
लु त लु, नेताहरुले पनि धेरै रोइ कराइ गरे
एक पल्टलाई भये नि संबिधान सभा को म्याद थप्दिनु पर्यो भनेर 
राष्ट्रपती पनि आफ्नो पनि पद जान लाग्यो भनेर क्वाँ क्वाँ गर्न थाले 
मलाई पनि दया लागेर आयो 
सभासदले अहिले खाइपाइ आएको तलबमा आधाले कतौटी गर 
अनी एकपटक अन्तिम पटक छ् महिनाको लागि म्याद बढाओ 
तर भन्देकोछु नि यो अन्तिम पटक हो, त्यो नि छ मैनाको लागि मात्र 
यिनेरुलाई त तलबै नदिएर हलो जोत्न लाउनु पर्ने हो तर के गर्ने
मेरो जिन्दगी त यस्तै नै हुने भो  
मेरा जस्तै यिनेर्को पनि साना साना बच्चा देखेर माया लाग्छ 
घिच, अझै छ मैना सम्म घिच 
तीमेर्को बाउको के जान्छ र...