Tuesday, December 14, 2010

पारसेले ठीक गर्‍यो

स्याब्बास पारस.. सुजातेकि ज्वाईं बंगलादेशी नागरिक रिज्वानमाथि गोली चलाएर पारसेले ठीक गर्‍यो.. किन यस्तो हल्लीखल्ली ? कुनै नयाँ कुरो भो र ? ए हो त नयाँ कुरो त भो नि.. नेतामाथि तथा बिदेशी नागरिकमाथि आक्रमण भयो.. तेसैले त यत्तिको हल्लीखल्ली छ

अझ पारसेले हो मैले नै क्रोध मा आएर गोली चलाएको भनेर हाक्काहाक्की भन्ने साहस गरेपछि म त पारसेको पंखा यानी फ्याननै भाको छु.. कुनै समय सडकमा पारस चोर देश छोड भनेर चिच्याएकोमा पछुतो मानुम कि जस्तो भैराछ मलाई

पारसेको कुरामा अलिकता चित्त नबुझेको के भने राजतन्त्र फेरि ब्युझाईदिनुपर्‍यो भनेर पारसेको बाउछोरै भारतीय नेताहरुको गेडा मलिरहेको हाम्ले देखिराको बेला नेताले जस्तो त्यो देशको लागि ‘क्रोध’ आएको झुटो बयान तिम्ले खोकेको चाहिं जत्ती हाजमोला खादा पनि पचेन यार पारस.. चीयर्स.. ढिच्यु.. ढिच्यु

Sunday, December 12, 2010

सडक तेरो बाउको हो त ?


बाटोमा हिडिराखेको थिए. पछाडीबाट कान को जाली नै फुट्ला जस्तो गरि हर्न बज्यो.
ट्राफिक पुलिसको फेला नपरेको कुनै ट्रक होला भनेको त, टाई लगाएर विलासी कार को शान दिने भुइफ़ुट्टा रछन.. झनक्कै रिस उठ्यो..फेरी आफुलाई सम्हाले.. त्यत्रो कार किन्नसक्ने घाटीमा टाईको फासी लाउन सक्ने विद्वान महानुभावले तेत्रो चर्को हर्न बजाउनु हुन्न भन्ने था छैन ?

ठिक छ, सडक मेरो बाउको हैन. तर पेटी पनि नभाको सडकमा म कहाबाट हिडम त ? सडक तेरो बाउको हो त ? . ..................
..................

भनेर थर्काएँ ................................

.................मनमनै

Tuesday, December 7, 2010

पल्सर चलाउनेलाई चेतावनी

समाचार अब बिस्तार मा पढ़नुस.

अस्ति बिपरित दिशाबाट आइरहेका दुइ वटा पल्सर एक आपसमा जुध्न गइ दुवै पल्सर का चालक अहिले बिर अस्पतालको आइसीयु मा कोमा मा छन्..र भेन्तिलेटर बाट अक्सिजन सुंघिरहेका छन्. कोमा मा रहेको एउटा चालक हामीसंगै काम गर्ने साथि हो. बिचरा रमाइलो मान्छे थियो.

....................................................यसका साथै समाचार समाप्त भयो.

Sunday, December 5, 2010

नेपालमा गणतान्त्रिक सवारी

माइक्रो मा आउदै थिए. आज पनि जाम परेछ. खलासी भाइले भने - हेत्तेरिका यो सवारी पनि कत्ति दिन का दिन हुनसकेको हो. हिजो पनि सवारीको जाम मा परियो. आज नि सवारी र छ. मैले सोचे - हँ, अझै सवारी चल्दैछ. गणतन्त्र आको भन्या हैन? गणतन्त्रमा कसको सवारी हुदोरछ?

Wednesday, December 1, 2010

संबिधान सभामा पररास्ट्र नीति बारे छलफल गरेर निर्णय दिनुपर्यो

हैन के भा हो ? सबै कन्फुजन मा छन् अरे. माओबादी नि कन्फुजन मा छ अरे. जनता नि कन्फुजनमा, देशै कन्फुजन मा छ. म नि पो कन्फुजन मा परुला जस्तो भो. भएन यो. यो सब कन्फुजन को कारण छिमेकीहरु खासगरी भारतसंग कस्तो सम्बन्ध राख्ने भन्ने अन्योलले गर्दा भाको हो. अब संबिधान सभाको बैठक मा सबैभन्दा पहिले पार्टीहरुले पररास्ट्र नीति बारे छलफल गरेर खासगरी भारतसंग को सम्बन्धबारे एउटा निर्णय दिनुपर्यो. छिट्टो ! नत्र भने...