Friday, June 26, 2009

असारे महिना मा पानी परे रुझाउने


बिहान उठदा सिमसिम पानी पर्दैथ्यो बाटो हिलाम्मे भएछ भनेछि असार लागेछ कि कसो ढिलै भए नि एस्पाली त खडेरी नै परेको थियो..अस्तीसम्म उकुसमुकुस नै थियो हिजो सम्म पनि बेथा मात्रै लागे जस्तो थियो आज त काठमाडौका डाडाहरु तल तल सम्म बादलले ढाकेछ..

कसले भन्छ काठमाडौ राम्रो छैन ? खुशी हुन किन कारन चाहियो ? भाले मुजुर भयो मेरो मन प्वाख खोली इन्दधनुस नाचु जस्तो भो... आहा बनमा फुले फुलैफुल बास्ना चल्यो मनैमा

छिमेकको राजधानी नया दिल्लीमा गर्मीले मानिस प्याक प्याक मर्न थालेछन सय नाघिसकेछ खाडीमा दिनहु जसो नेपालीहरु ढल्न थालेछन्..काठमाडौमै पनि एसपाली अचाक्ली गर्मी छ तर काठमाडौको गर्मीले मान्छे मर्दैन एक झरी पर्यो भने म त बेलका सिरक नै ओढछु..

अमेरिकनहरु दिनरात खट्छन पैसा जोगाएर बर्सौ योजना बनाएर के गर्ने भन्दा नेपालका डाडाकाडा चढन आउछन्.. एउटा खैरे ले कतै लेखेको थियो आहा कस्तो राम्रो नेपाल हिमाल पहाड तराइ सबै भको मलाइ त हाम्रो देश मनै पर्दैन हाम्रो देशमा पहाडनै छैन.. मलाई उस्को कुरामा हासो उठेर आयो कता कता दया लागेर पो आयो बिचरा..

म मन लागे आजै पनि भोली नै पनि फुत्त फुल्चोकी, नागार्जुन, शिवपरी, ककनी हाइकिड जान सक्छु कसले बढी रिलाक्स गरेको रै छ त महामहिम जर्ज बुश महोदय? म किन जाउ बिदेश ? के हुन्छ धेरै पैसा कमाएर ? किन हुनपर्यो र मलाई ठुलो मान्छे ? न खुशी हुन धेरै पैसा नै कमाउन पर्छ, न त धेरै पैसा हुदैमा खुशी हुन सकिन्छ.. हर हर न कट कट

उ बादल अलि हल्का भएछ हैन पानी पर्दैन कि क्या हो ? भएन नि यो त मिस्टर पशुपतिनाथ ज्यु.. यो त असार पो हो का त्यो भदौरे झरी जस्तो छिसिक्क छिसिक्क छिस्क्याएर हुन्छ ? झम झम पर्न दिन पर्यो नि महाराज.. त्यसै मछिन्द्रनाथ हुन पाइन्छ कि क्या हो ? हर हर महादेव पानी देउ देउ एतिले पुगेन अरु पानी देउ..

हैन के हो एस्तो घाम पानी घामपानी घामपानी स्यालको बिहे कुकुर जन्ती बिरालो बाहुन ..(लौ यहा पनि बाहुनलाई नै पो बेकुफ बनाएछन्) हैन त्यो फिलिम मा हिरोनीहरु वादल गडयाङगरुङ गरेपछि हिरोसंग तेसैले पो लपक्क टासिदा रछन.. तेसैले पो कम्मर जीउ मर्काएर पानी मा रुझेर पोटिलो बदन भिजाएर नाच्दा रछन्..

मेरो मन पनि रोमाटिंक पो हदै आयो मलाई पनि नाचु नाचुु पो भो फुल फुल मा पात पात मा पोखु जस्तो लाग्छ जोबन

2 comments:

  1. cute..!! me too ..i love rain..but hare i have only one option; sit under a/c and sing meaningless song..."rain rain rain this way..."

    ReplyDelete
  2. निकै सही कुरा गर्नु भो यार ! लक्ष्मी प्रसाद देवकोटा ले के नेपाल सानो छ ? भन्ने निबन्धमा नि यस्तै लेखेका थिए, डाँडाकाडाँ हरियाली ।
    जेहोस्, पानी परेको छ रमाइलो गर्नुहोस् ।

    ReplyDelete