समाज परिवर्तन को लागि पोलिटिक्स माने राजनीति गरम साथी हो....
एक अर्काको खुट्टा तान्नको लागि होइन

हैन के भा हो ? सबै कन्फुजन मा छन् अरे. माओबादी नि कन्फुजन मा छ अरे. जनता नि कन्फुजनमा, देशै कन्फुजन मा छ. म नि पो कन्फुजन मा परुला जस्तो भो. भएन यो. यो सब कन्फुजन को कारण छिमेकीहरु खासगरी भारतसंग कस्तो सम्बन्ध राख्ने भन्ने अन्योलले गर्दा भाको हो. अब संबिधान सभाको बैठक मा सबैभन्दा पहिले पार्टीहरुले पररास्ट्र नीति बारे छलफल गरेर खासगरी भारतसंग को सम्बन्धबारे एउटा निर्णय दिनुपर्यो. छिट्टो ! नत्र भने...
.jpg)
तपाई यी हरफहरु पढ्दै हुनुहुन्छ भने तपाई नेपालमा हुनुहुन्न. किनभने माकुने को सरकार ले यो ब्लग लगायत ब्लगस्पट सब डोमेन भएका सबै ब्लगलाइ ब्लक गरेछ... धन्यबाद माकुने र उसको यो निकम्मा कामचलाउ सरकारलाइ, हाम्लाई पनि सेलिब्रेटी बनाएको मा.. माकुने गवर्न्मेंट सक्स.. हाहाहा