एस एल सी पास गरेका भाई बैनाहरु तिमेर्को उमंग देखेर म आफनै एस एल सी सम्झेर दंग परेको छु.. मैले पनि एस एल सी फस्ट डिभीजनमा पास गरे त्यो पनि गाउको सरकारी स्कुलबाट.. त्यो पनि कत्ति पनि चीट नचोरेर.. धेरै टयालेन्ट त हैन मिहीनेत भने धेरै गरेको थिए.. सबैले भन्थे ठुलो मान्छे हुन्छ यो डाक्टर हन्छ मैले पनि सोचे ठुलो मान्छे हुन्छु म.. डाक्टर भएर किताबमा पढेको जस्तै आर्तहरुको चहरयाइरहेको घाउमा मलम लगाउनेछु म.. दुखीहरुको सेवा गर्नेछु
काठमाडौ आए आफन्त ले सोधे के पढछस अब त.. बाइलोजी भन्दा कसैले भन्थे सक्छस त ?.. गाउमा पढेको केटो सक्लास त बाइलोजी पढन ? मेरा आखा भरी सपना थिए.. किन नसक्नु उडी छुनु चन्द्र एक.. बाबुराम गाउकै स्कुलबाट बोर्ड फस्ट भएका हैनन ? देश भित्र बाहिर सधै टप गरेका हैनन ? म पनि ठुलो मान्छे बन्छु
अहो साइन्स पढन त एकदम गारो हुने रछ.. १० कक्षाभन्दा धेरै भास्ट कोर्स हुुदो रछ.. चित्र पनि धेरै बनाउन पर्ने.. म्याथ पनि धेरै प्राक्टीस गर्नपर्ने.. थ्योरी पनि तेस्तै घोक्न पर्ने.. एता क्याम्पसमा पढाइ राम्रो नहु..ने भर्खर क्यापस ज्वाइन गरेकोले साथीहरुसग हाहा हुहु पनि तेत्तिकै गर्न मन लाग्ने.. कुखुरे बैश.. केटीहरुसंग पनि तेत्तिकै घुलमिल हुुुन मन लाग्ने.. टयुशन पढदा पनि नभ्याइने.. अहो म त फेल पो भएछु
फेल भएपछि त म अर्कै भए.. धेरै साथी फेल भएका थिए कोही कमर्सतिर गए कोही आर्ट्स तिर भने कोही टेक्नीकल तिर.. मलाइ भने संसारै अध्यारो भयो.. अब म ठुलो मान्छे नहुने भए.. पढनै मन लागेन.. सबैले भन्थे फ्रस्टेट भयो यो कतै केटीको चक्कर मा ड्रगको चक्कर मा त लागेन यो.. साथीहरु भन्थे को हो त्यो भनन टयाजेडी पार्ने.. म के भन्नु सक्दो पढेकै थिए.. लभ सभ र ड्रगको चक्कर केही पनि थिएन.. कोर्स नै भास्ट र छ के गर्ने ?.. मलाई त डिप्रेशन भएछ.. अचेलको जस्तो यो काउन्सेलीड र मनोचिकित्सा भन्ने पनि त थिएन दुइ चार बर्ष अघिसम्म पनि
जीवनमा धक्का खादै अहिले धेरै पछि आर्टस पढन थालेको छु.. अहो संसार त आर्टस मै पो रहेछ.. मेरो मात्रै कथा किन यस्तो भनेको त यहा त प्रायको कथा यस्तै नै रहेछ.. मानिस उसको इतिहास, उत्पति, समाज र राजनीति, बिभिन्न बिचारहरु, मान्छेका हासो खुशी अनि बेथाहरु के छैन आटर््स मा ?.. ठुलो मान्छे बन्ने रहर कत्ति पनि छैन अब मलाई.. जीवनलाई आर्ट्सको अध्ययनबाट बुझेपछि प्रतिस्पर्धाको भीषण घाटी रेटाई मा एक अर्कालाई पछारेर जहिल्यै टेन्सन र हाइपरटेन्सन गराएर ठुला भनिने स्वाडे र सोखिन भन्दा खेतीपाती गरेर सानो तिनो इलम गरेर हासी हासी जीवन बाच्न सक्नेहरु नै महान हुुन भन्ने निचोड मा म पुुगेको छु.. खुशी नै छ
भाई बैना हो, अब तिर्मेलाई मेरो काउन्सेलिड.. अचेल यो काउन्सेलिड र ब्रीज कोर्स भन्ने चलन रैछ.. ठगेका छैनन भने त रामै्र कुरा नै हो मुख्य कुरा तिमेर्को बाउ संग पैसो कति छ भन्ने नै हो.. मलाई त यो घास पात जस्ता एडुकेशन फेयर देख्ने बित्तिकै झर्को लागेर आउछ.. शैक्षिक माफियाका संजाल भन्छु म त.. त्यसमा खर्च हुुने करोडौ पोस्टर, पम्फलेट, विज्ञापन को खर्च सामान्य हिसाब बाट पनि कैयौ अरब हुुन आउछ त्यो पैसा कहा बाट आउछ ?... कुन बाउले इमान्दारीको कमाइले तेस्तो ठाउमा छोराछोरी पढाउन सक्छ ?.. यो कुरा पनि बारम्बार सोच्ने र सोध्ने गर्नु
अर्को कुरा, हुुन त यसपाली पास हुनेको बहुुमत छ मेरो मन भने पास हुन नदिइएकाहरु अल्पमत प्रति छ.. फेल भइयो भनेर मनमा कत्ति पनि पीर नलिए.. केही अर्थ मा अहिले फेल भएको राम्रै पनि भो.. मैले यो कुरा फोस्रो सात्वना दिन भनेको हैन अलि ठुलो भएपछि आफै पनि बुुझ्ने छौ.. त्यो बेला यो हावा दाईले पनि ठिकै भनेको रैछ है गाठे भनेर सम्झिनेछौ
म संगै एस एल सी मा फेल भएका तेसबेलाका साथीहरु अहिले बिस्तारै तर लगातार पढेर राम्रै जीवन बिताइरहेका छन्.. जहा पढे पनि एक दुई तिन चार पाच बर्ष फेल भएमा पनि चिन्ता लिन पर्दैन.. भर्खर पढाई शुरु गर्दा एक वर्ष पनि खेर नजाओस जस्तो लाग्छ तर केही फरक पर्दैन तेसले.. साथीहरु पनि पुराना छुटदै जान्छन नया बन्दै जान्छन.. तेस्तै हो लाइफमा.. तेस्तै हो कभी खुशी कभी गम
अ, बरु त्यो छ महिने, एक बर्षे दुई बर्षे प्राविधिक तालिम लिए अति काम लाग्छ.. जे मा लिए पनि हुन्छ.. आफुुलाई रुचि भएको मा गाडी बनाउने, बाइक बनाउने, वेब साइट बनाउने, प्लम्बिड, मेकानिकल, कम्पटर, होटल, कृषि तालिम, स्वास्थ्य तालिम जे भए पनि हुन्छ.. मैले भने नि अत्ति काम लाग्छ
ल त मेरो हार्दिक शुभकामना छ...सफल तिम्रो त्यो जीन्दगीलार्इृ