फेरि केटी कै कुरा गरम् होला धेरै दिनसम्म यसरी केटीको कुरा गर्न पाईएला जस्तो छैन्…ख्यालख्याल मै जोबन बिति त गो तीस को उमेर नाघेपछि आफै झसंग भईन्छ ओहो अब त बुढेसकाल पो लागेछ… आफन्त साथी भाई भेटन पनि अप्ठेरो जसले पनि जहा भेटे पनि एउटै प्रश्न हुन्छ बिहे कहिले गर्ने ? अब त केटी पनि पाउन गाह्रो हुन्छ आदि… मलाई मात्र किन यस्तो कचकच गरेको होला जबकि अचेल नेपालमै पनि तीस को आसपासमा रहरले वा बाध्यताले थुप्रै अविवाहित केटीहरु पनि छन्
यो अप्ठेरो बीस कै अन्तिम बर्षहरुतिर बाट शुरु हन्छ जब साथीहरु खासगरी केटी साथीहरुको धमाधम बिहे हुन थाल्छ…तर पनि मलाई कहिल्यै पनि लागेन कि कुनै केटीले स्वेच्छा ले बिहे गरेको होस् अब लभ परेकाहरुको कुरा अर्कै हो…एक दिन कक्षामा नियमित आउने केटी अचानक हराईन्…उनी अलि चंचल अल्हड स्वभावकी थिईन…हराएको एक महिना जति पछि फेरि आउन थालिन्…सिउदो सुरु हुने ठाउमा छोटो टीका जस्तो सिन्दूर लाएकी…
पैला जहिले नि टी सर्ट प्यान्ट लाउने मान्छे कुर्ता सुरुवाल लाएर आउन थालिन्… सबैले बधाई दिए मैले चाहि एक दिन मेरो छेउमा बसेको बेलामा सोधे…के तिमी साच्चै खुशी छौ ? आफ्नै राजी ले बिहे गरेकी हौ ?...उनले मतिर पुलुक्क हेरिन् अनि भनिन् जीवनमा धेरै कुरा आफ्नो राजी बिना नै हुने गर्छ हामीले खुशी हुन सिक्नुपर्छ…आफु भन्दा सानी केटी को यस्तो दार्शनिक कुरा सुनेर म अवाक भए
एक दिन जाच दिएर अर्की एउटी भर्खरै बिबाहित केटी साथी संग फर्कदै थिए…मलाई आफै अलि अप्ठेरो लाग्यो फ्याट्ट सोधिहालें…अब त तिम्रो बिहे भईसक्यो तिमीलाई म संग हिडन अप्ठेरो लागेको छैन् ? तिम्रो बुढाले देखे भने के गर्छौ ?... उनले निस्फीक्री साथ भनिन् बुझु्नभो हावा जी, मेरो ह्वा तेस्तो न्यारो माईन्डेड् हुनुहुन्न क्याम्पस मा लेक्चरर हुनुहुन्छ
केटीहरु पनि अचम्म अचम्म का हुन्छन्…कोही बिहे अघि बोल्ड अनि बिहे पछि शाई हुन्छन् भने कोही बिहे अघि शाई अनि बिहे पछि बोल्ड हुन्छन्…शायद बिहे पछि को घर परिवार र केटा संग एड्जस्ट गर्दा त्यस्तो हुन जान्छ…प्राय केटीहरु एक किसिमको सामाजीक डर वा प्यारानोईया बाट पिडित हुन्छन्…हुन त यस्तो सामाजीक प्यारानोईया केटाहरुलाई पनि हुन्छ…
तेस्तो हुन आवश्यक छैन तैपनि कहिलेकाहि मलाई नै पनि हन्छ…तर केटीहरुलाई बढी हुन्छ प्यारानोईया…अरु त अरु भिक्षुणी जीवन बिताउने आनी छोयिंङ् डोल्मा को पनि मन पर्ने गीत कुछ तो लोग कहेंगे हुनुमा तेस्तै कारण त होला नि…तेसैले पो राजेश हमाल ले अरु सबै प्रश्न गर्नु तर बिहे कहिले गर्ने भन्ने प्रश्न नगर्नु टेन्सन हुन्छ भन्दा रैछन्…
एकपल्ट यस्तै कुरा गर्दा एउटी केटीले ए केटा मान्छे मान्छेलाई पनि कचकच गर्छन् मैले त केटी मान्छेलाई मात्रै पो तेसो भन्छन् भन्ठानेको हाम्लाई त २४, २५ को हुन पा छैन कस्तो कचकच गर्छन भने दिक्क लागेर आउछ भनिन्…
अस्ति दीपा मेहता को बिदेश भन्ने फिलिम हेर्दा प्रिटी जिन्टा को कस्तो माया लागेर आयो भने मैले सोचे शायद म केटी भएको भए कहिल्यै पनि बिहे गर्दिनथे होला…जबकि मलाई थाहा छ कि त्यस्तो एक्सट्रीम केस कमै हन्छ र केटा मान्छेहरु पनि कम पीडित छैनन्… नेपाल मा भ्रष्टाचार, अपराध र आडम्बरी जीवनशैली बढनुमा श्रीमती र गर्लफ्रेंडहरुको पनि ठुलो हात छ भनिन्छ
अरुका जोडीहरु वा सिनेमामा देखाईने प्रेमीहरुले गरेको रोमान्स देख्दा मलाई पनि एउटी सुकुमारीलाई आफ्नी बनाउन मन नलागेको त हैन…तर फेरि पार्कहरुतिर कोर्टींग फ्लर्टींग र डेटींग आदि के के हो के के को लागि प्रत्येक दिन घण्टौ जुल्फी खेलाएर आईसक्रीम खादै बसिरहेका जोडीहरु देखेर दिक्क लागेर आउछ
आ को त्यो एउटी जाबो केटीको पछाडि समय र पैसा फोकटमा खेर फालिराख्छ जस्तो लाग्छ…साच्चै बुढेसकाल पो लाग्यो कि कसो अलि कन्जुस पनि हुन थालिएछ…ईन्टरनेट मा भेटिएकी एउटी कुईरेनी ले भनी तैले लभ गरेको छैनस जस्तो छ एक पल्ट लभ गरेर त हेर कत्तिको मजा आउछ संगै केही नगरी बस्दा पनि…आ पर्या छैन आफुलाई लभ सभ गर्न
तर बिहे गर्ने मन नभए पनि गर्लफ्रेंड नै बनाउन मन नलागे पनि केटी साथी बनाउन चाहि मलाई अझै पनि मन लाग्छ…तेसैले फेस बुक मा फ्रेण्ड सजेशन भनेर केटी को नाम आयो कि म अयाड गरिहाल्छु…नपत्याए फेस बुक मा मेरो साथीहरु चेक गरि हेर्नुस त