Sunday, May 17, 2009

आउ बिदेशी प्रभु हस्तक्षेप गर

हिजो BBC मा देव प्रकाश त्रिपाठीले भनेको खुब मजा लाग्यो
के प्रचण्ड हास्य कलाकार हुन जो उनी राजीनामा वक्तव्यमा पनि बिदेशी प्रभु भन्छन् ?
नेपाली राजनीतिमा प्रचण्डलाई मसिहा र दानव दुवै रुपमा वर्णन गरिन्छ
तर शिष्ट शैलीमा जोकर को रुपमा वर्णन गरिएको शायद यो पहिलो थियो
कार्यक्रम संचालक ले त्रिपाठीलाई कांग्रेस निकट पत्रकार भने, यदि त्यसो हो भने कांग्रेस ले उनलाई प्रवक्ता नै बनाउनु पर्छ
यो रामचन्द्र को नाकेबोली पण्डित्याईं अनि अर्जुन नरसिंह को भारी भरकम भारदारी बोली सुन्ने बित्तिकै उनीहरुको तर्क नै गलत लाग्छ
माओवादीहरुको जोशिलो वकृत्वकला को सामना त्रिपाठी जस्ताले मात्र स्रोतालाई पनि मजा आउने गरि गर्न सक्छन्

अब बिदेशी प्रभुको करा
राम्रो होस वा नराम्रो यो यो देशमा कुन चाहि कुरा बाहिरी हस्तक्षेप बिना भएको छ ?
प्रचण्डले खोके सुगौली संधि देखि भएको बिदेशी प्रभुको हस्तक्षेप रोके अरे
मलाई पनि हासो उठेर आयो

उ म यो लेख्तै छु बाहिर माओवादीको विशाल जुलुश जादै छ
तर नारा उही पुरानै छ के पी ओली गिरिजा भारत तिर छिरिजा
पन्ध्र वर्ष अगाडि माले ले भन्थ्यो तालुखुइले गिरीजा भारत तिर छिरीजा
अब माओवादी कम्रेड ले त्यसमा के पी ओली थप्दिए
अरे प्रचण्ड भाई तपाईहरु आफै स्वदेशी बीउ भएपनि बिदेशी मलजल पाएर हुर्केको बाली होईन ?
अब जसले तपाईलाई दानापानी दिएर हुर्कायो उसैलाई नटेरे पछि त रिसाउने नै भयो नि
अनि तपाईहरुको कमनिज्म चाहि अर्को बिदेशीलाई प्रभु नबनाइ चल्छ जस्तो लाग्छ ?
अनि स्वदेशी प्रभुहरुले चाहि के नै लछारपाटो लाए र हाम्रो नेपाल मा ?

हे स्वदेशी प्रभुहरु
सबभन्दा पहिले स्वदेशी अर्थतन्त्रको विकास गर
देशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउ
हातमुख जोर्न पनि विदेश जानैपर्ने आफ्नै छोरी चेली लाई पनि बेच्नुपर्ने अवस्था अन्त्य गर
बिदेशी को दाना पानी नखाएरै पनि स्वदेशी जनले बाच्न सक्ने अवस्था निर्माण गर
भिखमंगाहरुको पनि कुनै स्वभिमान हन्छ ?

5 comments:

  1. साह्रै सटीक विश्लेषण! हामीकहाँ राजनीतिक परीवर्तन धेरै भए तर हाम्रो सोच्ने शैली, हाम्रो संस्कारमा कहिल्यै परीवर्तन भएन। यसैले हाम्रो यो दुर्गति भएको हो।
    माओवादीहरु आफूलाई 'नयाँ' भन्छन् तर मलाई त यिनको विचार, काम गर्ने शैली र उद्देश्य सबैभन्दा पूरानो लाग्छ। कांग्रेस र एमालेका दुर्गुणजति थुपारेर Magnify ग-यो भने माओवादी बन्छ जस्तो लाग्न थालेको छ अचेल।

    ReplyDelete
  2. त्यै त भन्या बसन्त जी, अरु लाई गाली मात्र गर्नु भन्दा पनि गलत प्राथमीकता ले गर्दा असल सासन को दायित्य पूरा गर्नेभन्दा पनि शक्ति को जुहारी खेलने दाऊ मा माओबादी लागेको जस्तो देखिन्छ

    ReplyDelete
  3. अरुलाई गाली गर्ने र अरुको गल्ती देखाउनु नै आफु राम्रो हुनु हो भन्ने संस्कारको बिकास भएको छ हाम्रोमा। आफुमा कस्तो आचरणको बिकास हुनु पर्छ र आफुलाई कसरी राम्रो बनाउनु पर्छ भन्ने कुराको बानी नपारी, तैले यसो गरिस,उसो गरिस भनेर आफु दुधले नुहाउन खोज्ने आचरणले देश कहाँ पुग्ने हो थाह छैन।

    ReplyDelete
  4. हो त नि दुर्जेय जी, कतै हामी एउटा प्रभु को बिरोध मा अर्को प्रभु को निर्माण त गरी रहेका छैनौ जस्तो पनि लाग्छ

    ReplyDelete
  5. लेख असाध्य राम्रो लाग्यो । सही बिश्लेषण गर्नु भएको छ ।सहि लाई सहि र गलतलाई गलत भनेर छुट्याउनु सट्टा हाम्रो र तेरो निर्णय भनेर छुट्याउने परिपाटीको अन्त्य नभएसम्म यस्तै हो ।

    ReplyDelete