Friday, September 11, 2009

नयाँ नेपाल को नयाँ मन्त्र बाहुन छेत्री ठकुरी शासन को अन्त्य

आज माओवादीको आमसभा र छ प्रचन्डको भाषण छ यो सरकार कसरी ढाल्ने भनेर नेपालको राजनीति थप रोचक होला जस्तो छ कोही भन्छन् अब न्युट्रल बिचार राखेर काम चल्ने वाला छैन कि त राईट कि त लेफ्ट हुनुपर्छ अरे म चाहि लेफ्ट राईट दुबै गर्नुपर्ला जस्तो छ दोहोरो चरित्र ढुलमुले वा दहीच्युरे जे सुकै भन्नुस् मलाई तपाईको भोट चाहिया छैन क्यारे न त कुनै पार्टीको एन जी ओ मा जागीर नै खान पर्या छ मन लागे कमेन्ट गर्नुस् मन नलागे नगर्नुस् खाच्चै सित्ति


किन ढाटनु ? देशको प्रमुख मुद्दाहरु बारे मसंग ठोस बिचार वा खाका छैनन् कस्तो संघीयता हुनुपर्छ कस्तो नागरिक सर्वोच्चता हुनुपर्छ कस्तो सैनिक संगठन हुनुपर्छ कस्तो न्यायिक प्रणाली हुनुपर्छ मलाई स्पष्ट थाहा छैन् तर यति अवस्य थाहा छ कि यी बिषयहरुमा प्रष्ट नभई अब यो देश चल्ने वाला छैन्

मैले प्रष्ट देखेको के भने नेपाल राज्यको शासकीय नेतृत्व अब कसले गर्ने भन्ने व्दन्द्ध छ यो व्दन्द्ध को छिनोफानो एउटा वा अर्को पार्टी रोजेर मात्रै पनि हुने वाला छैन नया नेपालको नेतृत्व पुराना मानिसहरुले गरेर हुने वाला छैन् चाहे ती जुनसुकै पार्टीका होउन वा आफुलाई जतिसकै योग्य वा अनुभवी नै किन नठानुन् नया नेपाल मा नया नेतृत्व नै चाहिन्छ पुर्णविराम

पुरानो र नया नेतृत्व बर्गीकरणको आर्थिक वा बर्गीय स्वरुप त छदैछ त्यो भन्दा पनि अब अनुहार को स्वरुप पनि महत्वपुर्ण भएको छ यो सबैले अनुभव गरेकै हो राष्ट्रपति उपराष्ट्रपति मदिसेलाई नै दिनुपर्ने वाध्यता तेसैले पनि भएको हो तेसैले छत्रमान गुरुङ्ग रोलक्रम अनुसार नै नेपाली सेनाको चिफ हुदा पनि के के न भो जस्तो पहिलो जनजाति चिफ भनेर हल्ला गरिएको हो अब नया नेपाल मा नाम पनि यसरी लेख्न पर्ने हुनसक्छ जस्तै: माधव कुमार नेपाल तराईवासी पहाडिया खस उपाध्याय बाहुन तेसैले त माकुनेले सरकार टिकाउन एकमुष्ट १० भन्दा बढी मधेसीलाई मन्त्री पदको चारा खुवाउन परेको हो

तर यसरी टालटुले नीतिले सरकार कहिले सम्म टिक्ला र ? माकुनेले दैनिक बिहान बेलुका जनै समातेर यो सरकार ढल्दैन टिक्छ टिक्छ भनेर जपिराख्नपर्ने बाध्यता बीच यो सरकार टिकेरै पनि के नै नाप्ला र ? तेसैगरी यो सरकार ढलेर फेरि प्रचण्ड बाबुराम कै सरकार बनेछ भने पनि तेसले पनि खासै केही नाप्ला जस्तो मलाई त लाग्दैन

तर सर्कार को नेतृत्व माओवादीले नै गर्नुपर्छ भन्ने मेरो प्रष्ट धारणा छ किनभने माओवादी नया र घासको जरा सम्म जनसंगठन भएको पार्टी हो तर फेरि प्रचण्ड नै प्रधानमन्त्री हुनुपर्छ भन्ने मा मेरो असहमति छ म आफु बाहुन नै भए पनि जो आए पनि बाहुन छेत्री अनुहार र नाक भएकै प्रधानमन्त्री मात्र देखेर मलाई वाक्क लागिसकेको छ म यो देशमा चिम्सा आखा र थेप्चा नाक भएका मान्छे पनि प्रधानमन्त्री हुन्छन् भनेर गर्व गर्न चाहन्छु देव गुरुङ्ग वा राम बहादुर थापा मगर लाई पनि त प्रधानमन्त्री चलाउन दिदा हुदो हो नि

अलिदिन पहिले पोखराका बाहुन कार्टुनिष्ट वात्सायनको कान्तिपुरमा छापिएको कार्टुन बडो घत लाग्यो तिन जना बाहुन बाजे गिरीजा माधव र प्रचण्ड कोटि होम गर्न देश रुपी यज्ञमा आगो सल्काएर बसेका रछन् शान्ति शान्ति जप्दै अनि शान्ति प्रक्रियालाई त तिनेर्ले पहिला नै ओम् स्वाहा गरिसकेका रछन् यो सबै पार्टी नेतृत्वमा बाहुनहरु नै हाकीम साप भएको हुदा म जस्तो काम गरी खान पर्ने बाहुनलाई झनै मर्का परेको छ

जसरी राणा शासन को अन्त्य को अर्थे राजनीतिक नेतृत्वको हस्तांतरण राणाबाट अन्य जाति र बर्ग लाई गर्नु पनि थियो गणतान्त्रिक नेपालको अर्थ बाहुन छेत्री ठकुरी डोमिनेटेड राजनीतिक नेतृत्व को हस्तांतरण अन्य जाति वा वर्गमा हुनुपर्दछ ती ए क्लास का कुलीन अनि छट्टु बाहुन छेत्री ठकुरीहरुलाई राजनीतिक नेतृत्वबाट बिस्थापित गर्ने जुनसुकै पार्टीको जुनसुकै अभियान मा पनि म सी कलास्को बाहुनको समर्थन रहनेछ

8 comments:

  1. ल हावा ब्रो, भन्दा भन्दा तपाईं त हावा नभएर शितल बतास पो बन्दै हुनुहुन्छ,यदी यस्तै हो भने हाम्रो पार्टी अब फुट्छ हेहेहे!
    तपाईंका सान्दर्भिक र गहन अर्थ बोकेका धेरै बुदाहरुमा मेरो पनि १००% सहमती छ तर जातिय अनुहार फेरिदैमा हाम्रो देशमा केही लछारपाटो लागिहाल्ला भनेर भन्ने हिम्मत भने मसग छैन। देश यती जर्जर अवस्थाबाट गुज्रिसकेको छ त्यो कल्पना भन्दा निकै टाढा हुँदैछ यदी राइटिस्ट र लेफ्टिस्ट दुबै नमिले अनी साचो अर्थमा देश र जनताको लागि केही गर्ने इमान्दारिता नदेखाए देश खाडलभित्र पस्नबाट कसैले रोक्न सक्दैन।

    ReplyDelete
  2. हावा ब्रो, बिषय बस्तु गहन भए पनि ब्रो को गफ हावा नै भो,जो सुकै सर्खाराँ गए नि उसको हरेक निती लाई गलत बनाउने चलन छ, सहि होस् या गलत अरु ले गरेको काम गलत नै भन्ने सँस्कार हुर्किएको छ, कुनै पनि बाद् र नीति गलत हैन नेपाली राजनीति,पत्रकारिता अनि समाजमा मौलाएको हाम्रो प्यारो सँस्कार सबै भन्दा जिम्मेबार छ जस्तो लाग्छ है हावा ब्रो !

    ReplyDelete
  3. तागाधारी-मतावली, नाक चुच्चे-थेप्चे, हिन्दू-अहिन्दूको कुरा गरेर समाजमा फाटो सिर्जना गर्नु भन्द पर बसेर सामाजिक सदभावका कुरा गरेर नेपाली-नेपाली विचमा एकताको कुरा गर्नु आजको आवश्यक हो जस्तो मालाई लाग्छ साथीहरु । हामी अधिकारको कुरा गर्छौँ, तर कर्तब्यको कुरा बिर्सन्छौँ । अरुलाई होच्याउन सिपालु हुन्छौँ, तर प्रशँसा गर्न कञ्जुस्याई गर्छौँ, आदर गर्न हच्किन्छौँ । आखिर यो समाज निर्माण कस्ले गर्ने हो त ??? तपाई हामीले नै हैन त ??? सभ्य समाज निर्माणको लागि साथ कस्को खोज्ने त, तपाई हाम्रै हैन त? हामी अर्काको कुरा काट्न सजिलो मान्छौँ, अरुले गर्न नसकेको ठान्छौँ । कमसे कम गरेर त हेरौँ न हामी आफ्नो लेभलबाट के गर्न सक्छौँ जस्ले हाम्रो समाज हामीले चाहेको जस्तो बनाओस् !

    ReplyDelete
  4. नेपाल चार जात छत्तिस वर्णको साझा फुलबारी हो सबैलाई चेतना भया !!
    धेरै पहिले "हाम्रो नेपालमा" जातिपाती छुवाछुत भेदभावका विकराल समस्या भएको अवस्थामा उदगार भएको यो भनाइ आजपनि उत्तिकै सान्दर्भिक छ । को बाहुन को मतवाली? हामि सबै नेपाली ....

    ReplyDelete
  5. I liked the way you are so much concerned about the current Nepal......

    I even appreciate it a lot....

    Politically, there has been a dominance of Bahuns...we can take example of Koiralas...the legendary bahuns....in politics...

    This might be the reason that other classes and castes have been ignored...

    Well, what this present government will bring is yet to be known....They say security system has been stable...revenue collection has risen...in their 100 days of governance...and they will take the peace process to its logical end...and the main agenda...What about Constitution drafting....All the leaders...Ministers....everyone...Keep on saying that Constitution will be drafted in the stipulated time....But seems like...we need to wait....a lot... ;)

    I appreciate your writing...that are too much concerned about the country...I wishI could write like this.... ;)

    ReplyDelete
  6. प्रबिण ब्रो, भर्खर गठन भाको हाम्रो पार्टी नै फुटाउने कुरा नगरनुस् न भन्या बरु लु भन्नुस् तपाईं लाई कुन मन्त्रालय चाहियो ? कि माधे लाई नै हटाएर तपाईंलाई नै प्र म पो बनाइदिउ कि ? ल प्रस्ताव मा बिचार गर्नुस् है मौका मा चौका हान्नुस्

    के बि अनी पाख्रिन ब्रो, तपाईं हरु कै जस्तो जनजाती अनुहार भएको मान्छे लाई पर्धान मन्तरी बनाउनु पर्‍यो भन्दा तपाईंहरु झन पो मलाई साम्प्रदायिक भन्नुहुन्छ बा... उता तपाईंहरु को जनजाती संगठन का मान्छेहरु एक दुई जना छट्टु बाहुन लाई सिरानी मा राखेर गरी खान पर्ने बाहुनहरु को नाक चुचो भएकै अपराध मा सातो लिदै छन

    मेरो भनाइ के हो भने लु अब देश तपाईं हरु नै चलाऊनुस् किन भने पुराना सासकहरु फेल भैसकेका छन... तेसैले नेत्रित्व अब तपाईंहरु गर्नुस्... सत्ताको मात लागेर जुका जस्तो टासिएर बसेका बाहुन छेत्री ठकुरिलाई बिस्थापन गर्नुस्... र म जस्तो जनसाधारण बाहुनहरुलाई नाक चुचो भएकै मा हेला नगरनुस् भनेको

    कृष्ण ब्रो, तपाईंले नेपालको राष्ट्रिय गान मा अर्को अन्तरा थपेको हो कि कसो ;)

    एटर्नल जी, फुलको आँखामा फुलै संसार भने जस्तो तपाईंले मलाई देश का प्रती चिन्तित भएको देख्नुभएको मा..धन्यवाद मान्छे चिन्नु भाको मा म नि मन्त्री पो हुन्छु कि क्या हो...हेहेहे

    तपाईं ले ठीक भन्नुभो सुधार का डाटाहरु त हरेक सरकार ले प्रस्तुत गर्छन्... मेरो बिचार मा नेपालमा शाहबन्सिय सत्ता परिवर्तन को अर्थ राजा हटाउनु मात्र हैन सत्ताको सम्पूर्ण संरचना मा देखिने सबै अनुहार नै फेरिनु पर्छ

    ReplyDelete
  7. अहिले खस (ब्राह्मण , छेत्री , ठकुरी, सन्यासी-दस्नामी) --खस दलित समेत ----- हरु माथी सबै तीर बाट आक्रमण भैरहेको छ........ हुदा हुदा २ बर्स अगाडी नागरिकता पाएका इंडियन आप्रबसी हरुले समेत खस र रास्त्र निर्माता पृथ्वी नारायण शाह को खोयिरो खन्ने अनि कथित जनजाति भनिने हरुले उनिहरु संग मिलेर खस हरुलाई गाली गर्ने? अहिले हिंदी माँ सपथ लिदा चरेसानन्द लै बचौना को लागि कथित जनजाति का अगुवा हरु को दलाली पनि एउटा उदाहरण हो.... नेपालको 45-50%% खस हरुको चित्त दुखाएर कसैले जातिए राज्येको कल्पना गर्छ भने त्यो एउटा भ्रम मात्र हो.....
    नेपाल का एकमात्र सच्चा आदिबासी , ने मुनि का सन्तान , नेपाल एकीकरण कर्ता खस (ब्राह्मण, छेत्त्री ,ठकुरी,सन्यासी)--दलित समेत----- अहिले नेपाल मा देखिएको खस र नेपाल बिरोधि बिखण्डनकारी हरु संग मुकबाला गर्न पनि खस हरुको बलियो संगठन बनाउनु आवसेक छ. छेत्त्री, बाहुन,ठकुरी र सन्यासी र दलित ले पनि आ- आफ्नो संगठन खोल्नुपर्छ , र अनि सबै मिलेर खस हरु को महा- संगठन खोल्नु पर्छ
    हजारौ वर्ष देखि नेपाल का रैथाने , आदिबासी खस को बिरोध मा भोट , बर्मा /थाइलेडं र इंडिया बाट नेपाल चिरेका आप्रबासी हरु को नेपाल तुक्र्युने उदेश्ये सफल हुन नदिन र नेपाल लै बचौना पनि खस हरु को एकता हुनु जरुरि छ.
    .....हामि बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित ---- भनेको खस जाति को हागा मात्र हौ.. खस को बारेमा बिस्तृत रुप मा जान्न को लागि http://ne.wikipedia.org/wiki/%E0%A4%96%E0%A4%B8

    जय देश नेपाल

    ReplyDelete
  8. हा हा हा दिनेश ब्रो, कुन देश बाट हो तपाई को यो रास्त्रभक्ति ? नेपाल बाट त पक्कै पनि होइन... ;)

    ReplyDelete