Thursday, August 6, 2009

यो देशलाई माओवादी नेतृत्वको सरकार चाहिएको छ

हिजोको भोटाहिटी दुर्घटनामा मेरो कुनै आफन्त मरेनन्तेसैले म कत्ति पनि भावुक छैनतर त्यो घटनाले मलाई एउटा बैचारिक स्पष्टता तिर धकेलेको छख्यातिको ह्त्या गर्ने बीरेन श्रेष्ठ होस वा हिजो कार ले किचेर ६ भारतीय सहित ७ जनालाई किचेर मारेको घटना होसके यस्ता घटनाको लागि कुनै एउटा व्यक्तिलाई अपराधी वा साइकोटिक भनेर मात्र बाकी हामी सबैले जवाफदेहीताबाट उम्किन मिल्छ ? स्कुल कलेजमा पनि गोली चलिसकेको छ बम पडकिसकेको छअब अमेरिका जस्तै नेपालको स्कुल कलेजमा कुनै विध्यार्थीले सामुहिक हत्या गरेको रोमान्चक समाचार चाडै सुन्न पाईनेछ हैन ?

हिजो कै कार चालक एकजना धनाढ्यका कलेज पढने २०, २२ बर्सका केटा हो रेजाडले मातेर टिल्ल थियो अरे कुनै क्यासिनोबाट आउदै थियो रेउसको उमेर सुन्दा त उसको पनि माया नै लागेर आउछ के उसको अपराधमा उसको परिवार जसले सही मार्गदर्शन गर्न सकेन र बाकी सारा समाज जसले पैसा, गाडी, र पुजीवादी भौतिक सम्पन्नताको मात्र सम्मान गर्छ जिम्मेवार छैन ?

पुजी र पैसा नै सबै थोक हो जसरी पनि धेरै कमाउ धेरै जना संग अप्राकृतिक सेक्स गर र सोसलाइजिंग भन्दै टिल्ल दारु पिएर मुत भन्ने बिकृत अमेरिकी जीवनशैलीको अन्धानुकरण मा के हाम्रा समाजका भलादमी, योजनाकार, बुध्दिजीवी, डाक्टर साहेब विद्वानहरु प्नि जिम्मेवार छैनन् ?

केही कन्क्रीट उदारहण सबैले स्वीकार गरेको हो कि समाजलाई व्यवस्थित गर्न पर्याप्त कानुन बनेका छैनन् तर तपाई जो आफुलाई सभ्य पढेलेखेको अनि देखे सुनेको ठान्नुहन्छ भएकै कानुनको कत्तिको पालना गर्नुभएको छ ? गाडी बाइक चलाऊदा कत्तिको सडक नियम पलना गर्नुहुन्छ ? तपाईले आफ्नो बिहेमा देशको ऐनले तोकेको मापदण्ड पुरा गर्नु भो ? दाइजो र अन्य जथाभावी खर्चको कुरा छोडनुस जन्ती वा भतेर मात्र कति जनालाई खुवाउन भो ?

तपाई देशको शिक्षाविद वा उच्च पदस्थ कर्मचारी हुनुहन्छसवैको लागि शिक्षा भन्नु हुन्छ तर तपाईका सन्तान कहा पढछन् ? कत्ति सम्म भने एकजना आफन्तको छोराको बर्तुनमा गएको थिए देख्छु लगभग पाच सय मान्छे छन् भव्य भोज छ बियर र आयातित रक्सीहरु फालाफाल छतपाई आफ्ना सन्तानलाई कस्तो संस्कार दिदै हुनुहन्छ, के बनाउदै हुनुहन्छ ?

म कम्युनिस्ट होइन तर हिजोको दुर्घटनाबाट प्रेरित भएर मैले पनि खुल्ला रुपमा माओवादीलाई समर्थन गर्ने निर्णय गरेमाओवादी मध्येका पनि कट्टरहरुलाई जसले अनियन्त्रित र आड्म्वरी जीवनशैली सुधार्न आफ्ना नेताहरुलाई दबाब दिएका छन् माओवादीको उदण्ड र असहिश्णु क्रियाकलाप मलाई पहिले पनि मन परेन अझै पनि मन पर्दैन तर यो देश मा एउटा बलियो र ईमान्दार सरकार चाहिएको छ र त्यो अहिले माओवादीबाट मात्र सम्भव छ

12 comments:

  1. ल !, हाबा ब्रो को आज गाईजात्रामा दामी 'हाबा गफ' जाला भनेर कुर्दै थिएँ। आज त हाबा ब्रो को एकदम 'सेन्टी-पोष्ट" गयो त ! ।

    यो पोष्टमा लेखीएका कुराहरु त बिचारयोग्य छन, तर अब यस्तै पोष्ट लेख्‍ने हो भने फेरि नाम फेर्नुस है !

    ReplyDelete
  2. त्यही त दिलिपजीले भने जस्तै गर्नु पर्ला। जे होस कुरा सही हो तर बिरालोले छाउरा सारे जस्तो कुने धटना भयोकी पार्टि चेन्ग गरिहाल्न हुदैन होला है , हा हा हा। तपाई ६ जनाको लागी त्यति भावुक बन्नु भयो यहाँ त.....................। जे होस दामी छ ल कुरा हरु।

    ReplyDelete
  3. हावा ब्रो
    आज त सेन्टी कुरा गयो नि के हो?
    अब हावा होइन आँधी राख्नु पर्यो।

    ReplyDelete
  4. दिलिप ब्रो, तपाईं ले गाइजात्रा को कुरो गरी हाल्नु भो आजै एउटा ब्लग हेर्दै थिए कुनै खैरे ले नेपालमा गाई पूजा को बेलामा गहुँत् खाएको देखेछ उसले एक ठाउमा कमेन्ट लेखेको छ: Hindus Drink Cow Piss

    दूर्जेय ब्रो, भावुक बनेको होइन र म माओवादी पार्टी मा गएको पनि होइन देशको बर्तन्मान अवस्था मा कुन पार्टी लाई समर्थन गर्ने भन्ने हामी सबै ले नै सोचिरहेका हुन्छौ

    हेहेहे दीप ब्रो, सेन्टी मात्रै हैन सेन्तिफ्लाट नै गो नि.. अब नाममा के छ र ? आँधी भने पनि बतास भने पनि हुरी भने पनि हावा नै हो क्यारे हेहेहे

    ReplyDelete
  5. त्यै त म पनि कुरेरै बसेको हो गाइजात्रे हावालाई तर के भयो खै ब्रो लाई । अरुबेला त हँसाउन तम्सिने मान्छेले झन मौकामा चाही सेन्टी पारामा आउने?
    बिचार त राम्रो छ हावा जी । देशलाई एउटा सच्चा र ईमान्दार राजनैतिक पार्टीको खाँचो भएको कुरामा दुईमत छैन आखिर त्यो जुनसुकै पार्टीको होस ।

    ReplyDelete
  6. देशमा पार्टी र समूहहरु को बिगबिगीमा अर्को एउटा पनि थपौँ "हावा डी वीन्ड पार्टी" अनि हामी कार्यकर्ता
    अनि ब्रो मैले नबुझेको "म कम्युनिस्ट होइन तर हिजोको दुर्घटनाबाट प्रेरित भएर मैले पनि खुल्ला रुपमा माओवादीलाई समर्थन गर्ने निर्णय गरे....." त्यो दुर्घटना र माओबादीको के संबन्ध प्रष्ट भएन

    ReplyDelete
  7. सुर्य ब्रो, माओवादीले पनि धेरै सच्याउनुपर्ने कुराहरु छन तर कमसेकम तेसमा तुलनात्मक रुपले युवाहरु छन र राजनीतिक समाजीक सुधारका लागि आफ्नै समर्थक बाट ब्यापक दबाब छ.. फेरी उनिहरुले पनि अब हिन्सात्मक बाटो छोडेर सक्दो सान्तिपूर्ण बाटो लिने भनेकोले समर्थन गर्ने भनेको हो

    हेहेहे मुल्मिज ब्रो, पार्टी खोलेर आँफै अध्यक्ष्य पडकाउन मलाई पनि रहर नभएको का हो र ? तर के गर्ने भेडा जनताहरु ले मान्छे चिन्दैनन पार्टी खोल्ने कोरम नै पुगेन भन्या के गर्ने ?

    अनी ब्रो, त्यै एकमात्र दुर्घटना ले मात्र यस्तो बिचार आएको हैन यै सरकार को पनि खसै बिरोध नै गर्ने बेला भएको पनि हैन तर यो बाइस दलले बनेको सरकार भएकोले यिनिहरु आँफैमा धेरै मतान्तर छ जस्ले सरकार जहिले पनि कमजोर छ माकुने ले जस्ती द्रिडता र मिलनसारिता देखए पनि बिदेशी समर्थन बाहेक उनको आन्तरिक बर्गैनिङ पावर छैन यहाँसम्म कि उनको आफ्नै दलका नेता कार्यकर्ता ले पनि सहयोग नगरेको उनले आँफै ले स्वीकार गरेको हो मैले भन्न खोजेको के हो भने म कुनै दल बिशेष को समर्थक होइन तर देशको सरकार बलियो नभयिकन कुनै काम हुन सक्छ ?

    दोस्रो कुरा, भोटाहिटी को जस्तो दुर्घटना हुनु मा कुनै एउटा ब्यक्ती मात्र भन्दा पनि समाजीक मान्यताहरु बढी जिम्मेवार छन.. अरु दलहरु वास्तब मै यथस्थितिबादी छन.. समाजीक मान्यता सुधार को लागी अरु दल भन्दा माओवादी सँग भिजन देखिन्छ तर माओवादी को पनि भिजन पुगेको छैन.. तपाईंले भने जस्तै मैले नै केही नगरि नहोला जस्तो छ...हेहेहे

    ReplyDelete
  8. हावाब्रो ले कताको कुरो कता लगेर जोड्यो गाठें?
    जे होस् यिनका कुलो र कुरो बगाउने शैली खुब दमदार लाग्न थाल्या छ ,तर नेपालका माउवादी (जसले यस्ता निरिहको ज्यान त कति खाए कति)का सर्खार आए'सी सामाजिक संरचनामा आमुल परिवर्तन गर्ला, व्यवस्थित होला र यस्ता समस्याको समाधान होला भन्ने तर्कलाइ चाही म "हावा गफ" नै भन्छु ।

    ReplyDelete
  9. धन्यवाद कृष्ण ब्रो असहमती जनाउनु भएको मा

    म कुनै पार्टी को प्रचारक नभएको ले मेरो कुरा सही नै हुनुपर्छ भन्ने मेरो दावी छैन मैले पनि हावा गफ मै भए पनि एउटा राम्रो निकास के होला भन्ने तर्फ सोचेको मात्रै हो अनी माओवादी ले सेनापती प्रकरण् मा गरेको दादागिरी को मैले पनि बिरोध गरेको हो

    तपाईंले आसन्का गरे जस्तो माओवादी कमुनिस्ट सन्यन्त्र मा अरु देशका कमुनिस्ट सन्यन्त्रमा झै असहमत बिचार र ब्यक्तिलाई सफाया गर्ने सभावना को डर पनि छ

    मलाई लाग्छ माओ को वास्तवीक सिद्धन्त भनेको जातिय आन्दोलन लाई उपयोग गरेरगाउले शहर घेर्दै कम्मुनिस्म स्थापना गर्ने अनी पछी आँफै ले फेरी जातिय सिद्धन्त लाई प्रतिबन्ध गर्ने हो...तर माओवादी लाई अहिले नै पनि यतिको सक्तिशाली हुँदा पनि हम्मे हम्मे छ बिरोध का स्वरहरु थेग्न.. मलाई लाग्दैन नेपाल मा कसैले कम्मुनिस्ट शासन स्थापना गरेर टिकाउन सक्छ र ल्याउन दिनु पनि हुँदैन.. शायद यो कुरा बुझेर नै उनिहरुले लोकतान्त्रिक गणतन्त्र स्वीकार गर्न वाध्य भएका हुन

    अर्को कुरा, माओवादी ले समाज मा आमुल परिवर्तन ल्याउछ भन्ने पनि हैन कसैले पनि सक्दैन तर अरु पार्टीहरु पुराना भएका ले उनिहरु सिद्धान्त मा मात्र परिवर्तन का कुरा गर्छन्...माओवादी युवा पार्टी भएकोले स्वभाविक रुपमा परिवर्तन को दिशा मा लागेको देखिन्छ

    ReplyDelete
  10. हावा ब्रो ले यसपाली के गरेको, कुरै बुझिएन भन्या !
    कताको चिची कताको पापा भने जस्तो भयो । कहाँ दुर्घटनाको कुरो, कहाँ सरकारमा पार्टी नेत्रित्वको कुरो ।

    "यो देशमा एउटा बलियो र ईमान्दार सरकार चाहिएको छ र त्यो अहिले माओवादीबाट मात्र सम्भव छ ।"

    जीवनशैलीको कुरामा पनि बोली र व्यवहारमा माओवादी कति छेपारे छ, त्यो त देखिएकै छ । सर्वहारा वर्गको कुरो गर्ने उनीहरू 'सर्व-आहारा'तिर लामो हात सोझ्याइरहेछन् ।
    हो, अपराध, बदमाशीमा माओवादीले छुलुक्क सिर्कनाले मुताएर तहा
    लगाउँदा हुन्, तर एउटा अपराधलाई तह लगाउने नाउँमा अर्को अपराधीलाई स्विकार्न कदापि सकिदैन । हुलदङगा र हालीमुहाली प्रथा राज्यसन्चालनको विधि र तरिका हुनै सक्दैन ।
    दु:खको कुरो, नेपालको धमिलिँदो राजनीतिक र राष्ट्रिय आकाशमा विकल्पको तारा कोही देखिएन ।

    ReplyDelete
  11. धाइबा लाई पनि असहमती जनाएर कुरा फुराउने अवसर दिएकोमा धन्यवाद

    जीवन्सैली मा आधारीत यस्ता दुर्घटना प्रत्येक् दिन घटिरहेका छन कहिले सानो कहिले ठुलो रुपमा

    हाहाहा...सर्वहारा बाट सर्व आहारा... रमाइलो द्रिस्टान्त दिनुभो

    हो माओवादी मा पनि धेरै छेपारा र अपराधी मानसिकता भएकाहरु छन.. तेसैले त देख्नुभएन एत्रो जनसमर्थन हुँदा पनि राजिनामा गरेर भागनु परेको

    तर तेस्ता छेपारा र अपराधी कहाँ पो छैनन र ?

    अनी तपाईं हामीले खोजे जस्तो आदर्श बिकल्प हुँदैन.. एउटा ब्यक्ती कोही साधु हुन सक्छ तर एउटा पार्टी वा गुट वा पुरा समाज नै आदर्श समाज हुन अहिलेको नेपाल मा सम्भव देखिन्दैन.. तेसो भनेर के हामी खाली ब्लग अनी पत्रीका हरुमा अरन्य रोदन मात्र गरेर केही हुनेवाला छ ?

    मैले देखे अनुसार कमसेकम माओवादी मा एउटा सानै समूह भए पनि इम्मन्दार र केही गर्नु पर्छ भन्ने छ बैचारिक रुपले पनि अरु दलहरु भन्दा निस्चित रुपले परिवर्तनकारी छ

    यो अवस्य हो कि माओवादी ले पनि कम्मुनिस्ट अधिनायकत्व को सपना नदेखे हुन्छ

    ReplyDelete
  12. comedy hawa bro. तपाईँलाई Democracy मन पर्छ, मुड सँगै राजनीतिक मान्यता फेर्न पाउने शक्ति.

    ReplyDelete