Thursday, September 3, 2009

म किन नेपालमा अराजकता को पक्षमा छु ?

अचेल नेपालमा अदालत को मानहानी र बिधि को शासन भन्ने बिषयमा निकै चर्चा चलेको छखास गरी उपराष्ट्रपति परमानन्द उर्फ चरेशानन्द झा ले नेपाली मा शपथ खान वा राजीनामा गर्न दुबै अस्वीकार गरेपछि... पहाडियाहरुले सधै धोती धोती भनेर जिस्काकोले होला चरेशानन्द जी ले त पहाडियाहरुको अदालतलाई नै धोती लाईदिनुभोहाहाहा

ठिक गर्नु भो झा जी अहिले पालि मेरो पनि तपाईलाई समर्थन छयद्यपि मलाई थाहा छ कि तपाईले यो निर्णय कुनै आस्थागत कारणले भन्दा पनि बार्गेनिंग नमिलेर गर्नुभाको होपहाडियाहरुको अदालतमा आजीवन दौरा सुरुवाल टोपी लाएर चरेश का अभियुक्तलाई सफाई दिदै जीवन गुजार्नुभएको तपाईबाट मात्र नैतिकताको अपेक्षा गर्नु त अन्याय नै होला

शपथ बिबादले माओवादी र मधेशवादी दलहरुलाई नजिक्याएको छ रे. आ आफ्नै कारणलेमाओवादीले त शुरुदेखि नै अदालतलाई व्यवस्थापिका को नियन्त्रणमा ल्याउन चाहेकै हन् अब मधेशी दलहरु प्नि सहमत् छन्राजनैतिक रुपमा र आफ्नो मातृभाषा मैथिली छाडेर हिन्दीमा शपथ लिने चरेशानन्दको क्रियाकलाप थुप्रै मधेशीहरुले पनि मन पराउदैनन्

तर आजीवन न्याय नदिने, पैसा खाएर बदनीयत का साथ निर्णय गर्ने र राष्ट्रपतिको लगायत अन्य थुप्रै राजनीतिक मुद्दाहरु निर्णयबिहीन राखिएको अवस्थामा एकहोरो रुपमा चरेशानन्द झा मधेशी भएकै कारणले उनलाई हेपेको भन्ने बुझ्न मैले मधेशी नै भईराख्न पर्दैनआखा हुने जसले पनि देख्न सक्छअदालतलाई खासगरी तेसका न्यायधिश कर्मचारीलाई पाठ सिकाउनै पर्छ

न्यायिक प्रणाली को स्वतन्त्रता र शक्ति पृथक्कीकरणको थ्योरी खोक्नेहरु झस्किएका छन् अब मुलुक निरंकुशता तर्फ लम्कियो अरे हिजो समाचार मा आउदै थियो प्रधान न्यायधिश अदालत प्रति जन आस्था खस्किदै गएको मा चिंतित छन् अरे भुत्रो को चितिंत छन् ?

अदालत प्रति जन आस्था कहिले पनि थिएन म भन्छु मुलुक निरंकुशता तर्फ हैन झन बढी अराजकता तर्फ लम्किएको छ र त्यसो हुनु एक दम स्वभाविक छ हुन सक्छ एक दिन मै पनि त्यो अराजकता मा सामेल हुनेछु किन नहुने ? यस्तो अदालत र तिनका न्यायधिशहरुको सम्मान गर्ने नै किन ?

केही मान्छेहरु भन्छन् जुन देशका राजनीतिक नेताहरु नै भ्रष्ट छन् त्यहाका अन्य सम्पुर्ण अंग निकाय र कर्मचारी भ्रष्ट हुने नै भए त्यसैले पहिले राजनीतिक भ्रष्टाचार मा सुधार हुनुपर्छ रे तेसो भए के अब नेताहरु नसुध्रुन्जेल बाकी सबै ठाउको भ्रष्टाचार र दुर्नियत सहेर बस्नुपर्ने ? कर्मचारीले घुस खाउन् न्यायधिशले भ्रष्टाचार गरुन् अनि बाकी जनताले अराजकता र मानहानी हुन्छ भनेर चुप लागेर हेरेर बसि राखुन् हैन ?

आई एम सरी म मान्दिन उच्च शिक्षा हासिल गरेका आफुलाई बौद्धिक न्यायिक र थिंक ट्यांक भन्न रुचाउने तर दिल काला भएका सफेदपोशहरुले गर्ने भ्रष्टाचार र अनियमितता झनै सहनु हदैन् त्यस्ता हाकीम साहेब,न्यायधिश, वा मन्त्री ज्यु को आदेश वा निर्देशन मान्न आवश्यक छैनतिनलाई मार्ने वा कुटपिट पनि नगरौ तिनका पनि बालबच्चा होलान् तर तिनलाई झ्याप झ्याप समात्दै कालो मोसो दलेर बजार घुमाउनै पर्छ

ड्याट्स अल माइ लर्ड

7 comments:

  1. ब्रो, हावा गफ को नि सिमा हुन्छ ! यति सारो गफ चाँहि नदिउँ है !

    ReplyDelete
  2. जे होस बेलैमा बुद्धी पलएकोमा हावा ब्रो लाई धन्यवाद! यसपाली पनि दरो गयो है हावा ब्रो को, नेता त आउछन जान्छन तर बर्षौ सम्म राज्यको सेवामा समर्पित हुने कर्मचारी तन्त्र गतिलो नहुनाले नै देशको यो हबिगत भएको हो फेरी नेता चाँही सबै चोखा भनेको होइन नि, नेता मात्र होइन यहाँ जनता पनि चोखा छैनन। ल अराजकता नै फैलाउने पक्षमा तपाईं भए म पनि तपाईंको अराजक समुहमा सामेल हुने भए हे हे हे !!!!!!!

    ReplyDelete
  3. खै के खै के परित्त।।।।।।धमला मार्का तिर त हैननि फेरि हावा जी? हा हा

    ReplyDelete
  4. तपाईंले भन्नु भा कारण सहि हो...र त्यसै कारणले म चाहिँ अराजकताको पक्षमा छैन

    ReplyDelete
  5. माथि देखी तलसम्म टाँसो पढ्दै जाँदा कसलाई सपोर्ट गरेको र कसको विरोध गरेको मलाई पनि बुझ्न गाह्रो भा हो ।

    तर अन्तिम बटम लाईन " अनियमितता गर्नेलाई झ्याप झ्याप समात्दै कालो मोसो दलेर बजार घुमाउने" मा भने मेरो पनि पूर्ण समर्थन छ है

    ReplyDelete
  6. यतिका भारी" गफ गर्नु गरि सके पछि, अनियमितता गर्नेलाई झ्याप झ्याप समात्दै कालो मोसो दलेर बजार घुमाउने" सम्मको ठुलै माखो मार्ने कुरा गर्नेले फेरी "तपाइँ" अर्थात दिल काला-सफेद्पोशका अघिल्तिर मुन्टो झुकाउदै अन्तमा माइ लर्ड" को औपचारिकता व्यक्त गर्नुले हावा ब्रोको दोहोरो चरित्र भएको प्रष्ट हुन्छ,
    माइ लर्ड!

    ReplyDelete
  7. हा हा हा आकार ब्रो, एस्तो सिरियस कुरा गरिरा बेलामा का त्यो सीमा रेखा र बिन्दु को कुरा गर्या भन्या.. कतै ब्रो को "आफ्नो मान्छे" पनि अदालत मै त होइन ?

    धन्यवाद प्रबिण ब्रो नेपाल अराजक जनता संगठन मा तपाईं लाई हार्दिक स्वागत छ... हो नि अब हेर्नुस् न अदालत कर्मचारीतन्त्र भनेको स्थाई सरकार भनिन्छ.. नेता हुन त कुनै योग्यता चाहिदैन तर कर्मचारी र न्यायधिस त हाइली क्वालिफाईड भनिने बर्ग हैनन ? अनी किन तिनेरु ले गू खाएका त ?

    दूर्जेय ब्रो, तपाईं को आसय पनि मेरो जस्तै अली बुझ्न गाह्रो भो भन्या.. कुन अर्थमा धमला मार्का भन्नुभाको भनेर.. मैले गिरिजा हजुर बा र सूद बाबु जी बाट कुनै आशिर्वाद प्राप्त गरेको छैन है ब्रो

    मिलन ब्रो,कारण देखिसकेपछी र त्यसको सरीफ उपचार नदेखेपछी अराजकता को पक्षमा नलागी भो त ? कि सधैं रोएरै बसिराख्ने होला ?

    दिलिप ब्रो, सपोर्ट आँफैलाई गरेको हो अनी बिरोध अरु सबैको गरेको हो... मुख्य कुरा मा तपाईं पनि सामेल हुने भएपछी बाँकी कुरा नबुझेको राम्रै भो...फेरी समर्थन फिर्ता लिनु होला भन्ने डर..;)

    कृष्ण ब्रो, दोहोरो मात्र हैन... हजार जिब्रो भएका शेश नाग ले पनि बर्णन गर्न गाह्रो छ मेरो चरित्र त... तपाईं जाबो एउटा जिब्रो मात्र भएको मनुवा को के कुरा... हेहेहे

    ReplyDelete