Tuesday, July 14, 2009

ख्याति हत्या रुढिग्रस्त नेपाली समाज र सनसनीखेज मिडिया


आजपनि मिडियामा ख्यातिकै चर्चा र छ.. कतै दौतरी व्लगमा प्रभाजीको जस्तो भावुकता अनि कतै हत्याराको डायरी शिर्सकमा नया पत्रिकामा जिम्मेवार पत्रकारिता भन्नै नसुहाउने सनसनीखेज प्रस्तुति... प्रभाजीले ख्यातिलाई सहीद भनेको र त्यसमा जनाइएको आपत्तिमा म खासै टिप्पणी गर्न चाहन्नतर रातारात चर्चित हुन चाहने आसयका साथ लेखिएको के पी को तथाकथित डायरी नया पत्रिकाजस्तो दैनिक पत्रिकाले सनसनीखेज रुपमा प्रस्तुत गरेकोमा मलाई त्यो पत्रिका नै मन परेन...

बरु नया पत्रिकाकै अनलाइन व्लगमा बिनु र चण्डीको आलोचनात्मक टिप्पणी उचित लाग्यो... वास्तवमा बेहोस पार्ने ओखतीको नाम समेत लेखेर हिन्दी पत्रिका मनोहर कहानिया र सत्य कथा कै शैलीमा अपराधलाई रोमांचक र मनोरन्जनात्मक कथाको रुपमा प्रस्तुत गर्न जिम्मेवार र मर्यादित पत्रकारिता गर्छु भन्नेहरुलाई सुहाउदैन... मैले पनि यस्तै आलोचनात्मक टिप्पणी गरे...आलोचनालाई पनि ठाउ दिन सकेकोमा चाहि नया पत्रिकालाइ धन्यवाद

के ख्याति हत्याकांडले यो पनि देखाउदैन कि नेपाली समाज खासगरी आफुलाई पढेलेखेको जागरुक ठान्नेहरुको समाज आफुभित्रको कु्ररता र संवेदनहीनता स्वीकार गर्नको साटो अझै पनि डिनायल कै अवस्थामा छ ? समाज भनिदिदा सबैलाइ सजिलो हुन्छ किनभने समाज भन्दा आफु बाहेको भन्ने अर्थ मा हामी बुझ्ने गर्छौ...एउटा ख्यातिको वा उमाको हत्या हुदा वा एउटा मैनाको बलात्कार हुदा हामी भावुक हन्छौ तर के हाम्रा आफ्नै मान्यताहरुनै स्वपीडक अनि परपीडक छैनन ?


ख्यातिको हत्या पछि प्रहरीले बलात्कारको अनुमान गरेको मिडियाले सनसनीखेज बनायो त्यसमा ख्यातिका् परिवार थप मर्माहत भएको थाहा भयो... बलात्कारलाई त्यत्रो महत्व किन दिनपर्यो ? के बलात्कार हत्या भन्दा पनि जघन्य हो ? बलात्कारसंग इज्जतको के सम्बन्ध ? रत्नपार्कमा एउटा चटके दाईले दर्शक हसाउन भन्थ्यो, हातले ईशारा गरेर, नेपालीहरुको दिमाग दाईको टाउकोमा हैन ई यता भाईको टाउकोमा हुन्छ...हो र छ


मिडियामा पत्रकारहरु मसला हालेर स्वाद लिदै लेख्छन् ठुलाठुला राष्ट्रवादी विद्वानहरु बखान्छन् सीमा मिचेर भारतले नेपालको अस्मिता माथि बलात्कार गर्यो रे... सिनेमा सिरियलमा भन्छन् भिलेनले हिरोइनको इज्जत लुट्यो...गजब छ बा, अपराध गर्नेको इज्जत जानुपर्ने हो कि पीडितको ?

8 comments:

  1. I really like the point you made about the violence hidden with so called educated people.Your blog is really interesting!

    ReplyDelete
  2. its all because of we are not loyal to our profession. we are forgetting the professional ethic.

    ReplyDelete
  3. Good point! Media should be careful in such matters.

    ReplyDelete
  4. धन्यवाद नीती जी, दीप जी, अनी बसन्त जी, तर मिडिया लाई मात्रै दोश दिएर हामी खपतकर्ता उम्किन मिल्छ होला त ?

    ReplyDelete
  5. समाचार लेख्ने शैलीनै के हो के हो? कुन समाचारले समाजमा कस्तो असर पार्छ भन्ने नै ख्याल नगरी लेखैको पाईन्छ। साचो कुरा हो तपाईको।

    ReplyDelete
  6. कैले काही हावाजीका पोस्ट "खुब सही र तार्किक अनि मार्मिक हुन्छन" भन्दा अलि धेरै नै भनियो कि जस्तो लाग्दैन ।

    ReplyDelete
  7. i like your blooging style bro

    ReplyDelete
  8. हेहेहे...थान्कु थान्कु मुल्मिज ब्रो

    ReplyDelete