Wednesday, August 26, 2009

लडकी...सहर् कि लडकी

फेरि केटी कै कुरा गरम् होला धेरै दिनसम्म यसरी केटीको कुरा गर्न पाईएला जस्तो छैन्ख्यालख्याल मै जोबन बिति त गो तीस को उमेर नाघेपछि आफै झसंग भईन्छ ओहो अब त बुढेसकाल पो लागेछ आफन्त साथी भाई भेटन पनि अप्ठेरो जसले पनि जहा भेटे पनि एउटै प्रश्न हुन्छ बिहे कहिले गर्ने ? अब त केटी पनि पाउन गाह्रो हुन्छ आदि मलाई मात्र किन यस्तो कचकच गरेको होला जबकि अचेल नेपालमै पनि तीस को आसपासमा रहरले वा बाध्यताले थुप्रै अविवाहित केटीहरु पनि छन्

यो अप्ठेरो बीस कै अन्तिम बर्षहरुतिर बाट शुरु हन्छ जब साथीहरु खासगरी केटी साथीहरुको धमाधम बिहे हुन थाल्छतर पनि मलाई कहिल्यै पनि लागेन कि कुनै केटीले स्वेच्छा ले बिहे गरेको होस् अब लभ परेकाहरुको कुरा अर्कै होएक दिन कक्षामा नियमित आउने केटी अचानक हराईन्उनी अलि चंचल अल्हड स्वभावकी थिईनहराएको एक महिना जति पछि फेरि आउन थालिन्सिउदो सुरु हुने ठाउमा छोटो टीका जस्तो सिन्दूर लाएकी

पैला जहिले नि टी सर्ट प्यान्ट लाउने मान्छे कुर्ता सुरुवाल लाएर आउन थालिन् सबैले बधाई दिए मैले चाहि एक दिन मेरो छेउमा बसेको बेलामा सोधेके तिमी साच्चै खुशी छौ ? आफ्नै राजी ले बिहे गरेकी हौ ?...उनले मतिर पुलुक्क हेरिन् अनि भनिन् जीवनमा धेरै कुरा आफ्नो राजी बिना नै हुने गर्छ हामीले खुशी हुन सिक्नुपर्छआफु भन्दा सानी केटी को यस्तो दार्शनिक कुरा सुनेर म अवाक भए

एक दिन जाच दिएर अर्की एउटी भर्खरै बिबाहित केटी साथी संग फर्कदै थिएमलाई आफै अलि अप्ठेरो लाग्यो फ्याट्ट सोधिहालेंअब त तिम्रो बिहे भईसक्यो तिमीलाई म संग हिडन अप्ठेरो लागेको छैन् ? तिम्रो बुढाले देखे भने के गर्छौ ?... उनले निस्फीक्री साथ भनिन् बुझु्नभो हावा जी, मेरो ह्वा तेस्तो न्यारो माईन्डेड् हुनुहुन्न क्याम्पस मा लेक्चरर हुनुहुन्छ

केटीहरु पनि अचम्म अचम्म का हुन्छन्कोही बिहे अघि बोल्ड अनि बिहे पछि शाई हुन्छन् भने कोही बिहे अघि शाई अनि बिहे पछि बोल्ड हुन्छन्शायद बिहे पछि को घर परिवार र केटा संग एड्जस्ट गर्दा त्यस्तो हुन जान्छप्राय केटीहरु एक किसिमको सामाजीक डर वा प्यारानोईया बाट पिडित हुन्छन्हुन त यस्तो सामाजीक प्यारानोईया केटाहरुलाई पनि हुन्छ

तेस्तो हुन आवश्यक छैन तैपनि कहिलेकाहि मलाई नै पनि हन्छतर केटीहरुलाई बढी हुन्छ प्यारानोईयाअरु त अरु भिक्षुणी जीवन बिताउने आनी छोयिंङ् डोल्मा को पनि मन पर्ने गीत कुछ तो लोग कहेंगे हुनुमा तेस्तै कारण त होला नितेसैले पो राजेश हमाल ले अरु सबै प्रश्न गर्नु तर बिहे कहिले गर्ने भन्ने प्रश्न नगर्नु टेन्सन हुन्छ भन्दा रैछन्

एकपल्ट यस्तै कुरा गर्दा एउटी केटीले ए केटा मान्छे मान्छेलाई पनि कचकच गर्छन् मैले त केटी मान्छेलाई मात्रै पो तेसो भन्छन् भन्ठानेको हाम्लाई त २४, २५ को हुन पा छैन कस्तो कचकच गर्छन भने दिक्क लागेर आउछ भनिन्

अस्ति दीपा मेहता को बिदेश भन्ने फिलिम हेर्दा प्रिटी जिन्टा को कस्तो माया लागेर आयो भने मैले सोचे शायद म केटी भएको भए कहिल्यै पनि बिहे गर्दिनथे होलाजबकि मलाई थाहा छ कि त्यस्तो एक्सट्रीम केस कमै हन्छ र केटा मान्छेहरु पनि कम पीडित छैनन् नेपाल मा भ्रष्टाचार, अपराध र आडम्बरी जीवनशैली बढनुमा श्रीमती र गर्लफ्रेंडहरुको पनि ठुलो हात छ भनिन्छ

अरुका जोडीहरु वा सिनेमामा देखाईने प्रेमीहरुले गरेको रोमान्स देख्दा मलाई पनि एउटी सुकुमारीलाई आफ्नी बनाउन मन नलागेको त हैनतर फेरि पार्कहरुतिर कोर्टींग फ्लर्टींग र डेटींग आदि के के हो के के को लागि प्रत्येक दिन घण्टौ जुल्फी खेलाएर आईसक्रीम खादै बसिरहेका जोडीहरु देखेर दिक्क लागेर आउछ

आ को त्यो एउटी जाबो केटीको पछाडि समय र पैसा फोकटमा खेर फालिराख्छ जस्तो लाग्छसाच्चै बुढेसकाल पो लाग्यो कि कसो अलि कन्जुस पनि हुन थालिएछईन्टरनेट मा भेटिएकी एउटी कुईरेनी ले भनी तैले लभ गरेको छैनस जस्तो छ एक पल्ट लभ गरेर त हेर कत्तिको मजा आउछ संगै केही नगरी बस्दा पनिआ पर्या छैन आफुलाई लभ सभ गर्न

तर बिहे गर्ने मन नभए पनि गर्लफ्रेंड नै बनाउन मन नलागे पनि केटी साथी बनाउन चाहि मलाई अझै पनि मन लाग्छतेसैले फेस बुक मा फ्रेण्ड सजेशन भनेर केटी को नाम आयो कि म अयाड गरिहाल्छुनपत्याए फेस बुक मा मेरो साथीहरु चेक गरि हेर्नुस त

13 आलोचकको लागि बिशेष भत्ता को ब्यबस्था छ ;):

Basanta said...

हा हा हा! क्या हँसाउने ब्रो पनि!

जिन्दगी यस्तै हो ब्रो। यो लप-सप, बिहे-सिहे पनि त्यस्तै हुन्, 'जो नहीँ खाया वो पछताया, जो खाया वो भी पछताया' कि त्यस्तै के भनेजस्तो। अब पछूताउनै परेपछि खाएरै पछूताउने सल्लाह छ मेरो पनि, ब्रोको हकमा।
बाँकी हाम्रो समाजमा बिहेको कुरामा केटीहरुको सोचाईलाई कहिल्यै महत्व दिईन्न, उनीहरु बाऊ-आमाले रोजिदिएको 'खुशी'लाईनै जिन्दगीको खुशी मान्न बाध्य हुन्छन्। विस्तारै केटीहरु साहसी र सक्षम हुँदै जाँदा त्यो स्थितिका विरुद्ध विद्रोह गर्नेहरु पनि बढ्दै जानेछन्।

ब्रो को फेसबुक साथीहरु चेक गर्न पसें म अब:)

MANYU said...

हा हा हा ....... दु:खमा हाँस्न नहुने हो, तर तपाईँ माईन्ड गर्न हुन्न होला। पढ्रन रमाईलो लाग्यो।

दिनेश राज said...

हत्तेरि , आफूले आफैंलाई सम्झाउनु जस्तो गाह्रो संसारमा केही छैन ।ब्रो पनि सम्झाएर केहि समय अझै एक्लै जिन्दगि घचेड्ने सुरमा हो कि के हो ? एउटा अलि उट्पट्याङ् उखान याद आयो ।" बेला को राग पो राग , कुबेला राग त लट्टेको साग "भन्थे सधैं मलाई एउटा मित्रले याद गर्नुस है । हेहेहेहेहेहे

Sujan Sharma said...

हावा जी म पनि बसन्त जी को कुरा मा सहमति जनाउँछु है। अब पछुताउनै परे पछि खाएरै पछुताए कसो होला ।
बरु केहि मदत चाहिएमा भन्नुहोला नी ।हा हा हा

Mulmiz said...

हावा ब्रो, मेरो मनको कुरो लेख्नु भयो , के गर्ने आफु ब्लगर परिन नत्र मैले पनि लेखि सक्थेँ होला ए नि वे राम्रो लाग्यो, आई लाईक योर लेख्ने स्टाईल के

Neeti Aryal Khanal said...

kasto ramailo post hawaji. 30 naghepachi ketalai keti pauna garho huncha bhanne chain patyauna garo paryo ni. Hamro samajma kisunji ko umersamma pani ketaharu kumar kahalaunchan, ketiharu bhane 30 katepachi budhikanya re. Tapainko lagan jurne bela bha jasto cha, best of luck..........

प्रबिण थापा said...

ल हावा ब्रो, यसपाली भने कता कता मुटुमा ढुङ्ग्रो ठोकेर आयो, अलिकति पिर पनि पर्यो, उमेर त ढल्केको ढल्केइ छ चिन्ता बढ्ने नै भो. म पनि बशन्त जी सग सहमत छु है, पछुताउनु नै परेपछि गरेरै पछुताउनु बेस नि, बरु केटि चाहि कस्तो चाहिने हो आगामी अकमा बिज्ञापन निकाल्नु पर्यो मेरी ३ वटी मध्ये कसैले ठाउँ पाईहाल्छान कि ?हेहेहे !!

Dilip Acharya said...

आजभोली हावाब्रोको लेखहरु रसीलो हुँदाहुँदै पनि सामाजिक समस्या वा कुनै न कुनै "ईश्यु' प्रति पनि लक्षीत हुन थालेको छ । यो पनि निक्कै रमाईलो मानेर पढें ।

तर ...ब्रो मान्छे झुक्याउने ?, सहर कि लडकी भनेर लौं एक छिन नजारा गरौं भनेर छिरेको त हातमा ३ हात लामो बन्दूक बोकेकाको फोटो पो छ त :)

सूर्य/सिकारु said...

ठिकै हो है हावा जी केहि गर्नुस । यसो कुनै परिसंग जीवन बाँडेमा तपाईलाई हावा बाट मधुर शितलतामा ढाल्छिन की? हा हा हा

मैले पनि केहि सहयोग गर्नु पर्छ भने राजी छु ।

कृष्णपक्ष उज्यालोको खोजिमा said...

खुब रमाइलो लाग्यो, हावाब्रो को यो टासो, मैले भन्ने कुरो सबैले पालैपालो भएर गएछन, अरुको लहै लहै छाडौं ब्रो । सबभन्दा पहिले बिहे अनिवार्य बिषय नै होइन । लभ चाहि गर्दा हुन्छ है ब्रो, यी ह्याँ एउटा भनाइ छ - Better to have loved and lost than never to have loved at all ...

दूर्जेय चेतना said...

हा हा ।। हाबा ब्रो को जहिले पनि बेस्करी हान्ने बानी छ। यसपाली पनि बेस्करी हान्नुभो। यसरीकि हास्दा हास्दा हैरान।
मेरो श्रीमान न्यारो माईन्डेड हुनुहुन्न भन्ने मात्र हैन केटीहरु, यहा केटाहरुको पनि छ है त्यस्तै चाला। कता कता सुनेको थिए एउटा गीत भनु हैँ।।। " साधि सुधा मर्दोको ए बात अच्छी लाग्तिहै, घरवाली से बहारवाली अच्छि लग्तिहै" हिन्दीमै भएपनि राखे।
राम्रो लाग्यो भन्नै नहुने छ फेरी तपाईले अर्को मुक्का हान्ने होला तेसैले फेरि भने न-नराम्रो लाग्यो है यसपाली पनि।।।

दूर्जेय चेतना said...

कमेन्ट लेखेर पोष्ट गर्दै थिए कनेक्सनले धोका दियो, र कनेक्सन छैन try again आयो, अब कमेन्ट गएन होला भन्दै try again गरेको त पाच चोटी भएछ, उता कमेन्ट पोष्ट भएको भएइ । के के हुन्छ हुन्छ। ल है ब्रो मैले बाकी ४ वटा कमेन्ट फालिदिए है

हावा De Wind said...

बसन्त ब्रो,नखाउन्जेल त जहिले नि खान सकिन्छ तर यो त खाएर कहिल्यै नसकिने खाइसकेपछी अब अघाए भो खान्न भन्न पनि नपाईने पेडा भएको ले पो डर लागेको नि..अनी ब्रो मेरो साथीहरु चेक् त गर्नुस् तर कुरा नलाउनुहोला नि फेरी मलाई छोडिदेलान फेरी

हास्नुस् मन्यु ब्रो, मेरो पनि पालो आउछ हास्ने अनी थाहा होला

दिनेश ब्रो, मित्र ले त उखान गजब कै भनेका हुन तर खानै पर्‍यो भने त लट्टे को साग पनि मिठै हुन्छ नि हौ

हैन सुजन जी, तपाईं पनि कस्तो निस्ठुरी भन्या आफु जाकिनुभो भन्दैमा (सरी है दिलिप ब्रो ) मेरो खुशी पनि देखी सहनु भएन हैन तपाईंले पनि

धन्यवाद मुल्मि ब्रो समर्थन गर्नु भाको मा, बुझ्नुभो हाम्ले पनि एउटा एकल पुरुष संगठन खोल्नुपर्ला जस्तो छ..अब प्रेजिडेन्ट म नै भैहाले तपाईं भाईस प्रेजिडेन्ट मा बस्नुस् न है

हो नीती जी, म बिचरा लाई तपाईं पनि बेस्ट अफ लक दिनुस्.. तपाईंले भनेको ठीक हो मान्छेले भन्छन.. तर अब भन्न त किसुन जी लाई पनि भनेकै छन नि.. भन्छन भनेर अरुको भनाइले आफ्नो जीवनमा नियन्त्रण गर्न पनि त दिनु भएन नि हैन

हैन प्रबिण ब्रो, कुरा के हो ? कसैलाई एउटा पनि नाइ कसैलाई तीन तीन वटा ? अली होस् गर्नुस् है ब्रो यो त नारी ससक्तिकरण को जमाना हो मैले फेरी तपाईं लाई फलफुल लिएर भेट्न आउनु नपरोस.. हेहेहे

धन्यबाद दिलिप ब्रो, ब्लग मा लेख्ने मान्छे हरु छापा मा लेख्ने भन्दा मुर्ख हुँदैनन बरु बढी नै सचेत छन भन्ने कुरा तपाईंहरुले जस्तै म पनि प्रमाणित गर्न चाहन्छु..बाँकी कुराहरु त सुगर पिल न हो

अनी ब्रो म पनि कुनै युद्ध होस् भन्ने त चाहन्न तर केटी हरु ले पनि बन्दुक बोकेर आफ्नो भाग्य आँफै निर्धारण गर्ने साहस् को भावना मा कता कता म पनि सहमत् भैराखेको हुन्छु

सुर्य ब्रो,तपैले भने जस्तो परी परी भने त ठिकै होला मनपरी गरी भने नि ?

कृष्ण ब्रो को सुझाव चाँही मलाई मन पर्‍यो.. ब्रो एसो तपाईंको ईजराएल तिर तेस्तै लभ मात्रै गर्ने तर बिहे गर्नु नपर्ने भेट्नु भो भने खबर गर्नुहोला है.. यता नेपाल तिर त तेस्ता पाईदैनन भन्या..पैला बिहे गर अनी मात्रै लभ गर्न दिन्छु भन्छन एताकाले त

दूर्जेय ब्रो,यो पूर्ण समाबेशी ब्लग भएकोले जुनै भाषामा बोले पनि हुन्छ हिन्दी मा त झनै हुन्छ नत्र बल्लिवूड को कसरी कोट गर्ने? तपाईं जापानमा भएकोले टोलिवूड को उखान भने नि हुन्छ..तर उखान भन्दा तपाईं पनि होस गर्नु है फेरी कसैले "घरवाला से बाहरवाला अछ्छा लगता है" भन्लान नि

Post a Comment