Wednesday, December 2, 2009

हरामचन्द्र र हरामबहादुर को भिडन्त

रामचन्द्र पौडेल र राम बहादुर थापा मगर बादल ले अहिलेको नेपालको दुई कित्ताको प्रतिनीधित्व गर्छन्.. अस्तिको कान्तिपुर मा एउटै अन्कमा नेपालका यी दुई हराम् का लेख् र अन्तवार्ता रछन्.. यीनेरुको कुरो बुझ्दा लोकतन्त्र जपेर मात्रै कुरो अघि नबढ्ला जस्तो छ.. एकपटक फेरि ठोक्तन्त्र चल्ला जस्तो छ.. बादल भन्छन् लोकतान्त्रिक मान्यता, शान्ति र संविधान हाम्रो मुल प्राथमिकता हो.. नागरिक सर्वोच्चता कायम गरिनपर्छ.. सेनाले सरकारलाई सजाय दिने होईन सेना त सरकारको अंग हो.. बादलले भारत तिर संकेत गर्दै भन्छन् छिमेकीसँग मैत्री सम्बन्ध राख्न चाहन्छौं.. हस्तक्षेप भए सहन्नौं.. माओवादीलाई साईज मा ल्याउने राष्टिय अन्तर्राष्टिय षडधन्त्र बिरुद्ध हामी लड्छौं

उता रामचन्द्र पनि कांग्रेसी भएपनि भ्रष्टाचार काण्ड मा नाम नसुनिएको मान्छे हो.. मान्छे अलि मिलनसार नै जस्तो पनि थियो एक ताका.. अहिलेकै लेख मा पनि कतिपय कुरा उसका ठिकै पनि छन् भने कतिपय नेपरिएका पनि छन्.. जस्तो कि श्री हरामचन्द्र सोध्छन् राजतन्त्रलाई हामीले बिदा गरिसकेका छौं, अब हामी प्रस्ट हुनुपर्छ हामी अगाडि के चाहन्छौ ?.. म यो कुरा रामचन्द्रहरुलाई नै सोध्न चाहन्छु.. राजतन्त्रलाई तिनेर्ले साच्चै नै बिदा गर्न चाहेका थिए त ? के आगामी दिशा बारे तिनेरु प्रस्ट छन् ? सामाजीक परिवर्तन र देश निर्माणको आगामी खाका तिनेरु संग के छ ?.. उही लिर्डे कुरा छ माओवादी ले सत्ता कब्जा गर्छ.. नागरिक सर्वोच्चता राष्टिय र अन्तराष्टिय जगतलाई झुक्याउने नारा हो.. अनि उनी प्रचण्डको शक्तिखोर टेपकाण्ड देखि बाबुराम को हालैको ईन्टरनेट अन्तवार्ता को प्रसंग उठाउँदै भन्छन् अब हामी के माओवादीको दया मा बस्ने ?

रामचन्द्र माउथ पिस न हुन् बोल्ने मान्छेहरु अरु नै छन्.. यी कुराहरुको अर्थ प्रस्ट छ कांग्रेस एमाले का भ्रष्टहरुले अब रियलाइज गर्दै छन्.. कि कम्पीटिटिभ पोलिटिक्स वा उनीहरुले नै भन्ने गरेको प्रतिस्पर्धात्मक राजनीतिमा पनि उनीहरु माओवादी प्रति को जनलहरसंग भिड्न् सक्दैनन्.. प्रभुको आशिर्वाद यिर्नेलाई तेही भएर चाहिएको हो.. तेही भएर संयुक्त राष्ट संघले हस्तक्षेप अनि महामहिम् राकेश सुदले सहयोग गरिबक्सेको हो.. जब ज्ञानेन्द्रले यिनेरुलाई लात हाने तेसपछि मात्र कांग्रेस एमाले का नेताहरु आफैले टाउका को मुल्य तोकेको माओवादी संग हात मिलाए.. यिनेर्को क्यालकुलेशन थियो पैला ज्ञानेन्द्रसंग बार्गेनिंग गर्ने.. तर यिनेरु ज्ञानेन्द्रलाई हटाउनै भने चाहदैनथे.. ज्ञानेन्द्रलाई अगाडि राखेर माओवादी संग भिडने यिनीहरुको शुरुदेखिकै योजना थियो

ज्ञानेन्द्रलाई माओवादीले नै मात्रै पनि चाहेर पनि हटाउन गाह्रै थियो.. बिना रक्तपात त असम्भव थियो.. तर यो त सबैलाई थाहा भएकै हो बेबी किंग कै रुपमा भए पनि कांग्रेस एमाले ले राजतन्त्र राख्न चाहेकै हुन्.. तेस्को कारण यिनेरुलाई ज्ञानेन्द्रको अनुहार मन् परेर होईन.. एस्कारण कि आफुहरु मैदान मा देखापनि नपर्ने र राजा मार्फत सेना लगाएर माओवादी प्रभावलाई रोक्न सकिन्छ भन्ने यिनीहरुको रणनीति भनौं वा बर्गीय स्वार्थ थियो.. तर ज्ञानेन्द्रले पनि न देशभित्र का दलहरु संग सम्झौता गरे न देश बाहिर खासगरी दिल्लीका शासकहरुसंग झुक्न चाहे.. तेसैले जतिसुकै मुर्ख भए पनि रक्तपात बिहीन गणतन्त्र आउनुमा ज्ञानेन्द्रको पनि योगदान भयो

जब कांग्रेस एमाले घिसारिदैं गणतन्त्र र संबिधान सभामा आईपुगे.. निर्वाचन मा जनताले माओवादीलाई एक पट्क हेर्ने जनादेश दिए.. अनि यिनेरु को ढ्यांग्रो फुक्यो.. अब के गरी सत्तामा माओवादीलाई आउन नदिई पकड् राख्ने.. अनि यिनेरुले देश भित्र बाहिर हौवा फिजाए.. माओवादी कमनिष्ट पार्टी हो.. यिनेरुले लोकतन्त्र मान्दैनन्.. तेसैले यिनेरुलाई सत्तामा जान दिनुहुदैन्.. जबकि माओवादीका रणनीतिकारहरुले पनि यो कुरा आत्मसात गरिसकेका थिए.. कि नेपालमा गणतान्त्रिक लोकतन्त्र नै उपयुक्त व्यवस्था हुन्छ्.. उनीहरु मध्ये धेरैले यो बुझेरै भनेका हुन्.. कि एकदलीय कमुनिजम् स्थापना सम्म गर्न सकिएला तर भौगोलिक संवेदनशीलता र देश भित्र को जातीय र सांस्कृतिक बिबिधता ले गर्दा एकदलिय कमुनिष्ट शासन देशको हितमा हुदैन्

वास्तवमा माओवादीले निर्वाचनमा अत्याधिक मत पाएको कारण नै उसको गणतान्त्रिक लोकतन्त्र प्रतिको प्रतिबद्धता थियो.. र जनमत् को बर्खिलाप जानसक्ने अवस्था माओवादीलाई थिएन् र छैन्.. तर यो अवश्य हो कि उनीहरु लोकतन्त्रको नाम मा फेरि गिरीजा र देउवा कालिन संसदीय भाडभैलो दोहोर्याउन सक्दैनथे.. देशमा नाम मात्रको गणतन्त्र भन्नुको तुक पनि के हुनसक्थ्यो ?.. लोकतन्त्र भनेर गिरीजा र देउवा कालिन संसदीय प्रशासनिक र न्यायपालिक भ्रष्टाचारमा लिप्त हुनु मात्रै जनयुद्ध गरेका प्रचण्ड बादलहरुबाट हुनै सक्दैनथ्यो.. तेसैले प्रचण्ड बादलहरुले कमसेकम् शासकीय अर्थमा व्यवस्था परिवर्तन भएको अनुभूति राज्यका हरेक अंगमा तरंग ल्याउन चाहेकै हुन्.. यसले राज्यको हरेक क्षेत्रमा हालीमुहाली चलाएर बसेको पुरानै सिमित सुबिधाभोगी बर्गको स्वार्थमा धक्का दिने नै भो.. फेरि भर्खरै जंगलबाट युद्ध लडेर आएका माओवादीहरु आफैमा कतिपय अवस्थामा अपरिपक्वता देखिएकै हो.. ईन सर्ट, छोटकरीमा भन्ने हो भने प्रथम् जननिर्वाचित गणतान्त्रिक प्रधानमन्त्रीलाई मातहतका एक सैनिक मार्फत पराजित गरियो

आश्चर्य यो मात्रै थिएन कि प्रचण्ड्ले सत्ता छोड्न बाध्य भए.. महान् आश्चर्य यो थियो कि कथित लोकतन्त्रका ठेकेदार कांग्रेस एमालेको अगुवाई मा जननिर्वाचित कार्यकारीको बिरुद्ध सैनिक महत्कांक्षा बिजयी भयो.. यी तिनै कथित लोकतन्त्रबादीहरु हुन् जो अहिले माओवादीलाई अलोकतान्त्रिक भन्दछन्.. यि तिनै कथित लोकतन्त्रका ठेकेदार हुन् जसले प्रथम् जननिर्वाचित गणतान्त्रिक कार्यकारीलाई जन तिरस्कृत प्राबिधिक कार्यकारीले बिस्थापित गरे.. घोर आश्चर्य यो छ कि एकदलीय तानाशाही को आरोप लगाईएका माओवादीले नागरिक सर्वोच्चताको अवधारणा जनताको मन् मा स्थापित गर्यो.. तर कथित बहुदलीय लोकतन्त्रवादीहरुले सैनिक सर्वोच्चता स्थापित गरिदिए.. यीनीहरु आफुलाई अझै पनि बि पी कोईरालाको अबैध सन्तान मान्छन् जसलाई सैनिक सर्वोच्चता को आड्मा आजीवन जेल मा सडाईयो

रामचन्द्र लेख्छन् हामीबीच दार्शनिक फरक छ.. सबिधान लेखनमा लोकतन्त्र र जनतन्त्र बीचको शाब्दिक भेदबारे संकेत गर्दै माओवादीलाई अझै पनि एकदलीय कमुनिज्म रणनीति नछाडेको आरोप लाएका छन्.. साथै आफुहरुलाई फेरि लोकतन्त्रवादी भएको भन्ने जोक पनि गरेका छन्.. तिनको जोक पढेर म पनि हासें.. के तिनेरु लोकतन्त्रवादी हुन् ?.. के लोकतन्त्रमा सरकारको नेतृत्व र संचालन जनता बाट अस्वीकृत व्यक्तिहरुले गर्दछन् ?.. तिनेरुको तर्क के त भन्दा सम्विधान मा सरकारको संचालन जन निर्वाचित व्यक्तिहरुले नै गर्नुपर्छ भन्ने तोकेर लेखेको छैन् अरे.. तेसैले हरुवाहरुले नै सरकार संचालन गर्नुपर्छ र जति धेरै ठाउँवाट हार्यो वा जति धेरै मतान्तरले हार्यो उति जननिर्वाचित भन्ने तिनेरुको बिश्व समक्ष नयाँ लोकतान्त्रिक मान्यता रहेछ.. यो लोकतान्त्रिक मान्यता एकताका लोकप्रिय भएको हास्य सृंखला ट्वाक्क टुक्क् मा नेपालमा हुने रेसलिंगमा तल पर्नेले जित्छ वा ईन् आवर् नेपाल् लोवर साईड् विन् भनेजस्तै हास्यास्पद प्रमाणित भएको छ्.. भन त रामचन्द्र नेपालमा लोकतन्त्रलाई कसले बदनाम र कमजोर गरिरहेको छ माओवादीले कि तिमेरु आफैले ?.. आफैले गराएको निर्वाचन को जनादेश सम्मान् गर्न नसक्ने तिमेरु भुत्रोको लोकतन्त्रवादी ?

रामचन्द्रहरुले एक पटक फेरि बि पी कोईरालाको जेल जर्नल र आत्मबृत्तान्तमा पढुन्.. बि पी ले लेखेका छन् कि उनी कुनै पनि सभा समारोहमा पनि राजा महेन्द्र भन्दा तल्लो आसनमा बस्न मान्दैनथे.. किनभने उनी आफुलाई कुनै सामन्तले टिका लगाएर बनाएको जन्मजात प्रतिनीधि हैन् जन निर्वाचित प्रतिनीधि ठान्दथे.. जब उनलाई एउटा कार्यक्रममा राजा महेन्द्रको अगाडि खुट्टा हल्लाएर नबस्न संकेत गरियो बि पी ले झनै महेन्द्रतर्फ नै जुत्ता देखाउदै खुट्टा हल्लाएर बसे.. एसो हेर्दा यो बि पी बाट भएको अशिष्टता जस्तो देखिन्छ.. तर बि पी सामान्य कार्यकर्तासंग पनि आदर पुर्वक बोल्ने बिनम्र नेता थिए.. राजा महेन्द्रलाई जुत्ता देखाउनुको उनको सांकेतिक अर्थ थियो जो उनले भनेका पनि छन्.. उनी महेन्द्रलाई यो देखाउन चाहन्थे कि म जन निर्वाचित कार्यकारी प्रमुख हुँ तेसैले तिमी राजा भए पनि म तिम्रो मातहतमा हैन् तिमी म प्रति जवाफदेही हुनुपर्दछ.. तर तिनै बि पी कोईरालाको नाम भजाएर आजसम्म जनताको आँखामा छारो हाल्ने कागंरेसीजन्ले गणतन्त्र आईसकेपछि पनि ज्ञानेन्द्रको जुत्ता समातेरै भक्ति प्रदर्शन गर्ने र जननिर्वाचित कार्यकारीको निर्देशन् पट्क पट्क चुनौति दिने सैनिक कट्वालतन्त्रको पक्षमा तिनेरु उभिए.. के तिनेरु लोकतन्त्रवादी हुन् ?

म भन्छु तिनेरु के हुन्.. बि पी ले मर्नु अघिको अन्तर्वार्तामा पटक पटक चेतावनी दिएका थिए.. कि पंचायत एक दिन अवस्य ढल्नेछ.. तर पंचायत ढलेपछि पार्टीले फेरि अर्को संघर्ष गर्नुपर्नेछ.. बि पी ले भनेका छन् प्रजातन्त्र आएपछि पार्टी मा भुईफुट्टा बर्ग का चिल्ला कांग्रेसी हावी हुनेछन्.. जसको बिरुद्ध खस्रा कांग्रेसीले संघर्ष गर्नुपर्नेछ.. साच्चै ४६ सालमा जब प्रजातन्त्र आयो चैते र चिल्ला कांग्रेसी पार्टीमा हावी भए.. खस्रा कांग्रेसी या त बढारिए या आत्मसमर्पण गरे या झिंगे दाउ कुरेर बसे.. रामचन्द्रहरु तिनै झिंगे दाउ कुरेर बसेका प्राणि हुन्.. बल्ल तिनको चानस् आएको छ.. त्यो पनि सुजाताले फुस्काउली जस्तो छ.. तिनेरु गतिछाडा नहुदा हुन् र समाजवादी एजेण्डा न छाड्दा हुन् त माओवादीले चाहेरै पनि जनयुद्ध गर्न सक्दैनथे.. माओवादी का टाउकेहरु समेत जनयुद्धको यति छिटो विस्तार भएको देखेर अचम्भित भएकै हुन्

युद्ध होस् वा शान्ति अनि सरकार र संविधान को निर्माण.. नेतृत्व त माओवादी को नै हुनुपर्छ.. जनादेश नै त्यस्तो आएपछि पनि भ्रष्ट कांग्रेसीजन् किन छट्पटिएका छन् ?.. सबैलाई थाहा छ तिनेरु किन छट्पटिएका छन्.. खाई पाई आएको सुबिधा कसैले पनि कहाँ सजिलै छाड्न मानेको छ र ?

प्रभुले तिर्मेको रक्षा गरुन्.. जय नेपाल्

9 comments:

  1. i like your anilysis thank u very much .this artical is fact n truth. i know .

    ReplyDelete
  2. मलाई त चित्त बुझ्यो है। यथार्थ यहीनै हो जसले जे भने पनि। सबैले मौकामा चौका हान्न खोजेकै हुन् मात्र फरक: कहिले को माथि त कहिले को तल।
    देश र जनताको लागी भने कसैले पनि नगर्ने नै भए।

    ReplyDelete
  3. लेकालीDecember 2, 2009 at 4:30 PM

    "ह " भएका भरी सबै मन्त्रीहरुलाई थपिदिन पाए अझै गजब हुने थियो। सबै भन्दा बढी 'ह ' थप्नु पर्नेहरुलाई हावा ब्रोले भुलेको जस्तो छ। आजकलका रुखेजनहरु सबै बि पिको नाम बेचुवा मात्रै हुन अलिकती चेत नरहरी र कृष्ण खनालमा छ अरु सबै चैते परे अनी के को जेल जर्नल पढून र लोकतन्त्र भनेको के हो भन्ने बुझ्ने?

    ReplyDelete
  4. हावाजीले भने झैं नेता मुलाको अगाडी "ह" लगाए फरक पर्दैन |

    तर अन्तिम प्याराग्राफ तिरका कुरा भने मलाई हावा नै लाग्यो, अ-आफ्नो विचार होला |

    ReplyDelete
  5. राम्रो विश्लेषण ।

    ReplyDelete
  6. एकदमै सटिक विश्र्लेशण गर्नुभयो । यसमा मेरो पनि पूर्ण समर्थन छ ।

    ReplyDelete
  7. हावा ब्रोले (ह)रामचन्द्रलाई प्रतिप्रश्न गरेको चित्त बुझ्यो। माओवादीका कमजोरी आफ्ना ठाउँमा छन् तर यी (ह)रामचन्द्रहरुको जुनी आफूले सिन्को नभाँचिकन उही माओवादीको हाउगुजी देखाएर बित्ने भो।

    ReplyDelete
  8. धन्यबाद अरुण ब्रो, अब मलाइ मात्रै हावा भन्नेहरुले पनि केहि बुझ्लान कि ;)

    दूर्जेय ब्रो, देश का लागि गर्नुपर्छ भन्ने सोच भएकाहरु सबै पार्टी मा छन्.. तर प्रस्ट संग भन्नुपर्दा माओबादी मा बाहेक अरु पार्टी मा देश का लागि गर्नुपर्छ भन्नेहरुलाई पाखा लगाइएको छ

    लेकाली ब्रो, गिरिजा र सुजाता लाई जस्तै मलाइ पनि रामचन्द्र लाई गालि गर्न सजिलो लाग्छ क्या.. रामचन्द्रहरू भनेपछि तेसमा सबै आउनेभए.. अस्ति सुन्नुभएन सुजाता ले रामचन्द्रलाई झन्नै कुटेकी अरे.. हीहीहीही..

    मिलन ब्रो, नेताहरुलाई गालि गरेर बुडिले पकाको भात खाएर मात्रै पनि त समाधान त हुदैन.. तेसैले बर्तमान समय मा माओबादी को नेतृत्व मा सरकार बन्नुपर्छ भन्ने "हावा" बिचार मैले राखेको हो

    पुष्प जी, धन्यबाद.. हाम्रो "बर्गीय" स्वार्थ मिलेको जस्तो छ. ;)

    बसन्त ब्रो तपाई संग पनि "बर्गीय" स्वार्थ मिलेको जस्तो छ है ;)

    धुर्ब ब्रो, मैले यो बुझिरहेको छैन कि यिनेरु माओबादी लाई पाठ सिकाइरहेका छन् कि माओबादीलाई झन् झन् कमुनिस्ट अजेण्डा लागु गर्न सजिलो बनाउदै छन् ?

    ReplyDelete
  9. ध्रुबजीको 'हाउगुजी' साह्रै मनपर्यो ।

    ReplyDelete