Friday, October 16, 2009

मानिस् ठुलो दिलले हुन्छ जातले हुँदैन

तिहारै आयो लौ झिलिमिली…
एक जना व्लगर लेकाली ब्रो ले संचार माध्यम मा दशै तिहारलाई हिन्दुको चाड भनेकोमा कसो कसो मान्दै हुनुहन्थ्यो.. मलाई पनि त्यै हिन्दुको चाड भनिदिएकोले नै दशै तिहार मान्न मन लाग्दैन

हिन्दु भन्दाखेरी ईन्डियन वा भारतीय भन्ने अर्थमा बुझ्ने बानी परेको र छ आफुलाई त… मलाई त नेपालमा बिशुद्ध हिन्दु भन्दा पनि परम्परागत रुपमा हिन्दु र बौद्ध परम्पराको मिश्रण छ जस्तो लाग्छ… यहाको माटोमा त्यस्तो फलानो सम्प्रदाय मात्रको चाड भन्ने कट्टरता छ जस्तो त मलाई लाग्दैन

मैले देखे अनुसार नेपालीहरु जहासुकैका हुन अलि हास खेल ठट्टा नाच गान गर्न मन् पराउछन्… अब त्यस्तो रमाईलो गर्ने बहाना जे सुकै होस… दशै तिहार छठ होस कि क्रिसमस वा लोसार वा ईद बकरीद कुन सम्प्रदायको हो बाल मतलब… शर्त एक मात्र हन्छ रमाईलो हुनुपर्छ.. हसी मजाक भेटघाट हुनुपर्छ एक बारको जुनी मा

तर पनि हिन्दु को चाड होस कि नेपाली को मलाई चाहि दशै भन्दा तिहार नै मन पर्छ… मार काटको भन्दा पनि नाच गान को कुरा बढी हुने भएकोले होला… अलि रौसे पाराको परियो आफु

खाली ठुल्ठुलो कुरा मात्र गरेर धेरै जान्ने बनि टोपल्ने बानी भएकोले होला अचेल त के लेखेर ब्लग अपडेट गर्ने होला भन्ने हुन्छ… नेताहरुलाई जति गाली गर्न थियो गरिहालियो… अब धेरे बर्बराउदा आफु नै बौलाइएला भन्ने डर… लौ त साथी के लेखु के लेखु भै राथ्यो… भोली देखि बिदा पनि बसिने तेसैले मैले पनि साम्प्रदायिक कुरा गर्दिहाले…

यो बौलाउने कुरा र तिहार को प्रसंग ले सानै देखि चित्रमा देखेको चुरोट खादै गरेको एउटा खुस्केट बाहुन को पो सम्झना भो फेरि… त्यै फुलमार मार्का तान्ने हरिकंगाल लक्ष्मी प्रसाद देवकोटा बाजे… छेत्रीको छोरोलाई श्रद्धा पूर्वक भोटे को पाउ समाउन लाउने बौलाहा बाहुन… त्यो बौलाहा बाहुन देवकोटा ले लेखेको पागल भन्ने कविता मलाई यस्तो मन पर्छ कि धेरै समय मैले त्यो कोठाको भित्तामा सिरानीमै टासेर राखे… दैनिक पाठ पनि गर्थे… पछि थाहा भो धेरै ले पाठ गर्दा रछन्… आज पनि अलिकता पाठ गरिहालम्… बाहुनबाद नै हुन्छ भने पनि भुत्रै सित्ती… मेरो पनि एक नशा ढिलो जो छ:

जरुर साथी म पागल !

यस्तै छ मेरो हाल !

म शब्दलाई देख्दछु !

दृश्यलाई सुन्दछु !

बासनालाई स्वाद लिन्छु !

आकाशभन्दा पातला कुरालाई छुन्छु !

ती कुरा, जसको अस्तित्व लोक मान्दैंन

जसको आकार संसार जान्दैन !


++++++++++++++++++++++++


जरुर साथी ।

मेरो एक नशा ढिलो छ !

यस्तै छ मेरो हाल !

5 comments:

  1. यो बौलाउने कुरा र तिहार को प्रसंग ले सानै देखि चित्रमा देखेको चुरोट खादै गरेको एउटा खुस्केट बाहुन को पो सम्झना भो फेरि… त्यै फुलमार मार्का तान्ने हरिकंगाल लक्ष्मी प्रसाद देवकोटा बाजे… छेत्रीको छोरोलाई श्रद्धा पूर्वक भोटे को पाउ समाउन लाउने बौलाहा बाहुन… त्यो बौलाहा बाहुन देवकोटा ले लेखेको पागल भन्ने कविता मलाई यस्तो मन पर्छ कि धेरै समय मैले त्यो कोठाको भित्तामा सिरानीमै टासेर राखे… दैनिक पाठ पनि गर्थे… पछि थाहा भो धेरै ले पाठ गर्दा रछन्… आज पनि अलिकता पाठ गरिहालम्… बाहुनबाद नै हुन्छ भने पनि भुत्रै सित्ती… मेरो पनि एक नशा ढिलो जो छ:

    जरुर साथी म पागल !

    यस्तै छ मेरो हाल !

    म शब्दलाई देख्दछु !

    दृश्यलाई सुन्दछु !

    बासनालाई स्वाद लिन्छु !

    आकाशभन्दा पातला कुरालाई छुन्छु !

    ती कुरा, जसको अस्तित्व लोक मान्दैंन

    जसको आकार संसार जान्दैन !


    ++++++++++++++++++++++++


    जरुर साथी ।

    मेरो एक नशा ढिलो छ !

    यस्तै छ मेरो हाल !
    I like these sentences and I also like the poem of laxmi prasad devkota ......
    any way happy dipawali to you hawa bro

    ReplyDelete
  2. क्या हो हावा जी, आफूलाई देवकोटासँग दाँज्न खोज्नुभएको ?

    ReplyDelete
  3. लेकालीOctober 19, 2009 at 7:45 AM

    अहो नि हावा ब्रो क्या हो लेकालीलाई किटेरै लेखको शुरुवात गर्नु भएको ?! धन्यवाद है हावा ब्रो। हो नि त मनिस ठुलो जातले हुँदैन दिलले नै हुन्छ । न गोरो न कालो या मंगोलीयन न बर्मेली या हब्सी न हिब्रु या हिस्पानी जे भए पनि दिलै छैन भने त्यो मनिस ठुलो हुने कुरै छैन त्यसैले त महाकवि लक्ष्मीप्रशाद देवकोटाले लेखेको यो कविता हरेकको हृदयमा बसेको छ। जाती भित्र भएको संस्कार, संस्कृतिलाई बचाएर राख्नु पर्छ तर यो जाती बान र त्यो जाती ठुलो या सानो भन्ने जातिबादी गफ चाँही बिल्कुलै मन पर्दैन आफुलाई । परिचयको लागि जाती संसारभर नै छ र हुँदै आएको छ तर परिचयमा मात्रै सिमित रह्यो भने बेस हुन्छ । फलानो चुच्चे धिस्कानो थेप्चे यो मुसलघारे त्यो निमित्यान्नधारे भन्नु ठुलो भूल हो। दिलले जित्न कोशीस गर्नु भन्दा जातिले जित्ने तिर लागियो भने कुनै दिन रुवाण्डा र सोमालिया बन्न बेर छैन हाम्रो देश पनि। यो कुरा हाम्रा नेता भनाउदाहरुले बुझिदिए कती गजब हुने थियो। हुन त २३७ बर्षा र हिउद धेरै नेपालीको मुटु भित्र भित्र तुषारापात गरेकै हुन शासक बर्गले आफ्नो स्वार्थको लागि तल्लो जात र उपल्लो जात भनेर। जवानीमा यस्तै तल्लो र उपल्लो जात हुँदैन, काटे रगत सबैको रातो नै हुन्छ, दु:ख र पिडामा आँशु सबैको बग्छ, खुशीको बेला एक मुठी मुस्कान सबैको देखिन्छ भन्दै चेतनाबाहक यात्रामा हिड्दा कती ठेस खाएर हल्नु न चल्नु पनि भएको हो यो ज्यान। गाउबाट तिरस्कारको पोको बेस्मारी थिचिने गरी बोकियो पनि तर यो समाज त्यस्तैको यस्तै रह्यो दु:खको कुरो यही भयो। खै त हावा ब्रो आफु भनौ भने मतवाली परियो जातले तर मैले बाहुनलाई गाली गर्दैन। उनिहरुको के गल्ती र मैले गाली गर्नु बित्थामा। यो त शासकबर्गले स्वार्थको लागि जनतालाई आजीबन दलिखान बनाएको नियम थियो र त्यसैको जरो असाध्यै बलियो गरी गाडीएको छ। कहिले काही कल्पनामा दुबिहिड्दा यस्तो लाग्छ यस्को निर्मुल पार्ने कुनै औषधी हुदो हो त सारा जीबन बन्धकी राखेर किन्ने थिए भन्ने हुन्छ तर समय आउँदा मानब जातीमा बिकास र चेतनाको ब्रिद्धी हुँदै जाँदा मक्किएका बर्लिने पर्खाल पनि ढल्दै जानेछन। हाम्रो हावा ब्रोले बाहुन काठो, चुच्चे भनिदिएकोमा सार्है चित्त दुखाउनु भएको कुरा धेरै पटक बाहिर आए ब्लग मार्फत बिचारको पर्खाल बनेर। म एउटा कुरा सोधौ ब्रोलाई ? जस्ले जातीको नाममा युगौ थिचे, चुसे। च्याटिएको घाउमा नुन र चुक दलेर आफु उन्मादीको हाँसो हाँसे र अझै कती सताब्दिलाई पुग्ने गरी गन्धे बिचार समाजमा छरे र ति भुक्तमान अभागीहरुले पिडा सहीरहने छन। ती बेकसुर अभागीलाई कस्तो पिडा र अनुभब हुदो हो? यसो सामिप्यमा रहेर हेर्नुस् र थोरै भए पनि बिचारित हुनुस् त तपाईंलाई भनेको पिडा भुसुक्कै बिर्सनु हुनेछ र जस्ले भन्छन त्यो भन्नेहरु पनि कसैको लहै लहैमा (अरुको बाली खान पल्केका) लागेर बुझ्न खोज्दा खोज्दै चिप्लिएर या अतिबादिको पन्जामा परेर भनेका हुन। बाहुनबाद्को बिरोधमा जनै फालेर, बुढी भैंसीको छोयला र खोयाबिर्के लाउदैमा कहाँ सिधिन्छ र यो असमानता? परिवर्तन जरुरत छ ब्रो जुन कुराको थालनी हामी आँफैले कम्मर कसेर गर्नु पर्ने पो हो कि? धत्तेरिका कुरै कुरामा गफै ठुलो पो गरिएछ कि हँ? जे भए पनि रौसे ब्रोको तिहार रसिलो र शुखमय रहोस् शुभकामना !!!

    ReplyDelete
  4. लौ गजब गयो फेरी।। बास्तबमा यो कबिता सबैले सधै नपठे पनि , ब्यवहारमा चाहीँ सबैले मानेको र सबैको लागि लागु भए जस्तो चाहि लाग्छ है।

    ReplyDelete
  5. धन्यवाद है नेपालीको आवाज ब्रो, तपाईंलाई पनि हार्दिक शुभकामना छ है

    एकल यात्री ब्रो, प्रतिभा मा देवकोटा सरह नै नभए पनि भावना मा त म वा तपाईं वा जो कोही पनि देवकोटा वा अरु जो कोही सरह हुन सक्छ नि हैन र ब्रो.. तिहार मा संचार माध्यम ले देवकोटा को प्रतिभा को मात्र बढी चर्चा गरेकोले मैले चाँही उनको सबै 'मानिस ठुलो दिलले हुन्छ' भन्ने भावना सम्झना खोजेको हो

    लेकाली ब्रो, तपाईंले एस्तो मिहिनेत गरेर नेपाली समाज को चित्रण भाको छ.. तर मैले धन्यवाद र शुभकामना बाहेक अरु के दिन सकुला र ? अनी ब्रो यहाँ ब्लग मा साथीहरुले भनेको कुरा पनि मन मा खेलिहाल्छ नि

    अरु साथी ले दु:ख न मान्नु होला.. मलाई लाग्छ म लगायत हामी धेरै ब्लगर साथीहरु बिच एक अर्काको ब्लग मा कमेन्ट गर्ने अघोसित सिन्डिकेट जस्तो छ.. नत्र भने हामी धेरै जसोलाई अर्काको ब्लग पढने त के आफ्नै ब्लग अप्डेट गर्ने फुर्सत र जागर अली कमै छ..

    म लेकाली ब्रो को एस्कारण बिशेष तारिफ गर्न चाहन्छु कि उहा आँफै पनि राम्रो लेखक हुँदा हुँदै पनि आफ्नो डम्फु बजाउने भन्दा पनि अरुले बजाएको डम्फु सुनिदिनुहुन्छ र चर्चा गरिदिनुहुन्छ.. एती मात्र हो कि लेकाली ब्रो पनि अचेल मेरो लेखाइ प्रती अली बढी नै मित्रवत हुन थालनु भएछ.. म चाहन्छु कि उहा जस्तो बिस्लेसक ले मेरो लेखाइ को कडा प्रतिबाद गर्नुहोस्

    अनी लेकाली ब्रो जातिय भेदभाव बारे को तपाईं को बिस्लेसण मा म सहमत् छु.. म जुन बर्ग र जाती को पहिचान बोक्छु तेसप्रती र तेसको समस्या प्रती मेरो बायस हुनसक्छ.. तै पनि मलाई कसो कसो लागेको के भने हिजो बि.बि.सी. नेपाली सेवा मा पनि दसैं नेपाल को सबभन्दा ठुलो चाड अनी तिहार दोस्रो ठुलो चाड भन्दै थिए.. चाड पर्ब लाई पनि पहिलो दोस्रो तेस्रो... आदी गरी बर्गिकरण गर्नु उपयुक्त होला र ?

    हो नि दूर्जेय ब्रो, सामाजीक् भेदभाव गर्न हुन्न भनेर सैधान्तिक रुपमा सबैले बुझिसकेका छन.. तर पनि व्यबहार मा खास्गरी गाउ घर तिर खासै परिवर्तन अझै पनि किन हुन नसकेको होला ?

    ReplyDelete