Tuesday, November 10, 2009

राज्य संचार माध्यम र सामाजिक आन्दोलन

संचार माध्यम वा मिडियाले समाजमा पार्ने प्रभाव बुझ्न सार्वजनिक क्षेत्र वा पव्लिक स्फेयर को अबधारणा सहयोगी हुनसक्छ.. हेबरमास ले बुर्जवा समाजमा सार्वजनिक संचार माध्यमको संरचनागत बिश्लेषण गर्दै सन 1962 मा एउटा पुस्तक लेखे.. त्यसपछि संचार वा मिडिया को स्वरुप बारे पव्लिक स्फेयर र कम्यनिकेटीभ एक्सन जस्ता धारणा मा बहस हुदै आएको छ.. हेबरमास का अनुसार पत्रपत्रिका रेडियो टेलिभिजन सार्वजनिक क्षेत्रका संचार माध्यम हुन्.. हेबरमासले भन्न खोजेको बुर्जवा सार्वजनिक क्षेत्रको सबै भन्दा राम्रो उदारहण ईन्टरनेट हुन सक्छ जसमा सामान्य व्यक्तिहरुले पनि विश्वव्यापी बहसमा भाग लिन सक्छन्.. यद्यपि ईन्टरनेट आफैं कत्तिको सर्वसाधारणको पहुच भित्र छ वा कतै मिडिया का बादशाहहरुले मिडिया का अन्य माध्यमलाई जस्तै ईन्टरनेटलाई नै पनि आफ्नो उपनिवेश बनाईसकेका त छैनन् त्यो आफैं पनि एउटा बहस नै छ

सार्वजनिक क्षेत्र वा पव्लिक स्फेयर को करा गर्दा केही प्रश्नहरु यसका अवधारणा बारे नै खडा हुन्छन्.. आदर्श सार्वजनिक क्षेत्र कस्तो हुन्छ र यसले कस्तो भमिका खेलेको हुन्छ ? यसको सफलता के मा भर पर्छ र यसका कमजोरी के हुन् ? अझ महत्वपर्ण प्रश्न के हुनसक्छ भने के मिडिया वा संचार माध्यम साच्चै नै आदर्श सार्वजनिक क्षेत्र हुन सकेका छन् ? के ईन्टरनेट ले सार्वजनिक क्षेत्रको रुपमा प्रमुख भुमिका लिन सक्छ ? शायद सबभन्दा महत्वपुर्ण प्रश्न के हो भने के निजी वा व्यापारिक उद्देश्य राखेर खोलिएका संचार माध्यम वा मिडिया ले के प्रभावकारी सार्वजनिक क्षेत्रको आदर्श वहन गर्न सक्छ ? सक्छ भने यस्तो मिडिया ले कस्तो दायित्व र नियम पालना गर्नुपर्ने हन्छ ? संचार क्षेत्रमा कस्तो संरचनागत सुधार गरिनुपर्छ जसले गर्दा संचार माध्यमलाई एउटा आदर्श सार्वजनिक क्षेत्र बनाउने तर्फ प्रेरित गर्न सकियोस् ?

सार्वजनिक क्षेत्र वा पब्लिक स्फेयर का केही आधारभत समन्वयकारी भुमिका हुन्छन्.. सम्वाद र खासगरी आलोचनात्मक छलफल र बहस बाट सार्वजनिक क्षेत्रले बिचार र प्रवृत्तिहरुको निर्माण गर्छ र यसरी सार्वजनिक क्षेत्रले अग्रगामी सामाजिक चिन्तन को जग बसाल्न सक्छ.. एउटा आदर्श सार्वजनिक क्षेत्रले राज्य र समाज बीच मध्यस्थता गर्दछ.. राज्यलाई यसले खेल्नुपर्ने प्रभावकारी भुमिकाको लागि आवश्यक जन दबाबको सिर्जना गर्दछ.. तत्कालिन सरकार र राज्यलाई नै चनौति वा बैधता दिने कार्यमा पनि आदर्श सार्वजनिक क्षेत्रले महत्वपुर्ण भुमिका खेल्न सक्छ.. फेरि पनि चुनौतीपूर्ण प्रश्न के हो भने यस्तो आदर्श भुमिका केही सीमित समुहको लगानी, संचालन, राज्यसंग राम्रो सम्बन्ध राख्नुपर्ने आवश्यकता र व्यापारिक अनि व्यवसायिक स्वार्थबाट प्रेरित मिडिया हाउसहरुले कसरी गर्न सक्छन् ?

सार्वजनिक क्षेत्र स्वतन्त्र हुनुपर्छ भन्नेहरुको लागि यो एकदमै चिन्तापूर्ण छ कि केही सीमित वर्गले साधन र स्रोतमा पहुच भएको फाईदा उठाएर पहुच नभएका बिशाल जनसमुहको धारणा र निर्णयबारे एकलौटी निर्णय गर्ने हैसियत राख्छन्.. तर तेतिकैमा निराश नै भईहाल्नपर्ने अवस्था पनि छैन्.. स्वेच्छिक संवन्धहरुबाट निर्माण गरिएको सामाजीक आन्दोलन मार्फत यस्ता हैसियत को फाईदा उठाएर गरिने एलिट वा संभ्रान्त वर्गको निर्णयलाई चुनौति दिन सकिन्छ.. यसरी बहुमत र पहुच नभएकाहरुका आवाज र एजेण्डाहरु सुन्न, मान्न, र छलफल गर्न सिमित र सुबिधाभोगी अल्पमतलाई बाध्य गर्न सकिन्छ

नोट: बिभिन्न स्रोतहरुबाट अनुदित

Friday, November 6, 2009

स्वाइन फ्लु, स्वाइन माकुने सरकार, र माओवादी आन्दोलन

माओवादी आन्दोलन जारी छ.. शान्तिपुर्ण भएकोले होला राम्रै समर्थन पनि पाएको रैछ..तर अहिले सम्म मैले भाग नलिई सकेकोले हुनाले अहिले नै जनआन्दोलन नै भयो पनि नभनौ..हुन त मैले भनेपछि माओवादीले एयरपोर्ट बन्द फिर्ता पनि लिए.. ल ठिक छ तेसो भए मेरो समर्थन पनि जारी छ

यो कठ्पुतली सरकार ले अब उपेन्द्र यादवलाई उप प्रधानमन्त्री को घास हालेर सत्ता टिकाउने पासा फालेको छ अरे.. भन्दाखेरी साम्प्रदायिक कुरा जस्तो हुन्छ तर माकुनेले उप प्र म दिने भनेपछि उपेन्द लाई पनि भैसीले हरियो घास देख्दा जस्तै छट्पटि भा छ अरे.. भाड मे जाए आन्दोलन सान्दोलन भन्न पनि बेर लाउदैनन् तिनले

अचेल म पनि कसरी कम भन्दा कम क्षति गरेर आन्दोलन गर्न सकिन्छ भन्ने तिर दिमाग लडाउदै छु.. प्रचण्डलाई फेरि निर्देशन जो दिनुछ.. मेरो आइडिया अनुसार नै खुब नाच गान गर्या छन् अरे.. हिसीला भाउजु पनि छम छमी नाचेको देखेर त मलाई पनि जाउ जाउ जस्तो लागेको थियो.. तर भीडभाडमा जादा अचेल त्यो स्वाईन फ्लु भन्ने सुगुरे रुघा सर्ला भन्ने डर ले पनि नगाको.. अलि बुर्जवा टाईप कै परियो आफु पनि

नेपालीहरु ज्याद्रो हुन्छन् भनेको हो र छ.. स्वाईन फ्लुको हल्ला ले काठमाण्डुमा खासै असर गरेको छैन्.. त्यै मास्क भनिने मुखमा कट्टु लाउने चलन अलि बढेको छ तेति मात्र हो.. हाछ्यु गर्दा पनि मजाले अर्काको मुख तिर फर्केर गरिदिन्छन् खासगरि केटा जाठाहरुले.. अलि पढेलेखेका भएर होला जथाभावी पिच्च थुकेपछि वा अर्काको मुख भरी हाछ्यु गरेपछि लास्टमा सरी वा ईस्कुज मी भन्न पनि छुटाउदैनन्

यस्तो देख्दा मेरो मनमा कुरा खेलि हाल्छ.. त्यो पोज देखाएर ईस्कुज मी भन्ने नाटक गर्नु भन्दा त रुमाल ले मुख छोपेर मात्रै हाछ्यु गर्नु नि.. अझ हाछ्यु रोके पनि त हुन्छ नि भीडभाडमा हुदा.. अरुका अगाडि पाद रोक्न हुने हाछ्यु रोक्न नहुने ?

सोचिराछु पचण्डलाई आन्दोलन कसरी अघि बढाउने भनेर निर्देशन दिउ..कसैले यसो गर कसैले उसो गर भन्दा प्रचण्डलाई पनि आन्दोलनको स्वरुप बारे कन्फ्युजन भैराछ अरे.. धेरै दिन सम्म भीडभाड गर्दा सबैलाई गाह्रो हुन्छ.. आन्दोलन गर्नेलाई त झनै गारो हुन्छ.. बिरामी पनि होलान्.. यो स्वाईन फ्लु बर्ड फ्लु पनि झनै फैलिने डर्

स्वाइन फ्लु भन्दा पनि पहिले त्यो स्वाइनहरु बसेको माकुने सरकार को उपचार गर्नुपर्ने भाछ.. कम्सेकम नाताबाद गर्दैन माकुने ले भनेको त पद जान लाग्यो भनेर हत्त न पत्त भाई लाई पो हङ्कङ को महाबाणिज्यदूत बनाएछ.. त्यो पनि सिधै नियम मिचेर.. एस्तो माकुने स्वाइन ले बिधी को शासन भनेर स्वाइन जस्तो आफ्नो थुतुनो चलाऊने ?

आन्दोलन र जन परिचालन त नगरी भाछैन्.. तेसैले छोटो समय मा एकै पल्ट झ्याप्झुप् हुने गरी आन्दोलन गरम्.. कठपुतलीको कान भए पो सुन्थ्यो नारा मात्रै लाएर.. यो कठपुतली को नाटक पनि ढलोस धेरै खति पनि नहोस.. सिधै सत्ता कब्जा लु जा त

सोचिराछु अनिश्चितकालीन सिहंदरबार बन्द गर्ने आदेश प्रचण्डलाई दिउ कि ?

Sunday, November 1, 2009

माओवादी भर्सेज खाओबादी

आज बाट माओवादी भर्सेस नन माओवादी आन्दोलन शुरु भो.. भरे बी बी सी साझा सवाल मा प्रचण्ड कामरेडको जवाफ दिने पालो रे.. केही आफ्नै ओभर कन्फिडेन्स केही हेपाहा भारतीय बिदेश नीति का कारण प्रचण्डले राजीनामा दिन बाध्य भएका हुन भन्ने मेरो ठम्याई .. माकुने सरकार माओवादी दुवैले वार्ता जारी राख्ने भने पनि यो कठपुतली सरकारले राजीनामा नदिउन्जेल सहमति नहोला जस्तो नै

माओवादीलाई मैले पनि यसपाली खुलेरै समर्थन गरेकोले प्रचण्ड माओवादी पार्टीलाई पनि खबरदार गर्न चाहन्छु.. होस गर केटा हो.. मेरो समर्थन निसर्त होईन.. शान्तिपूर्ण माध्यमबाट समाजमा अग्रगामी परिवर्तन को नेतृत्व गर्न सकिन्छ गर्न पाउ भनेर अनुरोध गरेकोले मैले पनि लु यसपाली माओवादी ले नै गरी खावोस भनेर सशर्त समर्थन गरेको हो..

माओवादीलाई सत्ताबाट घोक्राएदेखि नै नागरिक सवोच्चता को सुगा रटाई नारा लाईराछ.. धेरैलाई वाक्क लाग्दो रछ.. कत्तिले व्यंग गर्छन्.. कम्युनिष्ट सैनिकीकरण मा हुर्केको माओवादी जस्तो पार्टीले नागरिक सर्वाच्चता को कुरा गर्ने ? भन्छु राम्रै हो नि.. पार्टी अन्तर्गत सेना राख्ने पार्टीले आईन्दा नागरीक सर्वोच्चता मान्छौ भन्छन् भने त्यो पनि राम्रै हो नि

धेरैले अचेल मलाई यो अनी अरु ब्लगहरुमा पनि माओवादी भएर लेखेको भन्दा हासो लागेर आउछ.. जबकी भनिराछु मलाई कम्युनिज्म मन पर्दैन.. अब मलाई मन नपरेर के भो ? यो देशमा लाटा सोझाहरुले माओवादीकै माध्यम बाट नै आफनो स्वर पाएका छन्.. मधेशी हुन कि दलित, महिला हुन वा जनजाति मजदुर हुन वा किसान.. जातीय लिंगीय क्षेत्रीय वर्गीय उत्थान माओवादीकै माध्यम बाट भाको ..

यो जातीय लिंगीय क्षेत्रीय वर्गीय उत्थान माओवादी मात्रको नारा होईन.. समाजशास्त्रीय पदावली हुन.. अरु दलले पनि यी नारा उचालेर जन परिचालन गर्न सक्थे.. कम्युनिष्ट वा माओवादी नै हुनपर्थेन.. तर अरुले गरेनन् माओवादीले समस्याको सही पहिचान गर्यो.. उपेक्षित वर्गलाई अगाडि ल्यायो.. तेसैले माओवादी सरकार मा जादा ती उपेक्षित वर्गले सरकार आफ्नो भएको महसुस गर्नेछन्

एउटा अस्वीकार गर्नै नसकिने तर्क के हो भने माओवादीले नेपालमा हिंसा को राजनीतिलाई बैधानिकता दियो.. यो कुरा पनि सत्य हो माओवादीहरुबाट थुप्रै कार्यगत त्रुटीहरु भएका छन्.. जहा हिंसा को प्रयोग नै आवश्यक छैन त्यहा पनि हिंसा गरेका छन्.. तर हालका दिनमा माओवादीले आफुलाई रुपमा धेरै सुधार्दै लेराको देखिन्छ.. जस्तो कि कालो झण्डा देखाउदा सरकार कै एउटा मन्त्री चन्द्र सिंह ले पनि भनेछन्.. " माओवादी सुधे्रछन् पैला गोली हान्थे अचेल ढुङ्गा मात्रै हान्दा रछन् भोली पर्सी त्यो पनि छाड्छन्"

हो गोली मात्र हैन ढुङ्गा हान्न पनि माओवादीले अब छोडन पर्छ.. हिजो एउटा प्रतिबन्धित बिद्रोही पार्टीले राज्य बिरुध्द हतियार उठाएको भन्ने शंकाको अवसर अब माओवादी ले पाउने छैनन्.. आन्दोलन जनपरिचालनका कार्यक्रमहरु गर्नेपर्छ.. तर माओवादी अहिलेको बैधानिक बहमत शक्ति हो.. तेसैले पनि अबको आन्दोलन बैधानिक शान्तिपुर्ण हुनैपर्छ

भोजपुर को क्याम्पस चिफ को टाउको मुङ्राले फुटाइदिएछन.. हिर्काउने पनि के जाती राई अनी टाउको फुटाइ खाने पनि के जाती राई.. अझ हिर्काउने माओवादी नै भए पनि केटी मान्छे पो रछिन.. केटी मान्छे पनि कस्तो निर्दयी भाकी ? त्यो सरासर गलत हो

बरु त्यो देउबा जाठो को गाडी फुटाएर तर्साको भने अली मजा लाग्ने नै थियो..

त्यो सान्सद किन्बेच अपरहण गरेर पजेरो चदेर् भ्रस्टाचर अनी अर्काको टाउका को मोल तोक्ने त्यै देउबा जाठो हो नि.. तर पनि तेस्लाई केही गर्दा बुढेस्कालमा जन्माको तेस्को छोरो मेरो भतिज टुहोरो होला वा आरजु भाउजु बिधुवा होलिन भन्ने माया पनि लाग्छ.. तेसैले बरु तेस्तालाई कालो मोसो दलेर जुत्ता को माला लाएर बजार घुमाउदा पनि हुन्छ.. साचै माओवादी को हिम्मत भने

तेति भन्दा भन्दै पनि मेरो यो समर्थन निशर्त होईन सशर्त हो भन्ने कुरा प्रचण्ड माओवादी पार्टीलाई फेरि स्मरण गराउन चाहन्छु..

मैले भनेको नटेरेर जथाभावी गर्न थाल्यौ भने मेरो समर्थन फिर्ता हुनेछ.. अनि ईस खालाउ तिमेरु