Tuesday, August 4, 2009

अब केनाके सल्टाएब हो परमानन्द भैया

परमाननन्द झा उर्फ चरेशानन्द झा ले फेरि सपथ खालान के ? कि घुर्की लाए जस्तैराजीनामा नै देलान् ? मेरो बिचारमा उनले केही पनि गर्ने छैनन्..राजीनामा त तिनलेमरिगए पनि दिन्नन्..बरु नेपाली मै फेरि शपथ खाईदिनेछन् देश र जनताको हितकोलागि.. त्यो तथाकथित सर्वोच्च अदालतको पु्र्वाग्रही ताकेतालाई एउटा कुनै जवाफ को औपचारिकता दिएर लोप्पाख्वाइदिनेछन्

उनलाई मैले पनि चरेशानन्द भन्नुमा कनै खसवादी भाषिक अहन्कार नठानियोस.. न्यायधिश छदा झाजीले पनिनेपालका स्वतन्त्र भनाउदा अरु धेरै न्यायधिशले जस्तै चरेश काण्डका कुनैअभियुक्तलाई सफाई दिएका थिएरे..उनलाई थाहा छ उपराष्ट्रपति जस्तो पद उनलाई लौटरी परेको हो.. त्यो पद जुनसुकै कारणले गुमेपनि उनकोराजनीतिक भविष्य फेरि छैन.. तेसैले शपथ जस्तो मामुली झमेलामा अडेर उनले कुनै हालतमा राजीनामा गर्दैनन्गर्दैनन्.. येतिको झमेला हन्छ भन्ने थाहा भएको भए तिनले भाषा मात्र हैन लवज पनि मिलाएर नेपालीमै शपथलिने थिए के गरुन् हिरो बन्न खोजेका थिए

सबैले नै भन्छन् बरु उनले आफ्नो मातृभाषा मैथिली मा शपथ खाएका भए नियम कानुन अदालत जेसुकै ले पनिकेही लछार्पाटो लाउने थिएन्.. उनी किन भारतीय भन्दा पनि बढी भारतीय हुन खोजे त्यो उनैलाई थाहा होला.. मैलेपनि रेडियो कान्तिपुरमा आउने धीरेन्द्र झा प्रेमर्षी को हेलो मिथिला कार्यक्रममा बिहार का थुप्रै मैथिलीभाषीहरुलेउनले मातृभापाको अपमान गरे भनेको सुनेको थिए..

मैले देखेको के हो भने तराई क्षेत्रका मैथिली, भोजपुरी, अवधी अदि भाषीहरुमा खासगरी उच्च भनिने जातिहरुजस्तै झा,सिंह,राजपुत, बाभन, साह आदि हरु जब अलिकता सिक्षित र सक्षम हन्छन् उनीहरुले मातृभाषा छाडेरस्वेच्छिक रुपमा हिन्दी प्रयोग गर्छन्.. हिन्दी प्रयोग गर्दा गौरवान्वित महसुस गर्छन्..जस्तो कि पहाडियाहरुमापैसा र शिक्षा बढदै जादा नेपाली वा अन्य भापा छोडेर अंग्रेजी बोल्ने चलन छ..

मधेशी शिक्षित उच्च वर्गले हिन्दी यसकारणले पनि अगाल्छ कि यसले उनीहरुको दिल्ली सम्म को पहुच सजिलोहुने गर्छ..भारतीय दुतावास मात्र नभई सिधै दिल्ली सरकार र संस्थाको माध्यमबाट पाउने छात्रवृत्ति र अन्य सुबिधाअनि त्यहाका उच्च बर्ग सग पहुच बढछ.. बाउ आमा संग मैथिली मा तर छोरा छोरी संग हिन्दीमा बोल्ने गरेकोमैले काठमाण्डौकै उच्च प्रशिक्षित मधेशी परिवारमा देखेको छु..जनस्तरमै पनि हिन्दी स्टाटस सिम्बोल रहेको हुदामधेशी दलहरुले किन हिन्दी लाई नेपालको सरकारी भाषा बनाउन चाहन्छन् त्यो प्रष्टै छ

तर तेति हुदा हुदै पनि लिखित रुपमा चरेशानन्द झा जी ले पनि अहिलेको नेपालको सरकारी भाषा नेपालीमै शपथलिनु भएको हुदा अरु कुनै राष्ट्रिय महत्वको सवालै नभएको जस्तो अदालत,पार्टी,वा अरु निकायले झाजी कै पछाडिकुदीराख्नुपर्ने आवश्यकता म पनि देख्दिन्… जनता को अदालत मा झाजी को मुल्यांकन भईनैराखेको छ

Sunday, July 26, 2009

नेपाल बन्द: राष्ट्रपती दरबार, सिंह दरबार र प्रधानमन्त्री दरबार बन्द गरौ

बन्द गर्ने नै भए नेपाल बन्द हैन काठमाडौ बन्द गरौ भन्नेमेरो आह्वान मानेर काठमाडौका सार्वजनीक यातायात व्यवसायीहरुले त मलाई नै पो फसाद पार्दिए भन्या तिनदिन देखि माइक्रो र बस चल्या छैन उपत्यका भित्र...लौ बन्द पनि कस्तो ? सडक खाली छैन...टायर बलेका छैनन्... गाडी कुदेका कुदै छन्...मैले चढने सवारी मात्रै गुडेका छैनन् टयाक्सी चले पनि तेसमा चढने कुरै आएन


पहिलो दिन त मजै लाग्यो अफिस जान परेन भनेर...हिजो शनिवार भैगो..आज पनि पो गाडी बन्द रै छ...सरकारी जागीर भए पो आज पनि जान परेन भोली हाजीर मिलाउला दंग पर्न...गाडी नचले भोली देखि नआउनोस भनेर बोस ले थर्काउला भन्ने डर भो...तैपनि ट्याक्सी चढिहाल्ने आट आएन ३ घन्टा हिडेरै जान पर्यो कि कसो ?


अहिले भने बाइक त चाहिने कुरा पो हो कि जस्तो लाग्यो... सडक भरी बाइक कुदेका थिए आफु भने लखर लखर...धन्न अरु बेला ब्रोइलर कुखुरा झुण्डाउने टिपरहरुले आज एक जना को बीस रुपिया लिदै मान्छे झुण्डयाएका रछन्...अब सम्बिधान बनाउन मैले पनि त योगदान दिनै पर्यो... म पनि झुण्डिए


यतिका दुख पाए पनि हिडेरै जान परे पनि यो माइक्रो बसको यो आन्दोलन प्रति मेरो समर्थन छ...अस्ति उनीहरुको नारा पढेरै सहानुभुति लाग्यो...काम गरेर खान पाउ यस्तै नारा थिए...आफुलाई सभ्य र परिवर्तनकारी भन्ने पार्टीहरुका गुण्डा बिध्यार्थी ले के निहुमा हो माइक्रो नै जलाइदिएछन्...फलानोलाई फासी दे येसो गर् तेसो गर् भनेर थर्काएको सुन्ने बानी परेकोले काम गरी खान पाउ जस्तो शालीन र सभ्य शैलीको नाराले मन छुने नै भयो... पढलेखेका र बसी खानेहरुको गुण्डागर्दी बिरुध्द गरी खानेहरुको अत्यन्त भद्र प्रदर्शन भन्छु म


तैपनि यस्तो बन्दले त मन्त्री नेता र ठालुहरुलाई केही फरक त पर्दैन्...उनीहरुको सवारी त चलिनै हाल्छ...कि भने झ्याम्मै चक्का जाम नै गरम् टायर सायर बालम् एक दई ठाममा पुलिससंग हल्का भिडम् पनि...होईन भने रचनात्मक बन्दनै गर्ने हो भने तथाकथित निषेधित भनिएको सिंहदर्बार राष्टपति दर्बार र प्र म माकनेको बालुवाटारनै ठप्प पारौ...जुन सुकै बन्दमा पनि जनताको दैनिकी नोक्सान नगरेर ठालुहरुलाई मात्र घेर्दा जनसमर्थन र सहानभति पनि टन्नै आउनेछ...तेसो गर्दा मान्छे पनि कम चाहिने चाडो असर पनि गर्ने


काठमाण्डौमा जसको पनि ठुलो समुह छ...जुनसकै जनजाति मधेशी वा मुसलमान अनि सबै किसिमको पेशाकर्मीको पनि... देशभरिका बन्दकर्ताले जनतालाई दिनहु मर्कामा पार्नको साटो यी तिन ठाउमा एक दिन मात्र ठप्प पारे भने तुरुन्त असर गर्छ… निषेधित क्षेत्रमा बन्द हडताल गर्न पाइदैन कसले भन्छ ? सरकारकै कर्मचारीहरुले तलब बढाउन सिंहदर्बार बन्द गरेर आफ्नो माग तुरुन्त पुरा गर्न लगाएर अरु सबैका लागि बन्द गर्ने अधिकार खुला गरिदिएका छन्

Tuesday, July 21, 2009

साझा सवाल बी बी सी रंगकर्मी मधेशी पहाडी र मानव अधिकार

अस्तिको बी बी सी साझा सवाल कार्यक्रममा मानव अधिकार आयोगका सदस्य गौरी प्रधानलाई र्याखर्याखती पारेको र प्रधानलाई जवाफ दिन हम्मे हम्मे परेको सुनेर मलाई लाग्यो वास्तवमा जिम्मेवारी स्वीकारेर निष्ठापर्वक कार्य सम्पादन गर्न भन्दा बाहिर बसेर औला ठड्याउदै यो भएन र त्यो मिलेन भनेर खोक्न धेरै सजिलो छ र अचेल मलाई मात्र हैन जसलाई पनि आउदो रहेछ…

बी बी सी को कथा मिठो सारंगीको र साझा सवाल कार्यक्रम सुनेपछि के पनि लाग्छ भने नेपालीहरुले मोटो बिदेशी अनुदान पाए मात्रै किन आफ्नो प्रतिभालाई समाजमुखी चिन्तन मार्फत् प्रस्फुटन गरेका होलान् ? के यस्ता कार्यक्रम नेपाली स्रोत बाटै कम आय वा खर्चमै पनि नेपालीहरुले नै बनाउन सक्दैनन् र ?

हिजै हो कि अस्ति कान्तिपुर दैनिकमा भित्री पेजको कतै एउटा कुनामा सानो समाचार थियो धनुषा का रंगकर्मीहरुले मधेशका गाउ गाउमा पहाडी मधेशी हिन्दु मुस्लिम अनि दलित गैर दलित सद्भावका लागि सडक नाटक प्रदर्शन गरिरहेका छन अरे…काठमाण्डौको गुरुकुलमा कणार्ली दक्खिन बगेको देखेर वा ग्रीक इडिपस राजाको दुखमा आसु चुहाउदै प्रस्तुत गर्ने, हेर्ने, र लेख्नेहरुले खोई देखेको ? कोही अलग राज्य र जातिय सफाया गरिरहेका बेला काठमाडौमा बसेर तथाकथित राष्ट्रियताको आडम्बर खोक्नेहरुले मधेशमा मधेशकै कलाकारहरुले पहाडीहरुकाप्रति दर्शाएका सहानुभति र सद्भावको चर्चा अनि कदर गर्नपर्दैन ?

साझा सवालका नारायण श्रेष्ठको प्रस्तुति शैली मलाई रोचक लाग्छ..यस्ता अन्त्रकृयात्मक कार्यक्रम व्यापक निर्माण गरिनपर्छ…पदीय दायित्व निर्वाह गर्नपर्नेहरुले अनेक बहाना बनाएर जवाफदेहीताबाट उम्किने गर्छन्… जस्तो कि गौरी प्रधान पहिला सिवीनका संचालक थिए क्यारे उनले सडक बालबालिका का बारेमा राम्रै काम गरेका थिए जस्तो लाग्छ मलाई…तर संस्थागत कारण ले होस वा व्यक्तिगत मानबअधिकार आयोग को सदस्यको रुपमा उनले पनि पदीय दायित्व निर्वाह गर्न नसकेकै रहेछन्…

गौरी प्रधान जस्ता बिश्वशनियता भएका व्यक्तिहरुले पदमा बसेर माओवादी शैलीमा आत्मालोचना मात्र गरेर भएन…कि गर्नसक्नुपरयो हैन् भने आफ्नै सहकर्मी वा सरकार वा राजनीतिक दलले भनेको सुन्दैनन् भने प्रधान जस्ता व्यक्तिहरुले बरु राजीनामा दिएरै तिनलाई जनताका अघि नडग्याउदा बढी योगदान हुनेछ…हैन भने अदालतका भु पु न्यायधिशले अध्यक्षता गर्ने नेपालको मानव अधिकार आयोग को छवि र विश्वसनीयता पनि नेपालको अदालत र न्यायधिशप्रतिकै जस्तो धरापमा पर्न थालिसकेको छ…

कुनै डर, लोभ वा प्रभावले मानब अधिकार आयोगकै पदाधिकारी मुक्त छैनन् भने तिनले कसरी पीडितलाई न्याय दिन सक्छन् ?

Thursday, July 16, 2009

पर्दैन बढाउन तलब सरकारी कर्मचारीको


तलब बढाउन पर्यो भनेर मेरै घोक्रो सक्ने गरी चिच्याइरहेका नेपालका अझ भनौ काठमाण्डौका सरकारी कर्मचारीहरुको अनुहार र भावभंगिमा देखेपछि मलाई लाग्यो यी सरकारी कर्मचारी हुन कि माओवादीका वाइ सी एल ? यी दर्गम र मोफसलमा जान नमानेर काठमाण्डुमा सुख सुबिधा भोगेर थाम्न नसकेका भुडीहरु हल्लाउदै तथाकथित निषेधित क्षेत्रमा उफ्रिनेहरुको चुरीफुरी हेर्न लायकको थियो नभनु भन्दा पनि फुत्त मुखबाट निस्किहाल्यो...तेलचोर जाठाहरु


महगी तिनेरु सरकारीलाई मात्र बढेको छ अरुलाई छैन ? चानचुन बढीमा २ लाख कर्मचारी होलान् देशभरीमा्, तिर्नेलाई तलब बढाउनासाथ बजार भाउ झन् झन् बढछ र बढेपछि ओर्लिदैन... जोक गरेको हैन मैले पनि तरकारी खान कम गरिसकेको छु... भाउ सुनेरै पनि किन्न मन लाग्दैन... अनि तिनको तलब बढेपछिको महगीको बोझ बाकीले व्यहोर्नपर्ने ?


लाज पनि नभाका... कालो ब्यानरमा लेखेका थिए राष्टसेवक कर्मचारी अरे... जोक पढेर अट्टाहासनै गर्न मन लाग्यो हा..हा...हा..हा.... सिंहदरबार जन्तुखानामा राष्टसेवक कर्मचारी पनि पाइन थालेछन् है... कसलाई थाहा छैन त्यो ९० प्रतिशत भन्दा बढी चोरहरुको जमात हो... तिनीहरु भन्दा गल्लीका गुन्डाहरु इमान्दार छन्.. अचेल भन्न पनि थालेछन हौ डनहरुले पनि हामी त समाजसेवक हौ अन्यायमा परेकालाई अलिकता पैसा लिएर उध्दार गरिदिन्छौ भनेर...नेताहरु जनसेवक, कर्मचारीहरु राष्टसेवक, अनि डनहरु समाजसेवक... एकदम सिक्वेन्स मिलेको रैछ...हाहाहाहाहाहा


प्रचण्डको शैलीमा भन्दा त्यो नकच्चरो अर्थमन्त्री भनाउदोको नाटक हेर न... तिमेरु आन्दोलन गर्छु भन म तुरुन्त बढाइदिन्छु भनेको जस्तो बिज्ञप्तिनै निकालेछ हामी सकारात्मक छौ बार्ता गर्न आउ भनेर... जनतालाई पनि भन्न पाइने कर्मचारीले मान्दै मानेनन् टेरेनन् के गर्ने ? बाहुन न परे धुत्याई देखाइहाले... अनि हाम्रा राष्टसेवक कर्मचारी पनि कति बाठा त... बाहुनकै बर्चश्व रहेको कर्मचारीको संगठनको नेतृत्व राई ले गरेका रछन्... अब जनजातिको नेतृत्वमा भएको संगठनको कुरा नसुनी हुने भो त ?
भन्न त मन थियो कर्मचारीहरुलाई पुरानै डाइलग छोड तिमेरु जागीर...हामी तेतिकै तलबमा काम गर्छौ...आखिर अहिले पनि हामी निम्न स्तरको सरकारी कर्मचारी भन्दापनि कम तलबमा काम गरिरहेकै छौ...न कुनै भत्ता सुबिधा न सन्चय कोष न पेन्सन न टेबलमुनिको आम्दानी...फेरि सोच्छु खाउन त यिनेर्ले पनि सबैले खाइरहेकै छन्...यिनकै बालबच्चा बोर्डिग पढुन, जाउ्न् बिदेश...घिचुन न त जाठाहरुले पनि

तस्बिर:कान्तिपुर दैनिक

Tuesday, July 14, 2009

ख्याति हत्या रुढिग्रस्त नेपाली समाज र सनसनीखेज मिडिया


आजपनि मिडियामा ख्यातिकै चर्चा र छ.. कतै दौतरी व्लगमा प्रभाजीको जस्तो भावुकता अनि कतै हत्याराको डायरी शिर्सकमा नया पत्रिकामा जिम्मेवार पत्रकारिता भन्नै नसुहाउने सनसनीखेज प्रस्तुति... प्रभाजीले ख्यातिलाई सहीद भनेको र त्यसमा जनाइएको आपत्तिमा म खासै टिप्पणी गर्न चाहन्न… तर रातारात चर्चित हुन चाहने आसयका साथ लेखिएको के पी को तथाकथित डायरी नया पत्रिकाजस्तो दैनिक पत्रिकाले सनसनीखेज रुपमा प्रस्तुत गरेकोमा मलाई त्यो पत्रिका नै मन परेन...

बरु नया पत्रिकाकै अनलाइन व्लगमा बिनु र चण्डीको आलोचनात्मक टिप्पणी उचित लाग्यो... वास्तवमा बेहोस पार्ने ओखतीको नाम समेत लेखेर हिन्दी पत्रिका मनोहर कहानिया र सत्य कथा कै शैलीमा अपराधलाई रोमांचक र मनोरन्जनात्मक कथाको रुपमा प्रस्तुत गर्न जिम्मेवार र मर्यादित पत्रकारिता गर्छु भन्नेहरुलाई सुहाउदैन... मैले पनि यस्तै आलोचनात्मक टिप्पणी गरे...आलोचनालाई पनि ठाउ दिन सकेकोमा चाहि नया पत्रिकालाइ धन्यवाद

के ख्याति हत्याकांडले यो पनि देखाउदैन कि नेपाली समाज खासगरी आफुलाई पढेलेखेको जागरुक ठान्नेहरुको समाज आफुभित्रको कु्ररता र संवेदनहीनता स्वीकार गर्नको साटो अझै पनि डिनायल कै अवस्थामा छ ? समाज भनिदिदा सबैलाइ सजिलो हुन्छ किनभने समाज भन्दा आफु बाहेको भन्ने अर्थ मा हामी बुझ्ने गर्छौ...एउटा ख्यातिको वा उमाको हत्या हुदा वा एउटा मैनाको बलात्कार हुदा हामी भावुक हन्छौ तर के हाम्रा आफ्नै मान्यताहरुनै स्वपीडक अनि परपीडक छैनन ?


ख्यातिको हत्या पछि प्रहरीले बलात्कारको अनुमान गरेको मिडियाले सनसनीखेज बनायो त्यसमा ख्यातिका् परिवार थप मर्माहत भएको थाहा भयो... बलात्कारलाई त्यत्रो महत्व किन दिनपर्यो ? के बलात्कार हत्या भन्दा पनि जघन्य हो ? बलात्कारसंग इज्जतको के सम्बन्ध ? रत्नपार्कमा एउटा चटके दाईले दर्शक हसाउन भन्थ्यो, हातले ईशारा गरेर, नेपालीहरुको दिमाग दाईको टाउकोमा हैन ई यता भाईको टाउकोमा हुन्छ...हो र छ


मिडियामा पत्रकारहरु मसला हालेर स्वाद लिदै लेख्छन् ठुलाठुला राष्ट्रवादी विद्वानहरु बखान्छन् सीमा मिचेर भारतले नेपालको अस्मिता माथि बलात्कार गर्यो रे... सिनेमा सिरियलमा भन्छन् भिलेनले हिरोइनको इज्जत लुट्यो...गजब छ बा, अपराध गर्नेको इज्जत जानुपर्ने हो कि पीडितको ?

Tuesday, July 7, 2009

म किन गुरु पुर्णिमा मान्दिन


काममा आउदै थिए माइक्रोको एफ एम मा आर जे ले सुरिलो स्वरमा आज गोरु पुजा भनेपछि पो थाहा भो आज गोरु पुर्णिमा पो रै छ.. झसंगै भइयो अहो आज पनि काम मा आइएछ लौ जा एउटा बिदा को राम्रो अवसर सित्तैमा खेर गो ..तै पनि सेकुलर भैसके को नेपालमा यो हिन्दु त्यो पनि बाहुन को महत्व झल्काएको जस्तो देखिएला भनेर यसलाई खासै महत्व दिएको थिइन व्लग गर्न त परै जाओस..फेरि अग्रज ब्लगर दिलीपजी ले कत्ति न आदर्शवादी भएर गुरु महत्ता बखान गरेकोे पढेपछि झोक चलेर आयो


फेरि झसंग भइयो.. ए तेसैले पो आज बाउ बुढा बिहानैदेखि दंग परेका रछन्.. मैले उनलाई के मान्छु त्यो नभनौ तर उनी चाहि आफुलाई मेरो बाउ मात्र हैन गुरु पनि आफै भएको दावी गर्छन्.. जहिले पनि गाली गर्नपर्यो भने डाइलग दिन्छन बुढा म तेरो बाउ मात्र हैन गुरु पनि हो बुझिस् भनेर खोक्छन्.. ठुलो भएपछि टेर्दैन भनेर बुझिसकेका रछन् त्यै भन्न पो म नाबालक हुदै बर्तुन गर्देका रैछन मन्त्र आफैले सुनाएर गुरु पनि हुन पाइन्छ अनि गाली पनि गर्न सजिलो हुन्छ भनेर.. म पनि के कम ठुलो भैसके पछि पनि के को गुरु न सुरु एक दिन बाउले राम्रो संग पढेन भनेर गाली गरेपछि जनै पनि फुकालेर बिष्ण्ुामतीमा फाल्दिए... मम खान पनि डिस्टर्ब गरिराथ्यो


तेसो त स्कुल क्याम्पस पढदा एक दुइ जना साच्चै नै असल गुरु देखेर तिनका पछि पछि जहिले पनि सर् सर् भन्दै बिध्यार्थीको हुल देख्दा आफुलाई पनि त्यस्तै रहर नभएको हैन मास्टरै पनि भइयो बोर्डिंग स्कुलमा दंग परिन्थ्यो ..कतिले सर् सर् भनेर पछि लाग्दा साच्चैको पुजा नै गर्दा रछन् गुरु पुर्णिमाको दिन त.. तर पछि थाहा हुदै गो त्यो पुजा त तिहारको एक दिन कुकुरलाई गरिने पुजा पो रहेछ.. एकदिन कक्षामा अनायास भन्न पुगेछ म गुरु हैन एउटा कुकुरले जस्तो अनुभव गरिरहेछु ...किन सर किन भन्दैथिए.. कोही साथी अझै पनि बोर्डिंगको मास्टर हुनुहुन्छ भने बुझिसक्नभो मैले किन त्यसो भन्न पुगेछ


हुन त म अ‍ैले मास्टर छैन र सकेसम्म मास्टर हुनबाट जोगिन चाहन्छु.. तैपनि कोही बुजु्रक बिद्वानले अचेल मास्टरले पढाउदैनन् भनेको सुन्दा बजाइदिउ जस्तो लाग्छ ..अझै पनि थुप्रै मास्टर स्कुलमा क्याम्पसमा देख्छु कत्ति न नोबेल प्राइज पाउला झै घोक्रो सक्ने गरि चिच्याइराहुन्छन्.. मलाई भैरव अर्याल को टाउको सम्झना हन्छ पृथ्वी गोल छ कस्तो गोल रे गुरु ...टि यु ले २० नम्वरको आन्तरिक परीक्षाको व्यवस्था गरेपछि जसरी मैले बिद्वान बिध्यार्थीहरुले आफ्ना गुरुहरु लाई र्याखर्याखती पारेको देखे मलाई बोध भो बोर्डिंगको मात्र हैन युनिभर्सिटीका मास्टर पनि कुकुरै रहेछन्


तेसैले बाउ जति दंग परे पनि आफु भने यो गोरु पुर्णिमा मनाइदैन एक दिन कुकुर तिहार मानेर बाकी दिन भुस्याहा बनाउने परम्परा म मरीकाटे मान्दिन

Thursday, July 2, 2009

S. L. C. Result: एस् एल सी को रिसल्ट: सफल तिम्रो त्यो जिन्दगीलाई

एस एल सी पास गरेका भाई बैनाहरु तिमेर्को उमंग देखेर म आफनै एस एल सी सम्झेर दंग परेको छु.. मैले पनि एस एल सी फस्ट डिभीजनमा पास गरे त्यो पनि गाउको सरकारी स्कुलबाट.. त्यो पनि कत्ति पनि चीट नचोरेर.. धेरै टयालेन्ट त हैन मिहीनेत भने धेरै गरेको थिए.. सबैले भन्थे ठुलो मान्छे हुन्छ यो डाक्टर हन्छ मैले पनि सोचे ठुलो मान्छे हुन्छु म.. डाक्टर भएर किताबमा पढेको जस्तै आर्तहरुको चहरयाइरहेको घाउमा मलम लगाउनेछु म.. दुखीहरुको सेवा गर्नेछु

काठमाडौ आए आफन्त ले सोधे के पढछस अब त.. बाइलोजी भन्दा कसैले भन्थे सक्छस त ?.. गाउमा पढेको केटो सक्लास त बाइलोजी पढन ? मेरा आखा भरी सपना थिए.. किन नसक्नु उडी छुनु चन्द्र एक.. बाबुराम गाउकै स्कुलबाट बोर्ड फस्ट भएका हैनन ? देश भित्र बाहिर सधै टप गरेका हैनन ? म पनि ठुलो मान्छे बन्छु

अहो साइन्स पढन त एकदम गारो हुने रछ.. १० कक्षाभन्दा धेरै भास्ट कोर्स हुुदो रछ.. चित्र पनि धेरै बनाउन पर्ने.. म्याथ पनि धेरै प्राक्टीस गर्नपर्ने.. थ्योरी पनि तेस्तै घोक्न पर्ने.. एता क्याम्पसमा पढाइ राम्रो नहु..ने भर्खर क्यापस ज्वाइन गरेकोले साथीहरुसग हाहा हुहु पनि तेत्तिकै गर्न मन लाग्ने.. कुखुरे बैश.. केटीहरुसंग पनि तेत्तिकै घुलमिल हुुुन मन लाग्ने.. टयुशन पढदा पनि नभ्याइने.. अहो म त फेल पो भएछु

फेल भएपछि त म अर्कै भए.. धेरै साथी फेल भएका थिए कोही कमर्सतिर गए कोही आर्ट्स तिर भने कोही टेक्नीकल तिर.. मलाइ भने संसारै अध्यारो भयो.. अब म ठुलो मान्छे नहुने भए.. पढनै मन लागेन.. सबैले भन्थे फ्रस्टेट भयो यो कतै केटीको चक्कर मा ड्रगको चक्कर मा त लागेन यो.. साथीहरु भन्थे को हो त्यो भनन टयाजेडी पार्ने.. म के भन्नु सक्दो पढेकै थिए.. लभ सभ र ड्रगको चक्कर केही पनि थिएन.. कोर्स नै भास्ट र छ के गर्ने ?.. मलाई त डिप्रेशन भएछ.. अचेलको जस्तो यो काउन्सेलीड र मनोचिकित्सा भन्ने पनि त थिएन दुइ चार बर्ष अघिसम्म पनि

जीवनमा धक्का खादै अहिले धेरै पछि आर्टस पढन थालेको छु.. अहो संसार त आर्टस मै पो रहेछ.. मेरो मात्रै कथा किन यस्तो भनेको त यहा त प्रायको कथा यस्तै नै रहेछ.. मानिस उसको इतिहास, उत्पति, समाज र राजनीति, बिभिन्न बिचारहरु, मान्छेका हासो खुशी अनि बेथाहरु के छैन आटर््स मा ?.. ठुलो मान्छे बन्ने रहर कत्ति पनि छैन अब मलाई.. जीवनलाई आर्ट्सको अध्ययनबाट बुझेपछि प्रतिस्पर्धाको भीषण घाटी रेटाई मा एक अर्कालाई पछारेर जहिल्यै टेन्सन र हाइपरटेन्सन गराएर ठुला भनिने स्वाडे र सोखिन भन्दा खेतीपाती गरेर सानो तिनो इलम गरेर हासी हासी जीवन बाच्न सक्नेहरु नै महान हुुन भन्ने निचोड मा म पुुगेको छु.. खुशी नै छ

भाई बैना हो, अब तिर्मेलाई मेरो काउन्सेलिड.. अचेल यो काउन्सेलिड र ब्रीज कोर्स भन्ने चलन रैछ.. ठगेका छैनन भने त रामै्र कुरा नै हो मुख्य कुरा तिमेर्को बाउ संग पैसो कति छ भन्ने नै हो.. मलाई त यो घास पात जस्ता एडुकेशन फेयर देख्ने बित्तिकै झर्को लागेर आउछ.. शैक्षिक माफियाका संजाल भन्छु म त.. त्यसमा खर्च हुुने करोडौ पोस्टर, पम्फलेट, विज्ञापन को खर्च सामान्य हिसाब बाट पनि कैयौ अरब हुुन आउछ त्यो पैसा कहा बाट आउछ ?... कुन बाउले इमान्दारीको कमाइले तेस्तो ठाउमा छोराछोरी पढाउन सक्छ ?.. यो कुरा पनि बारम्बार सोच्ने र सोध्ने गर्नु

अर्को कुरा, हुुन त यसपाली पास हुनेको बहुुमत छ मेरो मन भने पास हुन नदिइएकाहरु अल्पमत प्रति छ.. फेल भइयो भनेर मनमा कत्ति पनि पीर नलिए.. केही अर्थ मा अहिले फेल भएको राम्रै पनि भो.. मैले यो कुरा फोस्रो सात्वना दिन भनेको हैन अलि ठुलो भएपछि आफै पनि बुुझ्ने छौ.. त्यो बेला यो हावा दाईले पनि ठिकै भनेको रैछ है गाठे भनेर सम्झिनेछौ

म संगै एस एल सी मा फेल भएका तेसबेलाका साथीहरु अहिले बिस्तारै तर लगातार पढेर राम्रै जीवन बिताइरहेका छन्.. जहा पढे पनि एक दुई तिन चार पाच बर्ष फेल भएमा पनि चिन्ता लिन पर्दैन.. भर्खर पढाई शुरु गर्दा एक वर्ष पनि खेर नजाओस जस्तो लाग्छ तर केही फरक पर्दैन तेसले.. साथीहरु पनि पुराना छुटदै जान्छन नया बन्दै जान्छन.. तेस्तै हो लाइफमा.. तेस्तै हो कभी खुशी कभी गम

अ, बरु त्यो छ महिने, एक बर्षे दुई बर्षे प्राविधिक तालिम लिए अति काम लाग्छ.. जे मा लिए पनि हुन्छ.. आफुुलाई रुचि भएको मा गाडी बनाउने, बाइक बनाउने, वेब साइट बनाउने, प्लम्बिड, मेकानिकल, कम्पटर, होटल, कृषि तालिम, स्वास्थ्य तालिम जे भए पनि हुन्छ.. मैले भने नि अत्ति काम लाग्छ

ल त मेरो हार्दिक शुभकामना छ...सफल तिम्रो त्यो जीन्दगीलार्इृ

Sunday, June 28, 2009

नेपालका मुजी मन्त्रीहरु

मुजी मन्त्रीहरु..जाठा ठुलाबडा भनाउदाहरु.. झ्याक्ने बुर्जुवाहरु.. यो सडक तिनेर्को बाउको बिर्ता हो ?... माम्पाखाहरु आजपनी बाटो जाम भएर अफिस जान ढिला भो.. ड्राइभरले ट्राफिक लाई गाली गर्छ ट्राफिक ले ड्राइभर लाई गाली गर्छ एउटा ड्राइभर ले अर्को लाई गाली गर्छ यात्राुले खलासी लाई गाली गर्छ तर यो सब अब्यबस्था को कारण त्यो ठुलामन्छे हाकिम मन्त्री भनिने सुङुरहरु हुन हाम्ले सर्वजनिक गाडी चडनु हुने तिनेर्लाई चाँही सवारी चाहिने ?

काठमाडौंको सडकले सारा राज्नीतिक् प्रशासनिक र सामाजीक भ्रस्ताचारलाई छर्लङ पार्छ.. भोका नाङा जनता को तस्बिर देखाएर डलर कुम्लौने चोरहरु.. अरु मान्छे जस्ताइ हिडन हुँदैन त्यो मोराहरु ले ?.. अनी यी बुद्धिजीवी प्रोफेसनल भनिने बेस्याहरु.. पद र सुबिधाको लागि चोर नेताहरुको अघी लम्पसार पर्ने अवसर्बादी ठगहरु

मलाई एक छिन धुवा धुलो खानु पर्दा त एस्तो झोक चल्छ भने हफ्तौ बन्द हुँदा बटुवा हरुलाई दिनहु किच्किच हुँदा त्यो ड्राइभर खलासी ट्राफिक लाई कती सास्ती हुँदो हो..चोरहरु साना मान्छेलाई जुधाएर देश हाँक्ने गफ लाउने मुनाफाखोर का दलालहरु.. क्रान्ती को फुइ लाउने सुबिधाभोगी ढोङी कम्निस्टहरु

नेताहरुलाई मात्र गाली गरेर पनि भएन.. यतिका धेरै गाडी र बाईक चडने नेता मात्र हैन.. घुसखोर, जग्गा दलाल, मान्छे बेच्ने, केटी बेच्ने, म्यानपावर दलालहरु कालाबजारिया बेपारीहरु… अनी तिनका टुप्पा बाट पलाएका फोस्रो रवाफ र शान देखाउनु पर्ने सन्तानहरु पनि हून

सरी साथीहरु मेरो अनियत्रित र असभ्य शब्दहरु ले तपाईंहरुलाई फेरी झोक चल्यो होला चित्त दुखेको भये माफि माग्छु.. झोक चलेको भये मलाई पनि गाली गर्नुस्


Friday, June 26, 2009

असारे महिना मा पानी परे रुझाउने


बिहान उठदा सिमसिम पानी पर्दैथ्यो बाटो हिलाम्मे भएछ भनेछि असार लागेछ कि कसो ढिलै भए नि एस्पाली त खडेरी नै परेको थियो..अस्तीसम्म उकुसमुकुस नै थियो हिजो सम्म पनि बेथा मात्रै लागे जस्तो थियो आज त काठमाडौका डाडाहरु तल तल सम्म बादलले ढाकेछ..

कसले भन्छ काठमाडौ राम्रो छैन ? खुशी हुन किन कारन चाहियो ? भाले मुजुर भयो मेरो मन प्वाख खोली इन्दधनुस नाचु जस्तो भो... आहा बनमा फुले फुलैफुल बास्ना चल्यो मनैमा

छिमेकको राजधानी नया दिल्लीमा गर्मीले मानिस प्याक प्याक मर्न थालेछन सय नाघिसकेछ खाडीमा दिनहु जसो नेपालीहरु ढल्न थालेछन्..काठमाडौमै पनि एसपाली अचाक्ली गर्मी छ तर काठमाडौको गर्मीले मान्छे मर्दैन एक झरी पर्यो भने म त बेलका सिरक नै ओढछु..

अमेरिकनहरु दिनरात खट्छन पैसा जोगाएर बर्सौ योजना बनाएर के गर्ने भन्दा नेपालका डाडाकाडा चढन आउछन्.. एउटा खैरे ले कतै लेखेको थियो आहा कस्तो राम्रो नेपाल हिमाल पहाड तराइ सबै भको मलाइ त हाम्रो देश मनै पर्दैन हाम्रो देशमा पहाडनै छैन.. मलाई उस्को कुरामा हासो उठेर आयो कता कता दया लागेर पो आयो बिचरा..

म मन लागे आजै पनि भोली नै पनि फुत्त फुल्चोकी, नागार्जुन, शिवपरी, ककनी हाइकिड जान सक्छु कसले बढी रिलाक्स गरेको रै छ त महामहिम जर्ज बुश महोदय? म किन जाउ बिदेश ? के हुन्छ धेरै पैसा कमाएर ? किन हुनपर्यो र मलाई ठुलो मान्छे ? न खुशी हुन धेरै पैसा नै कमाउन पर्छ, न त धेरै पैसा हुदैमा खुशी हुन सकिन्छ.. हर हर न कट कट

उ बादल अलि हल्का भएछ हैन पानी पर्दैन कि क्या हो ? भएन नि यो त मिस्टर पशुपतिनाथ ज्यु.. यो त असार पो हो का त्यो भदौरे झरी जस्तो छिसिक्क छिसिक्क छिस्क्याएर हुन्छ ? झम झम पर्न दिन पर्यो नि महाराज.. त्यसै मछिन्द्रनाथ हुन पाइन्छ कि क्या हो ? हर हर महादेव पानी देउ देउ एतिले पुगेन अरु पानी देउ..

हैन के हो एस्तो घाम पानी घामपानी घामपानी स्यालको बिहे कुकुर जन्ती बिरालो बाहुन ..(लौ यहा पनि बाहुनलाई नै पो बेकुफ बनाएछन्) हैन त्यो फिलिम मा हिरोनीहरु वादल गडयाङगरुङ गरेपछि हिरोसंग तेसैले पो लपक्क टासिदा रछन.. तेसैले पो कम्मर जीउ मर्काएर पानी मा रुझेर पोटिलो बदन भिजाएर नाच्दा रछन्..

मेरो मन पनि रोमाटिंक पो हदै आयो मलाई पनि नाचु नाचुु पो भो… फुल फुल मा पात पात मा पोखु जस्तो लाग्छ जोबन

Tuesday, June 16, 2009

बन्द नै गर्ने भए काठमाण्डु बन्द गर



हिजोको वाइ स्यालको काठमाण्डु बन्दमा पनि मेरो अप्रत्यक्ष सहभागिता थियो अफिस जान नपरेकोमा मजा त आएकै थियो..चोक मा वाइ स्याल संगै अलिबेर रमाइलो गरियो 

बिहानै देखि एउटा बाइक वाला संग उनीहरुको टसल परेछ...बाइक संग त मेरो पनि रिसिबी भएकै हो बाइकवाला पनि अलि मापाकै परेछ तिमेर्ले भन्दैमा नचलाउने भनेछ  

भन्दै थिए कि त्यो ट्यापे हो, कि त भिजीलान्ते, युथ फोर्स हो, हामीलाई बिहानै देखि जिस्काइराछ आक्रमण गर्न खोज्दा पुुुलिसले रोक्यो, पुलिससंग रिसाए, पुलिसले भन्यो हजुरलाई पनि कसैले आक्रमण गर्न खोजे हामीले रोक्नपर्ने कर्तव्य हुन आउछ..वाइ स्याल भन्दै थिए हाम्लाई हेप्ने.. बन्द भनेपछि बन्द गर्न पर्दैन ? अझ सन्किदो पो रैछ.. अर्कोले थकथक मान्यो..बालाजु र कोटेश्वरमा जलाइदि सके हाम्रो चोकमा चाहि किन केही नगरेको होला..टायर मात्रै बाले हाम्रा केटाहरुले थुक्क... एउटी वाइ स्याल केटीले एरिया ईन्चार्जलाई फोन गरी.. निहु खोजे बाइक जलाइदिने भनेछ  

म जस्तै रमिते दुुइ जना १४, १५ वर्षका केटाहरु पनि थिए रमाईलो गर्न आएका केटाहरु चिच्याए ठोक ठोक परेको म बेहोरुला..अनि एउटाले अर्को लाई सोध्यो कसको बन्द हो आज एमाले को ? अर्कोले हास्दै भन्यो हैन मुला माओवादीको.. पहिलो ले पनि हास्दै नारा लायो... माओवादी जिन्दावाद दुइटा गाई पनि सडक को बीचमा गएर उभिए, मानिसहरु हासे गाईले त बन्द गरिाराछ अरुले नगर्ने ?  

एउटा कुरा अवस्य के हो भने धेरैजसो श्रमिक वर्गका नै थिए खस्रा फुस्रा नै थिए.. एउटा मुजी राणीको वान जलाई दिन्छु सालालाई भनिरहने चाहि वाइ स्याल भन्नै नसुहाउने खालको थियो.. बीयर भुडी निस्केको सुकिलो बाहुन छेत्री अनुुहार भाको हेर्दे कांग्रेसी जस्तो...चैते वाइ स्याल हुनपर्छ त्यो तेसैले चुरीफुरी अलि बढी नै थियो तेस्को एरिया इन्चार्ज चाहि जनजाति रैछ, हुलिया र नाम नभनौ तर समझदार नै रैछ..हेर्दाखेरी पनि घाम पानी परिश्रम गरेको अनुुुहार भएको.. उसले पुलिस अनि त्यो बाइकवालाको अरु मुन्द्रे साथीहरु संग छलफल गरेर कुरा मिलायो..बाइकवाला भाटे कारवाही हुने बित्तिकै भागिसकेको थियो..तेसका दुवै साथीहरु चाहि मुन्दे्र अनि दादा टाइपकै थिए.. मलाई पनि तिनेरु ट्यापे नै लागे..  

मैले मुुल्यांकन गर्दा धेरैजसो आन्दोलनकारी सोझा गाउले नै थिए.. खाली भीड मनोविज्ञानले अरुलाई उग्रता जोश देखाउन मन लाग्ने मानसिकता ले काम गरिरहेको थियो..केही केटीहरु पनि थिए मेक अप नगरेका श्रमजीवि वर्गकै जस्ता देखिन्थे..एकजना श्रमिकले आफ्ना १०, १२ वर्षका छोरा छोरी संगै ल्याएका थिए.. कम्पनी सहित आएको छु उनले हास्दै गर्वसाथ भने.. 

म पनि मान्छे भिजिलान्ते जस्तै नै छु..जसको हुुलमा पनि मिसिन सक्ने..कतिले त घुरेर हेरिराथे...तेसैले डर पनि लागिराथ्यो कुटने पो हुन कि भनेर  

फेरि बन्द र आन्दोलनको मौसम शुरु भाछ.. जिल्लातिर दिनहु बन्द भइराछ अरे म यो प्रचण्ड सरकारकै बेलामा थारुहरुले हप्तौ जिल्ला बन्द गरेको बेलामा भन्न चाहन्थे बन्द गर्ने नै भए काठमाण्डु बन्द गर.. जिल्ला बन्द गरेर कसले टेर्छ ?  

हप्तौ तराई बन्द भएपछि काठमाण्डुमा तेल तर्कारीको हाहाकार हुन्छ अनि बल्ल समाधान खोजिन्छ..कालीकोट बन्द गरेर काठमाण्डुलाई केही पनि नाप्दैन...तेसैपनि पीडित गाउलेहरुलाई किन हप्तौ दुुख दिनु ? 

हुने खाने नेता अनि सुकिला संभ्रान्त बुद्धिजीवि पत्रकार ठुला बडा सबै काठमाण्डु बस्छन, काठमाण्डु बन्द गरे चाडो र सजिलै असर गर्छ.. हो हो मान्छे मार्न तोडफोड गर्न भन्दा बरु काठमाण्डु बन्द गरम्..वातावरण पनि सफा हुने दरो आन्दोलन पनि हुने...अचेल त खैरेहरुले पनि संसारकै अनौठो नेपाल बन्द हेर्नेपर्ने रमाइलो भन्न थालेका रछन्  

साथीहरुले बुुझिहाल्नभो होला काठमाण्डु बन्द मा मेरो के स्वार्थ छ काम मा जो जान पर्दैन... के गर्ने बोस आज नेपाल बन्द छ, हेहेहे

Sunday, June 14, 2009

आई डन्ट युज पोलिथिन ब्याग्ज


गाई ले नि प्लास्टिक खान्छन हाम्रो नेपाल मा


पुजीवादी मुुनाफाखोर लोभी पवृत्तिलाई सुगुरपना भने पनि भाटभटेनी स्टोरमा डुल्न मलाई पनि मजा लाग्छ.. कृपया यो भन्दा मनी भाट लेखिएको ठाउमा भाटभटेनी मन्दिर नभइ भाटभटेनी सुपर मार्केट भन्ने बुझिदिनहोला, भाटमा सबैभन्दा मजा लाग्ने के छ भने त्यहा डुलेपछि केही किन्नै पर्ने वाध्यता हुदैन.. मलाई सामान किन्न भन्दा पनि सामानको विविधता हेर्न मन पर्छ..
 
अरु स्टोरमा पनि हेरेपछि किन्नै पर्छ भन्ने छैन, त्यै पनि साहू वा कर्मचारीले क्वारकार्ती हेर्दा “नकिन्ने भए किन आको त ? ” भनिरहेको जस्तो लाग्छ, अनि कुनै चीज एक छिन घोरिएर हेर्यो कि निरीक्षण गर्न आइहाल्छन् चोर्ला भनेर.. तर भाटमा त्यस्तो हदैन, सामान न किने लाज हन्छ कि भन्ने पनि हदैन त्यसमाथि त्यहाको एयर कण्डीशन, कस्मोपोलीटन वातावरण, अनि सुुन्दर युुुवतीहरुको जमघट ले त सधै पसौ पसौ जस्तो लाग्छ..मलाई अर्को मन पर्ने भनेको त्यहा प्राय बजाइने नारन गोपाल दाई का गीतहरु हन्

भाटमा डुल्न मलाई किन पनि अप्ठेरो लाग्दैन भने त्यहाका मालिक मिन बहादुर गुरुङ हुन्... गुरुङ ब्रो अलि इन्नोभेटिभ नै रछन्...पैला नेपाल बैक का साधारण कर्मचारीनै रछन, भाटभटेनी तिर सानो तिनो किराना पसल खोलेका रछन् ...अहिले त नेपाल भरी मात्र हैन, एसिया र योरोप मा समेत स्टोर खोल्ने पो कुरा गर्छन्...साराले नेपालमा बाच्नै गारो छ भनिराको बेला उनी चाइना र नेपालको बीचमा रहेका नेपालमै त छ नि अवसर पो भन्दा रछन्...अनि आफु पनि कुनै समय सामान्य किराना पसले अनि बैंक को क्लर्क भएको बिर्सेका रहेनछन्...मेरो स्टोरमा रिक्सावालादेखि रोयलहरु सम्मले आउन सजिलो मानुन् सबभन्दा सस्तोमा राम्रो सामान बेच्छु भन्दा रैछन्...
 
यस्ता आदर्शवादी व्यापारी पो रैछन हाम्रा मिन बहादुर गुरुङ ब्रो ...त्यसैले भाटमा समयमा बिताउदा मलाई क्लास कन्ससनेस हदैन...हुुन त उनको बिजनेसलाई पनि क्रिटिकल्ली हेर्न नसकिने त हैन, तर राष्ट्रिय पुजीपति त्यसमा पनि जनजाति न परे मलाई कास्ट कन्ससनेस् भने हन्छ... बाहुन भएकोले जनजातिको आरिस गर्छस् अरु बाहुन देखिनस देशै डुबाउने भन्ने आरोप मात्र खानलाई म किन छुच्चो भइराख्नु ? 

त हिजो शनिवार भाकोले बिदा मनाउन भाटतिर ह्यांग आउट गर्दै थिए...दुई स्कले केटीहरुले भाट र नागरिक पत्रिकाले निकालेको से नो ट प्लास्टीक भन्ने अभियान प्रचार बाडदै रछन्...प्लास्टीक विस्थापन गर्न भनेर १५ रुपिया जाने एउटा पातलो झोला किन्ने फेसन चलाउन खोजिएको रछ...  

आफुलाई अलि कन्सस भनेर देखाउन खोज्ने बानी भएकोले मैले पनि धेरै पहिलेदेखि नै प्लास्टीकको झोला प्रयोग गर्न हुुुदैन भनेर आफुभन्दा साना भाइबैनालाई प्रीच त गरेकै हो, तर आफैले प्राक्टीस भने गरेको थिइन...तर अब सिरीयसली भन्दैछु से नो टु प्लास्टीक...से मात्रै गरेर भएन गरेर देखाइदिन्छु...आइ डन्ट युुज पोलिथिन...अलि कन्जुस परियो, पटकै पिच्छे त्यो १५ जाने भाटको झोला त म किन्दिन, तर एक पल्ट हर्लिक्स किन्दा फ्री मा पाएको सानो झोला अब देखि पाएन्टको पछाडिको गोजीमा राख्छु...अलिकता झ्याउ त हुन्छ नै जबसम्म पछाडिको गोजीमा झोला राख्ने फेसन चल्दैन...तै पनि देश र जनताको लागि म यो बलिदान गर्न तयार रहेको घोषणा गर्दछु, जय नेपाल... हेहेहे  

साथीहरु, तपाईहरुले बजारमा तरकारी किन्दा एउटा खुुस्केट जस्तो मान्छेले प्लास्टीकको झोला फ्री मा पनि लिन नमानेर आफ्नो पाएन्टको गोजीबाट एउटा कालो कपडा को झोला निकालेर थापिरहेको देख्नु भो भने हाई हेलो भन्नुहोला...

Sunday, June 7, 2009

काठमाण्डु ट्राफिक वाइक केटी पत्रकार अनि पुजीवादी सुंगुरहरु




भन्दै थिए नि यो बाइक भन्ने चीज चलाउने कुरै होइन... हिजो चक्रपथतिर डुल्दै थिए...पुलीस चौकी अगाडि भीड र छ... ढलको पाइप बोक्ने एउटा हेभी ट्रक र झराम झुरुम तोडफोड गरिएको स्वयंभू यातायातको बस पनि थियो...भीडमा छिरे...

टकको पछाडि जमेको रगतका टाटाहरु थिए... एकजना प्रत्यक्ष्यदर्शी एकदम आवेशमा बोलीरहेका थिए... आवेशमा हुनु स्वभाविक नै थियो...उनकै आखा अगाडि दुई जना मानिस बिभत्स मरेका थिए... 

गोपीकृष्णबाट सिनेमा हेरेर बाइकमा फर्कदै थिएं... अलि पर हेर्छु त स्वयम्भू यातायातको वस हुतिएर आयो... बाइक अगाडि ट्रक थियो...ट्रकको अचानो मा बसले बाइक र मानिस कुच्यायो... बाइक चलाउनेको निधार ट्रकमा ठोक्कीयो...उनले रगत देखाउदै भने... हो यो रगत छ नि...यो बाइक चलाउनेको हो अनि पछाडिको मान्छे नि ? उ त ठहरै...स्पट डेथ...घाटीनै चुडालिएको थियो... छालाले मात्रै जोडेर तुर्लुगं टाउको झुण्डियो... टाउको भुईमा झरेको भए खुरुरु कुद्थ्यो... उनी भन्दै थिए...मान्छेको टाउको छिनालिएर भुईमा झरेपछि खुरुरु कुद्छ... 

अनि कहाका थिए नि बाइकवालाहरु ? नारान थान का...भरे आन्दोलन हुन्छ... बसको डाइभर खलासी दुबै भागे...बस तोडफोड भो जलाउन लाग्दा पुलिस आयो सुन्नेलाई त के छ र...एउटा सनसनीखेज घटना न भो... म पनि एकछिन बसेर हिडे काठमाण्डुको टाफिक...अनि बाइक... 

यो वाइक त खत्तम चीज हो अरुलाई ठोक्काउन पनि अगाडि, आफै कुच्चिन पनि अगाडि सानो ठाउमा बेस्करी कुदाउन मिल्छ...छुस्स केहीले छोयो भने गयो लाइफ पेट्रोल खाएर वातावरण पनि विगार्छ अनि जहा पायो त्यही छिराएर टयाप र झ.याप भएर जथाभावी फुटपाथमा पनि कुदाएर...आफपनि हैरान...वाउआमालाई पनि हैरान...अनि सडक हिडनेलाई पनि हैरान  

अनि यस्तो जाठो बाइक चढने फेसन अरे... अचेल त्यो साप्ताहिक अनि अरु पत्रिका मा आउने मोडलहरुको हब्बी पनि बाइकमा घुम्ने अरे केटासंग चपक्क टासिएर अनि बाटो हिडनेलाई चाक देखाउदा कम्ती मजा आउदैन तिनेरुलाई अनि विज्ञापन पनि कस्तो ?

ठग कम्पनीको जाठा बाइक किन्नुस...अब लोडसेडिंगमा पनि दीपावली गर्नुस अरे
अनि आफलाई श्रमजीवि भन्न रुचाउने पत्रकारलाई पनि राम्रै टिप्स हुन्छ क्यारे बाइकको, मोबाइलको, ल्यापटपको मूल्य सस्तो भाछ, झट्टै किन्नुस भनेर लेख्छन...  

नेपालीहरुको पनि यस्तो फोस्रो रवाफ अनि पुजीवादी जाल मा फसेर साधन प्रतिको कामुकता महामारी(fetish) लागेको देख्दा चाहि भन्न मन लागिहाल्छ...बुर्जुवाको आडम्बरी फेसन...सबै काम त बेठीक गरेको छैन नि माओवादीले...ठीक गर्यो मिस नेपाल रोकेर...पुजीवादी सुंगुरहरु