Wednesday, July 7, 2010

संबिधानसभा एक भ्रम.....

रमिला नेपाल, २०६७ , अषाढ २३ गते

भ्रम यस अर्थमा कि यो बास्तबिक्ता नजिक छ जस्तो भान हुन्छ । अझ भनौ आभाष हुन्छ । तर त्यो त्यसको ठिक बिपरित हुन्छ । लोभी माछा जसरी एउटा मिठो खानाको आशाले बल्छीमा पर्दछ । हामी सानो छदा स्कूलमा चटकेले एउटा झोलाबाट तातो तातो जेरी , फलहरु निकालेर हामीलाई चकित पार्दथ्यो । ठिक त्यसै गरी आज हामी संबिधानसभा मार्फत चकित हुने आशा गरिराखेका छौ । तर त्यो एक भ्रम हो । जून हामी बुझ्ने प्रयास गरिराखेका छैनौ ।


आजकाल त्यसमा पनि यो काठमाडौमा हुने अधिकाम्स सभा गोष्ठीमा एनजिओ , आइएनजीओ को बिषय संबिधानसभा , नयां संबिधान हुने गर्दछ । बाकी दस प्रतिशत बिषय अन्य भए पनि अन्तत त्यो संबिधानसभा र नयां बन्ने संबिधानमा ल्याएर टु¨ाइन्छ । यस्तो गतिबिधीले एउटा जटिल प्रश्न खडा गरेको छ । संबिधानसभा आखिर चाहिएको कसलाई हो < नयां संबिधान कस्को निम्ती हो < के साच्चै लगानी कर्ताहरुलाई हामी नेपालीको हक ,अधिकार , राष्ट्यिता र राष्ट्यि स्वाधिनताको चिन्ता हो त < प्रश्न स्वभाबिक छ ।


केही समय अघिको कुरा हो । संबिधानसभाको चुनाव गर्न बिश्वका कुन कुन राष्ट्हरुले नेपाललाई सहयोग गरे भन्ने लिष्ट हेर्न पाईयो । यसो हेर्दा त्यहां हामी नेपाली त भोटमात्र हाल्न जाने रहेछौ । त्यहां प्रयोग हुने मसी समेत बिदेशीले दान दिएको रहेछ । आज संबिधान सभाको ६०१ सभासदलाई तलब घुमाई फिराई दानबाटनै प्राप्त हुने रहेछ । नत्र के नेपालको अर्थतन्त्रले तेत्रो खर्च धान्न सक्छ < अनि तपाई भन्नुस सबै कुरा दानबाट चल्छ , चलाईन्छ भने के यिनले गर्ने काम मालिकको हितमा हुन्छ कि हाम्रो <


आज यो संबिधानसभा एउटा आइएनजिओ हो । ६०१ सभासदले जागिर खाएका छन् । यिनीहरुको काम संबिधान रुपी एक प्रतिबेदन तयार गर्ने हो । हैन भने मलाई भन्नुस संबिधानसभाका ति सभासद , जसलाई संबिधान के हो भन्ने समेत थाहा छैन । कसरी तिनले जागिर पाए < के ति हाम्रा नेता हुन् < के तिनले हाम्रो भबिष्य बारे निर्णय गर्न सक्छन् < यदि सक्छन् भने यो बिश्वबिध्यालयको आवश्यक्ता किन < नेता ति हुन् जसले समाजलाई निर्देशित गर्दछ । जो आफै निर्देशित छ । त्यसले समाजलाई कसरी निर्देशित गर्ला < बौदिक्ताको खडेरी परेका ति सभासदहरुबाट हामी के आशा राख्ने < यदि तिनीहरुले नयां संबिधान बनाए भने हाम्रो भबिष्यलाई प्रत्यक्ष प्रभाब पार्दछ । हाम्रो सन्ततीको भबिष्यलाई प्रभाब पार्दछ । यस्तो संबेदनशिल बिषयमा आज हामी किन यति हेलचेक्याई गरिरहेका छौ < भनिन्छ , के ६०१ सभासदले नै संबिधान लेख्ने हो र < त्यसो भए ति शोपिसको निम्ती मात्र राखेका हुन् भने नेपालको राजनीतिमा यसले के सन्देश दिन खोजेको हो < कतै मालिकहरुले चाहे नेपालको राजनीतिमा जे पनि हुन्छ भन्न खोजेको त हैन < माधवनेपाल शक्तिशाली प्रधानमन्त्री बन्नु , उनको मन्त्रिमण्डलमा हरुवाहरुको बाहुल्य रहनु , बहुमतवालाको बिचल्ली हुनु , संबिधान सभाको नाटकिय रुपमा एक बर्ष थपिनु , अनि जून संबिधानसभाको दुहाई दिएर बैधानिकता प्राप्त गरिन्छ । त्यसकै उपहास गरिनु । अर्थात नेपाली जनताको जनमतको कदर यस संबिधानसभाले नगर्नु । अनि भन्नुहोस , कसरी हामी बिश्वास गर्नै यो संबिधानसभाले हाम्रो पक्षमा नयां संबिधान लेख्छ भन्ने <


लाटालाई पनि थाहा छ । धेरै बाठाहरु भए निर्णय हुदैन । झगडा हुन्छ , कलह हुन्छ । त्यसो भए कसको निर्देशनमा हाम्रो जसतो सानो मुलुकमा ६०१ सभासदको जम्बो संबिधानसभा निर्माण गरियो < त्यस भित्र फेरी समानुपातिक रे < तपाई एउटा सानो मारुती भ्यान भए पुग्ने ब्यक्ति , चन्दामा पाईन्छ भनेर ठूलो बसनै राख्नु हुन्छ भने त्यो तपाईको औकात भन्दा बाहिरको कुरा हो । आजको संबिधानसभा र यसको संरचना साच्चै भन्ने हो भने नेपाल र नेपाली जनताको औकात भन्दा बाहिरको कुरा हो । त्यसैले सभासदहरु संबिधानसभामा संबिधान बनाउन चन्दाको बसमा जान्छन् , चन्दाकै खान्छन् ।


साधारणतया हाम्रो सामाजमा चालिस , पचास हजारको तलब खान कुनै निस्चित शैक्षिक योग्यता दक्षता र ज्ञान हुन पर्दछ । तर खै उदाहरणीय रुपमा प्रस्तुत हुनुपर्ने हाम्रा सभासदहरुमा त्यो छ < अनि त्यसले समाजमा कुन किसिमको सन्देश दिन्छ < हामी पत्याउ कसरी यस संबिधान सभाले हाम्रो राम्रो भबिष्य बनाउछ भनेर < समाजमा हत्या हिंसाको राजनीति दिन दोगुना रात चौ गुणा बढ्दैछ । सभासदहरु , मन्त्रीहरु बैठकमा एक आपसमा अपशब्दहरु प्रयोग गर्दछन् । सरकारी कर्मचारीलाई झापड हान्छन् । प्रधानमन्त्रीहरु भष्टचार ब्याप्त छ भन्ने कुरा स्विकार गर्दछन् । तर नियन्त्रण तर्फ कुनै कदम चाल्दैन । शेयर बजारको दलालले झै प्रधानमन्त्री पदको दलाली हुन्छ । अनि तपाई भन्नुस के देश संबिधान बमोजिम चलेको छ < ठूलो घटना घट्यो भने अन्तरिम अबस्थामा यस्तै हो । के बिगतमा भएको थिएन र भन्ने गरिन्छ । आफूलाई स्वघोषित रुपमा राम्रो बनाउन प्रतिक्यिाबादी र प्रतिगमनकारी आफू बाहेककालाई आरोप लगाइन्छ । बिडम्बना आफ्नै पार्टी भित्र पनि आफू बाहेक र आफ्नो समर्थक बाहेक अरु सबै नराम्रै देखिन्छ , यो कस्तो बिचित्र < माधबकुमार नेपाल प्रधानमन्त्री थियो , त्यस पार्टिको अध्यक्ष झलनाथ खनाल , यो सरकार असफल भयो भन्दछ । उनले तत्काल राजिनामा दिन पर्यो भन्दछ । तर केपि ओली जो त्यही पार्टिको वरिष्ट नेता , किन राजिनामा दिने भन्दछ । कसले भन्दछ यो सरकार असफल भयो भन्ने प्रतिप्रश्न गर्दछ । अनी प्रधानमन्त्रीले राजिनामा दिन्छु , बिकल्प खोज्नुस , भन्यो भने कंग्रेसमा पार्टि फुट्ला झै हुने किसिमले बिबाद सृजना हुन्छ । कार्यबाहक अध्यक्ष औषधी उपचार गर्न अमेरिका सम्म जानु पर्ने हुन्छ । माओबादी एक सुत्रिय माग राखेर सरकारको हरेक राम नराम्रा कुराहरुको बिरोध गर्दछ । आन्तरिक रुपमा प्रधानमन्त्री पद कसले लिने भन्ने कुरामा संघर्ष चल्छ । नागरिक स्वतन्त्रता , राष्ट्यि स्वाधिनताको कुरा गरिन्छ । अनिस्चितकालिन आमहडताल पनि आह्वान गरिन्छ । तर बिदेशीको घर चोटामा मिटि¨ बसेर उनिहरुको निर्दैशनमा हडताललाई बिचमा तुहाइन्छ ।


अनि तपाई नै भन्नुस , हामी संसारको कस्तो किसिमको लोकतन्त्रको अभ्यास गरिरहेका छौ < संबिधान निर्माण गर्दैछौ कि , सरकार < आखिर संबिधान निर्माण गर्न सरकार किन आवश्यक पर्यो < हो , यो प्रश्न ज्यादै महत्वपूर्ण छ । हामीले सोचेको लोकतन्त्रको मुलमर्म यहि छ । मुख्य कुरा यही हो । हामी कतिको लोकतान्त्रिक छौ । हाम्रो सोच के हो < हाम्रा बिदेशी मित्रहरु के चाहन्छ यहि बाट स्पष्ट हुन्छ ।


माओबादको दर्शनले के भन्दछ भने राज्यको टुप्पी त्यसको सेना हो । जब सम्म त्यसलाई लडाउन सकिन्न पूरानो सत्ता कुनै न कुनै रुपमा रहिरहन्छ । यसर्थ उनिहरु सेना समायोजन मार्फत सत्ता कब्जा भनौ या पूरानो सेनाको संरचना भत्काउन चाहन्छ । आजको दिनमा बिगतमा कंग्रेसले जसतो उसले आफ्नो सेनाबाट बिमुख हुन सक्ने अबस्था छैन । त्यसमा पनि असली सेना बाईसिएलको भेषमा रहेको हुदा । माओबादीको राजनीतिक बिचारले त्यसलाई पूर्ण बेवास्ता गर्न सक्दैन । त्यस पक्षको असन्तुष्टीले समग्रमा माओबादी लगायत राष्ट्यि राजनीतिलाई असर पार्न सक्दछ । यसलाई माओबादीको सामुहिक नेतृत्वले राम्ररी बुझेको छ । तर प्रचण्डजी जो सत्ता र भत्ताको स्वाद चखिसकेका छन् । उहांमा गिरिजाप्रसादमा झै सत्ता भए म सबै गर्न सक्छु भन्ने भ्म प्रधानमन्त्री पदले सृजना गरेको छ । त्यसैले उहां बेला बेलामा माओबादीलाई नेतृत्व दिने सन्दर्भमा चुक्नु हुन्छ । यसैको परिणाम हुन सक्छ किरणजी र बाबुरामजीको गठबन्धन । तर तपाई बुझ्नुस , माओबादीलाई खाओबादीकरण र एमालेकरण गर्ने प्रक्यिा शूरु भैसकेको छ ।


दलहरु सेना समायोजन मार्फत माओबादीलाई खाओबादीमा परिणत गराउन चाहन्छ । यसको निम्ती उनिहरु लगायत उनका बिदेशी मित्रहरुले प्रधानमन्त्री पदलाई मोहडा बनाएका छन् । बाध्यता हो कि , कंगे्रसको असफलताको कारणले ठूल्दाईले एमालेको माधवनेपाललाई प्रधानमन्त्री स्विकार गरेको थियो । अब त्यो पनि रहेन । नत्र के कम्यूनिष्ट यिनले सुन्न सक्ने शब्द हो ? जब कि आफै आजको दिनमा कम्यूनिष्टहरुबाट पिडित छन् । बिडम्वना , ठूल्दाईको बादर प्रबित्तीको कारणले अब उ कम्यूनिष्टहरुबाट पिडित हुने दिनहरुको पर्खाइमा छ । हामी भन्दछौ , के त्यहां छुवाछुत छैन < जातजाती छैन , धर्मको नाममा युद्ध छैन < अझ भनौ हामीमा जे जस्तो भेदभाब , असमानता छैन । त्यो त्यहां छ । राज्य धरी लुटेर लिएको छ । यस अर्थमा संचारको बिकासले गर्दा पिडित पक्षहरु उत्साहित हुने त स्वभाबिक नै हौ । अब परिणाम उसले भोग्ने हो । हामीले भोगी सक्यौ । अब हामी त ज्यउभ ायच दभकत , उचभउबचभ ायच धयचकभ को स्थितिमा छौ ।


जहां सम्म बिदेशीहरुको कुरा छ । उनिहरुले ग्राईन्ड डिजाईन मार्फत के सम्म गर्न सक्दछ भने । माओबादीले भने झै जनमुक्ती सेनाको संख्यामा बाग्रेनि¨ गरे झै गरेर सम्झौता गर्न दलहरुलाई उस्काउन सक्छ । यसको निम्ती अनमिन जसतो संस्थालाई अप्रत्यक्ष रुपमा प्रयोग गर्न सक्दछ । अनि सामुहिक रुपमा माओबादी लडाकुहरु सेनामा समायोजन हुन्छ । संबिधान निर्माण प्रक्यिा अगाडी बढ्छ । संबिधान बनोस या नबनोस , प्रक्यिालाई सकभर छिटो टु¨ाउने हिसाबले अगाडी बढाइन्छ । यस अबस्थामा माओबादी रणनीतिक रुपमा बिजयको अबस्थामा हुन्छ । उसलाई उत्साहित गर्दै अर्थात माओबादीको रणनीतिलाई नै साथ दिदै उनिहरुलाई सेनामा एक किसिमको बिद्रोह गर्न लगाइन्छ । माओबादी पनि खुशी हुदै साथ दिन्छ । नियन्त्रित रुपमा बिद्रोह हुन्छ । त्यस अबस्थामा हालको सेनाको संरचना ध्वस्त हुन्छ । ठिक त्यही अबस्थामा , समायोजित माओबादी सेना लगायत , माओबादीको राजनैतिक नेतृत्व लगायत कथित प्रजातान्त्रिक पक्षधर बाहेकका सबैलाई सेना लगायत राजनैतिक क्षेत्रबाट पाखा लगाईन्छ । संबिधानसभा वा त्यस्तै बैधानिक प्रक्यिाको नाममा नयां संबिधान जारी गरिन्छ ।


आज नेपाली सेनालाई भ्म छ । हामीलाई बिश्वको सम्पूर्ण प्रजातान्त्रिक मुलुकको समर्थन छ भन्ने । तर उनिहरुलाई थाहा छैन । अन्तराष्ट्यि राजनीतिको केन्द्र नेपाल बनेको । बिदेशीहरु नेपालमा स्थाई शक्तिको खोजीमा छ । आजको दिनमा नेपालमा रहेको स्थाई शक्ति भनेको नेपाली सेना हो । यसको ईतिहास नेपालको अस्थित्व र राष्ट् निर्माता श्री ५ पृथ्वीनारायण शाह संग जोडिएको छ । नेपाली सेनामा अझ पनि राष्ट्बादीहरुको बाहुल्य छ । यही कारणले कतिपय अबस्थामा यस प्रति उनिहरु त्यती बिश्वस्त हुन सक्दैनन् । त्यस्तै आज राजनैतिक नेताहरु अस्थिर र कमजोर पनि छन् । यही कारणले गर्दा उनिहरु सामूहिक रुपमा वा छुटाछुटै रुपमा सेनामा आफ्नो पकड जमाउने पक्षमा देखिन्छ । उदाहरणको रुपमा सेनाको सामान भारतले रोक्नुलाई लिन सकिन्छ । यो संकेत हो । त्यसैले आज जसरी राजनैतिक रुपमा बुढाहरुले राजनीतिबाट अवकाश लिन पर्यो , नयां आउन पर्यो , भनेर सर्बजनिक रुपमा बिदेशीहरुको मुखबाट आईरहेको छ । त्यो सेनामा पनि लागु हुन सक्छ । यसर्थ यदि ग्राईन्ड डिजाइन सफल भएमा ,सेनामा माओबादी लडाकु समायोजन हुन्छ । माओबादीले सेनामा बिद्रोह पनि गर्छ । नयां संबिधान लागु पनि हुन्छ । तर माओबादी पूरै सिद्धिन्छन् । नेपाली सेना बिघटन हुन्छ । नेपाल र नेपाली जनताको , न नागरिक स्वतन्त्रता हुन्छ , न राष्ट्यि स्वाधिनता =============== त्यसैले बुझौ हामी नजानिदो किसिमले भ्मलाई बास्तबिक सम्झेर संबिधानसभाको पछि लागिरहेका छौ ।


हामी दावाका साथ भन्न सक्छौ । यहां आजको दिनमा कोही पनि नयां संबिधान मार्फत हाम्रो देश नेपाललाई अमेरिका , जापान , बिट्ेन , बनाउन चाहिरहेको छै्रन । बिदेशी लगायत स्वदेशी दलाल राजनितिज्ञहरु पनि यो देशलाई नयां संबिधान मार्फत एक संरक्षित , उपनिबेशिक , आस्रित राष्ट्को रुपमा बिकास गर्ने पक्षमा छन् । यसले बिदेशीहरुलाई त फाईदा छ नै । स्वदेशी राजनितिज्ञहरुलाई पनि उठान हुने सामाजिक समस्या सामाधान , आफुले नगरी , मालिकले गरिदिइहल्छ भन्ने भ्म छ । लेन्डुप्पे प्रबित्ति देखा परेको छ । साहेद उनले सोचेको थियो होला । राज्यको संरक्षण गर्ने भने झै ,उसको राजनिती पनि अरुले संरक्षण गरिदिन्छ । तर सोचे जस्तो कहां भयो र < हो , त्यसैले हाम्रो देशको राम्रो भबिष्यको निम्ती यो घनचक्कर रुपी संबिधान सभामा घनचक्कर लाउने काम जती सक्छ चाडो अन्त गर्नु पर्दछ । यो संबिधानसभा एउटा भ्रम हो । लोभी माछा झै मिठो खानाको आशाले हामी बल्छीमा पर्दैछौ ।


अन्तमा , राजा ज्ञानेन्द्रले शुरु गरेको पद छाड्ने बेला भाषण गर्ने प्रक्यिालाई निरन्तरता दिने क्ममा कमरेड प्रचण्ड र माधवनेपाल देखापरेको छ । राजा ज्ञानेन्द्रले दरबार किन छोडे त्यो ब्याख्या गर्दा किताव बन्न सक्छ । तर एउटा कुरा धुब्रसत्य हो । उनले बिदेशी प्रभुलाई खुशी पार्न सकेनन् । प्रचण्डले त बिदेशी प्रभुको नामनै किटेर बाहिर निस्के । माधबनेपाल किन निस्के भन्दा पनि पेटेल , सेनाको सामान , कान्तिपुरको कागच रोक्ने जस्ता कुराहरुले पनि केही संकेत गर्दछ होला । आज यहां एउटा साधारण पत्रिका पढ्न जान्ने ब्यक्तिले पनि , नेपालको राजनीतिमा बिदेशी प्रभुको चलखेल कति छ भन्ने कुरा थाहा छ । अर्थात प्रधानमन्त्री बन्न जनबल हैन , प्रभुबल चाहिन्छ भन्ने । यस अर्थमा हाम्रा नेताहरुको राजनीति धरातल नेपाल र नेपाली जनता नभएर , बिदेशमा अन्त कतै गएर टु¨िएको छ भन्दा अनुपयुक्त नहोला । यो प्रबित्ती हामी र हाम्रो देशको भबिष्यको निम्ती मात्र नभएर , स्वयम उनिहरुको राजनैतिक भबिष्यको निम्ती पनि खतरनाक हो । त्यसैले प्रश्न उठ्छ । आखिर यो सबै घटना , परिघटनाको जिम्मेबार को < सोच्ने बेला आएको छ ।


आज परम्परागत राजनैतिक केन्द्रलाई ध्वस्त पार्ने लहडमा प्रजातन्त्र , लोकतन्त्र , पूर्ण लोकतन्त्र हुदै आज हामी गणतन्त्रमा पुगेका छौ । अब जनगणतन्त्र कि प्रजातान्त्रिक गणतन्त्र भन्नेमा बिबाद गरिरहेका छौ । कतै यसको अन्त परतन्त्रमा गएर टु¨िने त हैन < प्रश्न जटिल छ ।


संबिधान बनाउने हो भने , राजनीतिमा बहुमतिय हैन , सहमतिय हुनु पर्दछ भनिरहेका छौ । आखिर सहमतियमा त सबै अट्नु पर्ने हो < हामीलाई लाग्दछ अझ सम्म पनि नेपालको राजनीतिमा निषेध र पूर्बाग्रही भाबना कायम नै छ । त्यसैले जब सम्म यो कायम रहन्छ । यो देशको राजनितिको निर्णायक नेपाली जनता नभई बिदेशी प्रभुनै हुनेछ । संबिधानसभामा बहुमत भए पनि वा २४ दलमा २२ दलको समर्थन भए पनि , बिदेशी प्रभुको निगाह नभए , भाषण गरेर प्रधानमन्त्री पद छाड्नु पर्ने नै हुन्छ । त्यसैले हेरौ , अब प्रभुको निगाहमा को प्रधानमन्त्री हुने हो ======== बिडम्बना नेपालको राजनीतिको==============अघि रा==== जानिन् , पछि रा===मानिनन् , बाघ आयो घिच्याउन , रा=== लाग्यो चिच्याउन , भनेको यहि हो ।



आगे श्री पशुपतीनाथको इच्छा =====================================================.

समाप्त