Thursday, July 16, 2009

पर्दैन बढाउन तलब सरकारी कर्मचारीको


तलब बढाउन पर्यो भनेर मेरै घोक्रो सक्ने गरी चिच्याइरहेका नेपालका अझ भनौ काठमाण्डौका सरकारी कर्मचारीहरुको अनुहार र भावभंगिमा देखेपछि मलाई लाग्यो यी सरकारी कर्मचारी हुन कि माओवादीका वाइ सी एल ? यी दर्गम र मोफसलमा जान नमानेर काठमाण्डुमा सुख सुबिधा भोगेर थाम्न नसकेका भुडीहरु हल्लाउदै तथाकथित निषेधित क्षेत्रमा उफ्रिनेहरुको चुरीफुरी हेर्न लायकको थियो नभनु भन्दा पनि फुत्त मुखबाट निस्किहाल्यो...तेलचोर जाठाहरु


महगी तिनेरु सरकारीलाई मात्र बढेको छ अरुलाई छैन ? चानचुन बढीमा २ लाख कर्मचारी होलान् देशभरीमा्, तिर्नेलाई तलब बढाउनासाथ बजार भाउ झन् झन् बढछ र बढेपछि ओर्लिदैन... जोक गरेको हैन मैले पनि तरकारी खान कम गरिसकेको छु... भाउ सुनेरै पनि किन्न मन लाग्दैन... अनि तिनको तलब बढेपछिको महगीको बोझ बाकीले व्यहोर्नपर्ने ?


लाज पनि नभाका... कालो ब्यानरमा लेखेका थिए राष्टसेवक कर्मचारी अरे... जोक पढेर अट्टाहासनै गर्न मन लाग्यो हा..हा...हा..हा.... सिंहदरबार जन्तुखानामा राष्टसेवक कर्मचारी पनि पाइन थालेछन् है... कसलाई थाहा छैन त्यो ९० प्रतिशत भन्दा बढी चोरहरुको जमात हो... तिनीहरु भन्दा गल्लीका गुन्डाहरु इमान्दार छन्.. अचेल भन्न पनि थालेछन हौ डनहरुले पनि हामी त समाजसेवक हौ अन्यायमा परेकालाई अलिकता पैसा लिएर उध्दार गरिदिन्छौ भनेर...नेताहरु जनसेवक, कर्मचारीहरु राष्टसेवक, अनि डनहरु समाजसेवक... एकदम सिक्वेन्स मिलेको रैछ...हाहाहाहाहाहा


प्रचण्डको शैलीमा भन्दा त्यो नकच्चरो अर्थमन्त्री भनाउदोको नाटक हेर न... तिमेरु आन्दोलन गर्छु भन म तुरुन्त बढाइदिन्छु भनेको जस्तो बिज्ञप्तिनै निकालेछ हामी सकारात्मक छौ बार्ता गर्न आउ भनेर... जनतालाई पनि भन्न पाइने कर्मचारीले मान्दै मानेनन् टेरेनन् के गर्ने ? बाहुन न परे धुत्याई देखाइहाले... अनि हाम्रा राष्टसेवक कर्मचारी पनि कति बाठा त... बाहुनकै बर्चश्व रहेको कर्मचारीको संगठनको नेतृत्व राई ले गरेका रछन्... अब जनजातिको नेतृत्वमा भएको संगठनको कुरा नसुनी हुने भो त ?
भन्न त मन थियो कर्मचारीहरुलाई पुरानै डाइलग छोड तिमेरु जागीर...हामी तेतिकै तलबमा काम गर्छौ...आखिर अहिले पनि हामी निम्न स्तरको सरकारी कर्मचारी भन्दापनि कम तलबमा काम गरिरहेकै छौ...न कुनै भत्ता सुबिधा न सन्चय कोष न पेन्सन न टेबलमुनिको आम्दानी...फेरि सोच्छु खाउन त यिनेर्ले पनि सबैले खाइरहेकै छन्...यिनकै बालबच्चा बोर्डिग पढुन, जाउ्न् बिदेश...घिचुन न त जाठाहरुले पनि

तस्बिर:कान्तिपुर दैनिक

12 comments:

  1. पप्लु नपरे पछी फेरी जोक्कर काट्ने तयारी होलानी। काटौ साथीहो काटौ जति पटक सम्म पप्लु पर्दैन त्यती बेला सम्म जोक्कर काटी राखौ। खेल खेलाउने लाई के हुन्छ र जती पप्लु पर्छ त्यती ठूलो खेल, जती ठूलो खेल त्यती ब‍ढी भिष्टी। मोज छ है। तैले कुटे जस्तो गर म रोए जस्तो गर्छु।

    ReplyDelete
  2. हावा जी ! निकै राम्रो बिषयमा कुरा उठाउनु भयो।हो त तलब बृद्धि गरे पछि बजारमा स्वत:मुल्य बृद्धि बढ्छ।मुल्य बृद्धीको नियन्त्रण गर्नु कहाँ हो,सिमित कर्मचारीको को घेराभित्र रहेर यो सरकार नौट्ङकी गर्छ। अब यो सिमित घेराको तलब बृद्दि हुदाँ हरकोही कहाँ खुशी हुन्छ होला र! त्यही भएर तलब बृद्धि होईन महङ्गी घटाउनु पर्छ।

    ReplyDelete
  3. हो sujan जी ले भने जस्तै महङ्गी घटाउनुपर्छ। फेरी कर्मचारीरे हो कि ठगचारी थाहा भएन। काम गर्ने बेलामा भोलिभोलि भनेर जुग बिताउछ। तलब बढाउनेबेला चै अहिले अहिले भनेर उफ्रन्छ।

    ReplyDelete
  4. सोह्रै आना सही हो कुरा ।

    कर्मचारीको तलब बढ्नु समस्याको समाधान नभई अरू निरुपाय जनतालाई महँगीले ढाड सेक्ने बजारशास्त्र हो । सीमित कर्मचारीको तलब बढ्छ, त्यसको मोल चुकाउनुपर्छ बिहान-बेलुकाको रोजीरोटीको लागि लडिरहेका उपायहीन सर्वसाधारणले । किन अध्ययन-अनुसन्धान गरेर तलब संयोजन, महँगी नियन्त्रणमा ध्यान दिँदैन हाम्रो सरकारी नेतृत्व ?

    ReplyDelete
  5. दूर्जेय ब्रो, पख्नुस न यि आँफै जोकर जस्ता भ्रस्टहरुको पत्ता नै साफ नगरि भाछैन बुझ्नुभो

    सुजन सिस, हिजो सुकेको भिन्डी सस्तोमा पाईन्छ कि भनेर सोधेको ५० रुपैयाँ रे छेउमै एउटी महिला थियिन मतिर हेरेर मज्जाले हासिन केही बोल्नै परेन तरकारीवाला दाई पनि लज्जित झै हुँदै भने के गर्ने आजकाल बडा महँगो छ कोही किन्दैन मेरो तरकारी नोकसान भैसक्यो घाटा लागीहाल्यो

    दीप ब्रो, तपाईं पनि मालपोत नापी अदालत र बिल तिर्ने ठाउका हाकिम साब हरुको फेरिमा पर्नु भो जस्तो छ नि हेहेहे

    हो नि धाइबा ब्रो, अध्ययन न भनौ फेरी आयोग बनाउलान अनुसन्धान गरेर घुसखोर र कालाबजारिया लाई समातेर झ्याप झ्याप हाले भैगो नि मामाघरमा

    ReplyDelete
  6. हुन त देशको अर्थ व्यवस्था र कर्मचारी कै ब्यबहार हेर्दा चाहिं उनीहरुको तलब आधा भन्दा धेरै घटाउनु पर्ने स्थिति छ; तै पनि अहिलेको बजार महंगीलाई धान्न निकै गाह्रो पर्ने अहिलेको तलब व्यवस्था रहेको हुँदा र हरेकले आफुले खर्चेको समय र श्रमको उचित क्षतिपुर्ति पाउनु पर्ने मानबिय आधार नि रहेको हुँदा .. मेरो बिचारमा अहिलेको अवस्थामा केहि तलब बृद्दी आवश्यक छ |

    मलाई बिशेष भत्ता चाहिया होइन है फेरी...!

    ReplyDelete
  7. डराइ डराइ गरेको कमेन्टलाई पनि कसैले आलोचना भन्छ ? यो त आलोचनानै होइन नि भत्ताको लोभ नगरे हुन्छ मिलन ब्रो
    अनी तलब बढाउने कुरामा त मेरो पटक्कै सहमति छैन. बढी तलब चाहिये अमेरिका यूरोप वा नसके अरब तिर लागे हुन्छ
    तर के जान्थे यि देशमै बसी बसी तलब भत्ता र घुस खान पल्केका हरु बिदेशमा *#^ सुक्ने गरी श्रम गर्न

    ReplyDelete
  8. ह न नेपालाँ नि घोक्रो सुक्ने गरी चर्को घाममा कराकै रछन त ! के यो श्रम हैन? अब यसरी कराउनेको पोइसो नाबढे हाम्रा बढ़छन त?
    ५० को भिन्डी १०० को गोल्भेन्दा, सबैले सजिलै किनेर खान सक्ने हुनु परो नि? रहरले "तेलचोर" जस्तो "हासो उठ्ने चोर" को बन्या होला र?
    अब के, काँ, कूँ, कसरी चाही था छैन, तर ठाउ पाए सम्म आवाज़ उठाउनै पर्छ भन्छु म, अरुको लोभ डाह नगरम ब्रो, वेसर्खारीले त झन *#@***~^ सुक्ने गरि नै र्कराउन पर्च, अाफु जागीर जाने डरले न्युन पोइसो मै चुप लागेर सहेर बस्ने, अनि ब्लगमा आएर चै सित्तैं खोक्नाले यस्तो भा हो ।

    ReplyDelete
  9. खोक्नै परो नि ब्रो बेसर्खरीले का त्यो सरकारी जस्तो कस्ले छुन्छ हेरम त भन्न सक्छ ? नियम कानून कै कुरा गर्ने हो भने निशेधित भनिएको क्षेत्र र अत्याबस्यक सेवा मा अबरोध गरेर कर्मचारीले सरकारकै खिल्ली उडाएका छन नागरिकहरु झाडापखाला र खडेरी ले मरिरेको बेला सेवाग्राही जनतालाई थप् ढुख दिएका छन तेसो गर्न सक्नु को कारण उनिहरुलाई थाहा छ जागिर मरिगये जादैन ढुक्क छ कर्मचारीको गुण्डागर्दिबाट झुकेको छ सरकार अब यो सरकार ले कुन मुखले अरु समुहलाई हडताल र बन्द नगर भन्न सक्छ ? अचम्म त यो छ कि हिजोका राजा का चाकरहरु पनि आज अचानक माओवादीका क्याडर भएका छन... कुनै बिचार वा आचरण फेरिएर हैन...सरकारी कर्मचारीलाई अब झन कसरी सम्मान गर्न सकिन्छ ?

    ReplyDelete
  10. हावा ब्रो लेख सटिक छ तर जीबन यापन गर्न आवश्यक न्युनतम तलब भत्ता त सबैले पाउनु पर्यो नि होइन र ? जब सरकारले निजामति कर्मचारिकै तलब जीबन निर्वाह गर्न पुग्ने दिन सक्दैन भने अरु कम्पनि या प्राइभेट कम्पनिमा काम गर्नेहरुको बारेमा सोचेर तलब बृध्दि गराउन कसरी पहल गर्न सक्छ ? होइन र ? घुसखोरी बढ्नुको एउटा कारण त जिबन निर्बाहनै नहुने तलबमान हो जस्तो लाग्छ । इमान्दार बनेर बाँच्न नसक्ने भएपछि ,के गर्ने ?बाँच्नु त पर्यो नि होइन र ?

    ReplyDelete
  11. दिनेश ब्रो, केही बर्ष अगाडिसम्म अधिकृतको तलब स्केल रु ३६०० थियो तेतिखेर काम गर्न सक्नेले पनि सरकारी जागीर खान्छन् भनेर खिसी गरिन्थ्यो..तेसपछि कसको पालामा हो याद भएन तर आयोगको सिफारिशमा सरकारी तलबमान ह्वात्तै बढ्यो र अहिले पियनको स्केल पनि ८,००० र अधिकृतको १४, ००० हजार बढी पुगेको छ.. पत्रिकाको विज्ञापनमा जे आए पनि दक्ष र डिग्री गरेकाहरुले प्नि निजी क्षेत्रमा ८,००० मा काम गरिरहेका छन् त्यति पनि सबैले पाउदैनन्..बिगतमा कर्मचारीको तलब पछि राजनीतिकर्मी मन्त्री र सभासदले आफ्नो तलब सुबिधा भत्ता ह्वात्तै बढाए ब्यापारीले कर्मचारीको मिलेमतोमा बजार भाउ हवात्तै बढाए.. मेरो कुरा मनचिन्ते हो भने डाटाहरुनै हेर्दा हुन्छ तलब बृध्दि संगै भ्रष्टाचार पनि बढेको छ...के तलबमानसंगै सरकारी कर्मचारीहरुको दक्षता, ईमान्दारिता, र जनमुखीपनामा कुनै सुधार भएको छ ?

    ReplyDelete
  12. ल साथीहरु मैले खोक्नै परेन...आजको बासी खबर

    कर्मचारीको तलब बृद्धिले महङ्गी आकासियो

    ६ साउन, काठमाडौं । सरकारले कर्मचारीको तलब बृद्धि गरेको भोली पल्टै ३५ प्रतिशतसम्म मूल्यबृद्धि भएको छ । दैनिक उपभोग्य वस्तु खाद्यान्न तथा तरकारीमा भएको चर्को मूल्यबृद्धिले उपभोक्तालाई पीडा थपेको छ । केही वस्तुमा कृत्रिम रुपमा मूल्य ह्वात्तै बढाइएको मूल्यलाई सरकारले तत्काल हस्तक्षेप नगरे बजार अनियन्त्रित हुने सम्भावना बढेको छ । कर्मचारी दबाबका कारण सरकारले आयतबार ४ देखि ६ प्रतिशतसम्म तलबमान बढाएको मार आमउपभोक्तामा परेको हो ।

    आइतबारसम्म प्रतिकेजी ९५ देखि १ सय रुपैयाँमा पाइएको रहरको दाल सोमबार प्रतिकेजी १ सय २० रुपैयाँ पुगेको छ । त्यसैगरी ३८ रुपैयाँको सोना मन्सुली चामल ४२ रुपैयाँ र रातो आलु २५ बाट ३० नाघेको छ ।

    वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गणेश ढकाल ठूला व्यापारीले आयात गर्दाको मूल्य सरकारलाई जानकारी नगराएको हुँदा समस्या बढाएको स्वीकार गर्नुहुन्छ । उहाँले साबिकको कार्यलाई गति दिन उपभोक्ता हित तथा आपूर्ति व्यवस्था विभागबाट तत्काल हस्तक्षेप थालिने बताउनुभयो, आज प्रकाशित नेपाल समाचारपत्र दैनिकले मूख्य समाचार बनाएर छापेको छ ।

    http://www.onlinekhabar.com/wp/2009/07/21/12609.html

    ReplyDelete