Thursday, July 2, 2009

S. L. C. Result: एस् एल सी को रिसल्ट: सफल तिम्रो त्यो जिन्दगीलाई

एस एल सी पास गरेका भाई बैनाहरु तिमेर्को उमंग देखेर म आफनै एस एल सी सम्झेर दंग परेको छु.. मैले पनि एस एल सी फस्ट डिभीजनमा पास गरे त्यो पनि गाउको सरकारी स्कुलबाट.. त्यो पनि कत्ति पनि चीट नचोरेर.. धेरै टयालेन्ट त हैन मिहीनेत भने धेरै गरेको थिए.. सबैले भन्थे ठुलो मान्छे हुन्छ यो डाक्टर हन्छ मैले पनि सोचे ठुलो मान्छे हुन्छु म.. डाक्टर भएर किताबमा पढेको जस्तै आर्तहरुको चहरयाइरहेको घाउमा मलम लगाउनेछु म.. दुखीहरुको सेवा गर्नेछु

काठमाडौ आए आफन्त ले सोधे के पढछस अब त.. बाइलोजी भन्दा कसैले भन्थे सक्छस त ?.. गाउमा पढेको केटो सक्लास त बाइलोजी पढन ? मेरा आखा भरी सपना थिए.. किन नसक्नु उडी छुनु चन्द्र एक.. बाबुराम गाउकै स्कुलबाट बोर्ड फस्ट भएका हैनन ? देश भित्र बाहिर सधै टप गरेका हैनन ? म पनि ठुलो मान्छे बन्छु

अहो साइन्स पढन त एकदम गारो हुने रछ.. १० कक्षाभन्दा धेरै भास्ट कोर्स हुुदो रछ.. चित्र पनि धेरै बनाउन पर्ने.. म्याथ पनि धेरै प्राक्टीस गर्नपर्ने.. थ्योरी पनि तेस्तै घोक्न पर्ने.. एता क्याम्पसमा पढाइ राम्रो नहु..ने भर्खर क्यापस ज्वाइन गरेकोले साथीहरुसग हाहा हुहु पनि तेत्तिकै गर्न मन लाग्ने.. कुखुरे बैश.. केटीहरुसंग पनि तेत्तिकै घुलमिल हुुुन मन लाग्ने.. टयुशन पढदा पनि नभ्याइने.. अहो म त फेल पो भएछु

फेल भएपछि त म अर्कै भए.. धेरै साथी फेल भएका थिए कोही कमर्सतिर गए कोही आर्ट्स तिर भने कोही टेक्नीकल तिर.. मलाइ भने संसारै अध्यारो भयो.. अब म ठुलो मान्छे नहुने भए.. पढनै मन लागेन.. सबैले भन्थे फ्रस्टेट भयो यो कतै केटीको चक्कर मा ड्रगको चक्कर मा त लागेन यो.. साथीहरु भन्थे को हो त्यो भनन टयाजेडी पार्ने.. म के भन्नु सक्दो पढेकै थिए.. लभ सभ र ड्रगको चक्कर केही पनि थिएन.. कोर्स नै भास्ट र छ के गर्ने ?.. मलाई त डिप्रेशन भएछ.. अचेलको जस्तो यो काउन्सेलीड र मनोचिकित्सा भन्ने पनि त थिएन दुइ चार बर्ष अघिसम्म पनि

जीवनमा धक्का खादै अहिले धेरै पछि आर्टस पढन थालेको छु.. अहो संसार त आर्टस मै पो रहेछ.. मेरो मात्रै कथा किन यस्तो भनेको त यहा त प्रायको कथा यस्तै नै रहेछ.. मानिस उसको इतिहास, उत्पति, समाज र राजनीति, बिभिन्न बिचारहरु, मान्छेका हासो खुशी अनि बेथाहरु के छैन आटर््स मा ?.. ठुलो मान्छे बन्ने रहर कत्ति पनि छैन अब मलाई.. जीवनलाई आर्ट्सको अध्ययनबाट बुझेपछि प्रतिस्पर्धाको भीषण घाटी रेटाई मा एक अर्कालाई पछारेर जहिल्यै टेन्सन र हाइपरटेन्सन गराएर ठुला भनिने स्वाडे र सोखिन भन्दा खेतीपाती गरेर सानो तिनो इलम गरेर हासी हासी जीवन बाच्न सक्नेहरु नै महान हुुन भन्ने निचोड मा म पुुगेको छु.. खुशी नै छ

भाई बैना हो, अब तिर्मेलाई मेरो काउन्सेलिड.. अचेल यो काउन्सेलिड र ब्रीज कोर्स भन्ने चलन रैछ.. ठगेका छैनन भने त रामै्र कुरा नै हो मुख्य कुरा तिमेर्को बाउ संग पैसो कति छ भन्ने नै हो.. मलाई त यो घास पात जस्ता एडुकेशन फेयर देख्ने बित्तिकै झर्को लागेर आउछ.. शैक्षिक माफियाका संजाल भन्छु म त.. त्यसमा खर्च हुुने करोडौ पोस्टर, पम्फलेट, विज्ञापन को खर्च सामान्य हिसाब बाट पनि कैयौ अरब हुुन आउछ त्यो पैसा कहा बाट आउछ ?... कुन बाउले इमान्दारीको कमाइले तेस्तो ठाउमा छोराछोरी पढाउन सक्छ ?.. यो कुरा पनि बारम्बार सोच्ने र सोध्ने गर्नु

अर्को कुरा, हुुन त यसपाली पास हुनेको बहुुमत छ मेरो मन भने पास हुन नदिइएकाहरु अल्पमत प्रति छ.. फेल भइयो भनेर मनमा कत्ति पनि पीर नलिए.. केही अर्थ मा अहिले फेल भएको राम्रै पनि भो.. मैले यो कुरा फोस्रो सात्वना दिन भनेको हैन अलि ठुलो भएपछि आफै पनि बुुझ्ने छौ.. त्यो बेला यो हावा दाईले पनि ठिकै भनेको रैछ है गाठे भनेर सम्झिनेछौ

म संगै एस एल सी मा फेल भएका तेसबेलाका साथीहरु अहिले बिस्तारै तर लगातार पढेर राम्रै जीवन बिताइरहेका छन्.. जहा पढे पनि एक दुई तिन चार पाच बर्ष फेल भएमा पनि चिन्ता लिन पर्दैन.. भर्खर पढाई शुरु गर्दा एक वर्ष पनि खेर नजाओस जस्तो लाग्छ तर केही फरक पर्दैन तेसले.. साथीहरु पनि पुराना छुटदै जान्छन नया बन्दै जान्छन.. तेस्तै हो लाइफमा.. तेस्तै हो कभी खुशी कभी गम

अ, बरु त्यो छ महिने, एक बर्षे दुई बर्षे प्राविधिक तालिम लिए अति काम लाग्छ.. जे मा लिए पनि हुन्छ.. आफुुलाई रुचि भएको मा गाडी बनाउने, बाइक बनाउने, वेब साइट बनाउने, प्लम्बिड, मेकानिकल, कम्पटर, होटल, कृषि तालिम, स्वास्थ्य तालिम जे भए पनि हुन्छ.. मैले भने नि अत्ति काम लाग्छ

ल त मेरो हार्दिक शुभकामना छ...सफल तिम्रो त्यो जीन्दगीलार्इृ

14 comments:

  1. भाइबहिनीहरूलाई हावा दाइका कुरा त निकै घतलाग्दा आएछन् ।
    आफ्नो विगतका अनुभव पनि नढाँटी कति खुलस्त रूपमा राखिदिएको । पक्कै पनि एसएलसीमा पास भएँ भनेर जति खुसीको कुरा छ, उत्तिकै चुनौती हो त्यसपछिको उच्च शिक्षा र पेसागत मेलो कसरी अगि बढाउने भन्ने । प्राविधिक शिक्षामा जोड दिने तपाईँको कुरा मनासिब हो । अबको शिक्षा नै प्राविधिक शिक्षा हुनुपर्छ, जसले 'डिग्री'को बिटो झुन्ड्याएर पछि आयआर्जनको खोजीमा दसतिर भौँतारिनु नपरोस् ।

    धन्यवाद सामयिक र सान्दर्भिक पोष्‍टका लागि । भाइबहिनीहरूले राम्रै गर्नेछन् ।

    ReplyDelete
  2. निकै रमाइलो कुरा गरेर, आफ्नो विगत हामीसँग बाँड्नुभयो ! आ-आफ्नो ठाउँ मा सबै योग्य र ठूला छन् । के को चिन्ता हैन र ब्रो ?

    ReplyDelete
  3. पाखुरा बजाएर खानुपर्छ , पसिना बगाएर खानुपर्छ । पढेको बेरोजगार भन्दा नपढेको मेहेनति खाचो छ अहिले देशलाई ,कमसेकम काम गर्न लेबल को लाज त हुन्न ।

    ReplyDelete
  4. awesome !!! i remembered my past...

    ReplyDelete
  5. भाइबहिनीहरु सबैले हावा दाइको सल्लाह मनन् गरे दु:ख पाउनेछैनन्। यस्तै ईमान्दार सल्लाह र सुझावको खाँचो छ नयाँ पुस्तालाई।

    ReplyDelete
  6. रमाइलो कुरा बाध्नुभयो। slc सकेपछी के के नै पद्छु भन्ने हुदो रहेछ। पहिलेको कुरो सम्झदा हिजो आज हासो लाग्छ।

    ReplyDelete
  7. Dherai ramro la.. aagadai basera kura gare jasto lagyo ho malai ta

    ReplyDelete
  8. हावाजी को र मेरो पारा एउतै परेछ यहाँ, क्याम्पसको हावा ...अनि ठिटीहरु । घोक्ने र चित्र बनाउने बाइलोजी, आइ एस्सीमा प्राप्त नम्बरले आर्तहरुको महलम बनाउने मान्छे हैन, आफै "आर्त" बनियो अनि "आर्ट"तिर लागियो । सबै जना डाक्टर भए यस्तो गफ हान्ने फुर्सद कसले पाउथ्यो र?

    ReplyDelete
  9. This comment has been removed by the author.

    ReplyDelete
  10. हो नि धाइबा जी, पैला सानोतिनो सिप सिक्ने अनी तेसपछी जती विद्वान हुन मन लाग्छ तेती पढे भैगो नि भन्या

    त्यै त भन्या आकार ब्रो, यि ठुला हरुले पनि के नै लछर्पाटो लाए र जाड खाएर ईंग्लिश बोल्नु बाहेक

    ठीक भन्नु भो दिनेश जी, अचेल त मलाई मान्छे जती पढ्यो उती मुर्ख पो हुँदै जान्छ कि जस्तो लाग्छ

    हेहेहे मिलन ब्रो कुन चाँही घटना सम्झनुभो त्यै पुरानी जिन्स अनी गितार त हैन

    थ्यान्क्स बसन्त ब्रो मान्छे चिन्नुभाको मा हेहेहे

    wordflows जी, भनेपछी तपाईं पनि ठुलो मान्छे बन्न खोज्नुभाथ्यो हैन तेसैले हासो लागेको

    भनेपछी दूर्जेय ब्रो पनि उही ड्याङ कै गाजर पर्नु भएछ

    हीहीही कृष्ण जी, बाइलोजी ठिटिहरु अनी डेस्कमा बनाउने चित्र हामी मात्र हैन ब्रो यहाँ त प्राय हामी जस्ताइ पो रछन त

    ReplyDelete
  11. हुन त आलोचकलाई बिशेष भत्ताको ब्यबस्था गर्नु भएको रहेछ तर के गर्नु यो गम्भिर बिषयलाई पनि यस्तो रमाईलो पाराले लेख्‍नु भएको रहेछ कि आलोचना गर्न सकिएन ।

    भत्ता सुरक्षीत राख्‍नुहोला है, अर्कोपाला लिउँला ।

    साँच्चै तपाईको नाम पछाडि यो the Wind भन्ने अंग्रेजीको पुच्छर राखेपछि भने नाम दमदार भएझैं लाग्यो है मलाई त ।

    ReplyDelete
  12. हेहेहे थ्यन्क्स दिलिप ब्रो, कोही साथीहरु चाँही चित्त दुख्ला भनेर जे लेखे पनि हो हो राम्रो छ भन्ने कोही चाँही यो हावा ज्यान लाई हेपेर चित्त नबुझेको कुरा भन्न पनि डराउनु भएको ले भत्ता को ब्यबस्था गरिएको हो..गैंडा बिचराको छाला के चाम्रो होला मन्त्री नेता भ्रस्टाचारी कालाबजारिया र ठुलाबडा को भन्दा पनि चाम्रो छ यो छाला..हेहेहे

    तर सरी है ब्रो, स्पस्ट कुरा.. यो पल्ट ब्रोलाई भत्ता परेन..भत्ता कसरी पचाउने भनेर सिक्नु भाको जस्तो छैन..सान्सद भएर गरी खाला जस्तो छैन ब्रो को पनि चाला..अर्को पल्ट ट्राइ गर्नुहोला

    ReplyDelete
  13. hoina hawa ji ma pahile engineering padh chhu bhane ra lacharprachar layera kaha kaha pugiyo pachi commerce ma +2 phadna gaiyo. hijo aaja bacholar of computer application sakayera it proffession bhayera kaam garadai chhu. tehi engineering ko pachi lageko bhaye aaja ha ha ha ha hunthyo hola. tehi bhayera haaso lagchha

    ReplyDelete
  14. हेहेहे wordflows ब्रो, तपाईं त बेलैमा होस मा आउनु भएछ र बच्नु भो.. मैले त म आँफै अनी अरु धेरै लाई एता बाट उता उता बाट फेरी एता गरेर एता न उता भएको पाए.. हुन त तपाईंले भने जस्तै पछी त हासो नै लागेर आउछ... इ यसरी.. चोक्टा खान गाको .. हेहेहेहे

    ReplyDelete