Thursday, September 17, 2009

जुत्ताले ठोक्नुपर्छ यि मुजी मन्त्रिहरुलाई


एक हप्ता पहिले प्र म माधव कुमार नेपालले प्रचण्डलाई उग्र र असभ्य बोलेको भनेर गाली गरे सभ्यता पुर्वक बोल्न सिकौं भनेर अचेल म दिनहु उता छिमेकमा मनमोहन सिंहले भारतका माओवादीलाई गाली गर्ने बित्तिकै एता माकुने ले पनि गु आउने गरी ठस् ठसी कन्दै माओवादीलाई गाली गरेको सुन्छु उप प्र म बिजय कुमार गच्छदारलाई माओवादीले कालो झण्डा देखाएछन् पुलिसले माओवादी कार्यकर्तालाई लखेटेछ जवाफमा कम्रेडहरुले गच्छदारकै गाडी मा ढुगा हानेछन् गिरीजाको गेडा मलेर सक्दो फाईदा लुटिसकेपछि थारु बाट मधेशी भएका र फेरि पद खुस्क्यो भनेर उपेन्द्र यादवलाई तानाशाही बनाएर लोकतान्त्रिक मधेशी भएका गच्छदारले पनि आफ्नो लोकतान्त्रिक चरित्र प्रदर्शन गरे चिच्याउदै चुनौति दिए हिम्मत छ भने ढुगा हैन गोली हान् अरे

उता महान् लोकतान्त्रिक गठ्बन्धन सरकार का सदस्य कट्टर पंचायती कार्यकर्ता बन मन्त्री दीपक बोहराले पनि जितेरै छाडे अरबपति तस्करहरुलाई चितवन राष्टिय निकुंज भित्र होटल चलाउने अनुमति दिएर तेसैगरी भु पु पंच उर्फ कांग्रेसी तथा मधेशमा रहेको जमिन्दारी बचाउन मधेशी बनेका पर्यटन् मन्त्री शरदसिंह भण्डारीको पनि शाही नेपाल वायुसेवा निगम मा त्यस्तै लफडा चलिराखेको छ रेहुन त म नेपालका प्राय सरकारी कर्मचारीलाई अनुहार हेर्ने बित्तिकै भ्रष्टाचारी भनेर भविष्यवाणी गर्न सक्छु तैपनि अहिले का बन सचिव र बन्यजन्तु विभाग प्रमुखले मन्त्री लाई नै साच्चै नै नीतिगत चुनौति दिएको मलाई पनि मन परेको थियो निकुंज भित्र होटल चलाउन दिनु हुदैन भनेर

मन्त्री बोहरा ले त चुनौति पनि दिएका रछन् भ्रष्टाचार गर्ने योजनामा नीतिगत झमेला झिकेर टेन्सन दिने सचिवलाई तह लगाएरै छोड्ने भनेर सारा बन्यजन्तु विशेषज्ञ ऐन कानुन लाई पनि धोती लगाईदिए मन्त्री परिषद मात्र हैन संसदीय समितिबाटै सामन्तहरुलाई शिकार खेल्न राजाका पालामा दिईएको होटल लाईसेन्स नवीकरण थपेर अब तेत्रो ठुल ठुला मान्छेहरुलाई र आफुलाई जनताका प्रतिनीधि भन्न लाज नमान्नेहरुलाई समेत मिलाउन सक्ने क्षमता भएका बोहरा जस्तो मन्त्री भएको सरकारलाई म जस्तो मानिसले जति सकै पुर्वाग्रह राखेपनि के नै फरक पर्ला र ?

तेसैगरी यै हप्ता जम्बो मन्त्रीमण्डलको आठौ पटक बिस्तार भयो तुलनात्मक रुपले युवा र जागरुक मानिएका सरकार का प्रवक्ता शंकर पोखे्रलले समेत बी बी सी मा भने बाईस दलको सरकार भएकोले अझै पनि मन्त्री थपिएमा त्यो पनि स्वभाविक नै हुनेछ रे तेति मात्र हो र पत्रकार नवीन झा ले त कान्तिपुरमा डाटा नै दिएका छन् ४९ प्रतिशत मधेशी मन्त्री भएकाले यो मन्त्री मण्डल समावेशी भएको छ रे

अब मधेशी, पुरुष र बाहुन को लागि मात्रै समावेशी भएर त नपुग्ला दलित महिला जनजातिलाई पनि त मन्त्रीमण्डलमा पर्याप्त प्रधिनीधित्व गराउन पर्ने होला भने पछि यो सरकारको महान् उपलब्धिहरु हुनेछ जसरी भए पनि सत्ता टिकाउन मन्त्री थप्दै जाने राजस्व र अनुदान् मन्त्री सांसदको लागि गाडी नजराना तलब बंगला सुबिधा थप्न प्रयोग गर्ने देशमा शान्ति सुरक्षा रहेको अनुभुति गराउन हिजो राजपरिवारको लागि प्रयोग गरिएको पुलिस सेना अब राष्ट्रपति मन्त्रीहरुको सवारी सुरक्षाको लागि उपयोग गर्ने

यस्तो कुरा गर्दा कतिपय साथीहरुले कम्युनिजम मन नपर्नेले किन माओवादीको पछि लागेको त भन्छन् म माओवादीको पछि लागेको हैन माओवादी मेरो पछि लागेकोले माओवादी को नेतृत्वमा सरकार बन्नुपर्छ मैले भनेको हो यो देशमा कम्युनिज्म कुनै हालतमा आउदैन भनेर म जस्तो तमाशा हेर्ने लाई त थाहा छ भने माओवादी का धुरन्धर धुर्त खेलाडीहरुलाई थाहा नहोला र ? …एकजना ले हिजो को पोस्टमा भनेका छन् माओवादी अशिक्षितहरुको जमात भएको र यो देशमा धेरै मानिस अशिक्षित भएकाले नै माओवादी बलियो भएको हो

ठिक कुरा हो नेपाल भनेको देश गरिब र अशिक्षितहरुकै देश हो तेसैले गरिब र अशिक्षितहरुकै सत्ता यो देशमा हुनुपर्छ मैले पनि माओवादीलाई सरकार बनाउन समर्थन गर्नुको एउटा कारणनै पनि त्यै हो आफ्नो अस्तित्व बचाउनै को लागि पनि शिक्षा स्वास्थ्य र नेतृत्वबाट सुनियोजित रुपले बन्चित गराइएका गरिब निमुखा र उपेक्षित बर्ग समुदाय को आवाज माओवादी पार्टीले सुन्नैपर्ने हुन्छ आफुलाई धेरै पढेलेखेको बुद्धिमान ठान्नेहरु लागे हुन्छ भाडा माझ्न सके अमेरिका युरोप तिर नसके मित्र राष्ट्र भारततिर तर कम्युनिजम को हौवा देखाएर माओवादीको बिरोधको नाउमा भारतीय बिदेश नीतिबाट संचालित लोभी पापीहरुको बर्तमान गठ्बन्धनलाई म घृणा गर्छु

म नियन्त्रित अराजकता को पक्षमा छु मैले भने मान्छे मार्ने काम नगर तिनका बच्चाहरुले दुख पाउछन् भ्रष्टाचारी लाई कालो मोसो दलेर बजार घुमाओ मेरो कुरा माओवादीले मान्यो मैले भने नेपाल बन्द हड्ताल आदि जनतालाई दुख हुने काम नगर बरु राष्ट्रपति प्रधानमन्त्री र मन्त्रीहरुलाई घेर माओवादीले गरिरहेको अहिलेको विरोध प्रक्रिया मेरै योजना हो भन्दा पनि फरक पर्दैन.

आफ्ना सयौ घासे कार्यकर्ता मारिदा पनि नरिसाएका यी जाठा ठुला मान्छेहरु अहिले जाबो भाषण गर्न नदिदा कालो झण्डा देखाउदा मात्रै पनि कस्तो झोक्किएका माओवादी संग ? यी जाठा जनताका नमक हराम भ्रष्टाचारीहरुलाई भुत्रो को सम्मान गर्नु ? यिनीहरुलाई कुकुर भनेर गाली गर्दा पनि कुकुर जातिले मान्छेलाई लाएको गुन अनि कर्तव्यपरायणताको अपमान हुन जान्छ

म माओवादीहरुलाई थप निर्देशन दिन्छु अब साना मान्छेहरुलाई हैन ठुला मान्छेहरुलाई ताक् यिनेर्ले तिमेर्लाई फेरि जंगल पठाउन ढुंगा हैन गोली हान् भन्दैछन् तर तिमेर्ले प्रतिकार मा ढुंगा नै हान्नु अब जंगल जाने पालो तिमेर्को हैन यिनेर्को हो बरु ढुंगा हान्दा गाडी र पुलिसलाई भन्दा पनि ठुला मान्छेहरुको टाउको तिर ताकेर हान अझ ढुंगा भन्दा पनि फाटेको जुत्ता चप्पल ले हान एक दुई जोर फाटेको जुत्ता म नि दिउला यस्तालाई जुत्ताले नठोकेर के यिनको गालामा किस् खानु त ?

ठोक् यी भ्रष्टाचारी मन्त्री शासकहरुलाई कालो मोसो दल् कालाबजारीहरुलाई जुत्ताको माला लाओ यी गु खाने मुजीहरुलाई

15 comments:

  1. sahi kura ho hawaji tara gali garna pani sabhya bhasaamaa gaali garne garnuhos na yasta "muji neta" jastaa asbhya bhasaako prayog nagare kaso holaa blogmaa chahi

    ReplyDelete
  2. दरो गयो हो हावा ब्रो। मौबादी फेरी बिच्केलान होस् गर्नुस् है। बरुलाले डस्दा माइली भाउज्यैको कम्मरै खुस्केर आजकल साइबर नामको दुनियाँमा रसगोला खाँदैछिन रे भन्ने गाइगुइ सुनिन्छ। यसरी ठोक् नै भनेर निर्देश गर्दा तपाईंको टाउकोमा लोहाको टोपी भिर्न नभुल्नु होला मेरो सुझाब है। ठोक्न त यी मुला तोरिलाहुरे मन्त्री जातकालाई नै हो गिदी नै खुस्कने गरी तर सारो अराजकता हुँदा सास्ती भोग्ने दु:ख फेरी माइला दाई नै हुन। जस्को टोपी फातेर तुपी निक्लेको छ दु:ख उनैको पोल्तामा पर्छ। बरु अरु कुनै उपाय निकालौ न । ठोक्नु भन्दा यिनिहरुको सात पुस्ते सन्तानलाई थुक्नु बेस होला।

    ReplyDelete
  3. एकदम सहि ब्रो !!

    ReplyDelete
  4. हत्तेरिका हावा ब्रो एउटा कुरा लेख्नै भुलेछु। त्यो त्री. वि. को के जाती डाक्टर साहेब(दरिद्र मने डा.) हरुको पनि झाको झर्ने लेख जानु पर्‍यो भन्या। पियनको छोराले डाक्टरी पढ्न मनासीब कि मनाही छ भनेर आन्दोलन गर्नेहरुलाई पनि जुत्ताको माला उपहार दिनु पर्ने हो।

    ReplyDelete
  5. माउबादी कम्ति बाठा छन र भन्या, ढुंगाले ठोक्नुमा गहिरो कारण छ के ......
    हाम्रां यस्ता जुत्ताले ठोक्नु पर्ने कति छन कति ब्रो.....तपाइको एक दुइ जोरले के हुन्छ? अब देशमा फाटेकै भए नि जुत्ता चप्पलकै अभाव भए के गर्ने ? ढुंगा मुला जति 'नि पाइन्छ ।

    ReplyDelete
  6. हाहाहा नेपाली को आवाज ब्रो, तपाईंले पनि प्रयोग गर्नुभो मुजी नेता भनेर हेहेहे... मैले पनि नेपाली को आवाज सुनाउन लाई नै स्पेसल इफेक्ट को लागि मुजी भनेको हो... अब तेती सम्म पनि भन्न पाएन भने त कसरी आफ्नो फ्रस्टेशन देखाउने होला...सेक्सी भन्न हुने जमाना मा मुजी भन्नु त सामान्य नै हुनुपर्ने हो..सरी है चित्त दुखेको मा

    लेकाली ब्रो, तपाईंको आख्यान ले त मेरो मथिङल नै रिङ्गयायो बा के सारो झर्रो भाका हालेको भन्या... मैले पनि ठोक्नु को साटो आर्को अप्सन पनि दिएको छु.. तर देखिने गरी कुनै कारबाही नगरि पछाडि थुकेर मात्र लाज लाग्ने जमाना भए पो भनेर नि ब्रो

    अनी ब्रो, त्यो डाग्दर साहेब ज्यु हरुको किस्सा त मैले पनि हल्का सुनेको हो तर बिस्त्रित था भएन.. तपाईं ले नै झाको झार्नुभाको मा धन्यवाद.. यदी त्यो कुरा सही हो भने त तिनेरु डाग्दर नै होइनन.. म तिनेर्को प्रमाणपत्र खारेज गर्दछु

    गफगाफ ब्रो, गफ देको त हैन होला हई

    हैन कृष्ण ब्रो, जुनबादी को भए नि गहिरो कारण तपाईंलाई थाहा भए खोतलौ न भन्या.. कुनैबादी लाई पनि रिझाएर पद सुबिधा भत्ता हाम्लाई डकार्न पर्या छैन क्यारे..अनी अर्को कुरा तपाईं लाई थाहा रैनछ्.. ढुङ्गा लाई तेती सस्तो नठान्नुस्.. अचेल चर्को मुल्यमा सिमापारी तस्करी हुँदैछ नेपाल का ढुङ्गाहरु

    ReplyDelete
  7. hawa bro mero chitta dukheko haina la halka sabhya bhasaamaa gali garau bhaneko matrai ho
    tara sala netaharu sabailai kaalo moso dalnuparchha ratnaparkmaa rakhera tyatile pani napuge bagmatimaa lagera nuhaaidinu parchha

    ReplyDelete
  8. हावा ब्रो मा यसरी एकाएक परिवर्तन आएर हिजो आज बढी नै देश प्रति चिन्तित देखिनु हुन्छ,मा त अझ भन्छु माओवादी हरु ले यि नेताहरु लाई केही गर्न सकेनन, किन भाषाण गर्ने ठाउँ मा हगिन्जेल चुट्न र भाटा हान्न सक्दैनन, भाषण गर्न गएको मान्छे माओवादी ले कान समातेर सारा जनता सामु उठबस गर्न लगाए भन्ने सुन्न पाए जनता सार्है खुशी साथ दसैं मान्ने थिए कि ?


    केबि चाम्लिङ

    ReplyDelete
  9. हावा साथी, कुरा सही हो, नेताहरूलाई पाठ पढाउनैपर्ने छ, तर प्रस्तुति भने सुपाच्य भएन है साँच्चै ।
    अनि माओवादी प्रति हावा जीको निकै सदयता बढ्दै छ नि पछिल्लो समयमा । के माओवादी नै हो त अबको सही विकल्प ?

    ReplyDelete
  10. के बि ब्रो, अहिले नै धेरै उग्र हुँदा माओवादी लाई सिध्याउनु पर्छ भन्नेहरुलाई बल पुग्ला भनेर तेसो नगरेका होलान... तर यस्तै रहने हो भने माओवादी ले नगरे १०,१२ जना को हुल ले जसलाई भेट्यो तेसलाई भाटे कारवाही गर्नेछन

    जोतारे ब्रो, एक दुई कक्षा पढदा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ पंचायति ब्यबस्था अमर रहोस् भनेर मैले पनि नारा लाएको हो... तेसैले बहुदल को आन्दोलन गर्ने हरु सँग औधी रिस उठ्थ्यो... तर पुरानो ब्यबस्था ले काम नगरे पछी स्वत: नयाँ ब्यबस्थाको खोजी हुन्छ... त्यो नयाँ ब्यबस्था सहि बिकल्प हो कि तेसलाई पनि फाल्ने हो बिकल्प दिन्छौ भनेर दाबी गर्नेहरु को कार्यसैली मा भर पर्छ जस्तो मलाई लाग्छ

    अनी ब्रो सुपाच्य नभए हाजमोला खाने हो कि ? ;)

    SEPTEMBER 20, 2009 12:50 PM

    ReplyDelete
  11. भाषाको सवालमा मेरो कुनै आपती छैन बरु पूर्णरुपमा सहमती छ, ति मुजी मन्त्रिलाई अझ सभ्य भो भन्छु म त। हो म पनि नयाँ ब्यबस्थाको पक्षमा छु आखिर हामीले धेरै नाटक हेरेर यहाँ शताब्दी त गुजारी सक्यौ भने जाबो २-४ बर्ष फेरी हेरौ न के गर्दा रहेछन माओवादीले।

    ReplyDelete
  12. Insider's information.

    angrezi bhasa ma lekhe jhan lokpriye ra wider audience paune thiyo...sujhab

    ReplyDelete
  13. हाहाहा प्रबिण ब्रो, मेरो मन मा पनि अझ फोहोर गाली आएको थियो तर आमा चकारी गाली गर्दा लैङीक पूर्बाग्रह होला भनेर तुलनात्मक रुपमा सभ्य भाषा प्रयोग गरेको... माओवादी को बारेमा मेरो भनाइ पनि तपाईंको जस्तै नै हो

    धन्यवाद डिजीटल सब्वे ब्रो, मलाई भने अङ्रेजी मा कनी कुथी लेख्दा वाक्क लागेर नेपाली मा लेखेको हुँ.. अङ्रेजी मा भए बिदेशी ले पनि पढलान भन्ने हो... तर ब्लग मा लेखेर ठुलो मान्छे बनुला भन्ने भन्दा पनि सक्दो धेरै नेपाली ले नै पढुन भन्ने मेरो चाहना छ

    मैले तपाईंको ब्लगहरु हेरे.. तपाईं अङ्रेजी मा नेपाल को परिवर्तन र भावी दिशा बारे सचेत भएर ब्लग गर्नुहुदो रहेछ... तपाईं हरु जस्ता नेपाली जसलाई बिगत मा जानाजान किनारा लगाइको थियो बरु तपाईंले पनि अङ्रेजी मा लेखेको अनुसन्धानत्मक लेखहरु लाई नेपाली मा वा तपाईं को मात्रिभासा मा पनि अनुवाद गरे नयाँ नेपाल कस्तो हुनुपर्छ भन्ने ब्लग बहस मा धेरै पाठकहरु ले चासो राख्थे होला

    ReplyDelete
  14. होइन हावा ब्रो त्यो भन्दा पनि बढी भयो भने हजमोलाले पनि काम गर्दैन। सिमा नकाटेकै राम्रो हुन्छ। सिमा नाघ्ने प्रतियोगितामा सामेल हो भने पाठकले खापसियो र प्यारासुटको धागो बन्दोबस्त गर्नु पर्ने हुन्छ। त्यो बाध्यतामा हामीलाई नपुराउनु हुन अनुरोध छ। मन्दीले सताएको बेलामा बाध्यताको घन्टी बजाइदिनु भयो भने कानमा रुइ कोच्नु बाहेक अरु उपाय मरु हावा ब्रो।

    ReplyDelete
  15. हाहाहा लेकली ब्रो, तपाईंले जस्तो चासो राखेर पढिदिएर कम्मेन्ट लेखिदिदा साचै नै धेरै मजा लाग्छ... अझ असहमत भएर कम्मेन्ट गर्दा त अझ बढी मजा लाग्छ...पछाडि मुर्मुरिएर सराप्ने भन्दा पनि अगाडि गाली गर्ने कमेन्टलाई सधैं स्वागत छ..किन भने जती तपाईंहरुले असहमती जनाउनु भो तेती मलाई कुरा फुर्छ... हेहेहे

    अनी ब्रो, धन्दा नमान्नुस्... यो भन्दा झर्रो गाली गर्ने बिचार मेरो छैन... तेसका पछाडि पढने मान्छे रिसाउलान र ब्लग हेर्नै छोडिदेलान भन्ने भन्दा पनि मेरो आफ्नै नितिगत कारण छन... जुन मैले माथि प्रबिण ब्रो लाई पनि भनिसके... रुची राखेर कमेन्ट गरेर पुरस्क्रित गरिदिनुभएको मा फेरी पनि धन्यवाद छ तपाईलाई

    ReplyDelete