Tuesday, July 21, 2009

साझा सवाल बी बी सी रंगकर्मी मधेशी पहाडी र मानव अधिकार

अस्तिको बी बी सी साझा सवाल कार्यक्रममा मानव अधिकार आयोगका सदस्य गौरी प्रधानलाई र्याखर्याखती पारेको र प्रधानलाई जवाफ दिन हम्मे हम्मे परेको सुनेर मलाई लाग्यो वास्तवमा जिम्मेवारी स्वीकारेर निष्ठापर्वक कार्य सम्पादन गर्न भन्दा बाहिर बसेर औला ठड्याउदै यो भएन र त्यो मिलेन भनेर खोक्न धेरै सजिलो छ र अचेल मलाई मात्र हैन जसलाई पनि आउदो रहेछ

बी बी सी को कथा मिठो सारंगीको र साझा सवाल कार्यक्रम सुनेपछि के पनि लाग्छ भने नेपालीहरुले मोटो बिदेशी अनुदान पाए मात्रै किन आफ्नो प्रतिभालाई समाजमुखी चिन्तन मार्फत् प्रस्फुटन गरेका होलान् ? के यस्ता कार्यक्रम नेपाली स्रोत बाटै कम आय वा खर्चमै पनि नेपालीहरुले नै बनाउन सक्दैनन् र ?

हिजै हो कि अस्ति कान्तिपुर दैनिकमा भित्री पेजको कतै एउटा कुनामा सानो समाचार थियो धनुषा का रंगकर्मीहरुले मधेशका गाउ गाउमा पहाडी मधेशी हिन्दु मुस्लिम अनि दलित गैर दलित सद्भावका लागि सडक नाटक प्रदर्शन गरिरहेका छन अरेकाठमाण्डौको गुरुकुलमा कणार्ली दक्खिन बगेको देखेर वा ग्रीक इडिपस राजाको दुखमा आसु चुहाउदै प्रस्तुत गर्ने, हेर्ने, र लेख्नेहरुले खोई देखेको ? कोही अलग राज्य र जातिय सफाया गरिरहेका बेला काठमाडौमा बसेर तथाकथित राष्ट्रियताको आडम्बर खोक्नेहरुले मधेशमा मधेशकै कलाकारहरुले पहाडीहरुकाप्रति दर्शाएका सहानुभति र सद्भावको चर्चा अनि कदर गर्नपर्दैन ?

साझा सवालका नारायण श्रेष्ठको प्रस्तुति शैली मलाई रोचक लाग्छ..यस्ता अन्त्रकृयात्मक कार्यक्रम व्यापक निर्माण गरिनपर्छपदीय दायित्व निर्वाह गर्नपर्नेहरुले अनेक बहाना बनाएर जवाफदेहीताबाट उम्किने गर्छन्जस्तो कि गौरी प्रधान पहिला सिवीनका संचालक थिए क्यारे उनले सडक बालबालिका का बारेमा राम्रै काम गरेका थिए जस्तो लाग्छ मलाईतर संस्थागत कारण ले होस वा व्यक्तिगत मानबअधिकार आयोग को सदस्यको रुपमा उनले पनि पदीय दायित्व निर्वाह गर्न नसकेकै रहेछन्

गौरी प्रधान जस्ता बिश्वशनियता भएका व्यक्तिहरुले पदमा बसेर माओवादी शैलीमा आत्मालोचना मात्र गरेर भएनकि गर्नसक्नुपरयो हैन् भने आफ्नै सहकर्मी वा सरकार वा राजनीतिक दलले भनेको सुन्दैनन् भने प्रधान जस्ता व्यक्तिहरुले बरु राजीनामा दिएरै तिनलाई जनताका अघि नडग्याउदा बढी योगदान हुनेछहैन भने अदालतका भु पु न्यायधिशले अध्यक्षता गर्ने नेपालको मानव अधिकार आयोग को छवि र विश्वसनीयता पनि नेपालको अदालत र न्यायधिशप्रतिकै जस्तो धरापमा पर्न थालिसकेको छ

कुनै डर, लोभ वा प्रभावले मानब अधिकार आयोगकै पदाधिकारी मुक्त छैनन् भने तिनले कसरी पीडितलाई न्याय दिन सक्छन् ?

11 comments:

  1. गर्न भन्दा भन्न सजिलो नि। यिनिहरु मात्र हैन सबै नेताहरुले चर्का चर्का नाराहरु लगाएर जनतालाई भड्काएर जतिसुकै उफ्रिएपनि यिनीहरु सत्तामा गए पछीको चाला देखिएकै छ नि त। जब गर्ने बेला आउछ तब सबै भनेका र बाहिर बसेर ठँडाएका औलाहरु खुम्चिन्छन्। यस्तै पाराले त हाम्रो यो हाल भएको होनि।

    ReplyDelete
  2. सबै अरुको गल्ति मात्र देख्ने हुन् ठाउँमा पुगेपछि ति पनि त्यस्तै हुन्छन्। त्यसैले म चाहि के कामना गर्छु भने त्यो ठाउँमा नपुगियोस् , (हुन त पुग्ने योग्यता पनि छैन )। बाहिर बसे कमसेकम आफूले देखेको सत्य त बोल्न पाइन्छ ।

    ReplyDelete
  3. यसरि औंला ठडाउने र रयाख रयाख्ती पार्ने कार्यक्रम देशैभरी चलाउन पर्च , र त जिम्मेवार पदमा बस्नेहरु ले जिम्मेवारीमा अलिकति भए नि सजगता अपनाउने कोशिश गर्लान, सधै साँढे भएर हिड्न पाइदैन भन्ने डर मनमा राख्लान ।

    अलेली मेसो नमिलेर मात्र होला भन्छु , रूप्पे डलर गाँठ त नभई हुन्न, तैपनि कम्प्रमाइज़ गरेर यस्ता प्रतिभाहरु आउन पर्च, लुकेर बस्या'हरुलाई चान्स दिन पर्च, बाहिर बोलाउनु पर्च ।

    अनि ब्लगमा पनि दोहोरो बातसात /गफगाफ होस् नहोस, एकोहोरो खोक्दै/ औला तेर्स्याउदै भए नि (हावाब्रोको पारामा) रयाख रयाख्ती पार्ने क्रम शुरु गर्न पर्छ । हुन त यस्ता "मुला" ब्लगहरु कसले पो पढ्लान र?

    ReplyDelete
  4. ल हावा जी यह रम्रो काम गरेर को चाही माथि पुगेको छ र। केहि आपबाद बाहेक सबै अरुको गल्ती औल्याएर त हो नि। जति गल्ती देखाए पनि क् हुन्छ र। अबदेखि पुराना गल्ती दोहोरौदैनौ भन्छ्न् अनि नय गल्ती गर्छन् होइन त

    ReplyDelete
  5. हो नि दूर्जेय ब्रो आफुले पनि गरेर देखाउन पर्छ भन्ने बिर्सन भएन नि

    दिनेश ब्रो, जिम्मेवारी प्रती तपाईंको सम्बेदनशीलता राम्रो हो, शायद कवी मन भएर होला.. तर असल नियत भएकाहरुले जिम्मेर्वारी बाट भागनु पनि भएन नि

    कृष्ण ब्रो ले मार्मीक कुरा गर्नु भएको छ खास्गरी ब्लग को बारेमा तपाईं र अरु ब्लगर साथीहरु जस्तै मेरो मन मा पनि एस्ता कुराहरु आउछन

    हेहेहे..ठीक भन्नुभो दीप ब्रो ले पनि..राम्रा गर्ने हरुले प्रोत्साहन पाएनन तेसैले म फेरी भन्छु गौरी प्रधान सरलाई मैले होच्याएको अर्थ नलागोस..उहा जस्ता ब्यक्तिले अझ राम्रा काम गर्न सकुन भन्ने मेरो आसय हो

    ReplyDelete
  6. हावा ब्रोको कुरा सोह्रै आना ठीक लाग्छ मलाई।

    ReplyDelete
  7. नाम हाबा राखे पनि कुरा भने बतासे छैन है ।

    ठाउँमा बस्ने (काम गर्ने वा नगर्ने ) दुबैलाई र्‍याखर्‍याख्ती पार्ने कुरा भने मलाई ठीक लाग्छ । कृष्णजीले भने जस्तै म पनि यो कार्यक्रम देशैभरी चलाउन पाए हुन्थ्यो भन्छु ।

    कहीलेकाही आफ्नै ब्लगमा पनि छाडिन्न, कसैले पढे पनि नपढेपनि , मनको शान्ति त हुन्छ ! हे हे हे

    ReplyDelete
  8. हेहेहे दिलिप ब्रो, यो नाम चाँही टिक्ला जस्तो छ जसरी व्याख्या गरेपनी हुने राइछ हावालाई

    हो दिलिप ब्रो, केदार खदकाले पनि पैला तेस्तै जिल्ला जिल्ला मा गएर जनता सँग प्रतछ्य छलफल भएको कार्यक्रम (नाम बिर्सें)चलाऊथे अचेल के छ कोनी ?

    मुखले जनसेवक भनेपनी व्यबहारमा नेता कर्मचारी पधादिकारिहरु आफुलाई जनता का मालिक भन्ठान्छन्...यसमा हाम्रो पनि त्रुटी छ काम लिने बेलामा पियन देखी सचिब सम्मलाई हाकिम साहेब भनेर र पछाडि राजालाई पनि त तेसले भन्छौ अगाडि जुन पनि नेता लाई हजुर सियोस भनेर चाकरी गर्छौ..एस्ले तिनेरु मात्तिन्छन..काम गर्नु पर्दा गरिदिएको भन्ने ठान्छन

    म त गाली गर्छु..जब सम्म म राज्यको कुनै पदमा हुन्न यो देशको नागरिकको हैसियतले राष्ट्रपती लगायत अरु सबै मेरा कर्मचारीहरु मेरो मातहत मा हुनैपर्छ...म प्रती जवाफदेही हुनैपर्छ

    ReplyDelete
  9. सङ्घियता चाँहीदैन देश टुक्र्याउन पाइदैन Yuva Nepal Sangathan (YNS)
    http://youngnepals.webs.com inviting you to make a youth unity for Serve our motherland..jai nepal

    ReplyDelete
  10. सङ्घियता चाँहीदैन देश टुक्र्याउन पाइदैन Yuva Nepal Sangathan (YNS)
    http://youngnepals.webs.com inviting you to make a youth unity for Serve our motherland..jai nepal

    ReplyDelete
  11. hamro nepal ma sambidhan 38 yr pachi aaucha ho

    ReplyDelete