
हिजोको वाइ स्यालको काठमाण्डु बन्दमा पनि मेरो अप्रत्यक्ष सहभागिता थियो अफिस जान नपरेकोमा मजा त आएकै थियो..चोक मा वाइ स्याल संगै अलिबेर रमाइलो गरियो
बिहानै देखि एउटा बाइक वाला संग उनीहरुको टसल परेछ...बाइक संग त मेरो पनि रिसिबी भएकै हो बाइकवाला पनि अलि मापाकै परेछ तिमेर्ले भन्दैमा नचलाउने भनेछ
भन्दै थिए कि त्यो ट्यापे हो, कि त भिजीलान्ते, युथ फोर्स हो, हामीलाई बिहानै देखि जिस्काइराछ आक्रमण गर्न खोज्दा पुुुलिसले रोक्यो, पुलिससंग रिसाए, पुलिसले भन्यो हजुरलाई पनि कसैले आक्रमण गर्न खोजे हामीले रोक्नपर्ने कर्तव्य हुन आउछ..वाइ स्याल भन्दै थिए हाम्लाई हेप्ने.. बन्द भनेपछि बन्द गर्न पर्दैन ? अझ सन्किदो पो रैछ.. अर्कोले थकथक मान्यो..बालाजु र कोटेश्वरमा जलाइदि सके हाम्रो चोकमा चाहि किन केही नगरेको होला..टायर मात्रै बाले हाम्रा केटाहरुले थुक्क... एउटी वाइ स्याल केटीले एरिया ईन्चार्जलाई फोन गरी.. निहु खोजे बाइक जलाइदिने भनेछ
म जस्तै रमिते दुुइ जना १४, १५ वर्षका केटाहरु पनि थिए रमाईलो गर्न आएका केटाहरु चिच्याए ठोक ठोक परेको म बेहोरुला..अनि एउटाले अर्को लाई सोध्यो कसको बन्द हो आज एमाले को ? अर्कोले हास्दै भन्यो हैन मुला माओवादीको.. पहिलो ले पनि हास्दै नारा लायो... माओवादी जिन्दावाद दुइटा गाई पनि सडक को बीचमा गएर उभिए, मानिसहरु हासे गाईले त बन्द गरिाराछ अरुले नगर्ने ?
एउटा कुरा अवस्य के हो भने धेरैजसो श्रमिक वर्गका नै थिए खस्रा फुस्रा नै थिए.. एउटा मुजी राणीको वान जलाई दिन्छु सालालाई भनिरहने चाहि वाइ स्याल भन्नै नसुहाउने खालको थियो.. बीयर भुडी निस्केको सुकिलो बाहुन छेत्री अनुुहार भाको हेर्दे कांग्रेसी जस्तो...चैते वाइ स्याल हुनपर्छ त्यो तेसैले चुरीफुरी अलि बढी नै थियो तेस्को एरिया इन्चार्ज चाहि जनजाति रैछ, हुलिया र नाम नभनौ तर समझदार नै रैछ..हेर्दाखेरी पनि घाम पानी परिश्रम गरेको अनुुुहार भएको.. उसले पुलिस अनि त्यो बाइकवालाको अरु मुन्द्रे साथीहरु संग छलफल गरेर कुरा मिलायो..बाइकवाला भाटे कारवाही हुने बित्तिकै भागिसकेको थियो..तेसका दुवै साथीहरु चाहि मुन्दे्र अनि दादा टाइपकै थिए.. मलाई पनि तिनेरु ट्यापे नै लागे..
मैले मुुल्यांकन गर्दा धेरैजसो आन्दोलनकारी सोझा गाउले नै थिए.. खाली भीड मनोविज्ञानले अरुलाई उग्रता जोश देखाउन मन लाग्ने मानसिकता ले काम गरिरहेको थियो..केही केटीहरु पनि थिए मेक अप नगरेका श्रमजीवि वर्गकै जस्ता देखिन्थे..एकजना श्रमिकले आफ्ना १०, १२ वर्षका छोरा छोरी संगै ल्याएका थिए.. कम्पनी सहित आएको छु उनले हास्दै गर्वसाथ भने..
म पनि मान्छे भिजिलान्ते जस्तै नै छु..जसको हुुलमा पनि मिसिन सक्ने..कतिले त घुरेर हेरिराथे...तेसैले डर पनि लागिराथ्यो कुटने पो हुन कि भनेर
फेरि बन्द र आन्दोलनको मौसम शुरु भाछ.. जिल्लातिर दिनहु बन्द भइराछ अरे म यो प्रचण्ड सरकारकै बेलामा थारुहरुले हप्तौ जिल्ला बन्द गरेको बेलामा भन्न चाहन्थे बन्द गर्ने नै भए काठमाण्डु बन्द गर.. जिल्ला बन्द गरेर कसले टेर्छ ?
हप्तौ तराई बन्द भएपछि काठमाण्डुमा तेल तर्कारीको हाहाकार हुन्छ अनि बल्ल समाधान खोजिन्छ..कालीकोट बन्द गरेर काठमाण्डुलाई केही पनि नाप्दैन...तेसैपनि पीडित गाउलेहरुलाई किन हप्तौ दुुख दिनु ?
हुने खाने नेता अनि सुकिला संभ्रान्त बुद्धिजीवि पत्रकार ठुला बडा सबै काठमाण्डु बस्छन, काठमाण्डु बन्द गरे चाडो र सजिलै असर गर्छ.. हो हो मान्छे मार्न तोडफोड गर्न भन्दा बरु काठमाण्डु बन्द गरम्..वातावरण पनि सफा हुने दरो आन्दोलन पनि हुने...अचेल त खैरेहरुले पनि संसारकै अनौठो नेपाल बन्द हेर्नेपर्ने रमाइलो भन्न थालेका रछन्
साथीहरुले बुुझिहाल्नभो होला काठमाण्डु बन्द मा मेरो के स्वार्थ छ काम मा जो जान पर्दैन... के गर्ने बोस आज नेपाल बन्द छ, हेहेहे