
Friday, November 27, 2009
मधेशी जनजाति मुद्दा र नेपालका बिव्दान गुरुहरुलाई उपदेश

Tuesday, November 24, 2009
गढीमाई मेला मानव अधिकार सामुहिक पशु हत्या सही वा गलत ?

आजबाट गढीमाई को मेला शुरु भएछ्.. यो मेलाले त अचेल नेपाललाई एभरेष्ट वा चोमोलोङ्मावा सगरमाथा ले भन्दा पनि चर्चित बनाएको रहेछ्.. भारतकि मेनका गान्धी देखि फ्रान्सेली ब्रिजीट बार्डट जस्ता सेलिब्रिटी सम्मले ससारमै सर्बाधिक बीभत्स पशुहत्या को बिरोध गरेका रछन्.. हाम्रो नेपाल मा पनि अचेल दिनहु जसो बहस चलेका छन्.. नेपाल सरकार माथि पनि तीव्र दबाब छ यो मास किलिंग रोक्न.. तर सरकार ले धार्मिक र साम्प्रदायिक सदभाव नबिग्रोस भनेर हस्तक्षेप नगर्ने भनेको रैछ..
भारत की पशु अधिकारवादी नेता मेनका गान्धीले पनि नेपाल सरकारलाई हस्तक्षेप गर्न आग्रह गरेकी छिन्.. उनको आसय यस्तो छ.. कतिपय गलत परम्पराहरु छाडनु मा नै सबैको भलो हुन्छ जस्तो कि सती प्रथा..यसरी हजारौ पशुहरुको एक मुष्ट बलि कसलाई रिझाउन दिईदैछ ?.. यदि गढीमाई देवी सबैकि आमा हुन भने उनले कसरी आफ्ना हजारौं सन्तान को सामुहिक बलि स्वीकार गर्न सक्छिन्.. मेनका दावी का साथ भन्छिन् प्रष्ट छ यो परम्परा तिनीहरुको मात्र स्वार्थमा छ जो भारत र नेपालमा छाला जुत्ताका व्यापार गर्छन्
धेरैलाई जस्तो मलाई पनि फ्रान्सेली नायिका बार्डट को भावुक पत्र रोचक लाग्यो.. उनी नेपालका राष्टपति रामबरण यादवलाई पत्र लेख्दै चेतावनी समेत दिन्छिन्.. यस्तो बर्बर अमानवीय हत्या तपाई किन रोक्नुहुन्न ?जबकि तपाईलाई थाहा छ राष्टप्रमुख को नाताले यो जघन्य अपराधको जिम्मेवारी अन्तत तपाईले लिनुपर्ने हुन्छ.. अब बिचरा राष्टपति, एक पल्ट १८ दल र देशी बिदेशी शक्तिको बहकाउमा लागेर हस्तक्षेप गरेका रामबरणले कहिल्यै नमेटिने कलंक बरण गर्नुपरेको छ.. अब उनले कुईरेनीले भनी भन्दैमा साम्प्रदायिक मामिला मा कसरी हस्तक्षेप गरुन् ?
हस्तक्षेप गरेमा साम्प्रदायिक सद्भाव खल्वलिने चेतावनी आयोजकहरुले दिएकै छन्.. त्यो चेतावनी खासगरी स्थानीय तहमा बलि बिरोध अभियान चलाएका लिटल बुद्ध भनिने राम बहादुर बम्जन् तथा उनका अनुयायीहरुलाई दिईएको रहेछ्.. कतिपय स्थानीय बासिले पनि बलि परम्परा मन पराएका छैनन.. तेसो त मेरो अध्ययनमा गढीमाई मा बलि दिने सबै मधेशी,थारु र भारतीय मात्रै छन् भन्नु पनि गलत हुनेछ्.. धेरै पहाडी मुलका मानिसहरुले पनि गढीमाई मा बलि को भाकल गरेका हुन्छन्.. भारत कै गुजरात कर्नाटका र मध्य प्रदेशका मन्दिरहरुमा मा पनि धार्मिक प्रायोजन का लागि नै भनेर पनि पशु बली दिन प्रतिबन्ध लगाइएको छ अरे.. तेसैले पनि भारत बाट बली दिन नेपाल आउने को सन्ख्या बढेको हो अरे
काठमाडौंका राजेन्द्र बज्राचार्यले गढीमाई बलिको मात्र बिरोध गर्नु पाखण्ड हो भनेर काठमाण्डु पोस्टको पाठक प्रतिक्रियामा लेख्छन्.. उनी भन्छन् दिनहुकाठमाण्डु मा मात्रै पनि हजारौं रागा, भैसी, कुखुरा काटिन्छन्.. काट्ने प्रयोजनको लागि अमानवीय तरिकाले ओसार पोसार र खोरमा राखिन्छ..काठमाण्डुको दक्षिणकालीमा प्रत्येक मंगलबार र शनिवार बलि दिन टाढा टाढा बाट मानिस आउछन्.. तेसको कुनै बिरोध छैन् गढीमाई कै परम्पराको बिरोध किन ?
राजेन्द्र बज्राचार्य थप्छन्.. पशु माथि पनि अन्याय गर्नु हुदैन भन्ने भावना अति राम्रो हो तर हामी पाखण्डी नवनौं.. मैले एउटा कुईरे ले दक्षिणकाली बलि दिईएको बोकाको टाउको र रगतको फोटो व्लगमा राखेको भेटेको थिए जसमा उसले लेखेको छ हिन्दुहरु आफुलाई अहिंसा का पुजारी भन्छन्.. हामी जनावरलाई पनि ईश्वरका सन्तान भनेर पुज्छौं भन्छन्.. तर यो घटना देखेपछि मलाई हिन्दुहरु संसारका सबैभन्दा पाखण्डी मानिस हुन् भन्ने लागेको छ
तेसो त पशु अधिकार को धारणा जनावरहरु संग मात्र पनि संबन्धित छैन्..यसको मानव अधिकार संग पनि गहिरो सम्बन्ध हुन्छ.. भनिन्छ पशु मानिस भन्दा कमजोर हुन्छ.. पशुलाई मानिसले बलि दिनुको अर्थ के हो ?यसको अर्थ हो कि बलियो ले कमजोरलाई बलि दिनु, मार्नु वा हेप्नु स्वभाविक हो.. प्रकृतिको नियम हेर्दा बलियो ले कमजोरलाई दबाएकै देखिन्छ तर बाघ ले पनि बाच्नको लागि अरु उपाय नभएको हुनाले आहाराको लागि भनेर मात्र र त्यो पनि एउटा मात्र मृग मार्छ.. मान्छे मात्र एकमात्र त्यस्तो दुईखुट्टे जन्तु हो जसले धर्म का नाम मा पनि एक साथ लाखौको ज्यान लिन्छ..
यसको अर्थ हो जब तपाई धर्म का नाम मा आफु भन्दा फरक र कमजोर भएकै कारणले पशु बलि गर्नुहुन्छ र त्यसको समर्थन गर्नुहुन्छ भने अन्तत तपाईले यो भनिरहनु भएको छ कि धर्म वा कुनै वादको नाम मा आफुभन्दा फरक र कमजोर मानिसहरुलाई पनि बलि दिन वा मास स्लटर गर्न मिल्छ..बीसौ शताब्दीका दर्दनाक र अमानवीय भनिने हिट्लर को ग्यास च्याम्वर,स्टालिनको पर्ज, हिरोसिमा र नागासाकी को अणु विध्वंस देखि हालसालै का अमेरिका को ट्वीन टावर देखि अफगानिस्तानका गाउँहरुमा बम बर्षा स्वभाविक हुन जान्छ.. तेति मात्र हैन हाम्रै नेपालमा अनि छर छिमेकमा धर्म, वाद, जाति, र सभ्यताका नाममा चलिरहेका साना ठुला सबै युद्ध र मारकाट् स्वभाविक नियति हुन जान्छ
तर मलाई लाग्छ बिरोधको यो भन्दा पनि गहिरो मनोवैज्ञानिक कारण छ..ईश्वरको नाम मा पशुहरुको बलि, मास स्लटर वा सामुहिक हत्याले यो पनि प्रमाणित गर्छ कि मानिस पशु भन्दा पनि मुर्ख प्राणी हो.. र यस्तो निष्कर्षले आफुलाई सर्वश्रेष्ठ भन्दै आएको मानिसको ईगो मा गहिरो धक्का दिन्छ्.. यो धक्का त्यस्तै हो जसरी क्रिश्चियनहरुलाई डार्बिन र डकिन्सको ईभोलुशन वा मानव उत्पति को सिद्धान्त स्वीकार गर्न गाह्रो हुन्छ किनभने त्यसले मान्छेलाई ईश्वरका नभई बाँदरका सन्तान को रुपमा अवमुल्यन गर्छ अरे..
एउटी लेखिका ले यसो पनि भनेकि छिन्.. पशु कमजोर भएकै कारणले तपाई उसलाई काटेर खाईदिनुहुन्छ भने तपाईकि मर्न लागेकि बुढी बजै को के काम ?.. तिनलाई पनि काटेर खाईदिनोस् न त
Friday, November 20, 2009
फक टु अल दिस बुलसिट एजुकेशन

अचेल माओवादी आन्दोलन को पक्षमा प्रचारै जस्तो लेखेको देख्नुहने साथीहरुले पनि अचम्म मान्नु भो होला.. अचानक बिहेको कुरो गरेको देखेर यो मान्छे त साच्चैं नै पो हावा पो रै छ भन्ठान्नुभो होला.. के गर्ने त अब ? तेत्रो प्रचार गर्दा पनि केही ठोस आश्वाशन देको हैन.. प्रचण्डले मलाई कम्ती मा राजदुत वा केही नभए राजनीतिक सल्लाहकार त बनाउनु नि.. तेसमाथि प्रचण्डले त्यो बुर्जवा सुन्दरी लभ गुरु रेखा थापा संग डान्स गरेपछि मलाई पनि एक किसिमको ईष्र्या जस्तो भैराछ.. तेसैले मलाई पनि क्रमभंग गरेर मंसिरको जाडोमा बिहे कै कुरा गर्न मन लाग्यो.. जाडो त मलाई नि लाग्छ नि हौ..
एकजना साथीको बिहेको कुरा चल्यो.. उसलाई पनि मलाई जस्तै के गरु के गरु भैराथ्यो.. एकजना उसको आफन्तले नै खुबै जोड गरेछन्.. उसले अहिले नगरमहोला भनेछ तैपनि पैला केटी त हेरम् अनि गफ गरम्ला भनेछन्.. अनि उसले ल ठिक छ त म केटी संग कुरा गर्छु पैला अनि मात्रै हुन्छ वा हुन्न भन्छु भनेछ..उसको भनाई अनुसार बिहे गर्नु अघि केटा र केटी दुबैले एक अर्कालाई राम्ररी बुझेर मात्र बिहे गर्नपर्छ अरे
केटीको आफन्त मार्फत भेट भएछ.. अलि बेर गफ सफ गरे अरे.. सोचेर निर्णय दिन्छु भनेछ.. पछि त केटालाई केटी हेरिसकिस् अब भन बिहे कहिले गर्ने भनेर पो आफन्त मार्फत दबाब दिन थालेछन्.. उता केटालाई भने केटी अलि बच्चै वा अपरिपक्व नै छ.. डिग्री पढदै गरेको भए नि जागीर रैनछ.. त्यसमाथि केटी एभरेज लुक्सको भए पनि मरिहत्ते गर्न पर्ने खालको सुन्दरी पनि छैन रे
तेसैले उसलाई टेन्सन भएछ.. अब म उसको मिल्ने साथी र सर्वज्ञाता भएकोले मेरो शरण मा आयो.. लौ न गुरु उपचार खोज्नपर्यो भन्दै.. मैले सोधें बिहे नगर्ने भए केटी किन हेरिस त ? किन भेटिस त ?.. उसले भन्यो मैले कुरा नगरम् नै भनेको हो..तर उनेर्ले नै केटी हेरेर मात्र जवाफ दिन भने.. मैले सोधें केटी कस्तो लागिन त ?.. उसले भन्यो ठिकै हो सामान्य केटी हो हाम्रै दिदी बहिनी जस्तै.. तेसो भन्दैमा जबर्जस्ती बिहे गर्न त ?
साथी भन्छ मेरो दिमाग खुस्किन लागिसक्यो.. हुन्छ पो भनिदिउ कि क्या हो..बाआमा लाई पनि धेरै दबाब आयो.. आफन्तले पनि प्रतिष्ठाको विषय बनाए..केटीको पनि चित्त दुख्ला हेरेर छाडिदियो भनेर.. मैले सोधे त के चाहन्छस् ?..उसले भन्यो मलाई त गर्न मन छैन् तर सबैले गर् नै भन्छन् भने अरुको खुशीको लागि भए पनि गरु कि क्या हो आखिर एकदिन गर्नैपर्छ..
मलाई त हासो पनि लागेर आयो.. यस्तो डाईलग त केटीहरुले धेरै भन्ने गर्छन् मलाई त मन थिएन सबैको खशीको लागि गरें भनेर.. अरु जस्तो भए त म पनि ल गर तेसो भए भन्थे हुला.. तर आफु परियो परम्हंस ज्ञानी.. मैले भने जसले जे भने पनि आफुलाई कन्फिडेन्स नभई नगरेकै राम्रो हुन्छ केटा को लागि पनि केटी को लागि पनि
मेरो यो केटा साथी त अलिकता रास्कल नै हो.. तर केटीको विहे जबरजस्ती मात्रै हैन नाई म अहिले गर्दिन भन्दा पनि घाटीमा दाम्लो नै बाधेर भए पनि केटा हेर्न लाने र चेपुवा मा पारेर बिहे गरिदिने त मैले कति देखें कति.. जस्तो कि अहिले कै केटी यदि डिग्री पढदै छ भने म ठोकुवा गरेर भन्न सक्छु उसलाई पनि पढाई नसकाई वा कुनै ईलम नगरी बिहे गर्न मन छैन होला.. तर पनि अति शिक्षित सुसंकृत र खानदानी भन्न रुचाउने उनका बाबुआमालाई पनि छोरी बोझ भईछन्..मुखले जतिसकै आदर्श किन नछाटुन्
अब म आफै पनि केटा नै भए पनि मैले पनि सोसल स्टडी, जेन्डर स्टडी,फेमिनिज्म अनि डबल मार्जिनलाइज्ड र ट्रिपल मार्जिनलाईज्ड जस्ता अवधारण हल्का एसो सुने पढेकोले मेरो दिमागमा कुरा खेलिहाल्यो.. ह्वाट ईज द गल्र्स पोजीसन् हियर ?.. केटी को पनि त केही धारणा होला.. तेसमाथि सोसल साइन्समै डिग्री गर्दैछ भने त पक्कै पनि उसले बुझेको छ.. मलाई अझ ताज्जुप के लाग्छ भने केटीका बाबु आफै पनि सोसल साईन्स कै लेक्चरर छन् अरे..
अनि यता सहरमा हट गर्ल्स नाइट रेस्टुरेन्ट को छेउमै रहेको गुरुकुल नाट्यसाला मा फेरी अर्को नाटक मन्चन हुन्छ..डल्स हाउस सुपरहिट हन्छ.. एक सय बर्ष पहिलेकी काल्पनिक नोरा को दुस्साहस देखेर दर्सक ताली पडकाउछन.. विव्दनहरु लेख र कार्यपत्र प्रस्तुत गर्छन्.. मलाई घृणा लागेर आउछ.. फक टु अल दिस बुलसिट एजुकेशन