Wednesday, May 6, 2009

प्रचन्डको ग्राण्ड डिजाइन पर्दाफास र Communism को बिरोधाभास



नेपालमा अहिले भइरहेको सनसनीखेज घटनाक्रम र पटाक्षेप जेम्स हेडली चेज का थ्रिलरलाई माथ गर्ने खालका छन्...


प्रचण्डको सत्ता कब्जा गर्ने योजनाको पर्दाफास भएका भिडिओ हेर्नुभो ? हिजो साझ बे्रकिड न्युज भनेर टी भी मा आइराबेला म काठमाण्डौको एउटा ठुलै डिपार्टमेन्टल स्टोरको स्क्रीन अगाडीनै थिए...कमरेड प्रचन्ड प्रसन्न मुद्रामा आफ्नो रणनीति सुनाउदै थिए ...शुरुमा त म झुक्किए पनि ...हिजो मात्र प्रचन्ड अत्यन्त गम्भीर थिए राजीनामा दिदा.. आजै यति प्रसन्न कसरी भए ? तर कुरो त संविधान सभा निर्वाचन ताका को रहेछ...टि भी च्यानेल ले ब्रेकिड न्युज भनेर दिएको सो पर्दाफास हेर्न मानिसहरु झुम्मिए ...


लोग्ने मान्छेहरु गम्भीर देखिन्थे...आइमाइ हरु स्तब्ध...अनि हामी केही केटाहरु चाहि प्रचन्डको रोचक डाइलग डेलीभरी स्टाइल देखेर खित्कीरहेका थियौ... मलाइ अनौठो त्यतिखेर लाग्यो जब सबै कुरा सनेपछि एउटी महिला ले भनिन...भेरी क्रिमनल माइन्डेड...भर्खरै मात्र रत्नपार्कको जुलुसमा अर्की एउटी महिला लाई प्रचन्ड आदेश देउ, युद्ध गर्न तयार छौ, भनेर नारा लाइरहेको सनेर आएको थिए...एउटा कुरा त मान्नै पर्ने हुन्छ माओवादीमा जस्तो समर्पित कार्यकर्ता अहिले अरु दलमा छैनन...


तर मलाई प्रचन्डको ग्राण्ड डिजाइन कुनै नौलो लागेन...साझमा BBC सुने, पासाड भन्दै थिए यो सब हामो अध्यक्ष कमरेड प्रचण्डको चरित्र हत्या गर्ने प्रयास हो...भनेपछि माओवादीहरु डराएका रहेछन्...जबकि मैले यसमा चरित्र हत्या हुने वा BBC ले भने जस्तो प्रचण्डको द्धैध चरित्र भन्नुपर्ने कुरै देखिन...उनी एक माओवादी कमनिष्ट हुन, एमाले ले त आफ्नो लक्ष जनगणतन्त्र भन्छ भने प्रचण्डले सत्ता कव्जा को नियत राख्नुमा के आश्चर्य भयो र ?


यो अवश्य हो कि यो पर्दाफासले कटवाल बर्खास्तगीे पछाडि नागरिक सर्वाेच्चता नभई नेपाली सेना लाई प्रचण्डकै शब्दमा माओवादीकरण गर्ने सुनियोजित रणनीति अन्तर्गत भएको प्रमाणित भने गरेको छ...र कटवाल यसमा सर्वाधिक बाधक रहेको प्रचण्डले यो भिडियो मा उतिबेलै स्वीकारेका छन्...अ, नैतिकताको आधारमा राजीनामा दिएका प्रचन्डले

UNMIN लाई झुक्याएर ८, ००० को जनमुक्ती सेनालाई २०,००० पुरयाएको गर्वपूर्ण स्वीकारोक्तीले चाहि उनको राष्टिय अन्तराष्टिय विश्वसनीयतामा गहिरो धक्का अवश्य पुरयाउनेछ...


, एउटा करा, यो ढाड भाच्ने, खुट्टा भाच्ने कुरा त प्रचण्डले नै पो सिकाएका रहेछन्...उनी भन्दै थिए, एमालेलाई तिमेरुको खुटटा भाचछौ भनेर तर्साए...खुटटा भाच्न गारो पनि छैन...आदि


यो भिडियो सकारात्मक रुपमा हेर्ने हो भने माओवादी नेतृत्वले पनि कम भन्दा कम मानवीय क्षतिमा कम्युनिज्म स्थापना गर्न सकियोस भन्ने चाहेको हो कि जस्तो पनि देखिन्छ...कानुनी समाधान जे आए पनि एकदलीय कम्युनिजम नचाहने तर राष्टपतिको कदम गलत हो भन्नेहरुले यो पनि जवाफ खोज्नपर्ने हुन्छ, के नेपाली सेनाको माओवादीकरण गर्न दिन उचित हुन्थ्यो त ? यो भिडियो ले कटवाल को अडान दम्भपूर्ण र अटेरी मात्र थियो भन्ने तर्क पनि कमजोर हुन गएको छ ... शायद यही कुरा प्रमाणित गर्न नै अहिले यो भिडियो सार्वजनिक गरेको हुनुपर्छ...


मलाइ चाहि माओवादीको चरम असहिष्णुता, एमालेको ढलमल, र काग्रेसको शास्त्रीयता फिटिक्कै मन पर्दैन...तर फेरि माओवादीकै जोस जागर, एमालेको समन्वयता, र काग्रेस को सैद्धान्तिक स्पष्टता भने मन पर्छ...एउटा कुरा चाहि के हो भने अब चाहि म जानाजान कनै पनि आन्दोलन सान्दोलन मा भाग लिन्न...नजानेरै भाग लिन पगेछ भने अर्कै कुरा...जस्तो कि हिजै पनि माऔवादीको जुलुस निस्क्यो...म बाटैमा थिए...जुलसु मेरै पछि पछि आयो...अब म के तिनेरुलाई मेरो पछि नआओ भन्नु ? हेहेहे...


माओवादीको जुलुसमा देखिने निमुखा अनुहारहरुको ठुलो हूल देखेपछि आ ल्याउन न त कमनिजम यिनले के भो त जस्तो पनि लाग्छ...आखिर जुनै तन्त्र आए पनि मलाइ खासै फरक त नपर्ने र छ जस्तो पनि लाग्छ...मलाई त झन माओवादीले पनि उग्रवादी जडसुत्रवादी भन्छन...मलाई यो पुजीवादी उपभोक्तावाद फिटिक्कै मन पर्दैन...कोही कोही मेरा साथी माओवादी नै पनि थिए...उनीहरुले कोक, फान्टा, रक्सी, चरोट, पिजा, वर्गर आदि खायो कि म गाली गरीहाल्थे..ढोगी कमनिष्ट भनेर...मैले गाली गरे पनि म साथी भएकोले उनीहरु हास्थे...ठुलो घर भएको, कार चढने,सरकारी गाडी चढने, लोड सेडिग भएको बेला इन्भर्टर वा जेनेरेटर चलाएर आफनो घरको लागि वातावरण विगार्ने मान्छे संग त म बोल्न पनि चाहन्न...


कमनिज्म मलाइ यस कारण मन पर्दैन कि कमनिजम पनि अर्को एउटा धर्म नै हो...उनीहरुले अरु धर्मलाई जतिसुकै अफिम भने पनि कमनिजम झन कडा चरेस हेरोइन नै हो... धर्म संगै आउने अर्को कुरा असहिष्ण्ुाता र पाखंड हो...धर्मको नाममा जति मान्छे मारिएका छन, त्यसपछि कमनिजम को नाममा मारिएका छन...हिटलर र मुसोलीनी कै हाराहारी मा आउछन स्टालिन, माओ, र पोलपोट...एउटा मान्छे मर्दा उ मात्रै मरेर गए केही हुन्थेन, उससग जोडिएका अनेक मान्छेलाइ पीडा हन्छ...र आफु महान बन्नको लागि सुखद भविष्य को सपना देखाएर कमनिजमका पवर्तक मानिसलाइ किरा भन्दा फरक देख्दैनन...कुल्चिदिन्छन्...



राजनीतिक र सामरिक दुबै रुपमा माओवादी नै अहिले को नेपाल को निर्णयक शक्ती हो…तर माओवादी ले आफ्नो सैधन्तिक धारणा मा आँफै पनि प्रस्ट हुनु पर्ने देखिन्छ … लोकतान्त्रिक गणतन्त्र मान्छौ पनि भन्ने अनी सत्ता कब्जा गर्छु पनि भन्ने यी दुई धारणा एक्साथ जान सक्तैनन…

देशले अब भने स्पष्ट बाटो खोजेको छ...माओवादी सर्वोच्चता सहितको गणतन्त्र वा लोकतान्त्रीक गणतन्त्र ?
उत्तर माओवादीको लचकता मा भर पर्ने देखिन्छ...नत्र एक राउंड फेरि युद्ध होला जस्तो छ ....

7 comments:

  1. गर्नुसम्मन् कम्युनिजमलाई गाली गरेर माओवादीकै पक्षमा लेख्‍नुभएको छ । खै के भनेर विश्लेषण गर्ने ?

    ReplyDelete
  2. मगज रन्थनिएको छ, खै के भा'को हो सोच्नै पा'को छैन !

    ReplyDelete
  3. आहा... साँच्चै मज्जाले लेख्नु भएछ | देशको स्थिति उंधोगतिमा लागे पनि तपाईंको लेखन शैली निक्कै परिस्कृत भएछ | शैली र प्रस्तुतिको हिसाबले यो लेखले तपाईं कै पुराना लेखहरुलाइ कता हो कता छोड्छ |

    देशको कुरा गर्दा छर्लन्ग देखिंदा पनि बिपरीत कुरा राख्ने माओबादी शैली अब नयाँ रहेन ... त्यसो त अरु दल पनि ढाटने मामिलामा चाहीं कम छैनन |

    ReplyDelete
  4. प्रबेश जी, कोम्मुनिस्म को क्रुरता बारे विश्व ईतिहास साक्षी छ, र माओवादी बर्तमान नेपाल को यथार्थ हो, सुध्रिन्छ कि भन्ने आशा हो
    आकार जी, भैगो धेरै नसोच्नुस्...गर्मिको बेला छ, धेरै सोचेर बाबुराम कमरेड फेन्त भैसक्नु भो :)
    मिलन जी, हेहेहे, अली च्यठेरै पनि लेखेको थिए, तर देशको अवस्था लाई बिचार गरेर फेरी hold गर्ने त्याग् गरे, म पनि नेता हरु भन्दा के कम्...हेहेहे

    ReplyDelete
  5. मलाई पनि तपाइको लेख्ने 'स्टाईल' मनपर्छ । जे छ त्यहि सर्रर लेख्‍नुहुन्छ जस्तो छ--भन्छनी 'डाईरेक्ट दिलसे'।

    अनी यो हरफ चाहि साह्रै चित्त बुझ्यो :
    "...उनीहरुले अरु धर्मलाई जतिसुकै अफिम भने पनि कम्युनिजम झन कडा चरेस हेरोइन नै हो"

    ReplyDelete
  6. धन्यवाद दिलीप जी, प्रोत्साहन दिनभएकोमा...

    ReplyDelete
  7. ढिलो भईएछ पढ्न। साह्रै चित्त बुझ्यो!

    ReplyDelete