प्रचण्ड्लाई नई दिल्ली नजाने आदेश मैले जारी गरिबक्सेको छु.. तपाई हास्नु पनि भो होला.. अहिलेपालि चाहि साच्चैं नै हावा कुरा गर्यो एसले भन्नुभोहोला.. प्रचण्ड जो आफै भन्छन् जनयुद्ध का समय धेरैजसो समय दिल्ली बसियो.. उनलाई दिल्ली नजान भन्ने ? बडो राष्टवादी बन्दो रछ दिल्ली नजादैं मा राष्टवादी हुन्छ ? तेत्रो ठुलो शक्तिशाली छिमेकि सांस्कृतिक र व्यापारिक सम्बन्ध लाखौं नेपालीहरुको ईण्डियामा रोजगार आदि आदि..
म भन्छु भारत वा ईण्डिया र त्यहाँका जनता भन्नु र नई दिल्ली भन्नु फरक कुरा हो.. नेपाल र भारतका जनता का मिल्दाजुल्दा संस्कृति छन्.. कतिपय ठाउँहरुमा रोटी र बेटी को सम्बन्ध छ.. आजको विश्वमा व्यापारिक र व्यावसायिक उदेश्यले जो पनि जहाँ पनि जान सक्छ.. मैले प्रचण्डलाई नई दिल्ली नजानू भनेको हो.. दिल्ली वा पुरानी दिल्ली नजानू भनेको छैन्.. पुरानी दिल्ली गए हुन्छ.. म आफै पनि जान्छु बेला बेला मा ईण्डिया.. तर मलाई नयी दिल्ली मन पर्दैन्.. पुरानी दिल्ली जनताको हो.. तर भारतकै जनताको भनाई अनुसार पनि नई दिल्ली नव उपनिवेशवादी बाबुसाहेबहरुको हो
अचेल प्रचण्ड फेरि कन्फुज भाछन् अरे.. जत्ति छलफल गर्दा पनि कुरा अघि बढने होईन्.. कडा आन्दोलन गरौं त जनताले पनि दुख पाउछन्.. बरु यी आफ्नो दिमाग नभएका रिमोट कन्टोलबाट चल्ने कठपुतलीहरुसंग खेल्नु भन्दा त सोझै यिनका प्रभुसंग दिल्लीमै गएर कुरा सल्टाउँ कि जस्तो भईराछ अरे.. कोही परराष्ट्र नीतिकार भनाउँदाहरु सुझाव पनि दिन्छन् अरे.. प्रभु को दरवारमा त एकपट्क त जानु नै पर्छ भनेर
म भन्छु.. प्रचण्ड तिमी फेरि नई दिल्ली गएर प्रभुहरुसंग सम्झौता गर्यौ भने तिमी पनि कठ्पुतली नै हुनेछौ.. फेरि निरन्तरता को निरन्तरता हुनेछ.. उनेर्ले भनेको टेरेनौ भने तिम्लाई फेरि घोक्राउने छन्.. अनि तिमी किन नई दिल्ली जाने ? तिमी के हरुवा पार्टीको हरुवा नेता हौ ? तिमीलाई ती जनता माथि विश्वास छैन् जस्ले तिमी र तिम्रो पार्टीलाई विश्वास गर्यो ?
कहिलेकाहि प्रचण्डको धूत्र्याई देखेर मलाई पनि झोक चल्छ.. फेरि सोच्छु प्रचण्ड येति धुर्त नभएर मेरै तालमा हिडेंका भए यिनको फोटोमा पनि श्रद्धान्जलीको माला झुन्डिसक्थ्यो.. यदि नेगोसिएसन् बाटै कुरा मिल्छ भने किन् जनधन क्षति हुने कडा आन्दोलन मा जाने भन्ने प्रचण्ड एन्ड कम्पनी को मनसाय देखिन्छ.. तेसैले न कहिले सिंगापुर को हस्पीटल् त कहिले झिन्गापुरको बालुवाटार गर्नु परेको हो
मलाई लाग्छ नेपालले छिमेकी देशहरु र खासगरी भारतसंग को सम्बन्धमा एउटा प्रस्ट बैदेशिक नीति बनाउनै पर्छ.. कि हामी भुटानले जस्तो भारतीय सुरक्षा छाता स्वीकार गरौ.. वा सिक्कीम जस्तै नेपाललाई पनि भारतकै एउटा राज्य बनाऔं.. तर नेपाल एउटा स्वतन्त्र राष्ट हो पनि भन्ने अनि नेपालका नेताहरुले नई दिल्ली संग धेरै लसपस पनि गर्ने चरित्र छाड्नुपर्यो
अचेल म सोच्छु राजनीतिक स्तरमा नेपाल भारत संबन्धमा कम्जोरी भारतका भन्दा पनि नेपाली नेताहरुकै छ.. जस्तो कि उपेन्द्र यादवले पनि भने — नेपालका नेताहरु आफै नई दिल्लीमा भारतीय नेताहरुको चपरासी बन्न गएपछि उनीहरुले हेप्ने नै भए.. हैन भने आफ्नै देशको प्रान्तीय सरकार मा त नई दिल्लीले हस्तक्षेप गर्न सक्दैन् नेपालमा कसरी सक्छ ?
कतिपय ले मधेशी नेताहरुलाई भारतीय ईशारामा चलेको दोष दिन्छन्.. कतिपय मधेशी नेताहरु मार्फत दिल्लीका नेताहरुले नेपालमा खेल्न नखोजेका हैनन्.. तर बहुमत मधेशी जनमत् ले त्यस्ता प्रवृत्तिलाई अस्वीकृत गरेको छ.. मधेशी जनताको एकमात्र गुनासो के छ भने उनीहरुलाई राष्ट्रिय मुलधारमा स्वीकार गरिएन्.. वास्तव मा मधेशी नेताभन्दा पनि मुलधार का भनिने राष्टिय पार्टीहरुका पहाडिया नेताहरुनै बढी दिल्ली परस्त देखिएका छन्
वास्तवमा भारतीयहरुकै यति धेरै राजनीतिक, सामाजीक, भौगोलिक र आर्थिक बिबिधता छन् कि उनेरुलाई नेपालको बारेमा धेरै चासो पनि नहोला.. हामी नेपाली नै विभिन्न बहानामा उनेरुको हस्तक्षेप खोज्छौं.. वास्तवमा भारतकै पनि छिमेकि देशहरु मध्ये सबभन्दा किच्चक छिमेकि हामी नेपाली नै हौला.. पाकिस्तान संग शत्रुता भए पनि एक किसिमको प्रस्ट सम्बन्ध छ.. हाम्रो हेरौ त एकथरी मान्छेहरु सुदको भव्य स्वागत गर्छन् अनि अर्काथरी सुदको पुतला जलाउँछन्
मधेशमा मात्र हैन् धेरैजसो त सुद पहाडकै गाउँहरु तिर पुग्छन्.. कट्वाल काण्डमै पनि सुदलाई एक्टीभ बनाउने कट्वाल एन्ड कम्पनी पनि नेपालीहरु नै हुन्.. शायद हामी मै केही कम्जोरी छ.. म देख्छु जहाँ सुद जान्छन् त्यहाँ त अहिले पनि उनको भव्य स्वागत हुदो रछ.. अनि सुद पनि कन्फ्युज नहुन पनि कसरी ? उनलाई पनि लाग्दो हो कि ए हमको तो नेपालमे सब् लोग् स्वागत् करतें है ये प्रचण्ड् का ही माथा खराब् है
तेसैले म चाहन्छु आन्तरिक राजनीतिको समीकरण मिलाउने प्रयासमा प्रचण्ड दिल्ली नजाउन्.. जत्ति प्रयास गर्नु छ नेपाल भित्रै गरुन्.. यी कांग्रेस एमाले का नेताहरु पनि नेपाली नै त हुन्.. देशै बिग्रोस भन्ने त यिनीहरुको पक्कै पनि चाहना त नहोला.. त्यै लोभी पापी मन् न हो खाईपाई आएको सुबिधा र शान गुम्ला भन्ने पीर होला यिनेर्को
जेसुकै भए पनि म चाहन्छु यसपाला चाहि प्रचण्ड कुरा मिलाउन नई दिल्ली नजाउन्.. बरु पछि जाउन्.. बाबुरामले भने जस्तै नेपाललाई चीन र भारत बीचको पर्खाल नबनाई चीन र भारत बीचको पुल नै बनाउन्.. मलाई पनि फाईदै हुन्छ बिजनेश गर्न.. तर सरकार बनाउने र टिकाउने खेलमा सजिलो हुन्छ भन्दै मा प्रचण्ड नई दिल्ली नजाउन्.. घर भित्रको कुरा घरमै मिलाउन्