Friday, April 17, 2009

नेपाल मा सडक दुर्घटना: बाइक र गाड़ी चलाउने साबधान !


अति भएर यो चेतावनी दिदैछु...
अबदेखी नेपालमा बाइक र कार चलाउदै नचलाऊनु...चलाउनेले होस गरेर मात्रै चलाउनु...
हिजोआज सार्व्जनीक बाहेक अरु सवारी साधन चढेको देखने बित्तिकै ठोक्दिऊ जस्तो लाग्छ...

हैन नेपालीहरुले पनि केको शान देखाको होला...
जनता सडकमा हिडिरा हुन्छन् नाथे गाड़ीवाल्हरू हामलाई धुलो र धुवा खुवाउदै हिड़छन...
आधा घंटामा हिडेंर पुग्ने ठाउमा एक घंटा बाटो जाम गर्छन...

झहन अचेल त फुट्पाथ्मा पनि बाइक कुदिराहुन्छ...
अस्ति एउटा बाइक वाला लाई बटुवा ले दाइ फुटपाथ मा त् मान्छे पो हिड़ने हो भन्दा उल्टै माचिक्नी तेरो बाउको सड़क हो भनेर पो थर्कायेछ...
मलाई त यो कुरा सुन्ने बित्तिकै कस्तो झ्वाक चलेर आयो भने...भयेभर्को फोहोर गाली गरे...मनमनै...
हैन देशमा माओबादीको सर्कार छ...बामेहरुको जगजगी छ...भाष्ण गर्दा त तारै झारुला गर्छन... यस्तो बेथिति हुदा पनि केरा हेरेर बसेका छ्न यिनिहरू ?

हैन यो केटीहरुलाई पनि के रोग लागेको हो अचेल...यिनी हरुले पनि केटाहरुलाई आवारा बनाएका छ्न...बाइक नभएको त boyfriend नै बनाउन नहुने जस्तो...बाइक नहुने केटाको त केरा पनि हुदैन जस्तो...
अझ बटुवा ले नियम पालना गरेनन रे...
यो कस्तो जनताको सर्कार हो जहा बटुवाको भन्दा गाडीवालको सुबीस्ताको चिन्ता हुंन्छ ?

म संग छ समाधान...सार्वजनीक बाहेक अरु गाडी चदन निषेध गर ...
सक्दैनाऊ भने छोड़ कुर्सी...सर्कार हामी चलाउछौ...
होस गर है केटा हो...

प्रचंड्लाई मात्र हैन हामलाई पनी गाली गर्न आउछ...
सड़क अनी यो देश तिमेरुको बाउको बिर्ता हो ?

तस्बिर:माइ संसार

4 comments:

  1. सुन्दर र सटीक शुरुवात!

    ब्लग-यात्राको निरन्तरता र सफलताको शुभकामना!!

    ReplyDelete
  2. सुन्दर र कडा लेखन...
    तर कुनै कुनै शब्दबिशेष भने आवश्यकता भन्दा कडा भए झै लाग्यो...

    ReplyDelete
  3. "August 05, 2009: काठमाडौँको वीर अस्पतालनजिकैको भोटाहिटी सब वे नजिकैको सडक पेटीमा हिँडिरहेका ६ जनालाई गएराति पौने १ बजे प्रतिष्ठित परिवारका सदस्यले कारले किचेर सामूहिक हत्या गरिदिएका छन्।"



    भोटाहिटिमा सात जनालाई किचेर मारिएको छ यस्ले नै देखाउछ नेपालमा सवारी साधन को दुरुपायोग कतिसम्म हुनेगर्छ कार चालक कुनै धनी बाउको छोरा रक्सी धोकेर क्यसिनो धाएर आउँदै गरेका रछन

    यो घटनामा मर्ने सबै भारतीय नै भए पनि अरु बेला भारत र भारतीय प्रती आक्रामक देखिनेहरु पनि यसबेला पीडित प्रती सम्बेदनशील र सरकार अनी पुलिस प्रती अत्यन्त आक्रोशित भएका छन यो राष्ट्रियता को कुरै होइन अत्यन्त जघन्य मानवीय अपराध हो

    मलाई त एती रिस उठेको छ कि त्यो कार चालक लाई मृत्‍यु दन्ड् नै दिनुपर्छ

    तर एतिले मात्र हुँदैन आजबाट सार्वजनिक बाहेक अरु सबै सवारी चढन प्रतिबन्ध गरिनुपर्छ कसैले चढेको देखेमा ढुङ्गा हाने हुन्छ

    ReplyDelete
  4. सार्वजनिक सवारी साधन पनि कम छैनन्, अलिकति छुने बित्तिकै ब्याक नै गर्छन् । यस्तो कुरा सहन गर्न साह्रै गाह्रो हुन्छ है !

    ReplyDelete