Thursday, October 22, 2009

माओवादी हाई हाई...!

वर्तमान प्रधानमन्त्री माधव कुमार नेपाल अचेल खुबै जनसम्पर्क र मान्छे रिझाउने वा पपुलिस्ट काम मा लागेका देखिन्छन् कहिले एकजना बिरामीलाई अस्पताल पुर्याएर वा कहिले आन्दोलन का घाईतेलाई भेटेर वा कहिले टुरिस्ट बसमा घुमेर यी सारा चेष्टाहरुले उनी एउटै कुरो भन्न खोजिरहेका छन् जुन उनले बी बी सी को साझा सवाल मा पनि दोहोर्याए कि मानिसहरुले उनलाई एउटा भद्र व्यक्ति को रुपमा हेरिदिउन्

ठिक छ मैले पनि माने कि माकुने व्यक्तिगत रुपमा भद्र व्यक्ति हुन् अरु नेताहरु जस्तो माकुने कुनै भ्रष्टाचार वा लेनदेन मा मुछिएका छैनन् अरु नेताका छोराछोरी जस्तो माकुने को छोराछोरीको नाम राजनीतिमा सुनिदैन् युद्धको बेला माओवादी संग वार्ता र सहमति गर्न उनले पनि राम्रो भुमिका नै खेलेका हुन्…. बोल्दा पनि उनी मिलनसार नै सुनिन्छन् तर पनि म भन्छु सो ह्वाट ?

के समाजमा जरो गाडेर फैलिएका कुरीतिहरु माकुने वा अरु कोही एक दुई जना को भद्रताले उखेलिन्छन् ? उपेक्षित वर्गलाई मुलधारमा ल्याउने वा छुवाछुत जस्ता परम्परालाई सुधार गर्न माकुनेले के गरे ? र उनले चाहेर मात्रै पनि के गर्न सक्छन् ?

हामी आफैलाई हेरौ हामी यहा व्लगमा पनि जातिय वर्गीय र लिगींय भेदभाव अन्त्य गर्नुपर्छ भनेर छलफल गर्छौ तर के हामीले यहा छलफल गरेर मात्रै समाजमा चाहेको जस्तो सुधार आउन सक्छ ? जुन समाजमा परिवर्तन चाहेको हो त्यही समाजका स्थानीय जन समुदाय लाई व्यापक सहभागी नगराई संचार माध्यममा मात्रै आदर्श खोकेर केही हुनेवाला छ ?

अचम्म के भने जातिय बर्गीय र लिंगीय दृष्टिकोणमा आमुल परिवर्तन हुनु पर्दछ र त्यो परिवर्तन सैद्धान्तिक मात्र नभई कार्यगत रुपमा हुनुपर्छ भन्दा माओवादीको नारा बोकेको भनिन्छ जबकि माओवादी पार्टी आफैले पनि माओको नारा भन्दा पनि नेपाली समाजमा रहेका विभिन्न स्वरहरुलाई आत्मसात गरेर अघि बढेकोले नै आज यो पार्टीले अधिकांश र खासगरी विगतमा राज्यबाटै उपेक्षित जन समुदायको समर्थन पाउन सफल भएको छ

ईतिहास मा कुनै समय कांग्रेस पनि क्रान्तिकारी पार्टी थियो सशस्त्र संघर्ष पनि गरेको थियो तर बि पी कोईरालाको नेतृत्वमा रहेको कांग्रेस पार्टीलाई आन्तरिक र भारतीय दबाबमा काम गर्न दिईएन् तेतिखेर कांग्रेसमा रहेको सिर्जनशील उर्जालाई जेल नेल र निर्वासनमा तुहाईयोत्यसको परिणाम बि पी कोईरालाले मात्र भोगेनन् सारा नेपाली जनताले आजसम्म व्दन्द्ध बेहोरिहेका छन्

ईतिहास को वर्तमान कालखण्ड मा माओवादीकै नेतृत्वमा यो देशले व्यापक सुधार खोजेको छ एउटा कुरा नबिर्सौ माओवादी पार्टी भनेको प्रचण्ड बाबुराम किरण आदि मात्र हैनन् यो देशको अधिकांश गरीव निमुखा जनजाति मधेशी दलित र उपेक्षित वर्गलाई माओवादीले प्रतिनीधित्व गर्छ माओवादी संग पनि सधैभरि जनसमर्थन रहन्छ भन्ने हुदैन् त्यो विशाल उर्जालाई भारतीय दवाब परिवर्तन नचाहनेहरुको दबाब र माओवादीलाई मजा चखाउने ईर्स्या मा लागेर खेर जान नदिउ नत्र देश फेरि अर्को व्दन्द्ध मा जाने निश्चित छ

5 comments:

  1. हावा ब्रो अब त देशमा दुइ वटा माओबादी पार्टीहरु भैसके त्यसकारण माओबादी पार्टीको बारेमा लेख्दा "एकीकृत माओबादी" अथवा "पुनर्गठित माओबादी" खुलाएर लेखिदिनु भए अझ राम्रो हुनेथियो | तर अब एकीकृत माओबादी पार्टीलाई त्यै पार्टीका नेता तथा कार्यकर्ताहरुले नै माओको सिद्धान्तभन्दा बिपरित गएको र सत्तामोह त्याग्न नसकेको भनेर आलोचना गर्दै पुनर्गठित माओबादीमा प्रवेश गरिरहेका छन् | यस्तो बेलामा कसरि माओबादी हाइ हाइ भन्नु खै ??? कुनचाही माओबादी राम्रो कसरि थाहा पाउनु र खै ? त्यसैले नेपाली राजनीतिक पार्टी र पुराना नेताहरु बाइ बाइ!!!!! गगन थापाजस्ता युवा नेताहरु हाइ हाइ !!!

    ReplyDelete
  2. धन्यवाद नेपालीको आवाज ब्रो दुइवटा माओवादी पार्टी भएको तथ्य प्रस्ट पारीदिनुभएकोमा.. मैले भन्न खोजेको नेपाल मा अहिले को सबैभन्दा ठुलो माओवादी पार्टी को बारेमा हो

    तपाईंले भनेको ठीक हो सत्तामा गएपछी यस् पार्टी का नेताहरुमा सुबिधाभोगी प्रब्रित्ती देखिएकै हो तेसैले पनि कतिपय यो पार्टी बाट पनि दाहिने वा देब्रे तिर लागेका हुन.. यो कुरामा ए माओवादीका नेताहरु सचेत होउन नत्र मैले पनि भन्ने राम राम मात्रै हो

    तर पनि भर्खरै बिद्रोह बाट आएको र तुलनात्मक रुपमा बैचारिक राजनीति बाट निर्देशित र ब्यापक जनाधार भएको ले ए नेकपा माओवादी लाई चानस दिउ भनेको हो.. केही ब्यक्ती हरु हरेक पार्टी मा निस्ठावान र केही ब्यक्तिहरु हरेक पार्टी मा अवसरबादी हुन्छन

    हामीले हेर्ने भनेको कुनै पनि पार्टी मा निस्ठावानहरु हावी छन कि अवसरबादीहरु भन्ने हो.. गगन थापा निस्चित रुपले निस्ठावान छन तर उनी जुन काङ्रेस्स पार्टी मा छन तेसमा गिरिजा शेर बहादुर गोविन्द राज र पूर्ण बहादुर प्रब्रित्ती हावी छ

    ReplyDelete
  3. What I feel is the leaders are so much into making themselves very much popular that they forget people under their nose....We remain same as we were before...There is absence of a pure leader in the nation....We have no respect towards the leaders here in Nepal....and truly they do not have such a good quality that we respect them....
    Example of neighbouring country...Leaders are respected so much...that they treat them like god...that respect always makes me think....about politicians here in our nation....
    CPN-UML, Unified CPN Maoists, Nepali Congress....the so called Major parties...they are so much busy holding talks and ending them inconclusively....and keeping us always in vain.....
    Things must be practical as you have said....

    :)

    ReplyDelete
  4. लेकालीOctober 31, 2009 at 3:38 PM

    स्वभाबैले मनिस कही न कतै आकर्षण हुन्छ र बैचारिक दृष्‍टिकोणले पनि। हावा ब्रोको ढल्काइ पनि उहाको अभिब्यक्ती संगै बुझ्न सकिन्छ। कतै कोण बनाएर ढल्कनुलाई अपसकुन मानेर छि छि दूर दूर गर्नु एक प्रकारको मानसिक रोग हो। धेरै ब्लगर मित्रहरु यस्ता खाले रोग बाट मुक्त छैनन (शायदै यसैको जन्मरोगीमा आफु पनि दर्ता भएको भान हुन्छ)। रोगिलाई मुक्त बनाउने माध्यम पनि छ त्यो हो खुला दिल ले बहस गर्नु (चाहे ईन्टरनेट सन्जाल होस् या टेबुल वार्ता)। तैपनि आफ्नो बिचारलाई सम्बादमा खुला गरेर हावा ब्रोले राम्रै उपभोग गर्नु भएको छ अधुनिक संचारको। प्रसंशा धेरै गर्दा ब्रोको भुँइमा खुट्टा नहोला भन्ने एउटा चिन्ता र अरु मित्रहरुले गुलामी गर्‍यो भन्ने आरोप खप्नु पर्ने पनि हुन सक्छ। संकुचित रोग बाट ग्रसित हुनु भन्दा खुला हुनु आँफैको लागि पनि फाईदाजनक छ त्यसैले मगजले भ्याए सम्म आलोचनात्मक प्रतिकृया गर्न औंला सल्बलाई रहन्छ अजिबको निर्जिब किबोर्डमा।

    ReplyDelete
  5. ब्लग गर्ने उत्साह मा अली कमी आउँदै थियो.. Eternal र लेकाली ब्रो को इमान्दार प्रतिकृया ले उत्साह लागेर आयो... जीवन का प्राबिधिक कारण ले ब्लग हेर्न ढिला भए तेसैले तपाईंहरुको प्रतिकृया को तत्काल रेस्पोन्स गर्न सकिन... कृपया हार्दिक आभार स्वीकार गरिदिनुहोला

    Eternal जी, तपाईं को कुरा ठीक हो... छोटो मा भन्दा सबै पार्टी मा फटाहा र झेल्लीहरुकै हैकम छ.. तैपनी मलाई लाग्छ कतिपय कुरा उमेर र अनुभव जन्य पनि हुन्छ.. तपाईं को उमेर र अनुभव मा मलाई पनि सबै सँग नै बिरक्त लागेको थियो... तर पनि के गर्ने ?

    राजनीतिक र सामाजिक समस्याहरु बाट बिरक्तिएर देश र समाज का समस्या झनै सुल्झिदैन.. पुराना उपाय ले काम नगरेको भोगिसकेपछी नयाँ बाटो को खोजी त गर्नै पर्‍यो नि हैन र ?

    लेकाली ब्रो,आफ्नो ब्यक्तिगत बिचार हुँदा हुँदै पनि न्युट्रल रहने लोभमा लामो समय सम्म मैले पनि यो वा त्यो पार्टी लाई नै समर्थन गरेर बोलेको/ लेखेको थियिन.. तर कहिले काही हामीले उपलब्ध बिकल्पहरु मध्ये कुन बिकल्प रोज्ने भन्ने सोच्नै पर्दो रहेछ.. चुनाव वा निर्वाचन भनेकै पनि त त्यही हो

    तर लेकाली ब्रो मेरो बिचार अरुले मानुन भन्ने आग्रह राखेर मैले यो ब्लग भनिने संचार माध्यम को प्रयोग गरेको होइन.. मैले पनि यो एकतमास को जिङ्दगी मा एसो मनका कुरा राख्न चाहेको मात्र हो.. मेरो आग्रह पनि खुला छलफल नै हो मैले साँच्चै भनेको हो कि आलोचनात्मक प्रतिकृया पढदा मलाई मजा लाग्छ.. कसैले मेरो प्रसन्सा नै गरेर पनि के नै हुन्छ र ? म ठुलो मान्छे बन्ने होइन क्यारे

    तर फलानो पार्टी को मान्छे भन्नु भन्दा मेरो सोचाइ को तार्किक खन्डन गर्न सके म पनि आफ्नो सोच परीमार्जन गर्न सक्थे कि ? जस्तो कि तपाईंले देवकोटा बारेको मेरो लेखाइ मा गर्नुभएको थियो जुन मैले महसूस गरेको छु

    ReplyDelete