Sunday, July 26, 2009

नेपाल बन्द: राष्ट्रपती दरबार, सिंह दरबार र प्रधानमन्त्री दरबार बन्द गरौ

बन्द गर्ने नै भए नेपाल बन्द हैन काठमाडौ बन्द गरौ भन्नेमेरो आह्वान मानेर काठमाडौका सार्वजनीक यातायात व्यवसायीहरुले त मलाई नै पो फसाद पार्दिए भन्या तिनदिन देखि माइक्रो र बस चल्या छैन उपत्यका भित्र...लौ बन्द पनि कस्तो ? सडक खाली छैन...टायर बलेका छैनन्... गाडी कुदेका कुदै छन्...मैले चढने सवारी मात्रै गुडेका छैनन् टयाक्सी चले पनि तेसमा चढने कुरै आएन


पहिलो दिन त मजै लाग्यो अफिस जान परेन भनेर...हिजो शनिवार भैगो..आज पनि पो गाडी बन्द रै छ...सरकारी जागीर भए पो आज पनि जान परेन भोली हाजीर मिलाउला दंग पर्न...गाडी नचले भोली देखि नआउनोस भनेर बोस ले थर्काउला भन्ने डर भो...तैपनि ट्याक्सी चढिहाल्ने आट आएन ३ घन्टा हिडेरै जान पर्यो कि कसो ?


अहिले भने बाइक त चाहिने कुरा पो हो कि जस्तो लाग्यो... सडक भरी बाइक कुदेका थिए आफु भने लखर लखर...धन्न अरु बेला ब्रोइलर कुखुरा झुण्डाउने टिपरहरुले आज एक जना को बीस रुपिया लिदै मान्छे झुण्डयाएका रछन्...अब सम्बिधान बनाउन मैले पनि त योगदान दिनै पर्यो... म पनि झुण्डिए


यतिका दुख पाए पनि हिडेरै जान परे पनि यो माइक्रो बसको यो आन्दोलन प्रति मेरो समर्थन छ...अस्ति उनीहरुको नारा पढेरै सहानुभुति लाग्यो...काम गरेर खान पाउ यस्तै नारा थिए...आफुलाई सभ्य र परिवर्तनकारी भन्ने पार्टीहरुका गुण्डा बिध्यार्थी ले के निहुमा हो माइक्रो नै जलाइदिएछन्...फलानोलाई फासी दे येसो गर् तेसो गर् भनेर थर्काएको सुन्ने बानी परेकोले काम गरी खान पाउ जस्तो शालीन र सभ्य शैलीको नाराले मन छुने नै भयो... पढलेखेका र बसी खानेहरुको गुण्डागर्दी बिरुध्द गरी खानेहरुको अत्यन्त भद्र प्रदर्शन भन्छु म


तैपनि यस्तो बन्दले त मन्त्री नेता र ठालुहरुलाई केही फरक त पर्दैन्...उनीहरुको सवारी त चलिनै हाल्छ...कि भने झ्याम्मै चक्का जाम नै गरम् टायर सायर बालम् एक दई ठाममा पुलिससंग हल्का भिडम् पनि...होईन भने रचनात्मक बन्दनै गर्ने हो भने तथाकथित निषेधित भनिएको सिंहदर्बार राष्टपति दर्बार र प्र म माकनेको बालुवाटारनै ठप्प पारौ...जुन सुकै बन्दमा पनि जनताको दैनिकी नोक्सान नगरेर ठालुहरुलाई मात्र घेर्दा जनसमर्थन र सहानभति पनि टन्नै आउनेछ...तेसो गर्दा मान्छे पनि कम चाहिने चाडो असर पनि गर्ने


काठमाण्डौमा जसको पनि ठुलो समुह छ...जुनसकै जनजाति मधेशी वा मुसलमान अनि सबै किसिमको पेशाकर्मीको पनि... देशभरिका बन्दकर्ताले जनतालाई दिनहु मर्कामा पार्नको साटो यी तिन ठाउमा एक दिन मात्र ठप्प पारे भने तुरुन्त असर गर्छनिषेधित क्षेत्रमा बन्द हडताल गर्न पाइदैन कसले भन्छ ? सरकारकै कर्मचारीहरुले तलब बढाउन सिंहदर्बार बन्द गरेर आफ्नो माग तुरुन्त पुरा गर्न लगाएर अरु सबैका लागि बन्द गर्ने अधिकार खुला गरिदिएका छन्

12 comments:

  1. ल, धन्यवाद छ है हावा ब्रो । कारण तपाईले भनेका कुरा बन्दकर्ताहरुले मान्छन जस्तो लाग्यो मलाई ।

    अस्तिन 'सके काठमाण्डौं बन्द गर' भन्ने बित्तीकै काठमाण्डौं बन्दका सिरियल नै सुरु भै हाले । अब माथिका तिन ठाउँमा पनि भनेको जस्तै होस।

    हुन त यि ठालू भनाउँदा भातमाराहरुलाई बन्दले के नै असर गर्ला र फेरी !

    ReplyDelete
  2. बन्दको बानी परेर हो कि के हो? हप्तामा एक चोटी बन्द भएन बाने बोर लाग्छ।

    ReplyDelete
  3. जस्ले बन्द गरेपनि निसास्सिने सोझा-साझा निमुखा जनता भएर पो मा-यो त! यी पातकी नेताहरुलाई पनि निसास्सिने गरी दु:ख नदिई स्थिति सुध्रने छाँट छैन।

    ReplyDelete
  4. तपाईको कुरै दामी हुन्छ क्या। तपाई र यो गाली पुराणका लेखक छन् नि खगेन्द्र संग्रौला दाजु-भाई जस्तो लाग्न पो थाल्छ त। तपाईको त गाली पनि हैन के हो के हो। बढो चित्र बुझ्छ। साचो भन्दा तपाईको लेख मैले बढो मज्जा लिएरै पढ्ने गर्छु। तेल लगाएको हैन नी फेरो मख्ख हुन पर्देन नि हा हा

    ReplyDelete
  5. गरि खान पाम भन्नेहरुले गरेको बन्द पनि सफल भएछ ब्रो ? यहाँ त सधै जसो गरिखान नदिम भन्नेहरुको चलखेल छ त्यसैले, अनि दिलिप जीका कुरा सोरै आना ठिक हुन्, हावाजीका अनुरोध बन्दकर्ताले फेरी सुनोस भन्छु म पनि ।

    ReplyDelete
  6. हेहेहे..थान्कु दिलिप ब्रो, अचेल मलाई पनि तेस्तै लाग्न थालेको छ... मेरो कुरा पो मान्न थालेका छन जनताहरु... प्रचन्ड कम्रेडलाई मै पो रिप्लेस गर्छु कि क्या हो

    हेहेहे..दीप ब्रो तपाईं पनि बढीया मजाक गरिलिनुहुन्छ

    हो बसन्त ब्रो, यस्तै आक्रोश कायम राख्नुस्, तपाईंलाई मेरो पार्टी को महासचिब दिउला

    हत्तेरिका दूर्जेय ब्रो, मलाई हाम्रा ति गाली सिरोमणि सङ्रौला बाजे सँग तुलना गर्ने भन्या ?...होस गर्नुस् है ब्रो, बाजे ले था पाए भने एउटा अर्को आर्टिकल तपाईंलाई झर्रो गाली गर्दै लेख्लान फेरी...अनी ब्रो तेल छ भने तेल पनि लाउनुस् न अरुले तेल लगाइदिदा त आनन्द आउछ नि

    चिन्ता नलिनोस कृष्ण ब्रो, बन्दकर्ता ले यो आह्वान पनि सुन्छन.. देख्नुभएन मैले यो ब्लग पोस्ट गर्ने बित्तिकै माकुने सरकार डराएर हत्तपत्त सम्झौता गरिहाल्यो...हेहेहे

    ReplyDelete
  7. मलाई पनि लाग्यो है हावा ब्रो तपाइको हावा । साच्चै तापाइको हावाले त सबैलाई हल्लाउने पो रहेछ ।
    अब जहाँ जहाँ हावा अलि कम कम पुगेको छ त्यहाँ जोडले बहनु पर्‍यो।
    यी गरिखान पाउँ भन्नेलाई सहनु पर्‍यो । बिनासित्तै दुख दिनेलाई बढार्नु पर्‍यो ।

    ReplyDelete
  8. नेपाल बन्द, यो बन्द, त्यो बन्द नेपाल बर्बाद बनाउने षडयन्त्र मात्र हुन। जतिसुकै बन्द भएपनि यी नेता भनाउँदाहरुलाई केही फरक पर्दैन क्यार, मोज गरिराखेका हुन्छन।हामी जस्ता जनतालाई मात्र दु:ख र सास्ति हुने त हो ।
    तैपनि पनि यो बन्दको माहामारी घट्नु को सट्टा झन झन बढ्दो छ।
    ल है हावा जी, छिट्टै नै तपाँईको माग उनीहरु सम्म पुगुन।

    ReplyDelete
  9. हैन सुर्य ब्रो, धेरै न उचाल्नुस् न भन्या मलाई फेरी जोश आउछ.. धेरै जोडले बहदा कसिङर सँगै सबैलाई उडाउला भन्ने डर..तपाईंले भने जस्तो बढाडिदै छ बिस्तारि नबढालिने झारपात लाई उखेल्न पर्छ बुझ्नभो..

    हेहेहे..हैन सुजन सिस, तपाईंहरु बुढा बुढी नै किन यस्तो निराशाबादी हँ ?..न आत्तिनोस न भन्या जुनसुकै अवस्थामा पनि आशाबादी त हुनै पर्छ नि..तपाईं भने जस्तै त्यै भोज खाँदै सवारी गर्दै मोज गर्ने हरुलाई पखाला चलाऊन यो बन्द को महामारी चलाऊन परेको हो..तपाईंको आह्वान पनि बन्दकर्ताहरु ले सुन्नुहुनेछ अब छिट्टै राष्ट्रपती,प्रधानमन्त्री, र सिंहदरबार बन्द हुनेवाला छ

    ReplyDelete
  10. मेरो त भन्नु यहि छ कि यो गाना सुनम
    http://pronepal.com/index.php?action=playwinfile&id=434

    ReplyDelete
  11. के को लिन्क के को लिन्क भन्या त कर्ण दास को सामसामयिक् गीत बन्द नेपाल बन्द को लिन्क पो पोस्ट गरेको रछ मुम्लिज ब्रो ले.. ल ठीक छ हाम्रो छलफल सँग मिल्दो गीत छ

    ReplyDelete
  12. hawa ji, banda garne tira nalagne ho ki. sabai khulla garne.
    tapalai samjana garayeko hai.
    ब्लगर भेला at www.dautari.org:नेपाली समय शनिवार दिनको ११ देखी १ बजे अर्थात US Central Time, 12:15-02:15 AM, (Friday night)ब्लगर भेलामा सामेल हुन कमेन्ट बक्समा सहभागिताको जनाउनु होला, बोल्ने अबसर क्रमअनुसार हुनेछ।

    ReplyDelete