Sunday, November 1, 2009

माओवादी भर्सेज खाओबादी

आज बाट माओवादी भर्सेस नन माओवादी आन्दोलन शुरु भो.. भरे बी बी सी साझा सवाल मा प्रचण्ड कामरेडको जवाफ दिने पालो रे.. केही आफ्नै ओभर कन्फिडेन्स केही हेपाहा भारतीय बिदेश नीति का कारण प्रचण्डले राजीनामा दिन बाध्य भएका हुन भन्ने मेरो ठम्याई .. माकुने सरकार माओवादी दुवैले वार्ता जारी राख्ने भने पनि यो कठपुतली सरकारले राजीनामा नदिउन्जेल सहमति नहोला जस्तो नै

माओवादीलाई मैले पनि यसपाली खुलेरै समर्थन गरेकोले प्रचण्ड माओवादी पार्टीलाई पनि खबरदार गर्न चाहन्छु.. होस गर केटा हो.. मेरो समर्थन निसर्त होईन.. शान्तिपूर्ण माध्यमबाट समाजमा अग्रगामी परिवर्तन को नेतृत्व गर्न सकिन्छ गर्न पाउ भनेर अनुरोध गरेकोले मैले पनि लु यसपाली माओवादी ले नै गरी खावोस भनेर सशर्त समर्थन गरेको हो..

माओवादीलाई सत्ताबाट घोक्राएदेखि नै नागरिक सवोच्चता को सुगा रटाई नारा लाईराछ.. धेरैलाई वाक्क लाग्दो रछ.. कत्तिले व्यंग गर्छन्.. कम्युनिष्ट सैनिकीकरण मा हुर्केको माओवादी जस्तो पार्टीले नागरिक सर्वाच्चता को कुरा गर्ने ? भन्छु राम्रै हो नि.. पार्टी अन्तर्गत सेना राख्ने पार्टीले आईन्दा नागरीक सर्वोच्चता मान्छौ भन्छन् भने त्यो पनि राम्रै हो नि

धेरैले अचेल मलाई यो अनी अरु ब्लगहरुमा पनि माओवादी भएर लेखेको भन्दा हासो लागेर आउछ.. जबकी भनिराछु मलाई कम्युनिज्म मन पर्दैन.. अब मलाई मन नपरेर के भो ? यो देशमा लाटा सोझाहरुले माओवादीकै माध्यम बाट नै आफनो स्वर पाएका छन्.. मधेशी हुन कि दलित, महिला हुन वा जनजाति मजदुर हुन वा किसान.. जातीय लिंगीय क्षेत्रीय वर्गीय उत्थान माओवादीकै माध्यम बाट भाको ..

यो जातीय लिंगीय क्षेत्रीय वर्गीय उत्थान माओवादी मात्रको नारा होईन.. समाजशास्त्रीय पदावली हुन.. अरु दलले पनि यी नारा उचालेर जन परिचालन गर्न सक्थे.. कम्युनिष्ट वा माओवादी नै हुनपर्थेन.. तर अरुले गरेनन् माओवादीले समस्याको सही पहिचान गर्यो.. उपेक्षित वर्गलाई अगाडि ल्यायो.. तेसैले माओवादी सरकार मा जादा ती उपेक्षित वर्गले सरकार आफ्नो भएको महसुस गर्नेछन्

एउटा अस्वीकार गर्नै नसकिने तर्क के हो भने माओवादीले नेपालमा हिंसा को राजनीतिलाई बैधानिकता दियो.. यो कुरा पनि सत्य हो माओवादीहरुबाट थुप्रै कार्यगत त्रुटीहरु भएका छन्.. जहा हिंसा को प्रयोग नै आवश्यक छैन त्यहा पनि हिंसा गरेका छन्.. तर हालका दिनमा माओवादीले आफुलाई रुपमा धेरै सुधार्दै लेराको देखिन्छ.. जस्तो कि कालो झण्डा देखाउदा सरकार कै एउटा मन्त्री चन्द्र सिंह ले पनि भनेछन्.. " माओवादी सुधे्रछन् पैला गोली हान्थे अचेल ढुङ्गा मात्रै हान्दा रछन् भोली पर्सी त्यो पनि छाड्छन्"

हो गोली मात्र हैन ढुङ्गा हान्न पनि माओवादीले अब छोडन पर्छ.. हिजो एउटा प्रतिबन्धित बिद्रोही पार्टीले राज्य बिरुध्द हतियार उठाएको भन्ने शंकाको अवसर अब माओवादी ले पाउने छैनन्.. आन्दोलन जनपरिचालनका कार्यक्रमहरु गर्नेपर्छ.. तर माओवादी अहिलेको बैधानिक बहमत शक्ति हो.. तेसैले पनि अबको आन्दोलन बैधानिक शान्तिपुर्ण हुनैपर्छ

भोजपुर को क्याम्पस चिफ को टाउको मुङ्राले फुटाइदिएछन.. हिर्काउने पनि के जाती राई अनी टाउको फुटाइ खाने पनि के जाती राई.. अझ हिर्काउने माओवादी नै भए पनि केटी मान्छे पो रछिन.. केटी मान्छे पनि कस्तो निर्दयी भाकी ? त्यो सरासर गलत हो

बरु त्यो देउबा जाठो को गाडी फुटाएर तर्साको भने अली मजा लाग्ने नै थियो..

त्यो सान्सद किन्बेच अपरहण गरेर पजेरो चदेर् भ्रस्टाचर अनी अर्काको टाउका को मोल तोक्ने त्यै देउबा जाठो हो नि.. तर पनि तेस्लाई केही गर्दा बुढेस्कालमा जन्माको तेस्को छोरो मेरो भतिज टुहोरो होला वा आरजु भाउजु बिधुवा होलिन भन्ने माया पनि लाग्छ.. तेसैले बरु तेस्तालाई कालो मोसो दलेर जुत्ता को माला लाएर बजार घुमाउदा पनि हुन्छ.. साचै माओवादी को हिम्मत भने

तेति भन्दा भन्दै पनि मेरो यो समर्थन निशर्त होईन सशर्त हो भन्ने कुरा प्रचण्ड माओवादी पार्टीलाई फेरि स्मरण गराउन चाहन्छु..

मैले भनेको नटेरेर जथाभावी गर्न थाल्यौ भने मेरो समर्थन फिर्ता हुनेछ.. अनि ईस खालाउ तिमेरु

4 comments:

  1. माओवादीको दिशाहीन आन्दोलनप्रति खासै आशावादी हुने ठाउँ त छैन। तैपनि हावा ब्रोको लेखाइ चित्त बुझ्यो। माओवादी र खाओवादी दुवैथरीलाई चेतना भया!!

    ReplyDelete
  2. लेखन सटिक लाग्यो । खुब रमाईलो भयो पढ्नलाई । त्यो एउटा शब्दले मात्र मन अमिलो भयो । यसको विकल्पमा अरू कुनै शव्द छान्न सकिदैनथ्यो र?

    ReplyDelete
  3. maobadiko aandolan shantipurna hune ho bhane mero pani purna samarthan hunthyo tara yo aandolan shantipurna hola jasto lagdaina malai hawai naakaa pani banda garne kurale aandolan Shantipurna hunema shankaa lagchha ho malai ta

    ReplyDelete
  4. ध्रुब ब्रो, हिजो राती प्रसारण भएको प्रचन्ड सँग को अतर्कृया साझा सवाल मा संचालक ले एक जना भरिया दाई लाई सोधे के माओवादी आएपछी तपाईंको जीवन मा परिवर्तन आएको छ ? भरिया दाई ले भने आएको त छैन तर आउला भन्ने आस थियो गर्न दिएनन.. मेरो भनाइ पनि त्यै हो.. माओवादी ले जनता का लागि काम गर्छन् कि उनिहरु पनि अर्का खाओबादी हुन्छन त्यो पनि त हेर्नुपर्‍यो.. उनिहरु असफल भए भने कुनै पनि कम्मुनिस्ट नामधारी नेपाल मा काम लाग्दैनन भन्ने जनस्तर मै प्रमाणित हुनेछ

    हेहेहे.. धन्यवाद अशेष ब्रो रमाइलो मानिदिनु भाको मा, तपाईंको मन अमिलो पार्ने शब्द त्यै जाठा भन्ने होला..सारी है.. के गर्ने ? अब मलाई लाग्छ त्यस्तो शब्द प्रयोग नगरि जनता नै भईदैन.. सधैं शिस्ट शब्द मात्र प्रयोग गर्दा ठुलो मान्छे भईएला भन्ने डर लाग्छ.. तेसैले

    नेपाली को आवाज ब्रो, म पनि चाहछु माओवादी ले क्रान्ति नै गर्ने भए पनि ९० को दशक मा पुर्वी युरोप को जस्तो Velvet Revolution वा मखमली क्रान्ति गरुन.. सकिन्छ नि हैन ? बिशाल जनसभाले काठमाडौं मा सिंह दरबार र अरु ठाउमा जिल्ला कार्यालय, जिबिस र गाबिस घेरोस.. अन्त केही गर्नै परेन.. फेरी यो खाओबादी हरुको भूमिका पनि त महत्वपूर्ण हुन्छ सान्तिपूर्ण बनाउन को लागि.. हेर्दै जाउ के हुन्छ.. माओवादी र खाओबादी ले के के गर्छन् हामी पनि हेरिराछौ नि

    ReplyDelete