
चित्र भु पु युवराज पारस रेस्टुरेन्ट मा गोली चलाऊदै...दशैको बेला बिचरा नेताहरुलाई मात्रै कत्ति मात्र खेदो खन्नु आराम गरुन् अलिदिन्… बरु प्रचण्डले भन्ने गरेको महान् नेपाली जनताको कुरा गरम् होला… नेताको मुल्याकन त जुन पनि जनताले गर्छ तर जनताको मुल्याकन गर्न सक्ने नेता यो देशमा अहिले सम्म एकजना मात्रै जन्मे: गणेशमान् सिंह… तर गणेशमान् भन्ने बित्तिकै काग्रेसीहरु हौसिएलान् भन्ने पनि मलाई डर् छ तेसैले भनिहालम् गणेशमान ले मर्ने बेलासम्म पनि काग्रेस मै बसेर नर्क जान चाहेनन्… आफैले जन्माएको हुर्काएको भएपनि कुलंगार काग रेस पार्टी भएर निस्केकोले पार्टीलाई नै छाडिदिए… तेसैले पनि म बारम्बार गणेशमान् लाई सम्झिन्छु… प्रचण्ड लगायत सबै नेताहरुले महान् जनता भनेर जतिसुकै चापलुसी गरे पनि म चाहि गणेशमान् सिंह संग अझै पनि सहमत् छु… जनता भनेको भेडा हुन्… खासगरी काठमाण्डौंका जनता त भेडा नै हुन्
दशै तिहार्मा मात्रै पनि काठमाडौंका मान्छेले मात्रै १,५०,००० जना खसी घिच्छन् अरे… तेसै पनि मः मः बनाएर सयां भैसी र हजारौं कुखुरा त दैनिक घिचेकै छन्… के ति सबै घिच्न आवश्यक छ ?... हुन त काठमाडौंका रैथाने नेवारहरु आफै पनि भन्छन् .............नेवार विग्रयो भोजले भनेर... ला उखानको पहिलो भाग त बिर्सेछु… तर अचेल अर्को उखान पनि हरेक नेवार साहुले दोहोर्याउछन्: बाहुन छेत्रीले मः मः खाएन भने त बेपारै बन्द हुन्छ…
एउटा चर्चित डाटा भन्ने गरिन्छ कि युरोप अमेरिका का देशहरुले जगेडा को रुपमा कुहाएर राखिने अन्न र तयार गरेर फालिने खाना मात्रै पनि सदुपयोग गर्ने हो भने सारा पृथ्वीको भोकमरी मेटाउन सकिन्छ… के काठमाडोंका मानिसहरुले पनि हाजमोला खादै कोचिकोचि घिच्नुको साटो ठिक्कको खाएर त्यो अन्न र खाने कुरा जाजरकोट रोल्पा र बाजुरा तिर पठाए हुन्न ?... यो कोरा आदर्श मात्र हैन महिना मा एक प्लेट मः मः कम घिचेर भए पनि पत्रकार रबिन्द्र मिश्र को संस्थालाई दिए उनले धेरै निमुखाहरु को उत्थानमा सहयोग पुग्ने आशा गरेका छन्
एकजना ब्लगर साथी के बी चाम्लीङ्ग बराबर भन्नुहन्छ… नेपाललाई बिगार्ने राजनीति र मिडिया हुन् … उहाको बिश्लेषण आफ्नै होला मलाई पनि पत्रकार् र मिडियाको खासगरी ठुला मिडिया हाउसबाट निस्कने धेरै जसो सामग्री देखेर घृणा लागेर आउछ… एकताका माओवादीले कान्तिपुर दैनिकको निकै खेदो गर्दा मैले पनि माओवादीको बिरोध गरेको थिए… तर जब प्रकाशन स्वतन्त्रताको नाउमा रक्सी, बियर, चरोट, बाईक, महगा मोबाइल, अनि लिंग लामो पार्ने र स्तन ठुलो पार्ने जस्ता झुटा र वाहियात विज्ञापन र लेखहरु हरेक दिन मानिसहरुको दिमाग भित्र घुसाएको देख्छु लाग्छ माओवादी ले ठिकै गरेका रछन्… बेकारमा यस्तो मानिसमा हीन ग्रन्थि जन्माएर तेसबाट पैसा कमाउने मुनाफाखोर पुजीवादीका दलाल पत्रिका अनि तिनका पत्रकारको पक्षमा बोलेछु जस्तो लाग्छ…
विकृत जीवनशैलीको एउटा प्रमुख पक्ष विलासी जीवनशैली र विलासी खानेकुरा पनि हन्… अचेल नेपाली पत्रकारहरु र कलाकारहरु पनि बाठा भएका छन्… पत्रकारहरु ठाउ ठाउको रेष्टुरेन्ट मा मोज गर्दै रिभ्यु भनेर पत्रिका मा लेख्छन्… महगो बाईकमा महगो मोवाइल महगो रेष्टुरेन्ट पार्टी मा जानु नै युवा हुनुको वा फेशनेवल हुनुको स्टान्डर्ड हो भन्ने मान्यता स्थापित गर्ने खालका लेख लेख्छन्, एफ एम मा खोक्छन् र टी भी मा देखाउछन्… नाईट बस को ड्राईभरले जस्तो कलाकारहरु नाईट पार्टीमा सित्तैको भतेर खान जान्छन्… अनि अवार्ड रुपी कमिशन को लोभ मा एक दुई गीत गाएर वा नाचेर सर्यौ युवाहरुको दिमाग र गोजी दुबै रित्याउने रक्सी चुरोट र बाईक कम्पनीको योजना मा साथ दिन्छन् …
शुक्रवार निस्कने हिमालयन टाईम्स को टी जी आई एफ र कान्तिपुरको हेलो शुक्रवारमा प्रकाशित हुने सामग्रीहरु बाट अन्तत कसले फाईदा उठाइरहेका हुन्छन् ?... युवा दिलका ढुकढुकी भनेर प्रचार गरिने पप गायक र कलाकारहरु एउटा बाईक वा बिदेश भ्रमण वा केही हजार रुपियाको लागि लाखौ बेरोजगार युवाहरुलाई अपराधी बनाउने सामग्री र जीवनशैलीको प्रचारमा मुनाफाखोर पुजीवादीहरुको दलाली गर्छन्… तेस्ता लेखक पत्रकार कलाकार वा खेलाडी बाहुन छेत्री हुन कि जनजाति म हाकाहाकी नै भनिदिन्छु… थुक्क तिमेरुको प्रतिभा
यो २ रुपिया को कोकाकोला केटी को चाक देखाएर २० रुपिया मा खान लगाउने अनि उल्टै बिमार पनि बनाउने चुतिया पुजीबादीहरुको रणनीति कस्तो गहिरो हन्छ भन्ने थाहा पाउन द गड मस्ट बी क्रेजी भन्ने फिलिम हेरे हुन्छ… जसमा कोकाकोला को एउटा खाली बोतल ले पनि अफ्रिका को निर्दोष आदिवासी बुस म्यानको जीवनशैली नै भताभुंग पारिदिन्छ … राम देवले एउटा कुरा त ठिकै भनेका हन् कोका कोला याने ट्वाईलेट क्लिनर्… तर के गर्ने नेपालीहरुलाई पनि त्यही कोका वा पेप्सी कोला शाहरुख खानले जस्तै घटघट पिएर खाते शान नदेखाई धितै जो मर्दैन… जबकि काठमाडौं मै पनि २० रुपिया मा नै एक लिटर मोही पाईन्छ बोतलको पानी भन्दा पनि सस्तो… फ्रुट जुस नै पनि पाईन्छ… तर कोक बियर खाएर कुल र स्मार्ट देखिनुको साटो को पाखे भै राखोस मोही जुस खाएर …
दशै लागेको छ सबैलाई ठिकै छ… तर होस गर है खासगरी काठमाण्डौंका जनता हो तिमेर्को यो घिच्ने बानी अत्ति नराम्रो छ… दशै लागेको बजार तिर खाजा खान पर्यो भनेर एउटा बेकरीमा सामान्य बेकरी पसल भनेर छिरेको… सबै भन्दा सस्तो मः मः को १२५ रुपिया रे… साहुलाई सोधेको गर्व साथ भने अ हाम्रो अलि महगै छ तेसैले खानु भन्दा पहिले मिनु हेर्न भन्छौ अरे… अब साहुको तेस्तो खुल्केको कुरा सुनेपछि तपाईहरुलाई जत्ति रिस उठे पनि र साहुले नसुन्ने गरी नै भए पनि मेरो मुखबाट निस्की त गो प्रतिबन्धित गालीका पर्राहरु… अब मैले खाजा मा मः मः खान मात्रै १२५ रुपिया तिर्नुपर्ने हो भने कसैलाई नलुटी, डग्स को ओसार पोसार पेडलिंग नगरी, गाउबाट केटी ल्याएर रेष्टुरेन्टमा नांगै ननचाई, भारत वा खाडी देश तिर मान्छे वा केटी नबेची, कालो धन्धा नगरी, घुस नखाई कसरी बाच्नु ?... अनि भुत्रो को लुटपाट् अपरहण अपराध् र भ्रष्टाचार् बढ्यो भनेर सरकार् पुलिसलाई गाली गर्नु ? दशै आयो खाउला पिउला कहाबाट आउला चोरी गरी ल्याउला भन्ने आहानका तेसै बनेका त होईनन् होला
तेसैले टाढा टाढा का आफन्त भेटने चलन त मलाई पनि राम्रै लाग्छ… बाकी अरु सबै कुरामा दशै मेरो लागि एउटा अर्को बेकारको वाहियात अर्थात रिडन्डन्ट नेपालीज बिहेभियर हो … धत्त पापी म त छुट्टै बसुला