छ ।
माओबादको दर्शनले के भन्दछ भने राज्यको टुप्पी त्यसको सेना हो । जब सम्म त्यसलाई लडाउन सकिन्न पूरानो सत्ता कुनै न कुनै रुपमा रहिरहन्छ । यसर्थ उनिहरु सेना समायोजन मार्फत सत्ता कब्जा भनौ या पूरानो सेनाको संरचना भत्काउन चाहन्छ । आजको दिनमा बिगतमा कंग्रेसले जसतो उसले आफ्नो सेनाबाट बिमुख हुन सक्ने अबस्था छैन । त्यसमा पनि असली सेना बाईसिएलको भेषमा रहेको हुदा । माओबादीको राजनीतिक बिचारले त्यसलाई पूर्ण बेवास्ता गर्न सक्दैन । त्यस पक्षको असन्तुष्टीले समग्रमा माओबादी लगायत राष्ट्यि राजनीतिलाई असर पार्न सक्दछ । यसलाई माओबादीको सामुहिक नेतृत्वले राम्ररी बुझेको छ । तर प्रचण्डजी जो सत्ता र भत्ताको स्वाद चखिसकेका छन् । उहांमा गिरिजाप्रसादमा झै सत्ता भए म सबै गर्न सक्छु भन्ने भ्म प्रधानमन्त्री पदले सृजना गरेको छ । त्यसैले उहां बेला बेलामा माओबादीलाई नेतृत्व दिने सन्दर्भमा चुक्नु हुन्छ । यसैको परिणाम हुन सक्छ किरणजी र बाबुरामजीको गठबन्धन । तर तपाई बुझ्नुस , माओबादीलाई खाओबादीकरण र एमालेकरण गर्ने प्रक्यिा शूरु भैसकेको छ ।
दलहरु सेना समायोजन मार्फत माओबादीलाई खाओबादीमा परिणत गराउन चाहन्छ । यसको निम्ती उनिहरु लगायत उनका बिदेशी मित्रहरुले प्रधानमन्त्री पदलाई मोहडा बनाएका छन् । बाध्यता हो कि , कंगे्रसको असफलताको कारणले ठूल्दाईले एमालेको माधवनेपाललाई प्रधानमन्त्री स्विकार गरेको थियो । अब त्यो पनि रहेन । नत्र के कम्यूनिष्ट यिनले सुन्न सक्ने शब्द हो ? जब कि आफै आजको दिनमा कम्यूनिष्टहरुबाट पिडित छन् । बिडम्वना , ठूल्दाईको बादर प्रबित्तीको कारणले अब उ कम्यूनिष्टहरुबाट पिडित हुने दिनहरुको पर्खाइमा छ । हामी भन्दछौ , के त्यहां छुवाछुत छैन < जातजाती छैन , धर्मको नाममा युद्ध छैन < अझ भनौ हामीमा जे जस्तो भेदभाब , असमानता छैन । त्यो त्यहां छ । राज्य धरी लुटेर लिएको छ । यस अर्थमा संचारको बिकासले गर्दा पिडित पक्षहरु उत्साहित हुने त स्वभाबिक नै हौ । अब परिणाम उसले भोग्ने हो । हामीले भोगी सक्यौ । अब हामी त ज्यउभ ायच दभकत , उचभउबचभ ायच धयचकभ को स्थितिमा छौ ।
जहां सम्म बिदेशीहरुको कुरा छ । उनिहरुले ग्राईन्ड डिजाईन मार्फत के सम्म गर्न सक्दछ भने । माओबादीले भने झै जनमुक्ती सेनाको संख्यामा बाग्रेनि¨ गरे झै गरेर सम्झौता गर्न दलहरुलाई उस्काउन सक्छ । यसको निम्ती अनमिन जसतो संस्थालाई अप्रत्यक्ष रुपमा प्रयोग गर्न सक्दछ । अनि सामुहिक रुपमा माओबादी लडाकुहरु सेनामा समायोजन हुन्छ । संबिधान निर्माण प्रक्यिा अगाडी बढ्छ । संबिधान बनोस या नबनोस , प्रक्यिालाई सकभर छिटो टु¨ाउने हिसाबले अगाडी बढाइन्छ । यस अबस्थामा माओबादी रणनीतिक रुपमा बिजयको अबस्थामा हुन्छ । उसलाई उत्साहित गर्दै अर्थात माओबादीको रणनीतिलाई नै साथ दिदै उनिहरुलाई सेनामा एक किसिमको बिद्रोह गर्न लगाइन्छ । माओबादी पनि खुशी हुदै साथ दिन्छ । नियन्त्रित रुपमा बिद्रोह हुन्छ । त्यस अबस्थामा हालको सेनाको संरचना ध्वस्त हुन्छ । ठिक त्यही अबस्थामा , समायोजित माओबादी सेना लगायत , माओबादीको राजनैतिक नेतृत्व लगायत कथित प्रजातान्त्रिक पक्षधर बाहेकका सबैलाई सेना लगायत राजनैतिक क्षेत्रबाट पाखा लगाईन्छ । संबिधानसभा वा त्यस्तै बैधानिक प्रक्यिाको नाममा नयां संबिधान जारी गरिन्छ ।
आज नेपाली सेनालाई भ्म छ । हामीलाई बिश्वको सम्पूर्ण प्रजातान्त्रिक मुलुकको समर्थन छ भन्ने । तर उनिहरुलाई थाहा छैन । अन्तराष्ट्यि राजनीतिको केन्द्र नेपाल बनेको । बिदेशीहरु नेपालमा स्थाई शक्तिको खोजीमा छ । आजको दिनमा नेपालमा रहेको स्थाई शक्ति भनेको नेपाली सेना हो । यसको ईतिहास नेपालको अस्थित्व र राष्ट् निर्माता श्री ५ पृथ्वीनारायण शाह संग जोडिएको छ । नेपाली सेनामा अझ पनि राष्ट्बादीहरुको बाहुल्य छ । यही कारणले कतिपय अबस्थामा यस प्रति उनिहरु त्यती बिश्वस्त हुन सक्दैनन् । त्यस्तै आज राजनैतिक नेताहरु अस्थिर र कमजोर पनि छन् । यही कारणले गर्दा उनिहरु सामूहिक रुपमा वा छुटाछुटै रुपमा सेनामा आफ्नो पकड जमाउने पक्षमा देखिन्छ । उदाहरणको रुपमा सेनाको सामान भारतले रोक्नुलाई लिन सकिन्छ । यो संकेत हो । त्यसैले आज जसरी राजनैतिक रुपमा बुढाहरुले राजनीतिबाट अवकाश लिन पर्यो , नयां आउन पर्यो , भनेर सर्बजनिक रुपमा बिदेशीहरुको मुखबाट आईरहेको छ । त्यो सेनामा पनि लागु हुन सक्छ । यसर्थ यदि ग्राईन्ड डिजाइन सफल भएमा ,सेनामा माओबादी लडाकु समायोजन हुन्छ । माओबादीले सेनामा बिद्रोह पनि गर्छ । नयां संबिधान लागु पनि हुन्छ । तर माओबादी पूरै सिद्धिन्छन् । नेपाली सेना बिघटन हुन्छ । नेपाल र नेपाली जनताको , न नागरिक स्वतन्त्रता हुन्छ , न राष्ट्यि स्वाधिनता =============== त्यसैले बुझौ हामी नजानिदो किसिमले भ्मलाई बास्तबिक सम्झेर संबिधानसभाको पछि लागिरहेका छौ ।
हामी दावाका साथ भन्न सक्छौ । यहां आजको दिनमा कोही पनि नयां संबिधान मार्फत हाम्रो देश नेपाललाई अमेरिका , जापान , बिट्ेन , बनाउन चाहिरहेको छै्रन । बिदेशी लगायत स्वदेशी दलाल राजनितिज्ञहरु पनि यो देशलाई नयां संबिधान मार्फत एक संरक्षित , उपनिबेशिक , आस्रित राष्ट्को रुपमा बिकास गर्ने पक्षमा छन् । यसले बिदेशीहरुलाई त फाईदा छ नै । स्वदेशी राजनितिज्ञहरुलाई पनि उठान हुने सामाजिक समस्या सामाधान , आफुले नगरी , मालिकले गरिदिइहल्छ भन्ने भ्म छ । लेन्डुप्पे प्रबित्ति देखा परेको छ । साहेद उनले सोचेको थियो होला । राज्यको संरक्षण गर्ने भने झै ,उसको राजनिती पनि अरुले संरक्षण गरिदिन्छ । तर सोचे जस्तो कहां भयो र < हो , त्यसैले हाम्रो देशको राम्रो भबिष्यको निम्ती यो घनचक्कर रुपी संबिधान सभामा घनचक्कर लाउने काम जती सक्छ चाडो अन्त गर्नु पर्दछ । यो संबिधानसभा एउटा भ्रम हो । लोभी माछा झै मिठो खानाको आशाले हामी बल्छीमा पर्दैछौ ।
अन्तमा , राजा ज्ञानेन्द्रले शुरु गरेको पद छाड्ने बेला भाषण गर्ने प्रक्यिालाई निरन्तरता दिने क्ममा कमरेड प्रचण्ड र माधवनेपाल देखापरेको छ । राजा ज्ञानेन्द्रले दरबार किन छोडे त्यो ब्याख्या गर्दा किताव बन्न सक्छ । तर एउटा कुरा धुब्रसत्य हो । उनले बिदेशी प्रभुलाई खुशी पार्न सकेनन् । प्रचण्डले त बिदेशी प्रभुको नामनै किटेर बाहिर निस्के । माधबनेपाल किन निस्के भन्दा पनि पेटेल , सेनाको सामान , कान्तिपुरको कागच रोक्ने जस्ता कुराहरुले पनि केही संकेत गर्दछ होला । आज यहां एउटा साधारण पत्रिका पढ्न जान्ने ब्यक्तिले पनि , नेपालको राजनीतिमा बिदेशी प्रभुको चलखेल कति छ भन्ने कुरा थाहा छ । अर्थात प्रधानमन्त्री बन्न जनबल हैन , प्रभुबल चाहिन्छ भन्ने । यस अर्थमा हाम्रा नेताहरुको राजनीति धरातल नेपाल र नेपाली जनता नभएर , बिदेशमा अन्त कतै गएर टु¨िएको छ भन्दा अनुपयुक्त नहोला । यो प्रबित्ती हामी र हाम्रो देशको भबिष्यको निम्ती मात्र नभएर , स्वयम उनिहरुको राजनैतिक भबिष्यको निम्ती पनि खतरनाक हो । त्यसैले प्रश्न उठ्छ । आखिर यो सबै घटना , परिघटनाको जिम्मेबार को < सोच्ने बेला आएको छ ।
आज परम्परागत राजनैतिक केन्द्रलाई ध्वस्त पार्ने लहडमा प्रजातन्त्र , लोकतन्त्र , पूर्ण लोकतन्त्र हुदै आज हामी गणतन्त्रमा पुगेका छौ । अब जनगणतन्त्र कि प्रजातान्त्रिक गणतन्त्र भन्नेमा बिबाद गरिरहेका छौ । कतै यसको अन्त परतन्त्रमा गएर टु¨िने त हैन < प्रश्न जटिल छ ।
संबिधान बनाउने हो भने , राजनीतिमा बहुमतिय हैन , सहमतिय हुनु पर्दछ भनिरहेका छौ । आखिर सहमतियमा त सबै अट्नु पर्ने हो < हामीलाई लाग्दछ अझ सम्म पनि नेपालको राजनीतिमा निषेध र पूर्बाग्रही भाबना कायम नै छ । त्यसैले जब सम्म यो कायम रहन्छ । यो देशको राजनितिको निर्णायक नेपाली जनता नभई बिदेशी प्रभुनै हुनेछ । संबिधानसभामा बहुमत भए पनि वा २४ दलमा २२ दलको समर्थन भए पनि , बिदेशी प्रभुको निगाह नभए , भाषण गरेर प्रधानमन्त्री पद छाड्नु पर्ने नै हुन्छ । त्यसैले हेरौ , अब प्रभुको निगाहमा को प्रधानमन्त्री हुने हो ======== बिडम्बना नेपालको राजनीतिको==============अघि रा==== जानिन् , पछि रा===मानिनन् , बाघ आयो घिच्याउन , रा=== लाग्यो चिच्याउन , भनेको यहि हो ।
आगे श्री पशुपतीनाथको इच्छा =====================================================.
समाप्त
जेठ १४ मा सम्बिधान नआए जेठ १५ गते आकाशै खस्ला धर्ती नै फाट्ला झै गरेका छन् कति मान्छेहरु । धमाधम पत्रिकामा लेख्दैछन आफनो अन्तिम विचार ।
अचेल बत्ती र व्यक्तिगत कारणले नेट हेर्ने र व्लग गर्ने मेसो मिलिराखेको छैन् । फेरि आ व्लग गरेर के नै लछारपाटो लाग्छ भनेर पनि जागर चलेको छैन् । तैपनि चित्त नबुझेका कुरा कतै त रेकर्ड होस् भन्ने लाग्छ । केही दिन अघि यो बर्षकै अन्तिम बिहे लगन रेछ । सामाजिकता भनेर म पनि एकजना आफन्तको बिहेमा गएको थिए । त्यस दिन धेरै बिहे भएकोले गाडी पाउन मुस्किल भो । धेरै गाडी बिहेकै लागि रिजर्भ गरिएको रेछ । सडकमा घन्टौ जाम । बसमा ठेलमठेल । जीन्दगीको जात्रा ।
बिहेमा रमाईलो भको देख्दा मलाई पनि रमाईलो लाग्छ । तर फेरि हेर्छु, यो रमाईलो को मुल्य कत्तिको महगो छ । काठमाडौंको जीवनस्तर केही युरोपेली देशको समान छ रे । तर काठमाडौंमै पनि यस्ता हर्षोल्लास पछाडि कति पीडा लुकेका छन् < मानसिक रोग, मुटु रोग, दुव्र्यसन्, र अपराध किन बढिरहेको छ <
नेपाल भन्ने देशमा एकजना मानिस छन् । उनी सरकारी अधिकृत नै थिए । उनी संगैका उनी जस्तै र उनी भन्दा पनि पछिका धेरै कर्मचारीले काठमाण्डुमा राम्रै घर जग्गा र स्टाट्स बनाए । तर उनी कहिल्यै काठमाडौ बस्न सकेनन् । जागीर खाएर काठमाण्डु बस्न सकिन्न भन्थे । मोफसलमै जीवन बिताए । घर त बनाए तर गाउमै । छोराछोरी लाई काठमाण्डुमा पढन पनि पठाउन सकेनन् । बोलीचालीको भाषामा भन्ने हो भने उनले पनि पैसा कमाउन सकेनन् वा जानेनन् ।
तर परिवार त उनको पनि थियो । शिक्षित भएकाले सबै जानेसुनेका नै थिए । दाजुभाई कै छोराछोरी काठमाण्डु बोर्डिंग मा पढथे । उनका छोराछोरीले पनि रहर गरे । तर उनले सकेनन् । अरु पनि धेरै चाहना थिए होलान् जो पुरा भएनन् । फलस्वरुप बाबुआमा दुबै बिरामी परे । छोराछोरी काठमाण्डु आए केही पढिएला र केही बनिएला भनेर । तर उनीहरु निराश छन् ।
म उनकी एउटी छोरीको बिहेमा गएको थिए । पेन्सनमा आएको सारा पैसा काठमाण्डुमै भएका अर्का आफन्तको घरबाट छोरीको बिहेमा खर्चे । मलाई पनि भोज खान बोलाए । म जान त गए तर मेरो मनमा कुरा खेलिरह्यो यो कस्तो भोज अनि कस्तो भतेर हो < आवादी को हो कि बर्बादीको ? अब अर्को छोरीको बिहे कसरी गर्लान् <
एउटा छोरी को बिहे मा दाईजो बाहेक भोज भतेर र तडक भडक मै पनि काठमाण्डु जस्तो ठाउमा पनि लाखौं खर्चिईन्छ । धेरै पढेलेखेका र बुझक्की मान्छेहरु काठमाण्डुमा बस्छन् अरे । मोफसलका मान्छेहरुले काठमाण्डुको जीवनशैलीको सिको गर्छन् । कतिसम्म भने समाजमा आ आफ्नो ठाउमा आदर्णीय र प्रेरक व्यक्तित्व बनाएका व्यापारी मीन बहादुर गुरुंग र प्रधान सेनापति छत्रमान् गुरुंग ले पनि आफ्नो छोरा छोरीको बिहेमा निकै तडक भडक र सडक जाम गरेछन् । त्यसै दिन, जुन दिन म पनि गएको थिए ।
यी त भए तैबिसेक सक्नेहरुकै कुरा । अब कसैले मलाई भनिदियोस कि गरीव बाउआमाले छोरीको कसरी बिहे गर्ने < किनभने मलाई यो प्रश्न एकजना मेरा परिचित जसका छोरी बिहे गर्नु छ उनले सोधे । उनी पनि काठमाण्डुको मान्यता अनुसार असफल व्यक्ति हुन् । किनभने उनले छोरी त जन्माए तर बिहे गर्न सकिराखेका छैनन् । किनभने अचेल दाईजो त लिदैनौ, तर चलन अनुसार गर्नुपर्छ भनिन्छ ।
को छ यसमा जिम्मेवार < छोरी त सबका छन् । के ति सम्पन्नता र चलनको नाममा गरिने भोज भतेर र रवाफ प्रदर्शन सामाजिक अपराध होईन् < सम्मानित स्थानमा रहेका व्यक्तिहरुबाट भएको भ्रष्टाचार हैन् जो आफ्नो छोराछोरी को बिहेमा दाईजो लेनदेन र तडकभड्क गर्छन्, र गरीब बाउआमाले पुर्याउनै नसक्ने सामजिक मान्यता स्थापित गरिदिन्छन् < के त्यो राज्य प्रणाली अपराधी हैन जसले ठुलाबडा र सम्पन्न मार्फत भईरहेको सामाजीक अपराध नियन्त्रण गर्न सक्दैन् <
म कुनै आदर्श खोकिरहेको छैन् । यो मेरो पनि समस्या हो । व्यक्तिगत रुपमा सबैले ठीक हो, तर सिस्टम नै यस्तै छ भन्छन् । कसैमा पनि शासन प्रणाली र चलनमा सुधार ल्याउने साहस र चाहना देखिदैन् । ईमान्दारीपुर्वक काम गर्नेहरुलाई पैसा कमाउन सकेन् असफल भयो भन्ने सामाजिक मान्यता बनेको छ । भ्रष्टाचार गरेर तडक भडक गर्ने चलन सम्मानित र सफल मानिन्छ ।
मेरो प्रश्न छ, सिस्टम र चलनमा मा परिवर्तन माओवादीले बाहेक कस्ले गर्न सक्छ ?
मैले एकजना आदर गर्ने कलेजको गुरुलाई केही दिन अघि भेटे । म उहाँलाई यसकारणले पनि आदर गर्थे कि उहाँले धेरै वर्ष पहिले अमेरिकाको स्तरीय मानिने युनिभरसीटीबाट पि एच डी गरेर पनि अमेरिकाको अवसर छोडेर देशको लागि केही गर्नुपर्छ भनेर नेपाल फर्किनुभको थियो । देशको छात्रवृत्ति पचाएर विदेशमै हराउने र देशको ढुकुटीबाट सरकारी संस्थाहरुमा फुल टाईमको तलब खाएर पार्ट टाईम पनि समय दिन नचाहने प्रवृत्ति छ । देशमा अझै पनि अध्ययन र मिहिनेत भन्दा पनि फाईफुट्टी लाउनेकै हाई हाई छ । चोरेर र घोकेर बर्षौ पछि बल्लतल्ल थर्ड डिभिजन आएका व्याचलर, मास्टर्स, र पिएचडी गर्नेहरु समेत मै हँु विव्दान भन्ने घमण्ड गर्छन् । तेसैले पनि काम प्रतिको सरको दक्षता, लगनशीलता र समर्पण देखेर तेसै सन्मान गर्न मन लाग्थ्यो ।
तेसो त सर अमेरिकाबाट पढेर आएकोले होला व्यवसायिक हुनुपर्छ र पैसा पनि सकेको कमाउनुपर्छ भन्नुहुन्छ । तेसैले होला, उहाँ टि यु को क्लास बाहेक अरुतिर पनि क्लास लिनुहुन्छ, अरु सम्बन्धित पेशागत काम पनि गर्नहुन्छ । हामीलाई क्लासमा ओभर एम्बिसस् नहुन भन्नुहुन्थ्यो, तर छोराछोरीलाई भने पढन अमेरिका नै पठाउनुभको छ । तर सरले व्यवस्थाको कमजोरी वा सिस्टम को लुपहोलबाट फाईदा उठाएर जसरी पनि पैसा कमाउनुपर्छ भन्ने प्रवृत्तिको खुला विरोध गर्नुहुन्थ्यो । आफ्नो सीप र दक्षतालाई सकेसम्म उपयोग गरेर ईमान्दारीपुर्वक नै पैसा कमाउनुपर्छ भन्नेमा सरको जोड थियो ।
पेशाकर्मी र उच्च शिक्षित मानिसहरु आफुप्रति सम्मान खोज्छन् । हुन त कसैले पनि ठुलो पल्टिन खोज्नु उचित नहोला, तर राम्रो कामको वा दक्षताको कदर होस भन्ने चाहना मानवीय हो जुन सबैमा हुन्छ । अस्ति जब मैले सरलाई भेटे, सर अति निराश हुनुहुन्थ्यो । सरले भन्नुभो, देशको अवस्था झन् बिग्रदै छ । बिसौं बर्ष देशको लागि भनेर काम गरे, तर अब काम गर्ने वातावरण छैन् । हरेक क्षेत्रमा ओभरपोलिटिसाईजेशन भएको छ । म सोच्दैछु कि अमेरिकातिरै लागुँ । यस्तो कुरा र निराशा म अचेल धेरै दक्ष व्यक्तिहरुले भनिरहेको सुन्छु ।
जुनसुकै पार्टी आए पनि र जुनसुकै व्यवस्था आएपनि देशलाई दक्ष जनशक्तिको आवश्यकता हुन्छ । अचेल जसलाई हामी योग्य वा प्रोफेशनल भन्दछौ, धेरैजसोले देश छोडेर जाने कुरा गरेका हुन्छन् । सबै पेशाकर्मी र उच्च शिक्षित मानिसहरु भ्रष्ट नै छन् भन्ने पनि होईन् । पेशाकर्मीहरुको गुनासो हुन्छ गणतन्त्र हैन, देशमा भीड्तन्त्र आयो । हरेक कुरामा अति राजनीतिकरण भयो । देश र जनताको लागि काम गर्ने भन्दा पनि राजनीतिक पार्टीको अनुकुल हुनुपर्ने अवस्था आयो । राजनीतिक दल र नेताहरुलाई खुशी पारेकै भरमा भ्रष्ट र असक्षम व्यक्तिहरु हाकिम भए, सक्षम र ईमान्दर जनशक्तिलाई कजाए । हिजो यस्तै कुरा गरेर काग्रेस र एमालेलाई सराप्दै धेरै दक्ष जनशक्ति बिदेशिए । अचेल पेशाकर्मी वा प्रोफेसशनलहरुको गुनासो हुन्छ कि माओवादीका भातृ संगठनले अनावश्यक दबाब दिन्छन् ।
माओवादीले के बुझ्नुपर्छ भन्ने जनमतले उसलाई शक्तिशाली बनाएको हो, त्यसैले आफु भन्दा भिन्न विचार राख्ने जनमतको पनि उसले सम्मान गर्नुपर्छ । अहिले सबैभन्दा शक्तिशाली र जनादेश प्राप्त पार्टी माओवादीलाई पाखा लाएर कांग्रेस एमाले र पन्चायतका पनि भ्रष्टतम् व्यक्तिहरुले समेत सत्ता कब्जा गर्न कसरी सफल भएका छन् ? कतिपय माओवादीको सामजिक परिवर्तनका कतिपय एजेन्डाहरुसंग सैद्धान्तिक रुपले सहमत् हुनेहरु पनि कार्यकर्ताले अभद्र व्यवहार गरे भनेर चित्त दुखाएका छन् । यसमा माओवादीहरु पनि चनाखो हुनुपर्छ । माओवादीले आफ्ना कार्यकर्तालाई जनसम्पर्क कसरी राम्रो बनाउने वा पब्लिक रिलेशन को बारेमा संवेदनशील र विनम्र हुन पनि तालिम दिनुपर्छ ।