Showing posts with label Human Trafficking in Nepal. Show all posts
Showing posts with label Human Trafficking in Nepal. Show all posts

Tuesday, June 29, 2010

म पुरुष, तिनी महिला, अनि माओवादी बिचलन

अफिस टाईम् थियो । सानो ग्यास माईक्रो बस पछिल्तिर एक हुल मानिस दगुरे । भीड् छल्दै फुर्तिसाथ मैले एउटा सिट कब्जा गरे । धेरैजसो तराई मूलका कामदार एक हुल नै चढे । ढोका छेउको सानो ठाउमा टुसुक्क बस्न एक महिला संघर्षरत् थिईन् । मेरो सिट हो यो भन्दै अप्ठेरो सिट्मा अप्ठेरो साथ बसिन् । अघिल्तिरको सिटमा आरामसाथ बसेर म उनलाई हेरिरहेको थिए । केही सोचेको भने थिईन् । तैपनि आफ्नो गतिबिधि निरिक्षण गरेको देखेर आत्मसचेत भईन् । अनुहारमा जीवन संघर्षले रेखाचित्र कोर्न थालिसकेका रछन् । केही चिन्तित पनि देखिन्थिन्। अप्ठेरो मान्दै भनिन् के गर्ने भाई जति उमेर बढ्यो उति पैसा चाहिदो रछ । एसो पैसा जोगाउ भन्ने लोभले ट्याक्सी चढन् मन लाग्दैन् । तेसैले जसोतसो बस्नै पर्यो ।

म भलादमी पल्टिए । ठिकै छ नि । तपाईको त अधिकार नै छ, सिटमा बस्ने । ३३ प्रतिशत महिला कोटा हुन्छ, तपाई एकजना मात्र महिला हुनुहुन्छ । उनले भनिन्, तेसो भनेर मात्र के हुन्थ्यो, सबैले बस्नै पर्यो । म थप सुधारवादी पल्टिए आफु भन्दा कम्जोर कोही छन् भने छाडिदिनु पनि पर्छ, हैन भने आफ्नो अधिकार दावी गर्नुपर्छ । उनी आश्वस्त हुदै भनिन्, त्यो त हो, कसैको वचनले मात्र पनि धेरै फरक पार्छ । सबैले तेसरी सोचिदिदैनन् । भन्छन् नि डाक्टरको बचनले मात्र पनि धेरै फरक पार्छ । म नि हौसिदै भने, हो नि डाक्टरको राम्रो बचन मात्रै ले पनि आधा रोग निको हुन्छ तेसैले त भनिएको हो । सोधे, तपाई डाक्टर हो, उनी फेरि अप्ठेरोसाथ हास्दै भनिन्, हो ।

उत्तरआधुनिक सामाजिक पहिचानमा एउटै मानिसको बहुपरिचय वा मल्टिपल आईडेन्टीटी रोचक छलफलको बिषय हो । जस्तो कि उक्त महिलाको मल्टिपल आईडेन्टीटी बिश्लेषण गर्ने हो भने,उनी डाक्टर भएकीले अत्यन्त सम्मानित पेशाकर्मी हुन् । हस्पीटलमा घाटीमा बेरिएको स्टेथोस्कोप सेतो एप्रोन अनि पछि लाग्ने बिरामीको हुलले उनको बिशिष्टता उजागर हुन्छ । तर एउटी महिला भएकीले उनी समग्रमा सिमान्तिकृत गरिएको जनसंख्याको आधा भागलाई समेत प्रतिनीधित्व गर्छिन् । तेसैले सार्वजनिक गाडीमा एउटा सिट को लागि एउटा तरकारीवाला, कबाडीवाला वा म जस्तो साहुको अफिसमा काम गर्ने कामदार सामु उनी नीरिह बन्छिन् । तेतिखेर उनलाई आफु डाक्टर हुनुको गौरव भन्दा पनि महिला हुनुको विवशता महसुस हुन्छ । उनी बाहुनी वा छेत्रीनी नानी, छोरी, बुहारी हुन् भने प्रत्येक महिना हुने प्राकृतिक चक्र भन्ने नारी शरीरको रिप्रोडक्टिभ थ्योरी फेल खान्छ, उनको शरीर नर्कको व्दार हो, उनी नछुनी बिटुली हुन्छिन् । एकल महिला हुन् भने त उनी डाक्टर भए पनि शुभ कार्यको लागि अलच्छिनी पनि हुन् । उनी मधेशी महिला हुन् भने डाक्टर नै भए पनि काठमाण्डुमा उनी तेहरो सीमान्तिकृत वा टिप्ली मार्जिनलाईज्ड जीवन बिताउदी हुन् ।

यस्तै कुरा सोच्दै म अफिस पुग्छु । त्यस अफिसमा एकजना केटी सहकर्मी कामदारमा भर्ना भएकी छन् । उनको र मेरो काम लगभग उस्तै छ । तर म उनको भन्दा दोब्बर तलब दावी गर्छु । साहुले मलाई अन्तरवार्तामै भनेका थिए, खासमा हाम्रो प्रिफ्रेरेन्स केटी कामदार नै राख्ने थियो । किनभने केटीहरु कम तलबमा सिन्सियर्ली र लामो समय काम गर्छन् । तर तपाई अनुभवी भएकोले केटा मान्छे नै भए पनि लिन चाहन्छौ । भन्नुस्, के तपाई यति तलबमा काम गर्नुहुन्छ ?

मेरो लेखाईमा जतिसुकै नारीवादी टोन देखिए पनि म पुरुष म पुरुष. . . तेसैले लागेको कुरा नढाटी भनिदिन्छु । शायद केटी भएकीले नै होला मेरी सहकर्मी फेसनमा चलाख तर काममा अलि लोसी छिन् । शायद लोसी हुन को कारण पनि उनको जेन्डर नै होला । उनको दाजुभाई बोर्डिंग स्कुल र सहरमा पढेका होलान् । उनले गाउमै घासदाउरा गर्दै दुई तिन पल्ट मा एस एल सी पास गरेकि होलिन् । पछि सहरमा बस्ने दाईले राम्रो आम्दानी गर्न थाले पछि बैनी सहरमा अलिदिन पढेर स्मार्ट हुन्छे, बिहे गर्न सजिलो हुन्छ भनेर बोलाएका होलान् । भान्साका काम गर्ने र लुगा धोईदिने कुरा त आईमाई जात को प्राकृतिक काम नै भो ।

तिनै लोसी सहकर्मी केटीकी दिदिको यही असारमा बिहे रछ । अचेल दिनहु मोबाईलमा सामान किन्न बजार जाने भनेर दाईसंग कुरा गरेको सुन्छु । मानिस र तिनका क्रियाकलापमा मेरो जिज्ञाशा अलि भिन्नै खालको हुन्छ । पहिलो जागीर भएकोले काम सिक्ने क्रममा उनको प्रश्नको उत्तर दिन मलाई झर्को लाग्छ । तर आज मैले पनि उनलाई प्रश्न सोधिदिए, दिदिको बिहेमा कति खर्च लाग्छ होला ? मेरो प्रश्नले त उनलाई हासो पो उठेछ । सोचेर भनिन, हाम्रो ईष्टिमेटमा चौध लाख लाग्छ होला । के गर्ने, त्यो भन्दा कममा गर्नै सकिएन् ।

म एक अनुभवी र दक्ष मानिएको व्यक्तिले दसौ वर्ष काम गरेको तलब एक मुष्ट जोगाउदा बल्ल चौध लाख पुग्ने रछ । उनको तलब त बीसौं बर्ष जम्मा एक मुष्ट जम्मा गरेपछि बल्ल चौध लाख पुग्ने रछ । म उनलाई आफ्नो क्रान्तिकारी हिसाब सुनाउछु । अब भने उनी गम्भीर हुन्छिन् । भन्छिन् उठिबास लाग्छ, अब छोरीको बिहे गर्न गाह्रो छ । म भन्छु, यसरी कसरी हुन्छ ? मनमा तस्वीरहरु दगुर्छन्, आफ्नो जातिले भोग्दै आएको अन्यायी परम्परा बिरुद्ध मुक्ति को लागि माओवादी बन्दुक बोकेर मार्च पास गरेका थुप्रै साहसी महिलाहरुको भाषण, नाचगान, र राके जुलुशमा अवलोकन गर्दा मेरो पनि रगत उम्लेर आएको हुन्छ ।

फेरि यो चौध लाख, फेरि यो छाउपडी, फेरि यो छुवाछुत, फेरि यो बेच बिखन..? सुन्दछु, अचेल माओवादी आफै कन्फुजनमा छ रे । प्रचन्ड वा बाबुराम ब्राम्हणहरु प्रधानमन्त्री हुनुलाई नै जनता को सर्वोच्चता मान्नुपर्छ अरे । के समाज परिवर्तनका सबै एजेण्डा तुहिएकै हुन् ? के साच्चै नै राजनीतिक जोडघटाउ र लुटेर खाने लठैतहरुको जमात मै सिमित हुने क्रमतर्फ माओवादी लागेको हो त ? कि मातृकाले भने जस्तै प्रचण्डहरु थाकेर अन्तत पुष्प कमल दाहाल भएका हुन् ?

के गर्दैछन् जम्बो संविधान सभामा विश्वकै नमुना महिला सहभागिता भएको गौरवशाली क्रान्तिकारी पार्टीका महिला, पुरुष, र तेश्रो लिंगी जनप्रतिनीधिहरु ?

Tuesday, February 23, 2010

गरिब निमुखाले माओबादी नबने के गर्ने त ?

अचेल बत्ती र व्यक्तिगत कारणले नेट हेर्ने र व्लग गर्ने मेसो मिलिराखेको छैन् । फेरि आ व्लग गरेर के नै लछारपाटो लाग्छ भनेर पनि जागर चलेको छैन् । तैपनि चित्त नबुझेका कुरा कतै त रेकर्ड होस् भन्ने लाग्छ । केही दिन अघि यो बर्षकै अन्तिम बिहे लगन रेछ । सामाजिकता भनेर म पनि एकजना आफन्तको बिहेमा गएको थिए । त्यस दिन धेरै बिहे भएकोले गाडी पाउन मुस्किल भो । धेरै गाडी बिहेकै लागि रिजर्भ गरिएको रेछ । सडकमा घन्टौ जाम । बसमा ठेलमठेल । जीन्दगीको जात्रा

बिहेमा रमाईलो भको देख्दा मलाई पनि रमाईलो लाग्छ । तर फेरि हेर्छु, यो रमाईलो को मुल्य कत्तिको महगो छ । काठमाडौंको जीवनस्तर केही युरोपेली देशको समान छ रे । तर काठमाडौंमै पनि यस्ता हर्षोल्लास पछाडि कति पीडा लुकेका छन् < मानसिक रोग, मुटु रोग, दुव्र्यसन्, र अपराध किन बढिरहेको छ <

नेपाल भन्ने देशमा एकजना मानिस छन् । उनी सरकारी अधिकृत नै थिए । उनी संगैका उनी जस्तै र उनी भन्दा पनि पछिका धेरै कर्मचारीले काठमाण्डुमा राम्रै घर जग्गा र स्टाट्स बनाए । तर उनी कहिल्यै काठमाडौ बस्न सकेनन् । जागीर खाएर काठमाण्डु बस्न सकिन्न भन्थे । मोफसलमै जीवन बिताए । घर त बनाए तर गाउमै । छोराछोरी लाई काठमाण्डुमा पढन पनि पठाउन सकेनन् । बोलीचालीको भाषामा भन्ने हो भने उनले पनि पैसा कमाउन सकेनन् वा जानेनन् ।

तर परिवार त उनको पनि थियो । शिक्षित भएकाले सबै जानेसुनेका नै थिए । दाजुभाई कै छोराछोरी काठमाण्डु बोर्डिंग मा पढथे । उनका छोराछोरीले पनि रहर गरे । तर उनले सकेनन् । अरु पनि धेरै चाहना थिए होलान् जो पुरा भएनन् । फलस्वरुप बाबुआमा दुबै बिरामी परे । छोराछोरी काठमाण्डु आए केही पढिएला र केही बनिएला भनेर । तर उनीहरु निराश छन् ।

म उनकी एउटी छोरीको बिहेमा गएको थिए । पेन्सनमा आएको सारा पैसा काठमाण्डुमै भएका अर्का आफन्तको घरबाट छोरीको बिहेमा खर्चे । मलाई पनि भोज खान बोलाए । म जान त गए तर मेरो मनमा कुरा खेलिरह्यो यो कस्तो भोज अनि कस्तो भतेर हो < आवादी को हो कि बर्बादीको ? अब अर्को छोरीको बिहे कसरी गर्लान् <

एउटा छोरी को बिहे मा दाईजो बाहेक भोज भतेर र तडक भडक मै पनि काठमाण्डु जस्तो ठाउमा पनि लाखौं खर्चिईन्छ । धेरै पढेलेखेका र बुझक्की मान्छेहरु काठमाण्डुमा बस्छन् अरे । मोफसलका मान्छेहरुले काठमाण्डुको जीवनशैलीको सिको गर्छन् । कतिसम्म भने समाजमा आ आफ्नो ठाउमा आदर्णीय र प्रेरक व्यक्तित्व बनाएका व्यापारी मीन बहादुर गुरुंग र प्रधान सेनापति छत्रमान् गुरुंग ले पनि आफ्नो छोरा छोरीको बिहेमा निकै तडक भडक र सडक जाम गरेछन् । त्यसै दिन, जुन दिन म पनि गएको थिए ।

यी त भए तैबिसेक सक्नेहरुकै कुरा । अब कसैले मलाई भनिदियोस कि गरीव बाउआमाले छोरीको कसरी बिहे गर्ने < किनभने मलाई यो प्रश्न एकजना मेरा परिचित जसका छोरी बिहे गर्नु छ उनले सोधे । उनी पनि काठमाण्डुको मान्यता अनुसार असफल व्यक्ति हुन् । किनभने उनले छोरी त जन्माए तर बिहे गर्न सकिराखेका छैनन् । किनभने अचेल दाईजो त लिदैनौ, तर चलन अनुसार गर्नुपर्छ भनिन्छ ।

को छ यसमा जिम्मेवार < छोरी त सबका छन् । के ति सम्पन्नता र चलनको नाममा गरिने भोज भतेर र रवाफ प्रदर्शन सामाजिक अपराध होईन् < सम्मानित स्थानमा रहेका व्यक्तिहरुबाट भएको भ्रष्टाचार हैन् जो आफ्नो छोराछोरी को बिहेमा दाईजो लेनदेन र तडकभड्क गर्छन्, र गरीब बाउआमाले पुर्याउनै नसक्ने सामजिक मान्यता स्थापित गरिदिन्छन् < के त्यो राज्य प्रणाली अपराधी हैन जसले ठुलाबडा र सम्पन्न मार्फत भईरहेको सामाजीक अपराध नियन्त्रण गर्न सक्दैन् <

म कुनै आदर्श खोकिरहेको छैन् । यो मेरो पनि समस्या हो । व्यक्तिगत रुपमा सबैले ठीक हो, तर सिस्टम नै यस्तै छ भन्छन् । कसैमा पनि शासन प्रणाली र चलनमा सुधार ल्याउने साहस र चाहना देखिदैन् । ईमान्दारीपुर्वक काम गर्नेहरुलाई पैसा कमाउन सकेन् असफल भयो भन्ने सामाजिक मान्यता बनेको छ । भ्रष्टाचार गरेर तडक भडक गर्ने चलन सम्मानित र सफल मानिन्छ ।

मेरो प्रश्न छ, सिस्टम र चलनमा मा परिवर्तन माओवादीले बाहेक कस्ले गर्न सक्छ ?

Friday, November 20, 2009

फक टु अल दिस बुलसिट एजुकेशन

अचेल माओवादी आन्दोलन को पक्षमा प्रचारै जस्तो लेखेको देख्नुहने साथीहरुले पनि अचम्म मान्नु भो होला.. अचानक बिहेको कुरो गरेको देखेर यो मान्छे त साच्चैं नै पो हावा पो रै छ भन्ठान्नुभो होला.. के गर्ने त अब ? तेत्रो प्रचार गर्दा पनि केही ठोस आश्वाशन देको हैन.. प्रचण्डले मलाई कम्ती मा राजदुत वा केही नभए राजनीतिक सल्लाहकार त बनाउनु नि.. तेसमाथि प्रचण्डले त्यो बुर्जवा सुन्दरी लभ गुरु रेखा थापा संग डान्स गरेपछि मलाई पनि एक किसिमको ईष्र्या जस्तो भैराछ.. तेसैले मलाई पनि क्रमभंग गरेर मंसिरको जाडोमा बिहे कै कुरा गर्न मन लाग्यो.. जाडो त मलाई नि लाग्छ नि हौ..

एकजना साथीको बिहेको कुरा चल्यो.. उसलाई पनि मलाई जस्तै के गरु के गरु भैराथ्यो.. एकजना उसको आफन्तले नै खुबै जोड गरेछन्.. उसले अहिले नगरमहोला भनेछ तैपनि पैला केटी त हेरम् अनि गफ गरम्ला भनेछन्.. अनि उसले ल ठिक छ त म केटी संग कुरा गर्छु पैला अनि मात्रै हुन्छ वा हुन्न भन्छु भनेछ..उसको भनाई अनुसार बिहे गर्नु अघि केटा र केटी दुबैले एक अर्कालाई राम्ररी बुझेर मात्र बिहे गर्नपर्छ अरे

केटीको आफन्त मार्फत भेट भएछ.. अलि बेर गफ सफ गरे अरे.. सोचेर निर्णय दिन्छु भनेछ.. पछि त केटालाई केटी हेरिसकिस् अब भन बिहे कहिले गर्ने भनेर पो आफन्त मार्फत दबाब दिन थालेछन्.. उता केटालाई भने केटी अलि बच्चै वा अपरिपक्व नै छ.. डिग्री पढदै गरेको भए नि जागीर रैनछ.. त्यसमाथि केटी एभरेज लुक्सको भए पनि मरिहत्ते गर्न पर्ने खालको सुन्दरी पनि छैन रे

तेसैले उसलाई टेन्सन भएछ.. अब म उसको मिल्ने साथी र सर्वज्ञाता भएकोले मेरो शरण मा आयो.. लौ न गुरु उपचार खोज्नपर्यो भन्दै.. मैले सोधें बिहे नगर्ने भए केटी किन हेरिस त ? किन भेटिस त ?.. उसले भन्यो मैले कुरा नगरम् नै भनेको हो..तर उनेर्ले नै केटी हेरेर मात्र जवाफ दिन भने.. मैले सोधें केटी कस्तो लागिन त ?.. उसले भन्यो ठिकै हो सामान्य केटी हो हाम्रै दिदी बहिनी जस्तै.. तेसो भन्दैमा जबर्जस्ती बिहे गर्न त ?

साथी भन्छ मेरो दिमाग खुस्किन लागिसक्यो.. हुन्छ पो भनिदिउ कि क्या हो..बाआमा लाई पनि धेरै दबाब आयो.. आफन्तले पनि प्रतिष्ठाको विषय बनाए..केटीको पनि चित्त दुख्ला हेरेर छाडिदियो भनेर.. मैले सोधे त के चाहन्छस् ?..उसले भन्यो मलाई त गर्न मन छैन् तर सबैले गर् नै भन्छन् भने अरुको खुशीको लागि भए पनि गरु कि क्या हो आखिर एकदिन गर्नैपर्छ..

मलाई त हासो पनि लागेर आयो.. यस्तो डाईलग त केटीहरुले धेरै भन्ने गर्छन् मलाई त मन थिएन सबैको खशीको लागि गरें भनेर.. अरु जस्तो भए त म पनि ल गर तेसो भए भन्थे हुला.. तर आफु परियो परम्हंस ज्ञानी.. मैले भने जसले जे भने पनि आफुलाई कन्फिडेन्स नभई नगरेकै राम्रो हुन्छ केटा को लागि पनि केटी को लागि पनि

मेरो यो केटा साथी त अलिकता रास्कल नै हो.. तर केटीको विहे जबरजस्ती मात्रै हैन नाई म अहिले गर्दिन भन्दा पनि घाटीमा दाम्लो नै बाधेर भए पनि केटा हेर्न लाने र चेपुवा मा पारेर बिहे गरिदिने त मैले कति देखें कति.. जस्तो कि अहिले कै केटी यदि डिग्री पढदै छ भने म ठोकुवा गरेर भन्न सक्छु उसलाई पनि पढाई नसकाई वा कुनै ईलम नगरी बिहे गर्न मन छैन होला.. तर पनि अति शिक्षित सुसंकृत र खानदानी भन्न रुचाउने उनका बाबुआमालाई पनि छोरी बोझ भईछन्..मुखले जतिसकै आदर्श किन नछाटुन्

अब म आफै पनि केटा नै भए पनि मैले पनि सोसल स्टडी, जेन्डर स्टडी,फेमिनिज्म अनि डबल मार्जिनलाइज्ड र ट्रिपल मार्जिनलाईज्ड जस्ता अवधारण हल्का एसो सुने पढेकोले मेरो दिमागमा कुरा खेलिहाल्यो.. ह्वाट ईज द गल्र्स पोजीसन् हियर ?.. केटी को पनि त केही धारणा होला.. तेसमाथि सोसल साइन्समै डिग्री गर्दैछ भने त पक्कै पनि उसले बुझेको छ.. मलाई अझ ताज्जुप के लाग्छ भने केटीका बाबु आफै पनि सोसल साईन्स कै लेक्चरर छन् अरे..

अनि यता सहरमा हट गर्ल्स नाइट रेस्टुरेन्ट को छेउमै रहेको गुरुकुल नाट्यसाला मा फेरी अर्को नाटक मन्चन हुन्छ..डल्स हाउस सुपरहिट हन्छ.. एक सय बर्ष पहिलेकी काल्पनिक नोरा को दुस्साहस देखेर दर्सक ताली पडकाउछन.. विव्दनहरु लेख र कार्यपत्र प्रस्तुत गर्छन्.. मलाई घृणा लागेर आउछ.. फक टु अल दिस बुलसिट एजुकेशन