Monday, May 25, 2009

बिद्या र ओली को यौन चर्चा


नवनियुक्त प्र म माकुने ले विदया भन्डारीलाई रक्षा मन्त्री वनाएछन्...यसको राजनीतिक विश्लेषण त छदै छ अब फेरि नेपाली संचार र खासगरी व्लग मा विदया भन्डारी र के पी ओली को यौन सम्बन्धको चर्चा हुुने भो...

नेपालका व्लगहरुमा असम्पादित प्रतिक्रियाहरु पढेपछि मात्र था हन्छ नेपालीहरुको वास्तविक बौद्धिक स्तर... प्रचन्डले राजीनामा गरेपछि एमालेको एउटा सभामा विदया भन्डारीले के पी ओली लाई प्रम बनाउने प्रस्ताव गरिन भन्ने समाचारको प्रतिक्रियामा माइसन्सार मा आएको प्रतिक्रिया मैले पनि चाख लिएर पढे...धेरै जसो प्रतिक्रिया विद्दया र ओली वीचको कथित यौन सम्वन्ध तर्फ इन्गित गरिएका थिए...यौन साहित्यका एक से एक कलाकार रहेछन नेपाली पाठक पनि... के पी को नाम लिदा विदया मस्की मस्की बोल्छे...विदया र ओली को प्रेम मदन भण्डारीले था पाए, त्यसैले मदन लाई बिदयाले नै मार्न लगाएको हो...यस्तो हल्ला पहिले पनि सुनिएकै हो...गत चुनावमा विदया हार्नुमा यो हल्लाको कति योगदान छ होला ? तेसै गरि जब जब शैलजा कुनै पदमा जाने चर्चा हन्थ्यो उनको वि पी संग वा भारत का चन्दशेखरसंग यौन सम्बन्ध रहेको पनि चर्चा हन्थ्यो...

म सोच्छु, राजनीतिमा लागेका प्रसिद्ध र सक्षम महिलाहरुको त योहाल छ भने सामान्य जीवनमा अधिकांश महिलाहरुको हालत के होला ? केही दिन अघि व्लगर आकार र उनको महिला साथीले केटा र केटी साथी भएकै हुनाले हुने चियो चर्चो र अप्ठयारा चर्चा गरेका थिए...हिजो बाटोमा हिडदै थिए, एउटी केटी तनावग्रस्त स्वरमा मोबाइलमा भन्दै थिइन...मान्छेहरुले के के भन्छ मेरो त टाउको दुखिसक्यो...

म सोच्न थालें...मैले धेरै जसो केटी मान्छेले आफनै दिदी बहिनीहरुले पनि खाली टाउको दुख्यो भनेको सुनेको छ...महिलाहरुको टाउको दुख्नमा यस्ता अफवाहको कति योगदान होला ? मनोवैजानिक भन्छन, धेरै जसो डिप्रेशन महिलाहरुमा हन्छ...महिलाहरुमा धेरै मनोरोग हुन मा यस्तो हल्लाको डर कतिको हन्छ ?

कसैले यो सोचेन...मैलै यो कतै सुनिन अनि पढिन कि कसैलेको सहानुभुति गरेको होस कसरी विदया भन्डारीले श्रीमानको मृत्युपछि आफ्ना साना छोरीहरुलाई हुर्काइन होला ? एकल महिलाको जीवन बाच्दा शैलजालाई कति कठिनाइ भो होला ? उनीहरुको पनि कति टाउको दुख्थ्यो होला ?

तर मलाई था छ यो पढने मेरा मित्रहरुले पनि मसंग रिस उठ्यो भने भन्नेछन् तलाई के को चासो विदया भन्डारी अनि उसकी छोरीमा ? कि तेरो पनि...म भन्न चाहन्छु भए नि के त ? म पनि त कुनै डान्स बार मा गएकै थिए...त्यहा म दुध पिएर भजन गाउन गएको त थिईन होला..न त म बंगलामुखी कुन देवीको मन्दिर हो भन्ने नै था छ...पशुपतिमा पनि मलाइ सबभन्दा रोचक लाग्ने देउता उन्मत्त भैरवको थियो...आखिर सव शरीफपना त पाखन्ड न हो...सज्जनता व्यक्तिको स्वभाव हैन, एक अर्कालाई झुक्याउने मुखुन्डो मात्र भएको छ... प्रत्येक अनुहार पछाडि एउटा पशु लुकेको छ.... म सम्झन्छु, म धेरै सानो हुदा देखि नै मेरो आमा भन्नुहुन्थ्यो नकरा न आज एकदम टाउको दुखिराछ..

कृपया प्रसंसा नगरिदिनुहोला म फेमिनिस्ट हैन...म सन्झन्छु सिमोन लाई जसले सेकेन्ड सेक्समा भनिन, जतिसुकै सहानुभुति गरे पनि महिलाको वास्तविक अवस्था पुरुषले बुझ्न चाहदैन...कमसेकम म ढोंग गर्न चाहन्न

....तर म मेरी आमालाई असाध्यै माया गर्छु

12 comments:

  1. सहि प्रसंग उठाउनुभयो । यहाँ त कोही सँग पनि बोल्न नै हुँदैन । यहाँ त बोले पनि बात लाग्छ भने, विद्या र केपि लाई लिएर गरिने हल्ला त सामान्य हुन् । महिला, पुरुष को हरेक सम्बन्धलाई यौनिक दृष्टिले मात्र हेर्ने नेपाली को मगज भएकोले यस्ता कुराहरु निस्किएका हुन् ।

    तर अब मैले बुझेको कुरा के हो भने, कुनै पनि सम्बन्धलाई अरुले नराम्रो भन्छ भने प्रतिवाद नगर्ने, चुपचाप सुनिरहने, त्यो कराउने मान्छे केही समय पछि आफैँ थाक्छ, अनि आफैँ बुझ्छ ।

    सटिक लेखाइ र प्रस्ट विचारका लागि एकलकाँटे ब्रोलाई धन्यवाद छ है !

    ReplyDelete
  2. यस समाजमा गाजिएको नराम्रो धारनाको उपज हो यो सब ! के गर्ने पोजेटीभ एटिच्युट नै छैन ?

    ReplyDelete
  3. आकार ब्रो, यस्तो बात लागने समस्या धेर थोर रुपमा हामी सबैले भोगेका हुन्छौ ...सायद आफ्नो मामला माँ उदार तर अरुको मामला माँ अनुदार हुने हाम्रो प्रबृत्ति नै येसको कारक होला...मेरो भनाई दुई बयस्क ब्यक्ति बिचको सम्बन्ध यदि गैर कानूनी छैन भने जस्तो सुकी भये पानी सहजता पुर्बक लिनुपर्छ भन्ने हो

    उमेश ब्रो, पढ़े लेखेको र सचेत भनिने हरु नै पो झन बाटो हगुवा भएका देखिन्छन

    ReplyDelete
  4. केपी र बिद्या आपसमा केहि गर्छन नै भने पनि हामि मुला कोहि पनि हैनौं उनीहरुको कुरा काट्ने | यदि दुइ प्राणी मिल्छन भने मित्रता होस् कि सेक्स तेश्रो पक्षले टाउको दुखाउनु पर्ने कारण म देख्दिन |

    ReplyDelete
  5. Look http://www.realityblog.blogsome.com

    ReplyDelete
  6. Hey, Very nice to meet you.

    Visit my site, you'll like it (You can discover new music there)!

    Would be an honor for me if you were the first visitor from yourgreat country there.

    http://www.concourseurovision.webs.com

    Greetings from Germany

    ReplyDelete
  7. I loved this post. I really liked the way you pointed out that even the plight of women leaders is so miserable then what is the situation of common women. Tara afulai feminist bhanna kina hichkichaunu bhako. Feminist bhandai ma 'ugra naribadi', 'men haters' ani 'bra burners' ko image auncha manisharuko dimagma. Anyone who beleives in human rights of women equal to men is feminist. So, I declare, I am feminist. Perhaps other people could declare too.

    ReplyDelete
  8. मिलन जी, तेती मात्र का हो र, मैले त बिपरीत लिंगी प्रति आकर्सन नहुने मान्छे त के जनावर पनि देखेको छैन...तेसलाई जे सुकै नाम दिनुस... तर फेरी आकर्सन हुंदैमा, मित्रता हुंदैमा, प्रेम नै पानी हुंदैमां यौन सम्बन्ध नै भएको पनि मान्छे माँ त के नेपाल का जनावर हरुमा पनि तेस्तो देखेको छैन..मानिस का सम्बन्ध हरु अत्यंत जटिल हुन्छन्..तेती सजिलै यौन की अयौन भनेर ब्याख्या गर्न सकिन्छ जस्तो मलाई लाग्दैना... यद्दपि हुन्छ नै भने पनि तपाई ले भने जस्तै मेरो टाउको चाही दुख्नु पर्दैन ...

    नीति जी, केटा मान्छेले पनि ब्यक्तिगत जीवन माँ बोल्न प्रतिष्ठा को डर मानने बिसय माँ धेरै जान्ने भएर बोले की जस्तो पनि मलाई लागि राथ्यो... मेरो आमा कै जाती बाट पाएको सकारात्मक प्रतिक्रिया प्रति कृतज्ञ छू...तपाई ले भने जस्तै फेमिनिस्ट नै भने पनि मलाई आपत्ति छैन...तर अचेल मलाई लाग्छा संबंधित बर्ग को वकालत त्यस बर्ग को प्रतिनिधि ले नै गर्न पाउनु पर्छ.. जो जे हो त्यों त्यै हुनु पर्छ...महिला संग जोडिएको समस्या को वकालत महिला ले नै गर्न पाउनु पर्छ र गर्नु पर्छ...
    पुरुस नै भये पनि आमा, दीदी, बहिनी, छोरी, साथी, र अन्य धेरै रुपमा महिला को खुसी र तनाव संग मेरो पनि खुसी र तनाव नछुट्टिने गरि गासिएको हुन्छ...तेसैले यो मेरो पनि समस्या हो...एउटा "मेलिस्ट" कै रूपमा पनि...

    ReplyDelete
  9. लेख्ने शैली साह्रै राम्रो लाग्यो ब्रो । यो ब्लग पढे पछी मलाई पनि नेपाली मा ब्लग गर्ने इच्छा पलयो ।

    हाम्रो सन्कुचित र घ्रिनित सोच को उपज हो अरुको यौन प्रसँग को चर्चा मा रमाउने नेपाली समाज को बनी ।

    ReplyDelete
  10. थ्यान्क्स ब्रो, तर ब्लग गर्दा समय चाँही दिनुपर्ने राइछ

    ReplyDelete
  11. शैलजा मरिछन्... बेसै भो..उनी मरेपछि आएका सहानुभूति का स्वरहरुले मलाई फेरि नेपालीहरुको पाखण्डी स्वभावप्रति वितृष्णा लागेर आएको छ..के को समवेदना को ढोंग गर्नपरेको होला एउटा जीवित लाशले शान्ति पाएकोमा ?
    शैलजालाई मरेपछि मात्र उनलाई संंघर्षशील, साहसी र निष्ठावान देख्नेहरुको आखामा त फुुलो नै परेको हुनुपर्छ...मैले त जहिले पनि शैलजाको चर्चा हुदा उनको वि पी कोईराला र चन्द्रशेखरसंग यौन सम्बन्ध रहेको कुरा मात्र मानिसहरुले जिब्रो पड्काउदै गरेको सुनेको थिए.. गुप्ती चाखका कुरा धित मरुन्जेल गरीसकेपछि अन्तिममा शैलजालाई चरित्रहीन भएको भनेर निन्दा गर्यो अनि आफुु चोखो रहेको पाखण्ड गर्यो... सरी कसैको चित्त दुख्छ भने दुखोस... अहं, अल्साइमर्सले जीवित लाश बनाएको शैलजा मरेकोमा मलाई कुनै दुख छैन...बरु बाचुन्जेल उनको नीतिगत भन्दा पनि चरित्रहत्यामा रमाउने प्रवृति प्रति घृणा बढेर आएको छ

    ReplyDelete
  12. तपाइको विचारमा म शत प्रतिशत शहमत् छु बाचुन्जेल चै जहिले पनि कुरा काट्ने अनी मरे पछी गोहिको आसु बगाउने ? यो नेपाली समाजमा एस्ता धेरै छन । जो बाचुन्जेल घ्रिणित भएका छन अनी मरे पछी सम्मन पएका छन । मरे पछी के सम्मान गर्नु बाच्दा वास्ता नगर्नेले । मरेपछिको सम्मान को कुनै अर्थ छैन जब बाच्दा हेला गरिन्छ ।

    ReplyDelete