Tuesday, November 10, 2009

राज्य संचार माध्यम र सामाजिक आन्दोलन

संचार माध्यम वा मिडियाले समाजमा पार्ने प्रभाव बुझ्न सार्वजनिक क्षेत्र वा पव्लिक स्फेयर को अबधारणा सहयोगी हुनसक्छ.. हेबरमास ले बुर्जवा समाजमा सार्वजनिक संचार माध्यमको संरचनागत बिश्लेषण गर्दै सन 1962 मा एउटा पुस्तक लेखे.. त्यसपछि संचार वा मिडिया को स्वरुप बारे पव्लिक स्फेयर र कम्यनिकेटीभ एक्सन जस्ता धारणा मा बहस हुदै आएको छ.. हेबरमास का अनुसार पत्रपत्रिका रेडियो टेलिभिजन सार्वजनिक क्षेत्रका संचार माध्यम हुन्.. हेबरमासले भन्न खोजेको बुर्जवा सार्वजनिक क्षेत्रको सबै भन्दा राम्रो उदारहण ईन्टरनेट हुन सक्छ जसमा सामान्य व्यक्तिहरुले पनि विश्वव्यापी बहसमा भाग लिन सक्छन्.. यद्यपि ईन्टरनेट आफैं कत्तिको सर्वसाधारणको पहुच भित्र छ वा कतै मिडिया का बादशाहहरुले मिडिया का अन्य माध्यमलाई जस्तै ईन्टरनेटलाई नै पनि आफ्नो उपनिवेश बनाईसकेका त छैनन् त्यो आफैं पनि एउटा बहस नै छ

सार्वजनिक क्षेत्र वा पव्लिक स्फेयर को करा गर्दा केही प्रश्नहरु यसका अवधारणा बारे नै खडा हुन्छन्.. आदर्श सार्वजनिक क्षेत्र कस्तो हुन्छ र यसले कस्तो भमिका खेलेको हुन्छ ? यसको सफलता के मा भर पर्छ र यसका कमजोरी के हुन् ? अझ महत्वपर्ण प्रश्न के हुनसक्छ भने के मिडिया वा संचार माध्यम साच्चै नै आदर्श सार्वजनिक क्षेत्र हुन सकेका छन् ? के ईन्टरनेट ले सार्वजनिक क्षेत्रको रुपमा प्रमुख भुमिका लिन सक्छ ? शायद सबभन्दा महत्वपुर्ण प्रश्न के हो भने के निजी वा व्यापारिक उद्देश्य राखेर खोलिएका संचार माध्यम वा मिडिया ले के प्रभावकारी सार्वजनिक क्षेत्रको आदर्श वहन गर्न सक्छ ? सक्छ भने यस्तो मिडिया ले कस्तो दायित्व र नियम पालना गर्नुपर्ने हन्छ ? संचार क्षेत्रमा कस्तो संरचनागत सुधार गरिनुपर्छ जसले गर्दा संचार माध्यमलाई एउटा आदर्श सार्वजनिक क्षेत्र बनाउने तर्फ प्रेरित गर्न सकियोस् ?

सार्वजनिक क्षेत्र वा पब्लिक स्फेयर का केही आधारभत समन्वयकारी भुमिका हुन्छन्.. सम्वाद र खासगरी आलोचनात्मक छलफल र बहस बाट सार्वजनिक क्षेत्रले बिचार र प्रवृत्तिहरुको निर्माण गर्छ र यसरी सार्वजनिक क्षेत्रले अग्रगामी सामाजिक चिन्तन को जग बसाल्न सक्छ.. एउटा आदर्श सार्वजनिक क्षेत्रले राज्य र समाज बीच मध्यस्थता गर्दछ.. राज्यलाई यसले खेल्नुपर्ने प्रभावकारी भुमिकाको लागि आवश्यक जन दबाबको सिर्जना गर्दछ.. तत्कालिन सरकार र राज्यलाई नै चनौति वा बैधता दिने कार्यमा पनि आदर्श सार्वजनिक क्षेत्रले महत्वपुर्ण भुमिका खेल्न सक्छ.. फेरि पनि चुनौतीपूर्ण प्रश्न के हो भने यस्तो आदर्श भुमिका केही सीमित समुहको लगानी, संचालन, राज्यसंग राम्रो सम्बन्ध राख्नुपर्ने आवश्यकता र व्यापारिक अनि व्यवसायिक स्वार्थबाट प्रेरित मिडिया हाउसहरुले कसरी गर्न सक्छन् ?

सार्वजनिक क्षेत्र स्वतन्त्र हुनुपर्छ भन्नेहरुको लागि यो एकदमै चिन्तापूर्ण छ कि केही सीमित वर्गले साधन र स्रोतमा पहुच भएको फाईदा उठाएर पहुच नभएका बिशाल जनसमुहको धारणा र निर्णयबारे एकलौटी निर्णय गर्ने हैसियत राख्छन्.. तर तेतिकैमा निराश नै भईहाल्नपर्ने अवस्था पनि छैन्.. स्वेच्छिक संवन्धहरुबाट निर्माण गरिएको सामाजीक आन्दोलन मार्फत यस्ता हैसियत को फाईदा उठाएर गरिने एलिट वा संभ्रान्त वर्गको निर्णयलाई चुनौति दिन सकिन्छ.. यसरी बहुमत र पहुच नभएकाहरुका आवाज र एजेण्डाहरु सुन्न, मान्न, र छलफल गर्न सिमित र सुबिधाभोगी अल्पमतलाई बाध्य गर्न सकिन्छ

नोट: बिभिन्न स्रोतहरुबाट अनुदित

2 comments:

  1. हावा ब्रो ले दरो मिसाइल दिनुभाको रछ कुरा चाही सहि हो हावा ब्रो तपाइको :-
    सार्वजनिक क्षेत्र स्वतन्त्र हुनुपर्छ भन्नेहरुको लागि यो एकदमै चिन्तापूर्ण छ कि केही सीमित वर्गले साधन र स्रोतमा पहुच भएको फाईदा उठाएर पहुच नभएका बिशाल जनसमुहको धारणा र निर्णयबारे एकलौटी निर्णय गर्ने हैसियत राख्छन्.. तर तेतिकैमा निराश नै भईहाल्नपर्ने अवस्था पनि छैन्.. स्वेच्छिक संवन्धहरुबाट निर्माण गरिएको सामाजीक आन्दोलन मार्फत यस्ता हैसियत को फाईदा उठाएर गरिने एलिट वा संभ्रान्त वर्गको निर्णयलाई चुनौति दिन सकिन्छ.. यसरी बहुमत र पहुच नभएकाहरुका आवाज र एजेण्डाहरु सुन्न, मान्न, र छलफल गर्न सिमित र सुबिधाभोगी अल्पमतलाई बाध्य गर्न सकिन्छ|
    लेख समयासान्दर्विक छ |

    ReplyDelete
  2. ह..हा..हा राजुमान ब्रो मिसाईल त छोडियो तर बुमरांग पो हने हो कि ?

    ReplyDelete