Saturday, May 12, 2012

नेपालका भेंडा नेता र जनतालाई सम्बोधन

अचेल फेरि नेपालमा चहलपहल बढेको छ । यस पालीको जेठ १४ मा त साच्चै नै प्रलय नै आउला जस्तो गर्न थालेका छन् मानिसहरू । हिजै एक जना चर्चित मानवअधिकारीकर्मीले निकै गम्भीर भएको नाटक गर्दै भने – देश मास हिस्टेरियामा गईसक्यो । अर्काथरी, अग्रगमनका ठेकेदारकर्मीले भने – हैन, सबै जातजाति आफ्नो अधिकार बारे सचेत भएकोलाई त सकारात्मक नै मान्नुपर्छ । ठेकेदारहरुको यस्तो कुरा सुनेर मलाई त हासो उठिहाल्यो ।


मलाई कसैको पनि सर्टिफिकेट नचाहिएकोले ढाँटनुपर्या पनि छैन – रमाईलो लागिराछ । बल्ल क्लाईमेक्समा आईपुगियो । अवस्था रोचक अनि सनसनीखेज हुदैछ । कम्तीमा दुई चार हजार त जेठ १४ कै सेरोफेरोमै शहीद होलान जस्तो छ, हाहाहा । फेरि, मलाई के को चासो, म मर्ने होईन क्यारे । बरू, यस्तो रोचक अवस्थामा मलाई पनि लेख्ने कुरा फुर्ने गर्छ ।

मलाई खासै चासो र फरक नपरेतापनि ताई न तुईको आफ्नो खाल्डो आफै खन्न थालेका भीडहरूको जमात देख्दा दया लागेर आउँछ, करूणावतार जो परियो आफू । तेसैले, म के भनिदिउँ र भेडा नेपालीहरूको अन्तःचक्षु खुलोस् भन्ने करूणा चलेर आउँछ ।

तेसो त अचेल म आफ्नो ब्रम्हज्ञानले पत्ता लगाएको कुरा जताततै बारम्बार दोहो¥याउने गर्छु – सब भ्रम हो भनेर । म के देखिराछु भने यी सबै मत्र्यलोकवासीहरू महाभ्रममा छन् । सबैलाई मै जान्नेसुन्ने, मै बाठो, मै चलाख, मै ज्ञानी, मै असल...अरू सब मूर्ख, खराब, तुच्छ आदि अर्थात् सबैलाई ‘मै हूँ’ भन्ने अहङ्कारको भ्रम छ । कतिसम्म भने आजकल मेरो गल्लीको एउटा भुस्याहा कुकुर पनि ‘मै हूँ यो विश्वकै सर्वेसर्वा भुस्याहा कुकुर’ भन्ने शैलीमा भुक्न थालेको छ ।

तेसैले, हे भेडा नेपालीहरू हो मेरो कुरा सुन् । तिमीहरू जो जेसुकै भएतापनि तिमीहरू भुसुनामात्र हौ । कसैले पनि धेर नखोके हुन्छ ।

यी त भए अन्तःज्ञानका कुरा । अब ठोस धरातलीय यथार्थमा फर्कौं । त्यै हो अब चाहि देश जातिय युद्धमा जाने निश्चितप्रायः छ भन्ने धेरैको आशङ्का देखिन्छ । त मपनि कुरा बुझौं के रैछ त मर्त्यलोकवासीहरूको हालखबर भनेर हिजो बन्दको दिन आफ्नो दरबारबाट फिल्ड भिजिटमा निस्कें । त म घुम्दैथिए, हालको कथित् ताम्लासिङतिर ।

एकजना अधबैंसे मानिस बाटो खन्दै रछन् । उनले मलाई बोलाए, बाबु आउनुस एकछिन् बसौं भनेर । मैले बुझिहाले, उनलाई पनि राजनीतिको हावा लागेको रैछ । अब नेपालीहरूको परिचय गर्ने शैली त थाहा नै छ सबैलाई । उनले मलाई सोधेको पहिलो प्रश्न थियो – बाबु के थरी ? मैले आप्mनो बाहुन थर भने । अनि मैले पनि उनलाई सोधें – तपाईं के थरी नि, दाई ? उनले भने – म तामाङ हो बाबु ।

अनि मैले भने – लौ त, तामाङ दाई, आफू त बाहुन परियो, तपाईंहरूको ताम्सालिङ क्षेत्रमा आईयाछ । उनले भने – तेसो हैन बाबु, हामी सबै नेपाली हौं, हामी सबैको रगत त उही हो नि बाबु ।

अनि उनले मलाई सोधे – बाबु, कतिको पढनुभाछ कोनि । मैले पनि नढाँटी सत्य कुरा भनिदिए – धेरै पढेको त छैन दाई, तर ठोकुवा नै गर्ने हो भने यो देशको जुनसुकै मै हूँ विद्वान भनेर घमण्ड गर्नेभन्दा कम पढेको पनि छैन । अनि उनले एउटा चुरोट सल्काए, मलाई पनि चुरोट खाउँ बाबु भने । मैले म चुरोट खान्न दाई भने । उनले भने – हामी त तामाङ हो बाबु । हातमा आगो छ, ढाँटनु हुँदैन, पढेलेखेको छैन ।

अनि उनले सोधे, मेरो कुरा ठाउँमा पुग्छ कि पुग्दैन बाबु ? मैले भने – के कुरा दाई, म पु¥याउने प्रयास गरूला । उनले भने – हेर्नुस, हामीले ज्ञानेन्द्रलाई पनि मानेकै थियौं । अहिलेका नेताहरूलाई पनि मानेकै हौं । तर, हेर्नुस् त, नेताहरूमा धर्म छैन । छोराछोरी, भाईभतिजा, छोरी ज्वाईं बनाउन लागे । देशको बारेमा कसैलाई चासो छैन । उनेरू ठुला मान्छे भाका छन् । हामी सधैं साना मान्छे नै भयौं । म बाटो खनेर महिनाको दश हजार कमाउँछु । जातैले पाको, जाँडरक्सी चुरोट पनि खानैप¥यो । मैले आफ्ना छोराछोरीलाई पढाउन पाको छैन । हामी त जातै तातो रगत भाका । अनि हाम्लाई रिस उठ्दैन त ?

मैले भने, दाई तपाईलाई मात्रै हैन । म पनि बाहुन नै हो, तर मलाई तपाईलाई भन्दा पनि चर्को झोक चल्छ । औषधी खाएर आप्mनो झोकलाई कण्ट्रोल गर्छु । अब जेठ १४ आउँदैछ, त्यसपछि सबै छिनोफानो गर्नुपर्ला । अनि म हासें । अनि उनी पनि हासें । अनि मैले भने – हेर्नुस दाई, नेता ठुलो र तपाई सानो मान्छे हैन । पढनु लेख्नु मात्रै पनि ठुलो हैन । नेता हुनु पनि ठुलो हैन । सबैका -आफ्ना सीप हुन्छन् अनि सबैका आ-आफ्ना दुःख हुन्छन् । तपाईले बाटो कुलो नखने गाउँको कसरी विकास हुन्छ ? नेताले आएर त तपाईले जस्तो बाटो खन्न सक्दैनन । तेसैले तपाईंको ठाउँमा तपाई नै ठुलो मान्छे हो ।

मैले त्यति भन्नासाथ उनको अनुहारमा चमक आयो । उनी दङ्ग पर्दै भने – बास्, बाबु, बास्, हाम्ले भनेको पनि त्यति मात्रै हो । हाम्लाई हेला गरिदिनुभएन । बाबु त साच्चै नै धेरै जान्ने मान्छे पो रैछ । म पनि ती तामाङ दाईले आफूलाई पनि र मलाई पनि चिनेकोमा दङग परें ।

यी त भए जनस्तरका कुरा । चाहे जनजाति हुन वा बाहुन क्षेत्री वा मधेशी । म चाहिँ जनस्तरमा कुनै समस्या देख्दिन । समस्या भन्ने नै नेता, ठुला, अग्र(?)गामी, विद्वान आदि भनाउँदा मा देखिराको छु । र यस्ता तत्व सबै वर्ग, जाति र समूहमा छन् । बाहुन क्षेत्री नेता मात्रै धूर्त र जनजाति नेता कम धूर्त भन्ने पनि हैन । शायद, मान्छेको जातै घटिया हुन्छ जस्तो लाग्न थालेको मलाई अचेल । तेसैले मान्छे भन्दा पनि म पशुहरूलाई मन पराउँछु अचेल । आखिर पशुपतिनाथको मित्र जो परियो । यिनीहरूले आफू ठुलो बन्नका लागि जनतालाई जुधाईरहेका छन् । मलाई हासों त यिनको मै बाठो भन्ने शैलीमा लागेर आउँछ । आप्mनो खाडल आफैले खनिरहेका छन्, हा..हा..हा

तर, नेता अनि जनता भेडाहरूको जेसुकै भएतापनि यो देश नेपाललाई नै भड्खालोमा जान दिनु भएन । किनभने, यहाँ त म पनि बसेको छु । मेरो दरबार पनि यै देशभित्र छ । मलाई केही हुन्छ भनेर हैन । यो देशमा केही भएपनि मलाई केही फरक पर्दैन । दिनको १० घण्टा सुत्ने बानी छ मेरो, जुनसकै अवस्थामा पनि त्यो कायम रहनेछ । म बिहान नेवारले पकाएको खाजा खान्छु, खाना मगरले पकाएको खान्छु, अनि बेलुकाको खाना एकजना लिम्बुनी दिदीले पकाएको खान्छु । गर्मीको मौसम छ, अचेल तरबूजा अनि चटपटे एकजना मधेशी दाईले बनाएको मिठो लाग्छ मलाई । अघि भर्खर भारतको गोरखपुरबाट काठमाडौंमा मिठाई पसल खोलेका साहुजीकोमा चाउमिन खाँए । त्यसपछि, एउटी तामाङ्नी दिदीकोमा हरियो नून खुर्सानी दलेको काक्रों खाँदा बडो आनन्द आयो । म तिमेरू नाक चुच्चे र नाक थेप्चे दुवैथरीका छुसी नेताहरूको कुनै पनि गेमप्लानलाई किमार्थ सफल हुन दिने छैन । त्यसैले, देशलाई बचाउने मेरो आगामी योजना पनि सुनाउँछु । अनि अलिकता खरो कुरा पनि गर्छु अब ।

हे भेडाहरू हो, सबैभन्दा पहिले तिमीहरू के प्रष्ट होऊ भने यो देश नेपाल हो । त्यसैले जसले आफ्नोपहिलो पहिचान नेपाली भनेर प्रस्तुत गर्छ, उसले मात्र अरू अधिकारको दावी गर्न पाउनेछ । अनि अधिकारको दावी गर्नुभन्दा पहिले तिमीहरूले यो देखाउनुपर्नेछ कि यो देशको लागि तिमेर्ले योगदान के दियौ ? छोराछोरी त मेरो गल्लीको भुस्याहा कुकुरले पनि पालेको छ, तिर्मेले त्यस्तो विशेष के नापेका छौ ?

अझ सुन, यो देशमा बस्ने अनि आफूलाई नेपाली भन्ने जति सबै यहाँका आदिवासी हुन् । कुनै खास जाति विशेष मात्र आदिवासी होईनन् । आफूलाई नेपाली भन्दा पनि पहिला मङ्गोलियन अनि अनेक थरी नामले चिनाउनेहरू हो, तिमीहरू चीनभन्दा पनि परको देश मङ्गोलिया जाओ । त्यै हो मङ्गोलियनहरूको आदिवासी देश । आफूलाई नेपाली भन्दा पनि मधेशी पहिचान खोज्नेहरू, तिमीहरू भारत फर्क । अझ, भारतको पनि युपी, बिहार मात्र जानु, अरूतिर त भारतमै पनि तिमेर्को खैर छैन । युपी, बिहारमा पनि तिमेरू त्यहाँको कुनै जातिय नेताको गुलामी गर्नु । बाहुन क्षेत्री हो, तिमेरूले पनि सङ्घीयता चाहिदैन भनेर नखोके हुन्छ । देश सङ्घीयतामा गईसक्यो, कस्तो सङ्घीयता भन्ने मात्र प्रश्न हो । जुनसुकै क्षेत्र वा जातिका भएपनि दलितहरू प्रति भने मेरो विशेष सहानूभूति छ ।

जेठ १४ र त्यसको सेरोफेरोमा देशको पहिचान र अमनचैनका लागि जुनसुकै कदम चाल्न पनि तयार रहन म वर्तमान राष्ट्रपति रामबरण यादव र नेपाली सेनालाई सजग रहन आदेश दिन्छु । यो राष्ट्रपति रामबरण मधेशी नै भएतापनि यो नै अहिलेको सच्चा नेपाली नेता हो भन्ने मेरो ठहर छ । त्यसैले, बरू आवश्यक परे संसद, सम्बिधान सभा, सरकार लगायत सम्पूर्ण निकायलाई खारेज गरी रामबरणको मातहतमा सैनिक शासन लागू गर्ने म आदेश जारी गर्दछु । बरू, प्रधानमन्त्री चाँहि कुनै चिम्से आँखा अनि थेप्चो नाक भएकालाई बनाउनु, सजिलो हुनेछ ।

1 comment:

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete