Saturday, March 5, 2011

के पी बाजे हिजो राती मरे

के पी बाजे हिजो राती मरे.
बाजेको क्लिनिकल डेथ बिहानै भइसकेको डाक्टरले जानकारी गराएका थिए.
मरिसकेको मान्छेको स्वास्थ्य कामना गर्दै दिउँसो कांग्रेसीहरूले शिव मन्दिरमा पुजा गरेछन्.
बाजेलाई कांग्रेसीहरूको ढोंगमा झांक चलेर आएछ, भेण्टिलेटरबाट पनि सास लिन छाडिदिए.
बाजेले मर्ने दिन रोजेकै हुन्.. मरेपछि विदा मनाएर तास खेल्न, जाँड खान बस्छन् भन्ने बाजेलाई थाहा थियो.
तेसैले भोलीपल्ट सार्वजनिक विदाको दिन परोस भनेर बाजेले मर्ने दिनमा शुक्रवार रोजेका हुन्..
तर, काट्टे बाहुनहरू पनि के कम, आइतवार पनि विदा गरिदिए
अब, कतै पिकनिक सिकनिक गएर २ दिन मोज गरे हुने भो
बाजे स्वर्गमा पुगेर पनि जिल खाइरा होलान्..