Tuesday, August 18, 2009

नेपालमा सशस्त्र दलित आन्दोलन र धर्म परिवर्तन को आवश्यकता

हिजो मुलुकी ऐन दिवस रहेछ मलाई त पत्तै भएन…बी बी सी मा यस कुमारको नआउ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन बजे पछि पो था भो मुलकी ऐन दिवस भन्ने दिन पनि हुदो र छ हाम्रो नेपाल मा.. अरु कुरा त मलाई था छैन तर यो मुलकी ऐन भन्नेले जातिपाति भेदभाव लाई दण्डनीय अपराध मानेको भन्ने चाहि मलाई था छ.. तर पचास बर्षको मुलकी ऐन पछि पनि हामी अझै मुलकी ऐन दिवस जातीय बिभेद नगरौ भनेर मनाउदै छौ… यसको अर्थ के हो ?

मैले सुनेको बिदेशीहरुलाई नेपालको सबैभन्दा आश्चर्य लाग्ने कुरा हिन्दु धर्म मा आधारित बर्णाश्रम जातीय प्रथा हो रे.. कसरी एउटा मान्छेले छुदा अर्को मान्छे बिटुलो हन्छ ? कसरी कोही जन्मदै ठुलो र सानो जाति हुन्छ ? मैले नै हेर्दा पनि जातीय छुवाछुत र भेदभाव सबैभन्दा अमानवीय बर्बर सामाजिक व्यवस्था हो शुद्र ले बेदको मन्त्र सुन्यो भनेर पगालेको सिसा कान भित्र खन्याईदिने भगवान रामलाई मर्यादा पुरुपोत्तम मान्ने पाखण्डी हिन्दु समाजले दलितमाथि गर्ने यातना अस्वभाविक पनि देखिदैन… तर आश्चर्य जति आदिवासी जनजाति वा मधेसी अधिकार को कुरा नारा र आन्दोलन उठेका छन् दलित बर्गका समस्या कता कता ओझेल मा परेका छन् किन ?

मधेशीमा होस वा पहाडी, मतवाली होस वा तागाधारी जातीय भेदभाव र छुवाछुत सबै क्षेत्रमा छ.. त्यस हिसावले दलितमा गनिने वर्गहरु सामुहिक रुपमा झन बलियो हुन पर्ने हो.. तर उनीहरु बिभाजित छन् मधेशी पहाडी जनजाति आदि छुट्टा छुट्टै वर्गमा… अरुका कुरै छाडौ सामाजिक न्यायका लागि तुलनात्मक रुपले प्रष्ट एजेण्डा भएको माओवादीले पनि जति जनजातिय र मधेशी अधिकारको कुरा सफल रुपमा उठाएको छ त्यति नै प्रष्ट रुपमा दलित मुद्दा उठाउन सकेको छैन


नत्रभने १५ वर्षदेखि जनसरकार चलाएको माओवादीको आधार ईलाका सुदुर पश्चिममा अहिले सम्म पनि मन्दिर प्रवेश गर्न प्रतिबन्ध र सिनो खान किन बाध्य गरिन्छ ? तेसैगरी मेरो बिचारमा तराई मधेश का दलितहरु पहाडका दलित भन्दा पनि झनै अमानवीय अवस्थामा छन्.. गाउमा एउटा निश्चित टोलमा मात्र अत्यन्त फोहोर वातावरणमा सुगुर आदि जनावर सगै बस्न र सिनो खाने काम मात्र गर्न दबाब दिईन्छ… हिजै प्रकाशित संयुक्त राष्ट्र संघको प्रतिबेदनले पनि तेसै भन्छ

माओवादीहरुले ब्राह्मणवादको चर्को विरोध त गरे तर त्यो नाकचुच्चे र नाक थेप्चे को अर्थमा मात्र सफल भयो.. माओवादी बाहेक का अरु दलको त अन्य सामाजीक मुद्दामा जस्तै दलित मुद्दा मा पनि कुनै दृष्टिकोण नै छैन.. माओवादी भित्रै पनि नेतृत्व पंक्तिमा बाहुनबादले जरो गाडेको छ.. मैले एकदिन दारी काट्दा तराइ मुलका बुढा हजामलाई भने कम्युनिष्ट र खासगरी माओवादी ले त दलित मुद्दा लाई उठाएका छन्.. केही उच्च जातिका कम्युनिष्टले दलितसंग विहे पनि गरेका छन् भन्दा उनले भने तपाईले कुनै कम्युनिष्ट नेताले दलित कि छोरीलाई बुहारी बनाएर भित्राएको देख्नुभएको छ ? कुनै माओवादीले आफ्नो बुवाआमा र दलितलाई संगै बसाएर खाना खाएको सुन्नुभाको छ ? हिजो यस कुमारले बी बी सी मा मलाई ठुला नेताहरुले सार्वजनिक रुपमै सम्मान गर्नु हुन्छ तर म भन्छु मलाई आफ्नो घरमा स्वीकार गर्नुस् भनेको सुन्दा मैले तिनै हजामलाई सम्झे

दलितहरुको अवस्थामा सुधार नआउनको एउटा कारण जनजाति र मधेशीको जस्तो उनीहरुको छुट्टै सशस्त्र आन्दोलन वा संगठन् नभएकोले हुनुपर्दछ.. दलितहरुले जहिले पनि मधेशी वा जनजातिय वा वर्गीय मुक्तिको खेमाहरुमा बिभाजित भएर सशस्त्र वा निशस्त्र आन्दोलन गरे.. तर मधेशी पहाडी वा अन्य दलित बर्गहरु सांगठनिक रुपमै एक भएर जातिय समानताकै लागि भनेर अहिले सम्म पनि निशस्त्र वा शसस्त्र आन्दोलन गरेका छैनन्.. दलितहरु भित्र कै समस्या उनीहरु बीचमै पनि सानो र ठुलो जात को भेदभाव हुन हो.. केही दलित जातिहरु आफुलाई अरु दलित जाति भन्दा ठुलो ठान्छन् तिनीहरु दलित भित्रकै बाहुन हुन्.. अर्को समस्या दलितहरुले सरसफाई र शिक्षामा ध्यान नदिनु हो

तेसैले दलितहरु ले अब आफै अग्रसर भएर सामाजीक आन्दोलन गर्न ढिला गर्न हुदैन…बिचार मिल्ने दलितहरुले मधेशी पहाडी सानो र ठुलो भेद्भाव हटाई एकजुट भएर शुरुमा निशस्त्र र आवश्यक परे शसस्त्र आन्दोलन शुरु गरिहाल्नुपर्दछ… त्यसका साथै जातीय विभेद मार्फत आत्मोन्नति गर्न नदिने हिन्दु धर्म दलितहरुले मानिरहन पर्छ भन्ने पनि छैन्… दलित् समुदायले स्वेच्छाले बिभेदकारी हिन्दु बर्णाश्रम छाडेर जातिय बिभेद नगरिने बौध्द वा क्रिस्चियन धर्म परिवर्तन गरे हुन्छ

नोट: यो पोस्ट एउटा बाहुन ले लेखेको हो

11 comments:

  1. मती भ्रष्ट भएछ तपाईको। बाहुनले लेखेको भनेर के भन्न खोजेको हो? यो लेख बाहुनले लेखेको हो भनेरै ठिक गर्नु भएन। जस्ले लेखे पनि यो कुरा भनिरहदा, यहाँ समस्या बाहुन ब्यक्तीको हैन, समस्या बाहुनबादको हो। यो कुरा भुल्नु हुदैन। जो सुकै होस, एकदमै गलत र थर्ड कलास बिचार हो यो। देशमा न कुनै कानुनले काम गर्छ न त कुनै आन्दोलन वा हतियार उठाएर समस्याको सामाधान हुन्छ। यसो हुने भए तपाईले लेखेको भन्दा पनि बढी खतरनाक र क्रान्तिकारी नारा लिएर समाज सुधार र आमुल परिबर्तनको नारा लिएर बिसौ हजारको बलि चडिसकेको छ। अझै पनि बुघ्दीमा बिर्को लागेको देखेर दिक्क लाग्यो।
    अब कुनै आन्दोलतन हुनु पर्छ भने मित्रता र सदभाबको आन्दोलन हुनु पर्छ। मेरो कामी र दमै साथीसंग निन्तान्तै घनिष्ट मित्रता छ, मलाई त कहिलै पनि यो कुराको यादनै रहेन कि उनीहरु तल्लो जातका हुन। किनहोला? थाह छ,?
    शिक्षाको लागि क्रान्ति गर्नु पर्छ, आर्थिक बिकासको लागि क्रान्ति गर्नु पर्छ, हतियार उठाएर कहाँबाट आउछ र सामाजीक सु‍-ब्यबस्था? कुनै समाजमा राज्यले घोषणा गरेर हुदैन भन्ने कुरा त मुलुकी ऐेनको यत्रो समय पछिको कालखष्डमा पनि बहसको बिषय भएकोले प्रमाणित गरिसक्यो।
    याद रहोस यदी ७०- ८० % हिन्दू धर्म मान्ने मान्छेहरु यसको प्रतिकारमा उठे भने के हुन्छ? कसैले सोचेको छ?। यति ठुलो बाहुल्यता हुदा हुदै पनि आफ्नो धर्म र ब्याबस्था माथिको खुल्ला हस्तक्षेप सहनु उनीहरुको महानता र सुधारलाई सहर्स स्बीकार गर्ने क्षमताको कदर गर्नु पर्छ की पर्दैन? के यो उनीहरुको सामाजिक महानता हैन?। बाहुन भित्र वा दिन्दू धर्म भित्र पनि धर्मको नाममा युद्धको घोषणा नभएको हैन, तर हुदा हुदै पनि किन सफल हुनसकेको छैन? थाह छ?
    किनकि आम दिन्दूबादीहरु सामाजिक मान्यता र सु-ब्यबस्थामा बिस्वास गर्छन्। यो कुरालाई किन बुझिदैन? यदि हिन्दूहरुलाई धर्मकै नाममा चिडाउने काम भयो भने र उनीहरुलाई प्रतिकारको लागि हतियार उठाउन बाध्य परियोभने के हाल हुन्छ ? यो कुरा कसैले सोचेको छ?
    यो सेन्टीमेन्टलाई नबुझेर सिमित मान्छेले गरेको कुकर्मको लागी फेरी मान्छे मार्ने खेती तिर उकास्नु र तर्क गर्नु कु-बुद्दि भन्दा केही हैन। मेरो घोर आपत्ती छ यो बिचारमा।।।।।।।।।।।।।।।।
    मैले यसो भन्नुको मतलब दिन्दुबादको समर्थन गरेको हैन म पनि समाजमा भएको यो नराम्रो ब्यबस्थाको बिरोधी हु। मेरो मान्यता लडेर हैन मिलेर सामाधान गर्न सकिन्छ, यसको लागी बैचारिक क्रान्तिको आबस्यकता छ भन्ने मात्र हो।। चेताना भया।।।।

    ReplyDelete
  2. हो हो ससत्र आन्दोलन हुनु पर्छ। मान्छे मर्नु पर्छ। अहिले सम्म येहि त भै रा छ। वाइयात

    ReplyDelete
  3. हेहेहे दूर्जेय ब्रो, बडो टेन्सन भएछ तपाईंलाई.. बाहुन ले लेखेको भनेर यसकारण प्रस्ट गरेको हो कि कसैलाई भ्रम नहोस् कि यो दलित को वा हिन्दू धर्म बिरोधी कुनै सन्स्थाको अजेन्डा वा बिचार हो... र कुनै हिन्दू परम्पराबादी हरु कुरै नबुझी तपाईंले भने जस्तो र अहिले भारत ईन्डिया मा भैरहे जस्तो घटिया प्रतिकार मा न ओर्लिउन..

    म त चाहन्छु नै यो कि तपाईं मलाई गलत प्रमाणित गर्नुस्.. तपाईंको शान्ती र मेलमिलाप को भावना निस्चित रुपमा प्रसन्सनिय छ तर त्यो पर्याप्त छैन..अर्को कुरा कोही कुरै नबुझी प्रतिकार मा ओर्लिन्छन भने प्रतिकार को पनि प्रतिकार हुन्छ भन्ने पनि नबिर्सौ

    दीप ब्रो, हेहेहे तपाईंलाई पनि टेन्सन भएछ.. बदो मजा आइलियो.. ब्रो मान्छे त तेसै पनि मरेकै छन.. कसरी मर्छन भन्ने कुरा मात्र हो.. कोही अधिकार प्राप्ती को लागि लडेर मर्छन भने कोही झाडापखाला अनी भोकमरी ले मर्छन

    ReplyDelete
  4. समानता र आफ्नो अधिकार प्राप्तिको लागि आन्दोलन आवश्यकता परे हरेक दिन हुनु पर्छ, आन्दोलन गर्नु नहुने भन्ने कहिँ केहि छैन | अनि अर्को कुरा हिन्दु सँधै हिन्दु र क्रिष्टियन सँधै क्रिस्टियन नै हुनुपर्छ भन्ने नि छैन..... आफ्नो इच्छा अनुसार जसले जुन धर्म अंगाल्न पनि पाउँछ..

    मैले यो पोष्टको समस्या आन्दोलन गर्ने कि नगर्ने भन्दा नि आन्दोलन कस्तो गर्ने र धर्म परिबर्तन गर्ने कि नगर्ने भन्दा नि धर्म परिबर्तन कसरि गर्ने वा नगर्ने भन्ने मै देखें

    ReplyDelete
  5. धर्मको नामले वा कुनै जातिय नामले जनतामा अनि देशमा उदण्डता मच्चाउने काम गर्नु भनेको अत्यन्त नराम्रो कुरा हो। हावा ब्रोले यति मनन गर्नु पर्‍यो की यो सबै अशिक्षा, अज्ञानता, गरिबी र पाखन्डीहरुको भ्रम हो । बाहुन या जनजाती कामी या दमाई कसैलाई पनि यसरी संकेत गरेर निन्दनिय कुरा गर्नु राम्रो होइन जस्तो लाग्छ मलाई । यदि जातिय रुपमा कुरा गर्नुहुन्छ भने दलित र जनजाती या उत्पीडन बर्गको उत्थानको लागी कसबाट र कहाँबाट संघर्ष शुरु भएको छ? ईतिहास पल्टाउन सक्नुहुन्छ । हामी दलित हौ भनेर सधै सिनो र घन पिटेर मात्रै बस्ने की शैक्षिक योग्यतालाई पनि काख लिएर समाजमा एउटा उच्च नगरिक भएर जीउने प्रयास गर्ने? यो आफैमा गम्भिर सोचनिय बिषय हो । त्सैले म आफु जे भएपनि समान अधिकार लिएर जीउने अधिकार सबैलाई छ । आर्को कुरा सबैलाई आ-आफ्नो धर्म प्रति आस्था हुन्छ त्सैले कसैको धर्मलाई यस्तो उस्तो नभनेकै राम्रो ।

    ReplyDelete
  6. ho dalit aandolanko aawasykata chha tara dalitharuko adhikarko lagi shantipurna aandolan bhaemaa ramrai ho tara dharma pariwartan garidaimaa k hunchha ra?

    ReplyDelete
  7. had line ta ramro nai ho tara pani mukha ma ram ram hola ne.

    ReplyDelete
  8. मिलन ब्रो, भारत मै पनि धेरै दलितहरु ले छुवाछूत प्रथाको बिरोध गर्न सामुहिक रुपमा बुद्ध धर्म मा परिवर्तन गर्दा रहेछन..नेपाल मा पनि ब्यक्तिगत रुपमा त धेरैले गर्दा त रहेछन तर इच्छुक हरुले सामुहिक रुपमा गरेको भए सुधार को लागि दबाब हुने थियो होला

    सुर्य ब्रो, मैले पनि हिन्दू धर्म का सबै कुरा खराब छन भनेको हैन तर शान्ति शान्ति जपेर जती नै कोटी होम गरे पनि समाज मा झन झन असान्ती बढनु को एउटा कारण हिन्दू धर्म को बिभेदकारी परम्परा पनि हो

    अग्यात ज्यु, ब्यक्तिगत रुपमा भैरहेको धर्म परिवर्तन लाई सामुहिक धर्म परिवर्तन माध्यमबाट सामाजिक सुधारको लागि दबाब दिन सकिन्छ जस्तो लाग्छ

    मिलन ब्रो, कुरा हार्ड र सफ्ट लाइन भन्दा पनि कुरा परिवर्तन को हो.. मैले पनि त्यही भनेको हो मैले मुखमा राम राम मात्रै गरे केही छैन ठिकै हो.. मेरो बगलिमा छुरा हुनुभएन

    ReplyDelete
  9. दलित-उचो, तागाधारी-मतावली, नाक चुच्चे-थेप्चे, हिन्दू-अहिन्दूको कुरा गरेर समाजमा फाटो सिर्जना गर्नु भन्द पर बसेर सामाजिक सदभावका कुरा गरेर नेपाली-नेपाली विचमा एकताको कुरा गर्नु आजको आवश्यक हो जस्तो मलाई लाग्छ साथीहरु । हामी अधिकारको कुरा गर्छौँ, तर कर्तब्यको कुरा बिर्सन्छौँ । अरुलाई होच्याउन सिपालु हुन्छौँ, तर प्रशँसा गर्न कञ्जुस्याई गर्छौँ, आदर गर्न हच्किन्छौँ । आखिर यो समाज निर्माण कस्ले गर्ने हो त ??? तपाई हामीले नै हैन त ??? सभ्य समाज निर्माणको लागि साथ कस्को खोज्ने त, तपाई हाम्रै हैन त? हामी अर्काको कुरा काट्न सजिलो मान्छौँ, अरुले गर्न नसकेको ठान्छौँ । कमसे कम गरेर त हेरौँ न हामी आफ्नो लेभलबाट के गर्न सक्छौँ जस्ले हाम्रो समाज हामीले चाहेको जस्तो बनाओस् !

    ReplyDelete
  10. वाह !
    ब्राह्मणवाद: "नाकचुच्चे र नाक थेप्चे को अर्थमा मात्र सफल भयो" ... सत्य बचन ।

    साथि,
    धन्येबाद ।

    एउटा यथार्थ: "ब्राह्मणवाद" शब्द बनाउँदा बाहुन नेपालिहरुको पनि सहयोग छ । बरु के सोचेर "ब्राह्मणवाद" शब्द बनाए अनि अैले अरुले के अर्थ निकाले ... यो देखेर सायद वहाँहरु दुखी होलान् ।

    मेरो भनाई: ब्राह्मणवाद शब्द सँग बाहुनहरुको कुनै संबन्ध छैन । "ब्राह्मणवाद" शब्द "ब्राह्मणको वाद" सँग संबन्ध छ, मनु सँग छ तर घर छेउको बाहुन वा पुजारि सँग छैन । देशचलाउने सिस्टमको बिरुद्धपो हो कुनै ब्यक्ति बिरुद्ध होईन ।

    उदाहरण: मुख्य काँग्रेशमा बाहुन, मुख्य कम्युनिस्टमा बाहुन, मुख्य सचिव बाहुन, मुख्य न्याधिश बाहुन, उहिलेको राजाको सहयोगि पनि बाहुन, अनि शैनिकमा ठकुरि आदि ईत्यादि ... यो पो हो ब्राह्मणवाद ।

    ईतिहासमा बाहुनलाई पढ्न दिए त्यसैले धेरै बाहुनहरु ठुलाबडा हुनु सत्य हो । अनि ति ठुलाबडाका छोरा छोरि पनि ठुलाबडा भए - यो हो "ब्राह्मणवाद" ।

    नजिकैको ईतिहासमा क्रिश्चियेन धर्मिलाई कानुन-प्रहरिले कारवाहि गर्थे । त्यो प्रथा हो ब्राह्मणवाद ।

    मेरो बुझाई:
    बाहुन सँग ब्राह्मणवादको कुनै सँबन्ध छैन । सिस्टम सँग छ । "ब्राह्मणवाद" गर्ने बाहुन होस मा गैर बाहुन, तिनि हारुसँग सँबन्ध छ ।

    मेरो भुँईफुट्टे नेताहरुको मुखमा थुक्ने सपना छ ।
    गरिब देशमा एक माहिनामा एक लाख कमाउँछन्... यो हो "ब्राह्मणवाद" ।

    पढिदिनु भएकोमा धन्येबाद ।
    बाई ।

    ReplyDelete