Showing posts with label Nepal Sex. Show all posts
Showing posts with label Nepal Sex. Show all posts

Tuesday, June 29, 2010

म पुरुष, तिनी महिला, अनि माओवादी बिचलन

अफिस टाईम् थियो । सानो ग्यास माईक्रो बस पछिल्तिर एक हुल मानिस दगुरे । भीड् छल्दै फुर्तिसाथ मैले एउटा सिट कब्जा गरे । धेरैजसो तराई मूलका कामदार एक हुल नै चढे । ढोका छेउको सानो ठाउमा टुसुक्क बस्न एक महिला संघर्षरत् थिईन् । मेरो सिट हो यो भन्दै अप्ठेरो सिट्मा अप्ठेरो साथ बसिन् । अघिल्तिरको सिटमा आरामसाथ बसेर म उनलाई हेरिरहेको थिए । केही सोचेको भने थिईन् । तैपनि आफ्नो गतिबिधि निरिक्षण गरेको देखेर आत्मसचेत भईन् । अनुहारमा जीवन संघर्षले रेखाचित्र कोर्न थालिसकेका रछन् । केही चिन्तित पनि देखिन्थिन्। अप्ठेरो मान्दै भनिन् के गर्ने भाई जति उमेर बढ्यो उति पैसा चाहिदो रछ । एसो पैसा जोगाउ भन्ने लोभले ट्याक्सी चढन् मन लाग्दैन् । तेसैले जसोतसो बस्नै पर्यो ।

म भलादमी पल्टिए । ठिकै छ नि । तपाईको त अधिकार नै छ, सिटमा बस्ने । ३३ प्रतिशत महिला कोटा हुन्छ, तपाई एकजना मात्र महिला हुनुहुन्छ । उनले भनिन्, तेसो भनेर मात्र के हुन्थ्यो, सबैले बस्नै पर्यो । म थप सुधारवादी पल्टिए आफु भन्दा कम्जोर कोही छन् भने छाडिदिनु पनि पर्छ, हैन भने आफ्नो अधिकार दावी गर्नुपर्छ । उनी आश्वस्त हुदै भनिन्, त्यो त हो, कसैको वचनले मात्र पनि धेरै फरक पार्छ । सबैले तेसरी सोचिदिदैनन् । भन्छन् नि डाक्टरको बचनले मात्र पनि धेरै फरक पार्छ । म नि हौसिदै भने, हो नि डाक्टरको राम्रो बचन मात्रै ले पनि आधा रोग निको हुन्छ तेसैले त भनिएको हो । सोधे, तपाई डाक्टर हो, उनी फेरि अप्ठेरोसाथ हास्दै भनिन्, हो ।

उत्तरआधुनिक सामाजिक पहिचानमा एउटै मानिसको बहुपरिचय वा मल्टिपल आईडेन्टीटी रोचक छलफलको बिषय हो । जस्तो कि उक्त महिलाको मल्टिपल आईडेन्टीटी बिश्लेषण गर्ने हो भने,उनी डाक्टर भएकीले अत्यन्त सम्मानित पेशाकर्मी हुन् । हस्पीटलमा घाटीमा बेरिएको स्टेथोस्कोप सेतो एप्रोन अनि पछि लाग्ने बिरामीको हुलले उनको बिशिष्टता उजागर हुन्छ । तर एउटी महिला भएकीले उनी समग्रमा सिमान्तिकृत गरिएको जनसंख्याको आधा भागलाई समेत प्रतिनीधित्व गर्छिन् । तेसैले सार्वजनिक गाडीमा एउटा सिट को लागि एउटा तरकारीवाला, कबाडीवाला वा म जस्तो साहुको अफिसमा काम गर्ने कामदार सामु उनी नीरिह बन्छिन् । तेतिखेर उनलाई आफु डाक्टर हुनुको गौरव भन्दा पनि महिला हुनुको विवशता महसुस हुन्छ । उनी बाहुनी वा छेत्रीनी नानी, छोरी, बुहारी हुन् भने प्रत्येक महिना हुने प्राकृतिक चक्र भन्ने नारी शरीरको रिप्रोडक्टिभ थ्योरी फेल खान्छ, उनको शरीर नर्कको व्दार हो, उनी नछुनी बिटुली हुन्छिन् । एकल महिला हुन् भने त उनी डाक्टर भए पनि शुभ कार्यको लागि अलच्छिनी पनि हुन् । उनी मधेशी महिला हुन् भने डाक्टर नै भए पनि काठमाण्डुमा उनी तेहरो सीमान्तिकृत वा टिप्ली मार्जिनलाईज्ड जीवन बिताउदी हुन् ।

यस्तै कुरा सोच्दै म अफिस पुग्छु । त्यस अफिसमा एकजना केटी सहकर्मी कामदारमा भर्ना भएकी छन् । उनको र मेरो काम लगभग उस्तै छ । तर म उनको भन्दा दोब्बर तलब दावी गर्छु । साहुले मलाई अन्तरवार्तामै भनेका थिए, खासमा हाम्रो प्रिफ्रेरेन्स केटी कामदार नै राख्ने थियो । किनभने केटीहरु कम तलबमा सिन्सियर्ली र लामो समय काम गर्छन् । तर तपाई अनुभवी भएकोले केटा मान्छे नै भए पनि लिन चाहन्छौ । भन्नुस्, के तपाई यति तलबमा काम गर्नुहुन्छ ?

मेरो लेखाईमा जतिसुकै नारीवादी टोन देखिए पनि म पुरुष म पुरुष. . . तेसैले लागेको कुरा नढाटी भनिदिन्छु । शायद केटी भएकीले नै होला मेरी सहकर्मी फेसनमा चलाख तर काममा अलि लोसी छिन् । शायद लोसी हुन को कारण पनि उनको जेन्डर नै होला । उनको दाजुभाई बोर्डिंग स्कुल र सहरमा पढेका होलान् । उनले गाउमै घासदाउरा गर्दै दुई तिन पल्ट मा एस एल सी पास गरेकि होलिन् । पछि सहरमा बस्ने दाईले राम्रो आम्दानी गर्न थाले पछि बैनी सहरमा अलिदिन पढेर स्मार्ट हुन्छे, बिहे गर्न सजिलो हुन्छ भनेर बोलाएका होलान् । भान्साका काम गर्ने र लुगा धोईदिने कुरा त आईमाई जात को प्राकृतिक काम नै भो ।

तिनै लोसी सहकर्मी केटीकी दिदिको यही असारमा बिहे रछ । अचेल दिनहु मोबाईलमा सामान किन्न बजार जाने भनेर दाईसंग कुरा गरेको सुन्छु । मानिस र तिनका क्रियाकलापमा मेरो जिज्ञाशा अलि भिन्नै खालको हुन्छ । पहिलो जागीर भएकोले काम सिक्ने क्रममा उनको प्रश्नको उत्तर दिन मलाई झर्को लाग्छ । तर आज मैले पनि उनलाई प्रश्न सोधिदिए, दिदिको बिहेमा कति खर्च लाग्छ होला ? मेरो प्रश्नले त उनलाई हासो पो उठेछ । सोचेर भनिन, हाम्रो ईष्टिमेटमा चौध लाख लाग्छ होला । के गर्ने, त्यो भन्दा कममा गर्नै सकिएन् ।

म एक अनुभवी र दक्ष मानिएको व्यक्तिले दसौ वर्ष काम गरेको तलब एक मुष्ट जोगाउदा बल्ल चौध लाख पुग्ने रछ । उनको तलब त बीसौं बर्ष जम्मा एक मुष्ट जम्मा गरेपछि बल्ल चौध लाख पुग्ने रछ । म उनलाई आफ्नो क्रान्तिकारी हिसाब सुनाउछु । अब भने उनी गम्भीर हुन्छिन् । भन्छिन् उठिबास लाग्छ, अब छोरीको बिहे गर्न गाह्रो छ । म भन्छु, यसरी कसरी हुन्छ ? मनमा तस्वीरहरु दगुर्छन्, आफ्नो जातिले भोग्दै आएको अन्यायी परम्परा बिरुद्ध मुक्ति को लागि माओवादी बन्दुक बोकेर मार्च पास गरेका थुप्रै साहसी महिलाहरुको भाषण, नाचगान, र राके जुलुशमा अवलोकन गर्दा मेरो पनि रगत उम्लेर आएको हुन्छ ।

फेरि यो चौध लाख, फेरि यो छाउपडी, फेरि यो छुवाछुत, फेरि यो बेच बिखन..? सुन्दछु, अचेल माओवादी आफै कन्फुजनमा छ रे । प्रचन्ड वा बाबुराम ब्राम्हणहरु प्रधानमन्त्री हुनुलाई नै जनता को सर्वोच्चता मान्नुपर्छ अरे । के समाज परिवर्तनका सबै एजेण्डा तुहिएकै हुन् ? के साच्चै नै राजनीतिक जोडघटाउ र लुटेर खाने लठैतहरुको जमात मै सिमित हुने क्रमतर्फ माओवादी लागेको हो त ? कि मातृकाले भने जस्तै प्रचण्डहरु थाकेर अन्तत पुष्प कमल दाहाल भएका हुन् ?

के गर्दैछन् जम्बो संविधान सभामा विश्वकै नमुना महिला सहभागिता भएको गौरवशाली क्रान्तिकारी पार्टीका महिला, पुरुष, र तेश्रो लिंगी जनप्रतिनीधिहरु ?

Friday, November 20, 2009

फक टु अल दिस बुलसिट एजुकेशन

अचेल माओवादी आन्दोलन को पक्षमा प्रचारै जस्तो लेखेको देख्नुहने साथीहरुले पनि अचम्म मान्नु भो होला.. अचानक बिहेको कुरो गरेको देखेर यो मान्छे त साच्चैं नै पो हावा पो रै छ भन्ठान्नुभो होला.. के गर्ने त अब ? तेत्रो प्रचार गर्दा पनि केही ठोस आश्वाशन देको हैन.. प्रचण्डले मलाई कम्ती मा राजदुत वा केही नभए राजनीतिक सल्लाहकार त बनाउनु नि.. तेसमाथि प्रचण्डले त्यो बुर्जवा सुन्दरी लभ गुरु रेखा थापा संग डान्स गरेपछि मलाई पनि एक किसिमको ईष्र्या जस्तो भैराछ.. तेसैले मलाई पनि क्रमभंग गरेर मंसिरको जाडोमा बिहे कै कुरा गर्न मन लाग्यो.. जाडो त मलाई नि लाग्छ नि हौ..

एकजना साथीको बिहेको कुरा चल्यो.. उसलाई पनि मलाई जस्तै के गरु के गरु भैराथ्यो.. एकजना उसको आफन्तले नै खुबै जोड गरेछन्.. उसले अहिले नगरमहोला भनेछ तैपनि पैला केटी त हेरम् अनि गफ गरम्ला भनेछन्.. अनि उसले ल ठिक छ त म केटी संग कुरा गर्छु पैला अनि मात्रै हुन्छ वा हुन्न भन्छु भनेछ..उसको भनाई अनुसार बिहे गर्नु अघि केटा र केटी दुबैले एक अर्कालाई राम्ररी बुझेर मात्र बिहे गर्नपर्छ अरे

केटीको आफन्त मार्फत भेट भएछ.. अलि बेर गफ सफ गरे अरे.. सोचेर निर्णय दिन्छु भनेछ.. पछि त केटालाई केटी हेरिसकिस् अब भन बिहे कहिले गर्ने भनेर पो आफन्त मार्फत दबाब दिन थालेछन्.. उता केटालाई भने केटी अलि बच्चै वा अपरिपक्व नै छ.. डिग्री पढदै गरेको भए नि जागीर रैनछ.. त्यसमाथि केटी एभरेज लुक्सको भए पनि मरिहत्ते गर्न पर्ने खालको सुन्दरी पनि छैन रे

तेसैले उसलाई टेन्सन भएछ.. अब म उसको मिल्ने साथी र सर्वज्ञाता भएकोले मेरो शरण मा आयो.. लौ न गुरु उपचार खोज्नपर्यो भन्दै.. मैले सोधें बिहे नगर्ने भए केटी किन हेरिस त ? किन भेटिस त ?.. उसले भन्यो मैले कुरा नगरम् नै भनेको हो..तर उनेर्ले नै केटी हेरेर मात्र जवाफ दिन भने.. मैले सोधें केटी कस्तो लागिन त ?.. उसले भन्यो ठिकै हो सामान्य केटी हो हाम्रै दिदी बहिनी जस्तै.. तेसो भन्दैमा जबर्जस्ती बिहे गर्न त ?

साथी भन्छ मेरो दिमाग खुस्किन लागिसक्यो.. हुन्छ पो भनिदिउ कि क्या हो..बाआमा लाई पनि धेरै दबाब आयो.. आफन्तले पनि प्रतिष्ठाको विषय बनाए..केटीको पनि चित्त दुख्ला हेरेर छाडिदियो भनेर.. मैले सोधे त के चाहन्छस् ?..उसले भन्यो मलाई त गर्न मन छैन् तर सबैले गर् नै भन्छन् भने अरुको खुशीको लागि भए पनि गरु कि क्या हो आखिर एकदिन गर्नैपर्छ..

मलाई त हासो पनि लागेर आयो.. यस्तो डाईलग त केटीहरुले धेरै भन्ने गर्छन् मलाई त मन थिएन सबैको खशीको लागि गरें भनेर.. अरु जस्तो भए त म पनि ल गर तेसो भए भन्थे हुला.. तर आफु परियो परम्हंस ज्ञानी.. मैले भने जसले जे भने पनि आफुलाई कन्फिडेन्स नभई नगरेकै राम्रो हुन्छ केटा को लागि पनि केटी को लागि पनि

मेरो यो केटा साथी त अलिकता रास्कल नै हो.. तर केटीको विहे जबरजस्ती मात्रै हैन नाई म अहिले गर्दिन भन्दा पनि घाटीमा दाम्लो नै बाधेर भए पनि केटा हेर्न लाने र चेपुवा मा पारेर बिहे गरिदिने त मैले कति देखें कति.. जस्तो कि अहिले कै केटी यदि डिग्री पढदै छ भने म ठोकुवा गरेर भन्न सक्छु उसलाई पनि पढाई नसकाई वा कुनै ईलम नगरी बिहे गर्न मन छैन होला.. तर पनि अति शिक्षित सुसंकृत र खानदानी भन्न रुचाउने उनका बाबुआमालाई पनि छोरी बोझ भईछन्..मुखले जतिसकै आदर्श किन नछाटुन्

अब म आफै पनि केटा नै भए पनि मैले पनि सोसल स्टडी, जेन्डर स्टडी,फेमिनिज्म अनि डबल मार्जिनलाइज्ड र ट्रिपल मार्जिनलाईज्ड जस्ता अवधारण हल्का एसो सुने पढेकोले मेरो दिमागमा कुरा खेलिहाल्यो.. ह्वाट ईज द गल्र्स पोजीसन् हियर ?.. केटी को पनि त केही धारणा होला.. तेसमाथि सोसल साइन्समै डिग्री गर्दैछ भने त पक्कै पनि उसले बुझेको छ.. मलाई अझ ताज्जुप के लाग्छ भने केटीका बाबु आफै पनि सोसल साईन्स कै लेक्चरर छन् अरे..

अनि यता सहरमा हट गर्ल्स नाइट रेस्टुरेन्ट को छेउमै रहेको गुरुकुल नाट्यसाला मा फेरी अर्को नाटक मन्चन हुन्छ..डल्स हाउस सुपरहिट हन्छ.. एक सय बर्ष पहिलेकी काल्पनिक नोरा को दुस्साहस देखेर दर्सक ताली पडकाउछन.. विव्दनहरु लेख र कार्यपत्र प्रस्तुत गर्छन्.. मलाई घृणा लागेर आउछ.. फक टु अल दिस बुलसिट एजुकेशन

Wednesday, September 23, 2009

दशैं आयो... धत्त पापी म त छुट्टै बसुला


चित्र भु पु युवराज पारस रेस्टुरेन्ट मा गोली चलाऊदै...दशैको बेला बिचरा नेताहरुलाई मात्रै कत्ति मात्र खेदो खन्नु आराम गरुन् अलिदिन्… बरु प्रचण्डले भन्ने गरेको महान् नेपाली जनताको कुरा गरम् होला… नेताको मुल्याकन त जुन पनि जनताले गर्छ तर जनताको मुल्याकन गर्न सक्ने नेता यो देशमा अहिले सम्म एकजना मात्रै जन्मे: गणेशमान् सिंह… तर गणेशमान् भन्ने बित्तिकै काग्रेसीहरु हौसिएलान् भन्ने पनि मलाई डर् छ तेसैले भनिहालम् गणेशमान ले मर्ने बेलासम्म पनि काग्रेस मै बसेर नर्क जान चाहेनन्… आफैले जन्माएको हुर्काएको भएपनि कुलंगार काग रेस पार्टी भएर निस्केकोले पार्टीलाई नै छाडिदिए… तेसैले पनि म बारम्बार गणेशमान् लाई सम्झिन्छु… प्रचण्ड लगायत सबै नेताहरुले महान् जनता भनेर जतिसुकै चापलुसी गरे पनि म चाहि गणेशमान् सिंह संग अझै पनि सहमत् छु… जनता भनेको भेडा हुन्… खासगरी काठमाण्डौंका जनता त भेडा नै हुन्

दशै तिहार्मा मात्रै पनि काठमाडौंका मान्छेले मात्रै १,५०,००० जना खसी घिच्छन् अरे… तेसै पनि मः मः बनाएर सयां भैसी र हजारौं कुखुरा त दैनिक घिचेकै छन्… के ति सबै घिच्न आवश्यक छ ?... हुन त काठमाडौंका रैथाने नेवारहरु आफै पनि भन्छन् .............नेवार विग्रयो भोजले भनेर... ला उखानको पहिलो भाग त बिर्सेछु… तर अचेल अर्को उखान पनि हरेक नेवार साहुले दोहोर्याउछन्: बाहुन छेत्रीले मः मः खाएन भने त बेपारै बन्द हुन्छ…

एउटा चर्चित डाटा भन्ने गरिन्छ कि युरोप अमेरिका का देशहरुले जगेडा को रुपमा कुहाएर राखिने अन्न र तयार गरेर फालिने खाना मात्रै पनि सदुपयोग गर्ने हो भने सारा पृथ्वीको भोकमरी मेटाउन सकिन्छ… के काठमाडोंका मानिसहरुले पनि हाजमोला खादै कोचिकोचि घिच्नुको साटो ठिक्कको खाएर त्यो अन्न र खाने कुरा जाजरकोट रोल्पा र बाजुरा तिर पठाए हुन्न ?... यो कोरा आदर्श मात्र हैन महिना मा एक प्लेट मः मः कम घिचेर भए पनि पत्रकार रबिन्द्र मिश्र को संस्थालाई दिए उनले धेरै निमुखाहरु को उत्थानमा सहयोग पुग्ने आशा गरेका छन्

एकजना ब्लगर साथी के बी चाम्लीङ्ग बराबर भन्नुहन्छ… नेपाललाई बिगार्ने राजनीति र मिडिया हुन् … उहाको बिश्लेषण आफ्नै होला मलाई पनि पत्रकार् र मिडियाको खासगरी ठुला मिडिया हाउसबाट निस्कने धेरै जसो सामग्री देखेर घृणा लागेर आउछ… एकताका माओवादीले कान्तिपुर दैनिकको निकै खेदो गर्दा मैले पनि माओवादीको बिरोध गरेको थिए… तर जब प्रकाशन स्वतन्त्रताको नाउमा रक्सी, बियर, चरोट, बाईक, महगा मोबाइल, अनि लिंग लामो पार्ने र स्तन ठुलो पार्ने जस्ता झुटा र वाहियात विज्ञापन र लेखहरु हरेक दिन मानिसहरुको दिमाग भित्र घुसाएको देख्छु लाग्छ माओवादी ले ठिकै गरेका रछन्… बेकारमा यस्तो मानिसमा हीन ग्रन्थि जन्माएर तेसबाट पैसा कमाउने मुनाफाखोर पुजीवादीका दलाल पत्रिका अनि तिनका पत्रकारको पक्षमा बोलेछु जस्तो लाग्छ…

विकृत जीवनशैलीको एउटा प्रमुख पक्ष विलासी जीवनशैली र विलासी खानेकुरा पनि हन्… अचेल नेपाली पत्रकारहरु र कलाकारहरु पनि बाठा भएका छन्… पत्रकारहरु ठाउ ठाउको रेष्टुरेन्ट मा मोज गर्दै रिभ्यु भनेर पत्रिका मा लेख्छन्… महगो बाईकमा महगो मोवाइल महगो रेष्टुरेन्ट पार्टी मा जानु नै युवा हुनुको वा फेशनेवल हुनुको स्टान्डर्ड हो भन्ने मान्यता स्थापित गर्ने खालका लेख लेख्छन्, एफ एम मा खोक्छन् र टी भी मा देखाउछन्… नाईट बस को ड्राईभरले जस्तो कलाकारहरु नाईट पार्टीमा सित्तैको भतेर खान जान्छन्… अनि अवार्ड रुपी कमिशन को लोभ मा एक दुई गीत गाएर वा नाचेर सर्यौ युवाहरुको दिमाग र गोजी दुबै रित्याउने रक्सी चुरोट र बाईक कम्पनीको योजना मा साथ दिन्छन् …

शुक्रवार निस्कने हिमालयन टाईम्स को टी जी आई एफ र कान्तिपुरको हेलो शुक्रवारमा प्रकाशित हुने सामग्रीहरु बाट अन्तत कसले फाईदा उठाइरहेका हुन्छन् ?... युवा दिलका ढुकढुकी भनेर प्रचार गरिने पप गायक र कलाकारहरु एउटा बाईक वा बिदेश भ्रमण वा केही हजार रुपियाको लागि लाखौ बेरोजगार युवाहरुलाई अपराधी बनाउने सामग्री र जीवनशैलीको प्रचारमा मुनाफाखोर पुजीवादीहरुको दलाली गर्छन्… तेस्ता लेखक पत्रकार कलाकार वा खेलाडी बाहुन छेत्री हुन कि जनजाति म हाकाहाकी नै भनिदिन्छु… थुक्क तिमेरुको प्रतिभा

यो २ रुपिया को कोकाकोला केटी को चाक देखाएर २० रुपिया मा खान लगाउने अनि उल्टै बिमार पनि बनाउने चुतिया पुजीबादीहरुको रणनीति कस्तो गहिरो हन्छ भन्ने थाहा पाउन द गड मस्ट बी क्रेजी भन्ने फिलिम हेरे हुन्छ… जसमा कोकाकोला को एउटा खाली बोतल ले पनि अफ्रिका को निर्दोष आदिवासी बुस म्यानको जीवनशैली नै भताभुंग पारिदिन्छ … राम देवले एउटा कुरा त ठिकै भनेका हन् कोका कोला याने ट्वाईलेट क्लिनर्… तर के गर्ने नेपालीहरुलाई पनि त्यही कोका वा पेप्सी कोला शाहरुख खानले जस्तै घटघट पिएर खाते शान नदेखाई धितै जो मर्दैन… जबकि काठमाडौं मै पनि २० रुपिया मा नै एक लिटर मोही पाईन्छ बोतलको पानी भन्दा पनि सस्तो… फ्रुट जुस नै पनि पाईन्छ… तर कोक बियर खाएर कुल र स्मार्ट देखिनुको साटो को पाखे भै राखोस मोही जुस खाएर …

दशै लागेको छ सबैलाई ठिकै छ… तर होस गर है खासगरी काठमाण्डौंका जनता हो तिमेर्को यो घिच्ने बानी अत्ति नराम्रो छ… दशै लागेको बजार तिर खाजा खान पर्यो भनेर एउटा बेकरीमा सामान्य बेकरी पसल भनेर छिरेको… सबै भन्दा सस्तो मः मः को १२५ रुपिया रे… साहुलाई सोधेको गर्व साथ भने अ हाम्रो अलि महगै छ तेसैले खानु भन्दा पहिले मिनु हेर्न भन्छौ अरे… अब साहुको तेस्तो खुल्केको कुरा सुनेपछि तपाईहरुलाई जत्ति रिस उठे पनि र साहुले नसुन्ने गरी नै भए पनि मेरो मुखबाट निस्की त गो प्रतिबन्धित गालीका पर्राहरु… अब मैले खाजा मा मः मः खान मात्रै १२५ रुपिया तिर्नुपर्ने हो भने कसैलाई नलुटी, डग्स को ओसार पोसार पेडलिंग नगरी, गाउबाट केटी ल्याएर रेष्टुरेन्टमा नांगै ननचाई, भारत वा खाडी देश तिर मान्छे वा केटी नबेची, कालो धन्धा नगरी, घुस नखाई कसरी बाच्नु ?... अनि भुत्रो को लुटपाट् अपरहण अपराध् र भ्रष्टाचार् बढ्यो भनेर सरकार् पुलिसलाई गाली गर्नु ? दशै आयो खाउला पिउला कहाबाट आउला चोरी गरी ल्याउला भन्ने आहानका तेसै बनेका त होईनन् होला

तेसैले टाढा टाढा का आफन्त भेटने चलन त मलाई पनि राम्रै लाग्छ… बाकी अरु सबै कुरामा दशै मेरो लागि एउटा अर्को बेकारको वाहियात अर्थात रिडन्डन्ट नेपालीज बिहेभियर हो … धत्त पापी म त छुट्टै बसुला

Wednesday, August 26, 2009

लडकी...सहर् कि लडकी

फेरि केटी कै कुरा गरम् होला धेरै दिनसम्म यसरी केटीको कुरा गर्न पाईएला जस्तो छैन्ख्यालख्याल मै जोबन बिति त गो तीस को उमेर नाघेपछि आफै झसंग भईन्छ ओहो अब त बुढेसकाल पो लागेछ आफन्त साथी भाई भेटन पनि अप्ठेरो जसले पनि जहा भेटे पनि एउटै प्रश्न हुन्छ बिहे कहिले गर्ने ? अब त केटी पनि पाउन गाह्रो हुन्छ आदि मलाई मात्र किन यस्तो कचकच गरेको होला जबकि अचेल नेपालमै पनि तीस को आसपासमा रहरले वा बाध्यताले थुप्रै अविवाहित केटीहरु पनि छन्

यो अप्ठेरो बीस कै अन्तिम बर्षहरुतिर बाट शुरु हन्छ जब साथीहरु खासगरी केटी साथीहरुको धमाधम बिहे हुन थाल्छतर पनि मलाई कहिल्यै पनि लागेन कि कुनै केटीले स्वेच्छा ले बिहे गरेको होस् अब लभ परेकाहरुको कुरा अर्कै होएक दिन कक्षामा नियमित आउने केटी अचानक हराईन्उनी अलि चंचल अल्हड स्वभावकी थिईनहराएको एक महिना जति पछि फेरि आउन थालिन्सिउदो सुरु हुने ठाउमा छोटो टीका जस्तो सिन्दूर लाएकी

पैला जहिले नि टी सर्ट प्यान्ट लाउने मान्छे कुर्ता सुरुवाल लाएर आउन थालिन् सबैले बधाई दिए मैले चाहि एक दिन मेरो छेउमा बसेको बेलामा सोधेके तिमी साच्चै खुशी छौ ? आफ्नै राजी ले बिहे गरेकी हौ ?...उनले मतिर पुलुक्क हेरिन् अनि भनिन् जीवनमा धेरै कुरा आफ्नो राजी बिना नै हुने गर्छ हामीले खुशी हुन सिक्नुपर्छआफु भन्दा सानी केटी को यस्तो दार्शनिक कुरा सुनेर म अवाक भए

एक दिन जाच दिएर अर्की एउटी भर्खरै बिबाहित केटी साथी संग फर्कदै थिएमलाई आफै अलि अप्ठेरो लाग्यो फ्याट्ट सोधिहालेंअब त तिम्रो बिहे भईसक्यो तिमीलाई म संग हिडन अप्ठेरो लागेको छैन् ? तिम्रो बुढाले देखे भने के गर्छौ ?... उनले निस्फीक्री साथ भनिन् बुझु्नभो हावा जी, मेरो ह्वा तेस्तो न्यारो माईन्डेड् हुनुहुन्न क्याम्पस मा लेक्चरर हुनुहुन्छ

केटीहरु पनि अचम्म अचम्म का हुन्छन्कोही बिहे अघि बोल्ड अनि बिहे पछि शाई हुन्छन् भने कोही बिहे अघि शाई अनि बिहे पछि बोल्ड हुन्छन्शायद बिहे पछि को घर परिवार र केटा संग एड्जस्ट गर्दा त्यस्तो हुन जान्छप्राय केटीहरु एक किसिमको सामाजीक डर वा प्यारानोईया बाट पिडित हुन्छन्हुन त यस्तो सामाजीक प्यारानोईया केटाहरुलाई पनि हुन्छ

तेस्तो हुन आवश्यक छैन तैपनि कहिलेकाहि मलाई नै पनि हन्छतर केटीहरुलाई बढी हुन्छ प्यारानोईयाअरु त अरु भिक्षुणी जीवन बिताउने आनी छोयिंङ् डोल्मा को पनि मन पर्ने गीत कुछ तो लोग कहेंगे हुनुमा तेस्तै कारण त होला नितेसैले पो राजेश हमाल ले अरु सबै प्रश्न गर्नु तर बिहे कहिले गर्ने भन्ने प्रश्न नगर्नु टेन्सन हुन्छ भन्दा रैछन्

एकपल्ट यस्तै कुरा गर्दा एउटी केटीले ए केटा मान्छे मान्छेलाई पनि कचकच गर्छन् मैले त केटी मान्छेलाई मात्रै पो तेसो भन्छन् भन्ठानेको हाम्लाई त २४, २५ को हुन पा छैन कस्तो कचकच गर्छन भने दिक्क लागेर आउछ भनिन्

अस्ति दीपा मेहता को बिदेश भन्ने फिलिम हेर्दा प्रिटी जिन्टा को कस्तो माया लागेर आयो भने मैले सोचे शायद म केटी भएको भए कहिल्यै पनि बिहे गर्दिनथे होलाजबकि मलाई थाहा छ कि त्यस्तो एक्सट्रीम केस कमै हन्छ र केटा मान्छेहरु पनि कम पीडित छैनन् नेपाल मा भ्रष्टाचार, अपराध र आडम्बरी जीवनशैली बढनुमा श्रीमती र गर्लफ्रेंडहरुको पनि ठुलो हात छ भनिन्छ

अरुका जोडीहरु वा सिनेमामा देखाईने प्रेमीहरुले गरेको रोमान्स देख्दा मलाई पनि एउटी सुकुमारीलाई आफ्नी बनाउन मन नलागेको त हैनतर फेरि पार्कहरुतिर कोर्टींग फ्लर्टींग र डेटींग आदि के के हो के के को लागि प्रत्येक दिन घण्टौ जुल्फी खेलाएर आईसक्रीम खादै बसिरहेका जोडीहरु देखेर दिक्क लागेर आउछ

आ को त्यो एउटी जाबो केटीको पछाडि समय र पैसा फोकटमा खेर फालिराख्छ जस्तो लाग्छसाच्चै बुढेसकाल पो लाग्यो कि कसो अलि कन्जुस पनि हुन थालिएछईन्टरनेट मा भेटिएकी एउटी कुईरेनी ले भनी तैले लभ गरेको छैनस जस्तो छ एक पल्ट लभ गरेर त हेर कत्तिको मजा आउछ संगै केही नगरी बस्दा पनिआ पर्या छैन आफुलाई लभ सभ गर्न

तर बिहे गर्ने मन नभए पनि गर्लफ्रेंड नै बनाउन मन नलागे पनि केटी साथी बनाउन चाहि मलाई अझै पनि मन लाग्छतेसैले फेस बुक मा फ्रेण्ड सजेशन भनेर केटी को नाम आयो कि म अयाड गरिहाल्छुनपत्याए फेस बुक मा मेरो साथीहरु चेक गरि हेर्नुस त

Tuesday, August 18, 2009

नेपालमा सशस्त्र दलित आन्दोलन र धर्म परिवर्तन को आवश्यकता

हिजो मुलुकी ऐन दिवस रहेछ मलाई त पत्तै भएन…बी बी सी मा यस कुमारको नआउ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन बजे पछि पो था भो मुलकी ऐन दिवस भन्ने दिन पनि हुदो र छ हाम्रो नेपाल मा.. अरु कुरा त मलाई था छैन तर यो मुलकी ऐन भन्नेले जातिपाति भेदभाव लाई दण्डनीय अपराध मानेको भन्ने चाहि मलाई था छ.. तर पचास बर्षको मुलकी ऐन पछि पनि हामी अझै मुलकी ऐन दिवस जातीय बिभेद नगरौ भनेर मनाउदै छौ… यसको अर्थ के हो ?

मैले सुनेको बिदेशीहरुलाई नेपालको सबैभन्दा आश्चर्य लाग्ने कुरा हिन्दु धर्म मा आधारित बर्णाश्रम जातीय प्रथा हो रे.. कसरी एउटा मान्छेले छुदा अर्को मान्छे बिटुलो हन्छ ? कसरी कोही जन्मदै ठुलो र सानो जाति हुन्छ ? मैले नै हेर्दा पनि जातीय छुवाछुत र भेदभाव सबैभन्दा अमानवीय बर्बर सामाजिक व्यवस्था हो शुद्र ले बेदको मन्त्र सुन्यो भनेर पगालेको सिसा कान भित्र खन्याईदिने भगवान रामलाई मर्यादा पुरुपोत्तम मान्ने पाखण्डी हिन्दु समाजले दलितमाथि गर्ने यातना अस्वभाविक पनि देखिदैन… तर आश्चर्य जति आदिवासी जनजाति वा मधेसी अधिकार को कुरा नारा र आन्दोलन उठेका छन् दलित बर्गका समस्या कता कता ओझेल मा परेका छन् किन ?

मधेशीमा होस वा पहाडी, मतवाली होस वा तागाधारी जातीय भेदभाव र छुवाछुत सबै क्षेत्रमा छ.. त्यस हिसावले दलितमा गनिने वर्गहरु सामुहिक रुपमा झन बलियो हुन पर्ने हो.. तर उनीहरु बिभाजित छन् मधेशी पहाडी जनजाति आदि छुट्टा छुट्टै वर्गमा… अरुका कुरै छाडौ सामाजिक न्यायका लागि तुलनात्मक रुपले प्रष्ट एजेण्डा भएको माओवादीले पनि जति जनजातिय र मधेशी अधिकारको कुरा सफल रुपमा उठाएको छ त्यति नै प्रष्ट रुपमा दलित मुद्दा उठाउन सकेको छैन


नत्रभने १५ वर्षदेखि जनसरकार चलाएको माओवादीको आधार ईलाका सुदुर पश्चिममा अहिले सम्म पनि मन्दिर प्रवेश गर्न प्रतिबन्ध र सिनो खान किन बाध्य गरिन्छ ? तेसैगरी मेरो बिचारमा तराई मधेश का दलितहरु पहाडका दलित भन्दा पनि झनै अमानवीय अवस्थामा छन्.. गाउमा एउटा निश्चित टोलमा मात्र अत्यन्त फोहोर वातावरणमा सुगुर आदि जनावर सगै बस्न र सिनो खाने काम मात्र गर्न दबाब दिईन्छ… हिजै प्रकाशित संयुक्त राष्ट्र संघको प्रतिबेदनले पनि तेसै भन्छ

माओवादीहरुले ब्राह्मणवादको चर्को विरोध त गरे तर त्यो नाकचुच्चे र नाक थेप्चे को अर्थमा मात्र सफल भयो.. माओवादी बाहेक का अरु दलको त अन्य सामाजीक मुद्दामा जस्तै दलित मुद्दा मा पनि कुनै दृष्टिकोण नै छैन.. माओवादी भित्रै पनि नेतृत्व पंक्तिमा बाहुनबादले जरो गाडेको छ.. मैले एकदिन दारी काट्दा तराइ मुलका बुढा हजामलाई भने कम्युनिष्ट र खासगरी माओवादी ले त दलित मुद्दा लाई उठाएका छन्.. केही उच्च जातिका कम्युनिष्टले दलितसंग विहे पनि गरेका छन् भन्दा उनले भने तपाईले कुनै कम्युनिष्ट नेताले दलित कि छोरीलाई बुहारी बनाएर भित्राएको देख्नुभएको छ ? कुनै माओवादीले आफ्नो बुवाआमा र दलितलाई संगै बसाएर खाना खाएको सुन्नुभाको छ ? हिजो यस कुमारले बी बी सी मा मलाई ठुला नेताहरुले सार्वजनिक रुपमै सम्मान गर्नु हुन्छ तर म भन्छु मलाई आफ्नो घरमा स्वीकार गर्नुस् भनेको सुन्दा मैले तिनै हजामलाई सम्झे

दलितहरुको अवस्थामा सुधार नआउनको एउटा कारण जनजाति र मधेशीको जस्तो उनीहरुको छुट्टै सशस्त्र आन्दोलन वा संगठन् नभएकोले हुनुपर्दछ.. दलितहरुले जहिले पनि मधेशी वा जनजातिय वा वर्गीय मुक्तिको खेमाहरुमा बिभाजित भएर सशस्त्र वा निशस्त्र आन्दोलन गरे.. तर मधेशी पहाडी वा अन्य दलित बर्गहरु सांगठनिक रुपमै एक भएर जातिय समानताकै लागि भनेर अहिले सम्म पनि निशस्त्र वा शसस्त्र आन्दोलन गरेका छैनन्.. दलितहरु भित्र कै समस्या उनीहरु बीचमै पनि सानो र ठुलो जात को भेदभाव हुन हो.. केही दलित जातिहरु आफुलाई अरु दलित जाति भन्दा ठुलो ठान्छन् तिनीहरु दलित भित्रकै बाहुन हुन्.. अर्को समस्या दलितहरुले सरसफाई र शिक्षामा ध्यान नदिनु हो

तेसैले दलितहरु ले अब आफै अग्रसर भएर सामाजीक आन्दोलन गर्न ढिला गर्न हुदैन…बिचार मिल्ने दलितहरुले मधेशी पहाडी सानो र ठुलो भेद्भाव हटाई एकजुट भएर शुरुमा निशस्त्र र आवश्यक परे शसस्त्र आन्दोलन शुरु गरिहाल्नुपर्दछ… त्यसका साथै जातीय विभेद मार्फत आत्मोन्नति गर्न नदिने हिन्दु धर्म दलितहरुले मानिरहन पर्छ भन्ने पनि छैन्… दलित् समुदायले स्वेच्छाले बिभेदकारी हिन्दु बर्णाश्रम छाडेर जातिय बिभेद नगरिने बौध्द वा क्रिस्चियन धर्म परिवर्तन गरे हुन्छ

नोट: यो पोस्ट एउटा बाहुन ले लेखेको हो

Wednesday, August 12, 2009

तीजको रहर आयो बरी लैः नेपालमा सरीफ मान्छेको सेक्स लाईफ

ल यो बोकालाई पनि के को तीज आयो... हिजडा पो हो कि क्या हो सोच्नुहोला.. बोका नै भए पनि तीजमा चेलीबेटीहरु रमाउदै नाचेको देखेपछि रहर लाग्छ नि यो केटी मान्छेहरुको चाड अरे अनि हामी केटा मान्छेहरुको चाड खै त ? केटीहरुले राम्रो पति पाउन र विवाहिताहरुले पतिको दीर्घायुको लागि अरे अनि हाम्लाई चाहि राम्री पत्नी नचाहिने ? पत्नीको दीर्घायु कामना गर्न नपाउने ? किन हामी पुरुपहरुमाथि यस्तो भेद्भाव ?

तीज आयो कि मलाई कलेज पढदाको एउटा साथीको सम्झना हुन्छ.. जहिले नि त्यो जहिले नि तीज आयो कि ॠषि पंचमीमा गुहेश्वरी जाउ भन्थ्यो किन भन्दा त्यस दिन आईमाईहरुले बाग्मती नुहाएको देख्न पाईन्छ रे... अनि गाउघर तिर त धारा पधेरामा सधै आईमाई नुहाएको देखिनस त भन्दा तीजमा नुहाएको हेर्न बिशेष मजा आउछ रे..किन भन्दा तीजमा वागमती नदीको किनारमा नुहाउदा आईमाईहरुले १०८ चोटी चिउरीले दतिउन गरेको हेर्न मज्जा हन्छ रे.. पहाडको घरमा बुढी पनि थिई तेसको क्याम्पसमा एृउटीलाई गर्ल फ्रेन्ड पनि बनाएको थियो सिनेमा हेर्न लैजान्थ्यो.. अझै आईमाईले नुहाएको हेर्न पुगेको रैनछ

साउन लागे देखि नै मैले नोट गरिराथे केटीहरु हातमा मेहदी अनि हरियो चुरा लाउन थालेका थिए.. हुन त अचेल मैले नोट गरिराको अर्को कुरा के भने अचेलका केटीहरु पनि म भन्दा निकै फरवार्ड भैसके छन्.. अस्ति एउटा बाहुनको ढाबा मा राज्मा रोटी खादै थिए दुइटी स्मार्ट केटीहरु मेरो अगाडिकै टेबलमा आएर बसे.. अलि अनौठो नै लाग्यो किनभने त्यो ढाबामा केटीहरु आउने भए पनि तेतिको स्मार्ट र मोडर्न केटीहरु एक्लै कुनै ढाबामा मेरै अगाडि आएर बसेको लाईफमा पहिलो चोटी थियो.. तेसैले खाने गति कम गरेर नियालेर हेर्ने गति बढाए

आम्मा मोरीहरु निकै फरवार्ड पो रैछन्.. पढाई र करिअर को कुरा गर्दैथिए मैले हेर्दाहेर्दै दुबैले चुरोट सल्काए स्टाईल दिदै तान्न पो थाले.. हुन त केटी मान्छेले चुरोट खाएकै नदेखेको पाखे त म पनि होईन समानताको युगमा अचेल काठमाण्डौमै पनि क्लब पार्टी तिर केटीहरुले पनि डिंक्स र धुवा तान्न सामान्य नै छ... तर सरीफ जस्तो देखिने दुईटी सुकुमारी केटीहरुले सार्वजनीक ठाउमा केटा मान्छेले जस्तै अरु को पर्वाहै नगरी अझ गोलो गोलो चक्का बनाउदै बुङ बुङती धुवा उडाएको साच्चै देखेको थिईन.. वरिपरि सबैले नै हेरिरहेका थिए केटा मान्छे भएको भए त म पनि निहु खोज्थे होला धुमपान खानेको मात्र र्हैन सुघ्नेको स्वास्थ्यको लागि पनि हानीकारक छ भनेर.. तर सुकुमारी कन्ने केटीहरुको चित्त दुखाउनै मन लागेन.. खाउन् बिचरा

अब केटीकै चाडमा रमाएकोले केटीकै कुरा अझै गरौ होला.. सरी है मलाई त्यो स्टाईलको नाम भन्न आएन त्यो नाईटोसम्म मात्र आउने अनि निहुरिदा चाक देखाउने स्टाईल छ नि अचेल चलेको मलाई पनि खुव मन पर्छ... तर फेरि देखाउने पनि अनि देख्लान जस्तो गरेर भेष्ट तल तान्ने गरेको किन होला ? देखाएपछि धित मर्नेगरि हेर्न दिनु नि... मलाई था छ मैले यहा चाक वा यस्तै शब्दहरु लेखेकाले कोही केटी मान्छे हुनुहुन्छ भने त पढ्दाको लाज लागिसक्यो...केटी मात्र कहा हो र कतिपय मेरा सरीफ (?) केटा साथीहरुलाई पनि लाज भो होला.. सायद तेसैले त नबिन ब्रो अनि अरु ब्लगर साथीहरुले पनि यो ब्लगलाई नन् भेज ब्लग भनेको होला... अचम्म छ अश्लीलता को परिभाषा पनि

म एक दिन दुई तीन वर्ष अगाडिनै मार्टिन चौतारी पुगेको थिए... त्यस दिन महिला मुद्दामा बहस रै छ... अब मार्टिन चौतारीमा घागडान विद्वानहरु हुने भै गए तेसमाथि महिलाको बारेमा चर्चा हुदा भीड हुने भै गो... त्यस दिन एकजना धेरै पपुलरिटी नखोज्ने तर नेपालको घागडान फेमिनिस्ट डा. .... को कार्यपत्र पनि रहेछ.. उनी सोध्दै थिईन् अहिलेका अधिकांश सम्बन्धहरु पेडोफिलिया अन्तर्गत पर्छ कि पर्दैन ? अनि नेपाल भारतका प्रतिभाशाली पत्रकार केटीहरु पनि रैछन्...

हामी खाते विद्वानहरु पनि धेरै नै थियौ मलाई अनि हामी जस्तै धेरै खाते बिद्वानहरुलाई मन परेको थियो एकजना केटीको जोसिलो प्रश्न... केटाहरुले हाम्रो सरिरको सबै अंगको नाप वर्णन गर्दै कुरा गर्छन् हामीले चाहि कुनै केटाको चाक राम्रो छ भन्दा पनि ईज्जतको सवाल हुन्छ किन ? अनि अर्को केटीको प्रश्न थियो हाम्ले बच्चा पाई पनि दिने अनि हामीले नै हुर्काउन पर्ने ? केटाहरुले पनि हुर्काए हुन्न ? एउटा बोकाले उत्तर दियो केटाहरुको दुध आए पो हुर्काउनु

कहिलेकाहि यो साप्ताहिक भन्ने पत्रिकाले पनि केटीहरुलाई राम्रो प्रश्न सोधिदिन्छ... भन्न त अचेल नेपालका हिरोईन मोडल आइडल अनि आइकन केटीहरु भन्छन् म सेक्सी पनि छु अनि भर्जिन पनि छु नाईं त्यो त बिहे पछि मात्रै...हालसालैको एउटा प्रश्न थियो बिहे गर्दा केटा भर्जिन चाहिन्छ कि चाहिदैन ? सबै केटीहरुको प्राय एउटै आशय थियो म त भर्जिन छु तर भर्जिन केटा पाईदैन... कुरो ठीक हो मैले पनि आजसम्म भर्जिन केटा विरलै देखेको छु...

उता केटीहरुको बारेमा पनि मेरो एउटा बिशेष अनुभव प्राप्त साथीको यस्तो राय छः अचेल भर्जिन केटी भनेको कोक्रोमा सुतेको बच्चा पनि पाईदैन अरे... म उसको कुरा पनि अतिसयोक्तिपुर्ण नै ठान्छु... तैपनि हिजो प्रकाशित संयुक्त राष्ट्र संघको त्यो प्रतिवेदनमा विश्वास गर्न गाह्रो भईराछ जसमा भनिएको छ एसियाका महिला मा हुने ९० प्रतिशत यौन जन्य सरुवा रोग उनको पति वा यौन साथीबाट सरेको हन्छ ..मेरो बिचारमा नेपाल र भारतको केसमा तेस्तो डाटा कम्तीमा ९९ प्रतिशत हुनुपर्छ

मेरो भनाई के हो भने अरु सबै कुराको अनावश्यक खोजीनीति र चियो चर्चो गरिने हाम्रो समाजमा लभ होस वा अरेन्ज म्यारिज बिहे अघि केटा केटी दुबैको स्वास्थ्य जाच गरिनुपर्छ कि पर्दैन ? सेक्सुअल डिजीज त छदैछ कतिपय केसमा मलाई ठ्याक्कै त था भएन तर केटा र केटीको रगतमा कुन्नि के तत्व हो मेडिकल साइन्सका साथीहरुलाई था होला जुध्यो भने जन्मिने बच्चामा आनुवंसिक समस्या जस्तै लुलो लंगडो सुस्त मनस्थिति आदि देखिन्छ रे... कुन्नी कुन अरब देशमा त तेस्तो रगत परीक्षण अनिवार्य छ भन्ने कतै समाचारमा पढेको थिए...

कमेन्ट गर्नुहुने साथीहरुले भन्नु हुनेछ हो हो राम्रो कुरा हो बिहे अघि स्वास्थ्य जाच गरिन पर्छ ठीक भन्यो हावा ब्रो ले...तेस्तो कमेन्ट लेखेर का सुख पाईन्छ साथी हो मैले त तपाईलाई नै सोधेको हो तपाई बिहे अघि स्वास्थ्य जाच गराउन तयार हुनुहन्छ ? आफ्नो गराउन त खासै गाह्रो नहोला, तपाई आफ्नो दिदी, बहिनी, छोरी, वा आफन्तको बिहे गर्नु पहिले कुराकानी चलाउने बेलामै केटापक्ष संग स्वास्थ्य जाच को माग गर्न सक्नुहुन्छ ?

सुकुमारी कन्ने कुमारीहरुको जति माया लागे पनि आफुले त अहिले सम्म अरुण थापाले जस्तो कुनै कसम खाएको छैन है...जोगिएकै छु... हातैले हिसाब जोडिन्छ....हेहेहे