Friday, May 1, 2009

म वाहुन हो ... लु काढ मेरो छाला, दल नुनचक, लगाउ सिस्नुपानी



छेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुदैन, मानिस ठुलो दिलले हुन्छ जातले हुदैन

दिक्कै लागिसक्यो भन्या ... यो बाहुन भएर जन्मिन परेकोमा ... बाहुन हन परेकोमा मलाई ज्यादै हीनताबोध छ ... जसले पनि बाहुुन भनेर जिस्काउछन्... जे बिग्रे पनि बाहुुन भनेर गाली खानपर्छ ... स्कुलमा पढदा साथीहरुले टपरे बाहुन, बाहुन बाजे लोभी भनेर गिल्ला गर्थे ...

मधेसी ले त बाहन जा आफ्नो पहाडमा भन्छन्... जनजातिले जा आफ्नो खसानमा भन्छन् .. देशमा जे बिग्रे नि मैले ने किन गाली खानपर्ने ? काम खोज्दा खोज्दा हत्तुु भएका एक जना बाहुन मित्रले दिक्क मान्दै भने, गैरसरकारी(NGO) संस्थाहरुमा त बाहुन भन्ने बित्तिकै निवेदननै फाल्दिन्छ रे । मैले पनि धेरै पल्ट सोचे, थर नफेरि भएन, बि के, डि के, यस्तै केही दलित थर राखम कि भन्ने भो...

हैन, होला कतिपय बाहनले अझै अरु माथि अन्याय थिचोमिचो गर्छन होला...भेदभाव गर्छन होला... म त जनै पनि लाउदिन, कुनै कर्मकाड पनि गर्दिन...जातिपाति मान्दिन...यहासम्म कि मन्दिर समेत जान्न ... मैले के अन्याय गरे ? अनि, जतिपनि अन्याय भएका छन, के त्यसमा अरु जातिका मानिस संलग्न छैनन ? मधेशीले मधेशी माथि अन्याय गर्दैन ? जनजातिले जनजाति माथि अन्याय गरेको छैन ? बाहुनले बाहुन माथि नै अन्याय गरेको छैन ?

हुदा हुदा एक माओवादी समर्थक मित्रले यो सेनाप्ित कटवाल केस मा पनि बाहुनबाद भनेर मलाई गिल्ला गरे... सहमति गर्नपर्छ मैले भन्दा बाहुन भएकोले जातीय उत्थान देख्न नसकेको भने ... हैन किनारा लगाइएका सबै वर्गको उत्थान हुनपर्छ भनेकोमा मैले कहिले बिरोध गरे ? लु न त रायमाझी आयोग अनुसार कटवाल त के, ज्ञानेन्द्र लगायत सबैलाई कारवाही गरौ...

बाहुन भएकोले मलाई देशको माया छैन अरे ...देश बेच्ने नेताको पछि लागे रे .... लु न त देश बेच्नेलाई कारवाही गरम न त ...

अझ अचेल बाहुन नेता, वौद्धिक विद्धान समाजसेवी अनि पत्रकार भनाउदाहरु पनि आफुलाई क्रान्तिकारी देखाउने पाखण्डमा बाहुनलाई नै गाली गर्छन ... आफु पनि कुनै बाहुनकै वीर्य हु भन्ने पनि विर्सन्छन््... अनि आफ्ना श्रीमति छोरी चेलीलाई चाहि छाउपडी पठाउछन् ...

मलाई चिच्याएर भन्न मन लाग्छ, जति पनि जाली, फटाहा, लुुच्चा, जमिन्दार, सामन्ती, बाहुन छन तिम्रै पार्टी, दल, समुुहमा नेता भएका छन् । तिनलाई किन नेता बनाएको ? गिरीजा तिम्रा हजुरबाउ हैनन भने मेरा पनि हैनन् ... ्वामे, झाले, माकने,...यी पनि मेरा कोही हैनन् ...

माओवादीले वर्गीय र जातिय उत्थानको आन्दोलन सफल पार्यो , म पनि मान्दछु ...तर तिनका पार्टी र संगठनमा नेता को छन ? म त छैन ... मेरा बाउ आमा छैनन... प्रचण्ड, बाबुुराम, किरन, सीपी, दिनानाथ को हन ? तिनका मजदर नेता सालिक राम को हन ? तिनका बिद्यार्थी नेता लेखनाथ, हिमाल को हन ?

छट्टु, पाखण्डी, र कुटिल बाहुनहरु, सत्तामा बस्न र चुनाव जित्न अर्काको ढाड भाच्छु भन्ने धुर्त बाहुनहरु, मिलेर जान नसक्ने बाहुनहरु तिम्रा ख्वामित भएका छन् । अनि मलाई चाहि तिमी बाहुन भएर जन्मेकै अपराधमा यातना दिन्छौ ?

हो, म वाहुन हो ... लु काढ मेरो छाला, दल नुनचक, लगाउ सिस्नुपानी ....

आज मजदुर दिवस हो ... भरे टुडिखेलमा प्रचण्डे बाहुनको चुरीफुरी हेर्नुछ ...

8 comments:

  1. एकदमै सरल भाषामा जटिल कुरा लेख्‍नु भएछ ।
    कुनै जात बिशेषले न देश बनाउन सक्छ न बिगार्न नै, देश 'जात' ले हैन औकात ले बिगारेको छ , हो! बे-औकात र भातमारा नेताहरुले ।

    तपाईको अरु पोष्टहरु पनि पढ्दै छु, लेखन शैली निकै 'रसीलो' छ है ।

    ReplyDelete
  2. एकदम सही ठा'म मा दनक दिनुभयो । अरुको त थाहा भएन, तर आफ्नो चाँहि चित्त बुझ्यो है ।

    ReplyDelete
  3. जातका आधारमा विचार बनाउनु संकिर्णता हो । सबै जातमा इमान्दार पनि छन्, बेइमान पनि छन् । उच्च वर्गका पनि छन्, निम्न वर्गका पनि छन् ।
    बरू
    बाहुनभित्रका दलित र दलितभित्रका बाहुनलाइ पनि चिन्ने पो हो कि ?

    ReplyDelete
  4. बाहुनभित्रका दलित र दलितभित्रका बाहुनलाइ चिन्न जरुरी छ। सबाल जात को हैन, सबाल बिचार र नियतको हो।

    ReplyDelete
  5. एकल यात्री र दुर्जेयजीको बिचारमा मेरो पनि सोह्रै आना सहमती छ | हरेक जात बर्ग र समुदाय भित्र असल र ख़राब प्रबृतिका मान्छे हुन्छन् | बाहुनक्षेत्री होस वा अन्य हामी सबैले भोगी रहेको समस्या जातले भन्दा पनि बढ़ी हरेक जातजाती भित्र रहेका ख़राब मान्छेले गर्दा भएको हो |

    अनि च्याट्ठिने मान्छेजी, एक दुई वटा शब्द बिशेष छोडेर बाँकी तपाईंको लेख्ने पूरा शैली मजेदार छ | हुन त "च्याट्ठिने मान्छे" टाईटल अनुसारको अली अली त लेख्नु परेर नै होला... जे होस लेख्दै गर्नुहोला....

    ReplyDelete
  6. साथीहरुको सकारात्मक धारणा प्रति धन्यवाद । खासमा अरु कुनै मानवीय गुणले भन्दा पनि बाहुन भनेर चिनाउन परेकोमा म आफै लज्जित छु । बाहुनहरुले थोत्रा कर्मकांड अनि अमानवीय जातिवादी चलनमा सुधार गर्नैपर्छ । बाहुुन भएर पनि सबभन्दा पिडीत आफ्नै परपीडक बाहुनीय संस्कारहरुबाटै भएको ठानेको छ । अझ धेरै जसो मेरा आत्मीय मित्रहरु गैर बाहुन नै भए । तै पनि हाम्रा सामाजिक आन्दोलनहरु निर्धा र सीमान्तिकृत वर्गको उत्थान भन्दा पनि एक अर्का प्रति कटुता बढाउन तिर लागे जस्तो लागेकोले मनको कुरा राखेको हु । कसैको मन दुखाउन पुगेछु भने माफ पाउ ...

    ReplyDelete
  7. खोइ मेरो नजरमा बाहुन न अन्य जात केही हो जस्तो लाग्दैन र मान्दीन पनि यस्ता कुराहरु म त भन्छु केवल दुई जात छन यस सन्सारमा पुरुष र स्त्री तीनैबाट वृद्धि हुँदै विभन्न जात जन्मीएको हुन अहिले । हामीले जे जुन जात बनाउन चाह्यो त्यही हुन्छ फेरी किन जातीयताको नाममा साम्प्दायीक दंगाहरु हुन्छन ?

    ReplyDelete
  8. Nepal ma 'bahunbad' ko concept bahun/chhetri ( not sure hai) Dorbahadur bista le lyayeka hun. Bahunbad ko birodh hunuparcha, bahun ko hoina ni.

    ReplyDelete