Tuesday, July 3, 2012

नाक थेप्चिनी र नाक चुच्चिनीका कुरा

खाजा खाँदै थिए.. दुई विवाहित केटीहरु अघी आएर बसे.. एउटी नाक थेप्चिनी थिइन अर्की नाक चुच्चिनी.. दुबै लगभग एकै उमेरका थि..ए दुबैले झन्डै उस्तै पहिरन हरियो रङ्को लगाएका थिए.. फोटो तिनै युवतिहरुको हो

शायद मेरो दिमाग अली बढी नै राजनीतिबाट प्रभावित छ क्यारे.. अचेल म पैला खाने गरेको लिम्बुनी दिदिको पसलमा जाने गरेको छैन.. जेठ १४ को सेरोफेरोमा भएको जातिय कोकोहोलो पछी ति ताप्लेजुङ्की लिम्बुनी दिदी मेरो चुचो नाक प्रती सशन्कित भये जस्तो लाग्यो.. पैले निस्फ्रिकी साथ भाई, तिमी भन्ने मान्छे तपाईं भन्न थालिन.. म सँग अप्ठेरो माने जस्तो गरिन.. मलाई पनि अप्ठेरो लाग्यो अनी म उनको मा जादिन अचेल

तेसैले नाक थेप्चिनी र नाक चुच्चिनीको मेल देखेर एकदमै रमाइलो लाग्यो.. उनिहरु आफ्नै सुरमा गफ गरिरहेका थिए.. गफ राजनीतिक नभयी झट्ट सुन्दा दैनिक जीवन को जस्तो लागेता पनि समाजशास्त्रका अध्यताहरुलाई पनि रुची लाग्ने खालका थिए

उनिहरु नेपाली समाजमा कामकाजी महिला हुनुको अप्ठेराबारे गफिरहेका थिए.. नाक चुच्चिनी चाँही कुनै तीन तारे होटेलमा काम गर्दी रहिछिन.. कहिले काही अफिसबाट फर्किदा रात पनि पर्दो रहेछ.. छर छिमेकले कुरा काटेर गाह्रो छ भन्दै थियिन

नाक थेप्चिनीको पनि तेस्तै समस्या र छ.. घर फर्किदा ढिला हुने सासु ससुराले पनि शन्का गर्छन् भन्दै थियिन.. मेरै सहकर्मीले पनि एक दिन भनिन- ओहो, आज ढिला भैसक्यो मलाई मार्छन अब.. त्यस्तो रात बिरात गर्नु पर्ने के काम छ भन्छन अरे.. म जब मानिसहरुको यस्तो समस्या सुन्छु म सोच्छु कती सुखी छु म.. आफ्नो ब्यक्तिगत सन्चो बिसन्चो बाहेक मलाई कुनै समस्या छैन

अचेल महिलाहरुले पनि आत्मनिर्भर हुनुपर्छ भन्ने फेशन चलेको छ.. त्यसको अर्थ के भने महिलाले घर को काममा मात्र सिमित नभयी आय आर्जन को काममा पनि लाग्नुपर्छ भनिन्छ.. तर के आय आर्जन मा लागेका महिलाहरु साचै सुखी र स्वतन्त्र छन त ? के उनिहरु झनै बढी परतन्त्रमा जकडिन त पुगेका छैनन ?

नत्र भने घर परिवार कै काम अफिस काम भन्दा बढी कठिन हुन्छ.. जस्तो कि सपना प्रधानले पनि भनिन ग्रिहीणी हुनु मात्रै पनि फुल टाइम जब हो नि.. अझ त्यो भन्दा पनि बढी.. घरको पनि काम गर बच्चा पनि हुर्काउ अफिसको पनि काम गर.. फेरी अचेल मानिसहरु सँग काम लिन दिन कस्तो गार्हो छ् सबैलाई.. अत्यन्त स्थिर मनोदशाहुनेहरुलाई समेत आच्छु आच्छु पर्छ.. तेसमाथी त महिलाहरु स्वभावैले अली बढी सम्बेदनशील हुन्छन.. तेसमाथी हाम्रो सामाजिक सन्स्कार एस्तो झन्झटिलो छ

फेरी तपाई भन्नुहोला.. ब्लगमा त खुबै आदर्शबादी बनेर खोक्छस.. मेरो एउटा क्याम्पसको साथीले पनि भन्ने गर्थ्यो ..हावाले जाँड खाको बेला मलाई एसको कुरा सुन्न एकदम मजा लाग्छ.. तर म अहिले जाँड नखाएरै खोकिरहेको छु मित्र.. मेरो वारीपरिका मानिसहरु दुखी हुँदा त्यसको प्रभाव आखिर मलाई पनि त पर्छ नि.. तेसैले म बारम्बार भन्ने गर्छु यो मेरो खोक्रो आदर्श मात्र होइन यो मेरो पनि समस्या हो

कसैको पनि चरित्रमा शन्का नगरौ.. तेसैगरी कसैले पनि चरित्रमा सन्का गर्‍यो भन्दैमा तनाव नलिउ.. चरित्र भनेको समाज निर्मित मान्यता हो जो समय सँङै पारीवन्तन हुनैपर्छ.. फेरी यहाँ अरुको चरित्रमा सन्का गर्ने र आक्षेप लगाउने नैतीकता नै कसको छ र? मेरो कुरा टिपेर राख्नुस् सब सरीफपना पाखन्ड हो

तपाईंले सय बर्षभन्दा पनि अघी एक रुशी साहित्यकार फ्योदोर दोस्तोएव्स्कीको 'क्राइम एन्ड पनिश्मेन्ट' पढनुभको छ ? त्यसमा नायक रादियोन रस्कोल्निखोवले एउटी यौनकर्मी को खुट्टामा झुकेर भन्छन- सारा मानवताको पिडालाई बोकेकोमा म तिमीप्रती नतमस्तक छु.. मलाई पनी बेलाबखत तेसै भन्न मन लाग्छ

एक दिन मलाई मैले ब्यक्तिगत रुपमा नचिनेको तर यो देशको सफल युवा महिलाले लेखिन- हावाजी यू आर डाम राइट फक टू दिस सोसाइटी.. तेसै त भनिनन होला उनले पनि

1 comment:

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete