Showing posts with label n. Show all posts
Showing posts with label n. Show all posts

Tuesday, May 25, 2010

सत्ता कब्जा किन ?

जेठ १४ मा सम्बिधान नआए जेठ १५ गते आकाशै खस्ला धर्ती नै फाट्ला झै गरेका छन् कति मान्छेहरु । धमाधम पत्रिकामा लेख्दैछन आफनो अन्तिम विचार ।

गैर माओवादीहरु माओवादीले सत्ता कब्जा गर्छ भन्ने बहानामा आफैले सत्ता कब्जा गरेका छन् । माओवादीहरु राष्टपति शासन लगाएर माकुनेहरुले पेल्छन् भन्ने शंका मा छन् । मलाई चाहि दुबै थरी माथि शन्का छ । न त सत्ता कब्जा न त राष्टपति शासन् होला जस्तो छ । तेसैले यो दाउमा म नै खुसुक्क सत्ता कब्जा गर्ने सोच्दैछु ।

सत्ता कब्जा किन ?
सत्ता कब्जा गरेपछि सर्वप्रथम म आफुलाई राष्टपति घोषणा गर्नेछु । सरी है प्रचण्ड कमरेड । म पछि तपाईको पालो ।

सार्वजनिक क्षेत्रमा
छुवाछुत, भ्रष्टाचार, कालाबजारी गर्नेलाई आजीवन कारावास हुनेछ ।
निशुल्क बिहे गर्नुपर्नेछ, दाईजो लिने दिने वा भोज भतेर रवाफ गर्नेलाई आजीवन कारावास हुनेछ ।
सार्वजनिक ठाउमा धुम्रपान, रक्सीपान प्रतिबन्ध गरिनेछ ।
बीयर, रक्सी, सुर्ती, चुरोट, प्लास्टीक को उत्पादन र आयात प्रतिबन्ध हुनेछ ।

शिक्षाको क्षेत्रमा
कक्षा १२ सम्म अनिवार्य शिक्षा लागु गरिनेछ, तर कसैलाई पनि फेल गरिने छैन ।
तोकिएको क्षेत्रमा बाहेक बिदेशी डिग्रीको मान्यता हुने छैन ।
सरकारी निकायका सबै कर्मचारीले आफ्ना सन्तानलाई सरकारी स्कुलमा मात्र पढाउनेछन् ।

आर्थिक नीति
नेपाललाई कृषि प्रधान देश घोषणा गरिनेछ ।
बैकहरुले अनिवार्य रुपमा लगानीको ४० प्रतिशत कृषि क्षेत्रमा गर्नुपर्नेछ ।

पुर्वाधारको क्षेत्रमा
तराईमा रेल वे र पहाडमा रोप वे निर्माण गरिनेछ ।
जलविद्दुतको क्षेत्रमा स्वदेशी लगानी मात्र स्वीकृत हुनेछ ।

वातावरण र उर्जाको क्षेत्रमा
एम्बुलेन्स र सुरक्षा निकाय बाहेक सबैले छोटो दुरीमा सार्वजनिक यातायात वा साईकल, रिक्सा चढनुपर्नेछ । म पनि साईकल चढेरै आफ्नो कार्यालय जानेछु ।

अहिले हतार भएकोले यो त कास्टींग मात्र देखाएको, सत्ता कब्जा गरेपछि पुरै फिलिम देखाउनेछु ।

Tuesday, November 24, 2009

गढीमाई मेला मानव अधिकार सामुहिक पशु हत्या सही वा गलत ?

आजबाट गढीमाई को मेला शुरु भएछ्.. यो मेलाले त अचेल नेपाललाई एभरेष्ट वा चोमोलोङ्मावा सगरमाथा ले भन्दा पनि चर्चित बनाएको रहेछ्.. भारतकि मेनका गान्धी देखि फ्रान्सेली ब्रिजीट बार्डट जस्ता सेलिब्रिटी सम्मले ससारमै सर्बाधिक बीभत्स पशुहत्या को बिरोध गरेका रछन्.. हाम्रो नेपाल मा पनि अचेल दिनहु जसो बहस चलेका छन्.. नेपाल सरकार माथि पनि तीव्र दबाब छ यो मास किलिंग रोक्न.. तर सरकार ले धार्मिक र साम्प्रदायिक सदभाव नबिग्रोस भनेर हस्तक्षेप नगर्ने भनेको रैछ..

भारत की पशु अधिकारवादी नेता मेनका गान्धीले पनि नेपाल सरकारलाई हस्तक्षेप गर्न आग्रह गरेकी छिन्.. उनको आसय यस्तो छ.. कतिपय गलत परम्पराहरु छाडनु मा नै सबैको भलो हुन्छ जस्तो कि सती प्रथा..यसरी हजारौ पशुहरुको एक मुष्ट बलि कसलाई रिझाउन दिईदैछ ?.. यदि गढीमाई देवी सबैकि आमा हुन भने उनले कसरी आफ्ना हजारौं सन्तान को सामुहिक बलि स्वीकार गर्न सक्छिन्.. मेनका दावी का साथ भन्छिन् प्रष्ट छ यो परम्परा तिनीहरुको मात्र स्वार्थमा छ जो भारत र नेपालमा छाला जुत्ताका व्यापार गर्छन्

धेरैलाई जस्तो मलाई पनि फ्रान्सेली नायिका बार्डट को भावुक पत्र रोचक लाग्यो.. उनी नेपालका राष्टपति रामबरण यादवलाई पत्र लेख्दै चेतावनी समेत दिन्छिन्.. यस्तो बर्बर अमानवीय हत्या तपाई किन रोक्नुहुन्न ?जबकि तपाईलाई थाहा छ राष्टप्रमुख को नाताले यो जघन्य अपराधको जिम्मेवारी अन्तत तपाईले लिनुपर्ने हुन्छ.. अब बिचरा राष्टपति, एक पल्ट १८ दल र देशी बिदेशी शक्तिको बहकाउमा लागेर हस्तक्षेप गरेका रामबरणले कहिल्यै नमेटिने कलंक बरण गर्नुपरेको छ.. अब उनले कुईरेनीले भनी भन्दैमा साम्प्रदायिक मामिला मा कसरी हस्तक्षेप गरुन् ?

हस्तक्षेप गरेमा साम्प्रदायिक सद्भाव खल्वलिने चेतावनी आयोजकहरुले दिएकै छन्.. त्यो चेतावनी खासगरी स्थानीय तहमा बलि बिरोध अभियान चलाएका लिटल बुद्ध भनिने राम बहादुर बम्जन् तथा उनका अनुयायीहरुलाई दिईएको रहेछ्.. कतिपय स्थानीय बासिले पनि बलि परम्परा मन पराएका छैनन.. तेसो त मेरो अध्ययनमा गढीमाई मा बलि दिने सबै मधेशी,थारु र भारतीय मात्रै छन् भन्नु पनि गलत हुनेछ्.. धेरै पहाडी मुलका मानिसहरुले पनि गढीमाई मा बलि को भाकल गरेका हुन्छन्.. भारत कै गुजरात कर्नाटका र मध्य प्रदेशका मन्दिरहरुमा मा पनि धार्मिक प्रायोजन का लागि नै भनेर पनि पशु बली दिन प्रतिबन्ध लगाइएको छ अरे.. तेसैले पनि भारत बाट बली दिन नेपाल आउने को सन्ख्या बढेको हो अरे

काठमाडौंका राजेन्द्र बज्राचार्यले गढीमाई बलिको मात्र बिरोध गर्नु पाखण्ड हो भनेर काठमाण्डु पोस्टको पाठक प्रतिक्रियामा लेख्छन्.. उनी भन्छन् दिनहुकाठमाण्डु मा मात्रै पनि हजारौं रागा, भैसी, कुखुरा काटिन्छन्.. काट्ने प्रयोजनको लागि अमानवीय तरिकाले ओसार पोसार र खोरमा राखिन्छ..काठमाण्डुको दक्षिणकालीमा प्रत्येक मंगलबार र शनिवार बलि दिन टाढा टाढा बाट मानिस आउछन्.. तेसको कुनै बिरोध छैन् गढीमाई कै परम्पराको बिरोध किन ?

राजेन्द्र बज्राचार्य थप्छन्.. पशु माथि पनि अन्याय गर्नु हुदैन भन्ने भावना अति राम्रो हो तर हामी पाखण्डी नवनौं.. मैले एउटा कुईरे ले दक्षिणकाली बलि दिईएको बोकाको टाउको र रगतको फोटो व्लगमा राखेको भेटेको थिए जसमा उसले लेखेको छ हिन्दुहरु आफुलाई अहिंसा का पुजारी भन्छन्.. हामी जनावरलाई पनि ईश्वरका सन्तान भनेर पुज्छौं भन्छन्.. तर यो घटना देखेपछि मलाई हिन्दुहरु संसारका सबैभन्दा पाखण्डी मानिस हुन् भन्ने लागेको छ

तेसो त पशु अधिकार को धारणा जनावरहरु संग मात्र पनि संबन्धित छैन्..यसको मानव अधिकार संग पनि गहिरो सम्बन्ध हुन्छ.. भनिन्छ पशु मानिस भन्दा कमजोर हुन्छ.. पशुलाई मानिसले बलि दिनुको अर्थ के हो ?यसको अर्थ हो कि बलियो ले कमजोरलाई बलि दिनु, मार्नु वा हेप्नु स्वभाविक हो.. प्रकृतिको नियम हेर्दा बलियो ले कमजोरलाई दबाएकै देखिन्छ तर बाघ ले पनि बाच्नको लागि अरु उपाय नभएको हुनाले आहाराको लागि भनेर मात्र र त्यो पनि एउटा मात्र मृग मार्छ.. मान्छे मात्र एकमात्र त्यस्तो दुईखुट्टे जन्तु हो जसले धर्म का नाम मा पनि एक साथ लाखौको ज्यान लिन्छ..

यसको अर्थ हो जब तपाई धर्म का नाम मा आफु भन्दा फरक र कमजोर भएकै कारणले पशु बलि गर्नुहुन्छ र त्यसको समर्थन गर्नुहुन्छ भने अन्तत तपाईले यो भनिरहनु भएको छ कि धर्म वा कुनै वादको नाम मा आफुभन्दा फरक र कमजोर मानिसहरुलाई पनि बलि दिन वा मास स्लटर गर्न मिल्छ..बीसौ शताब्दीका दर्दनाक र अमानवीय भनिने हिट्लर को ग्यास च्याम्वर,स्टालिनको पर्ज, हिरोसिमा र नागासाकी को अणु विध्वंस देखि हालसालै का अमेरिका को ट्वीन टावर देखि अफगानिस्तानका गाउँहरुमा बम बर्षा स्वभाविक हुन जान्छ.. तेति मात्र हैन हाम्रै नेपालमा अनि छर छिमेकमा धर्म, वाद, जाति, र सभ्यताका नाममा चलिरहेका साना ठुला सबै युद्ध र मारकाट् स्वभाविक नियति हुन जान्छ

तर मलाई लाग्छ बिरोधको यो भन्दा पनि गहिरो मनोवैज्ञानिक कारण छ..ईश्वरको नाम मा पशुहरुको बलि, मास स्लटर वा सामुहिक हत्याले यो पनि प्रमाणित गर्छ कि मानिस पशु भन्दा पनि मुर्ख प्राणी हो.. र यस्तो निष्कर्षले आफुलाई सर्वश्रेष्ठ भन्दै आएको मानिसको ईगो मा गहिरो धक्का दिन्छ्.. यो धक्का त्यस्तै हो जसरी क्रिश्चियनहरुलाई डार्बिन र डकिन्सको ईभोलुशन वा मानव उत्पति को सिद्धान्त स्वीकार गर्न गाह्रो हुन्छ किनभने त्यसले मान्छेलाई ईश्वरका नभई बाँदरका सन्तान को रुपमा अवमुल्यन गर्छ अरे..

एउटी लेखिका ले यसो पनि भनेकि छिन्.. पशु कमजोर भएकै कारणले तपाई उसलाई काटेर खाईदिनुहुन्छ भने तपाईकि मर्न लागेकि बुढी बजै को के काम ?.. तिनलाई पनि काटेर खाईदिनोस् न त

Thursday, September 3, 2009

म किन नेपालमा अराजकता को पक्षमा छु ?

अचेल नेपालमा अदालत को मानहानी र बिधि को शासन भन्ने बिषयमा निकै चर्चा चलेको छखास गरी उपराष्ट्रपति परमानन्द उर्फ चरेशानन्द झा ले नेपाली मा शपथ खान वा राजीनामा गर्न दुबै अस्वीकार गरेपछि... पहाडियाहरुले सधै धोती धोती भनेर जिस्काकोले होला चरेशानन्द जी ले त पहाडियाहरुको अदालतलाई नै धोती लाईदिनुभोहाहाहा

ठिक गर्नु भो झा जी अहिले पालि मेरो पनि तपाईलाई समर्थन छयद्यपि मलाई थाहा छ कि तपाईले यो निर्णय कुनै आस्थागत कारणले भन्दा पनि बार्गेनिंग नमिलेर गर्नुभाको होपहाडियाहरुको अदालतमा आजीवन दौरा सुरुवाल टोपी लाएर चरेश का अभियुक्तलाई सफाई दिदै जीवन गुजार्नुभएको तपाईबाट मात्र नैतिकताको अपेक्षा गर्नु त अन्याय नै होला

शपथ बिबादले माओवादी र मधेशवादी दलहरुलाई नजिक्याएको छ रे. आ आफ्नै कारणलेमाओवादीले त शुरुदेखि नै अदालतलाई व्यवस्थापिका को नियन्त्रणमा ल्याउन चाहेकै हन् अब मधेशी दलहरु प्नि सहमत् छन्राजनैतिक रुपमा र आफ्नो मातृभाषा मैथिली छाडेर हिन्दीमा शपथ लिने चरेशानन्दको क्रियाकलाप थुप्रै मधेशीहरुले पनि मन पराउदैनन्

तर आजीवन न्याय नदिने, पैसा खाएर बदनीयत का साथ निर्णय गर्ने र राष्ट्रपतिको लगायत अन्य थुप्रै राजनीतिक मुद्दाहरु निर्णयबिहीन राखिएको अवस्थामा एकहोरो रुपमा चरेशानन्द झा मधेशी भएकै कारणले उनलाई हेपेको भन्ने बुझ्न मैले मधेशी नै भईराख्न पर्दैनआखा हुने जसले पनि देख्न सक्छअदालतलाई खासगरी तेसका न्यायधिश कर्मचारीलाई पाठ सिकाउनै पर्छ

न्यायिक प्रणाली को स्वतन्त्रता र शक्ति पृथक्कीकरणको थ्योरी खोक्नेहरु झस्किएका छन् अब मुलुक निरंकुशता तर्फ लम्कियो अरे हिजो समाचार मा आउदै थियो प्रधान न्यायधिश अदालत प्रति जन आस्था खस्किदै गएको मा चिंतित छन् अरे भुत्रो को चितिंत छन् ?

अदालत प्रति जन आस्था कहिले पनि थिएन म भन्छु मुलुक निरंकुशता तर्फ हैन झन बढी अराजकता तर्फ लम्किएको छ र त्यसो हुनु एक दम स्वभाविक छ हुन सक्छ एक दिन मै पनि त्यो अराजकता मा सामेल हुनेछु किन नहुने ? यस्तो अदालत र तिनका न्यायधिशहरुको सम्मान गर्ने नै किन ?

केही मान्छेहरु भन्छन् जुन देशका राजनीतिक नेताहरु नै भ्रष्ट छन् त्यहाका अन्य सम्पुर्ण अंग निकाय र कर्मचारी भ्रष्ट हुने नै भए त्यसैले पहिले राजनीतिक भ्रष्टाचार मा सुधार हुनुपर्छ रे तेसो भए के अब नेताहरु नसुध्रुन्जेल बाकी सबै ठाउको भ्रष्टाचार र दुर्नियत सहेर बस्नुपर्ने ? कर्मचारीले घुस खाउन् न्यायधिशले भ्रष्टाचार गरुन् अनि बाकी जनताले अराजकता र मानहानी हुन्छ भनेर चुप लागेर हेरेर बसि राखुन् हैन ?

आई एम सरी म मान्दिन उच्च शिक्षा हासिल गरेका आफुलाई बौद्धिक न्यायिक र थिंक ट्यांक भन्न रुचाउने तर दिल काला भएका सफेदपोशहरुले गर्ने भ्रष्टाचार र अनियमितता झनै सहनु हदैन् त्यस्ता हाकीम साहेब,न्यायधिश, वा मन्त्री ज्यु को आदेश वा निर्देशन मान्न आवश्यक छैनतिनलाई मार्ने वा कुटपिट पनि नगरौ तिनका पनि बालबच्चा होलान् तर तिनलाई झ्याप झ्याप समात्दै कालो मोसो दलेर बजार घुमाउनै पर्छ

ड्याट्स अल माइ लर्ड

Tuesday, August 18, 2009

नेपालमा सशस्त्र दलित आन्दोलन र धर्म परिवर्तन को आवश्यकता

हिजो मुलुकी ऐन दिवस रहेछ मलाई त पत्तै भएन…बी बी सी मा यस कुमारको नआउ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन बजे पछि पो था भो मुलकी ऐन दिवस भन्ने दिन पनि हुदो र छ हाम्रो नेपाल मा.. अरु कुरा त मलाई था छैन तर यो मुलकी ऐन भन्नेले जातिपाति भेदभाव लाई दण्डनीय अपराध मानेको भन्ने चाहि मलाई था छ.. तर पचास बर्षको मुलकी ऐन पछि पनि हामी अझै मुलकी ऐन दिवस जातीय बिभेद नगरौ भनेर मनाउदै छौ… यसको अर्थ के हो ?

मैले सुनेको बिदेशीहरुलाई नेपालको सबैभन्दा आश्चर्य लाग्ने कुरा हिन्दु धर्म मा आधारित बर्णाश्रम जातीय प्रथा हो रे.. कसरी एउटा मान्छेले छुदा अर्को मान्छे बिटुलो हन्छ ? कसरी कोही जन्मदै ठुलो र सानो जाति हुन्छ ? मैले नै हेर्दा पनि जातीय छुवाछुत र भेदभाव सबैभन्दा अमानवीय बर्बर सामाजिक व्यवस्था हो शुद्र ले बेदको मन्त्र सुन्यो भनेर पगालेको सिसा कान भित्र खन्याईदिने भगवान रामलाई मर्यादा पुरुपोत्तम मान्ने पाखण्डी हिन्दु समाजले दलितमाथि गर्ने यातना अस्वभाविक पनि देखिदैन… तर आश्चर्य जति आदिवासी जनजाति वा मधेसी अधिकार को कुरा नारा र आन्दोलन उठेका छन् दलित बर्गका समस्या कता कता ओझेल मा परेका छन् किन ?

मधेशीमा होस वा पहाडी, मतवाली होस वा तागाधारी जातीय भेदभाव र छुवाछुत सबै क्षेत्रमा छ.. त्यस हिसावले दलितमा गनिने वर्गहरु सामुहिक रुपमा झन बलियो हुन पर्ने हो.. तर उनीहरु बिभाजित छन् मधेशी पहाडी जनजाति आदि छुट्टा छुट्टै वर्गमा… अरुका कुरै छाडौ सामाजिक न्यायका लागि तुलनात्मक रुपले प्रष्ट एजेण्डा भएको माओवादीले पनि जति जनजातिय र मधेशी अधिकारको कुरा सफल रुपमा उठाएको छ त्यति नै प्रष्ट रुपमा दलित मुद्दा उठाउन सकेको छैन


नत्रभने १५ वर्षदेखि जनसरकार चलाएको माओवादीको आधार ईलाका सुदुर पश्चिममा अहिले सम्म पनि मन्दिर प्रवेश गर्न प्रतिबन्ध र सिनो खान किन बाध्य गरिन्छ ? तेसैगरी मेरो बिचारमा तराई मधेश का दलितहरु पहाडका दलित भन्दा पनि झनै अमानवीय अवस्थामा छन्.. गाउमा एउटा निश्चित टोलमा मात्र अत्यन्त फोहोर वातावरणमा सुगुर आदि जनावर सगै बस्न र सिनो खाने काम मात्र गर्न दबाब दिईन्छ… हिजै प्रकाशित संयुक्त राष्ट्र संघको प्रतिबेदनले पनि तेसै भन्छ

माओवादीहरुले ब्राह्मणवादको चर्को विरोध त गरे तर त्यो नाकचुच्चे र नाक थेप्चे को अर्थमा मात्र सफल भयो.. माओवादी बाहेक का अरु दलको त अन्य सामाजीक मुद्दामा जस्तै दलित मुद्दा मा पनि कुनै दृष्टिकोण नै छैन.. माओवादी भित्रै पनि नेतृत्व पंक्तिमा बाहुनबादले जरो गाडेको छ.. मैले एकदिन दारी काट्दा तराइ मुलका बुढा हजामलाई भने कम्युनिष्ट र खासगरी माओवादी ले त दलित मुद्दा लाई उठाएका छन्.. केही उच्च जातिका कम्युनिष्टले दलितसंग विहे पनि गरेका छन् भन्दा उनले भने तपाईले कुनै कम्युनिष्ट नेताले दलित कि छोरीलाई बुहारी बनाएर भित्राएको देख्नुभएको छ ? कुनै माओवादीले आफ्नो बुवाआमा र दलितलाई संगै बसाएर खाना खाएको सुन्नुभाको छ ? हिजो यस कुमारले बी बी सी मा मलाई ठुला नेताहरुले सार्वजनिक रुपमै सम्मान गर्नु हुन्छ तर म भन्छु मलाई आफ्नो घरमा स्वीकार गर्नुस् भनेको सुन्दा मैले तिनै हजामलाई सम्झे

दलितहरुको अवस्थामा सुधार नआउनको एउटा कारण जनजाति र मधेशीको जस्तो उनीहरुको छुट्टै सशस्त्र आन्दोलन वा संगठन् नभएकोले हुनुपर्दछ.. दलितहरुले जहिले पनि मधेशी वा जनजातिय वा वर्गीय मुक्तिको खेमाहरुमा बिभाजित भएर सशस्त्र वा निशस्त्र आन्दोलन गरे.. तर मधेशी पहाडी वा अन्य दलित बर्गहरु सांगठनिक रुपमै एक भएर जातिय समानताकै लागि भनेर अहिले सम्म पनि निशस्त्र वा शसस्त्र आन्दोलन गरेका छैनन्.. दलितहरु भित्र कै समस्या उनीहरु बीचमै पनि सानो र ठुलो जात को भेदभाव हुन हो.. केही दलित जातिहरु आफुलाई अरु दलित जाति भन्दा ठुलो ठान्छन् तिनीहरु दलित भित्रकै बाहुन हुन्.. अर्को समस्या दलितहरुले सरसफाई र शिक्षामा ध्यान नदिनु हो

तेसैले दलितहरु ले अब आफै अग्रसर भएर सामाजीक आन्दोलन गर्न ढिला गर्न हुदैन…बिचार मिल्ने दलितहरुले मधेशी पहाडी सानो र ठुलो भेद्भाव हटाई एकजुट भएर शुरुमा निशस्त्र र आवश्यक परे शसस्त्र आन्दोलन शुरु गरिहाल्नुपर्दछ… त्यसका साथै जातीय विभेद मार्फत आत्मोन्नति गर्न नदिने हिन्दु धर्म दलितहरुले मानिरहन पर्छ भन्ने पनि छैन्… दलित् समुदायले स्वेच्छाले बिभेदकारी हिन्दु बर्णाश्रम छाडेर जातिय बिभेद नगरिने बौध्द वा क्रिस्चियन धर्म परिवर्तन गरे हुन्छ

नोट: यो पोस्ट एउटा बाहुन ले लेखेको हो