
वर्तमान प्रधानमन्त्री माधव कुमार नेपाल अचेल खुबै जनसम्पर्क र मान्छे रिझाउने वा पपुलिस्ट काम मा लागेका देखिन्छन्… कहिले एकजना बिरामीलाई अस्पताल पुर्याएर वा कहिले आन्दोलन का घाईतेलाई भेटेर वा कहिले टुरिस्ट बसमा घुमेर… यी सारा चेष्टाहरुले उनी एउटै कुरो भन्न खोजिरहेका छन् जुन उनले बी बी सी को साझा सवाल मा पनि दोहोर्याए… कि मानिसहरुले उनलाई एउटा भद्र व्यक्ति को रुपमा हेरिदिउन्
ठिक छ मैले पनि माने कि माकुने व्यक्तिगत रुपमा भद्र व्यक्ति हुन्… अरु नेताहरु जस्तो माकुने कुनै भ्रष्टाचार वा लेनदेन मा मुछिएका छैनन्… अरु नेताका छोराछोरी जस्तो माकुने को छोराछोरीको नाम राजनीतिमा सुनिदैन्… युद्धको बेला माओवादी संग वार्ता र सहमति गर्न उनले पनि राम्रो भुमिका नै खेलेका हुन्…. बोल्दा पनि उनी मिलनसार नै सुनिन्छन्… तर पनि म भन्छु सो ह्वाट ?
के समाजमा जरो गाडेर फैलिएका कुरीतिहरु माकुने वा अरु कोही एक दुई जना को भद्रताले उखेलिन्छन् ? उपेक्षित वर्गलाई मुलधारमा ल्याउने वा छुवाछुत जस्ता परम्परालाई सुधार गर्न माकुनेले के गरे ? र उनले चाहेर मात्रै पनि के गर्न सक्छन् ?
हामी आफैलाई हेरौ… हामी यहा व्लगमा पनि जातिय वर्गीय र लिगींय भेदभाव अन्त्य गर्नुपर्छ भनेर छलफल गर्छौ… तर के हामीले यहा छलफल गरेर मात्रै समाजमा चाहेको जस्तो सुधार आउन सक्छ ? जुन समाजमा परिवर्तन चाहेको हो त्यही समाजका स्थानीय जन समुदाय लाई व्यापक सहभागी नगराई संचार माध्यममा मात्रै आदर्श खोकेर केही हुनेवाला छ ?
अचम्म के भने जातिय बर्गीय र लिंगीय दृष्टिकोणमा आमुल परिवर्तन हुनु पर्दछ… र त्यो परिवर्तन सैद्धान्तिक मात्र नभई कार्यगत रुपमा हुनुपर्छ भन्दा माओवादीको नारा बोकेको भनिन्छ… जबकि माओवादी पार्टी आफैले पनि माओको नारा भन्दा पनि नेपाली समाजमा रहेका विभिन्न स्वरहरुलाई आत्मसात गरेर अघि बढेकोले नै आज यो पार्टीले अधिकांश र खासगरी विगतमा राज्यबाटै उपेक्षित जन समुदायको समर्थन पाउन सफल भएको छ
ईतिहास मा कुनै समय कांग्रेस पनि क्रान्तिकारी पार्टी थियो… सशस्त्र संघर्ष पनि गरेको थियो… तर बि पी कोईरालाको नेतृत्वमा रहेको कांग्रेस पार्टीलाई आन्तरिक र भारतीय दबाबमा काम गर्न दिईएन्… तेतिखेर कांग्रेसमा रहेको सिर्जनशील उर्जालाई जेल नेल र निर्वासनमा तुहाईयो… त्यसको परिणाम बि पी कोईरालाले मात्र भोगेनन्… सारा नेपाली जनताले आजसम्म व्दन्द्ध बेहोरिहेका छन्
ईतिहास को वर्तमान कालखण्ड मा माओवादीकै नेतृत्वमा यो देशले व्यापक सुधार खोजेको छ… एउटा कुरा नबिर्सौ माओवादी पार्टी भनेको प्रचण्ड बाबुराम किरण आदि मात्र हैनन्… यो देशको अधिकांश गरीव निमुखा जनजाति मधेशी दलित र उपेक्षित वर्गलाई माओवादीले प्रतिनीधित्व गर्छ… माओवादी संग पनि सधैभरि जनसमर्थन रहन्छ भन्ने हुदैन्… त्यो विशाल उर्जालाई भारतीय दवाब परिवर्तन नचाहनेहरुको दबाब र माओवादीलाई मजा चखाउने ईर्स्या मा लागेर खेर जान नदिउ… नत्र देश फेरि अर्को व्दन्द्ध मा जाने निश्चित छ